आइतवार, चैत्र ३, २०७५
सरकारले लगानी सम्मेलनमा साढे ३० खर्बका ६३ आयोजनामा लगानीका लागि आह्वान गर्ने भएको छ । प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्ड बैठकले यही चैत १५ र १६ गते हुने सम्मेलनमा सरकारी र निजी क्षेत्रका ६३ आयोजना प्रस्तुत गर्ने निर्णय लिएको हो । लगानी गर्न तयारी अवस्थामा सरकारका ४६ वटा र निजी क्षेत्रका १७ आयोजनालाई छानिएको छ ।
सरकारका आयोजनातर्फ २४ खर्ब ९१ अर्ब १० करोड ३५ लाख ८० हजार तथा निजीतर्फका आयोजनाको २ खर्ब ४ अर्ब २० करोड लागत रहेको लगानी बोर्डले जनाएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनलाई लक्षित गरी परियोजनाहरू छनोट गरिएको र आगामी सम्मेलनमा प्रस्तुत गर्ने जानकारी दिए ।
सम्मेलनमा ५० भन्दाबढी देशका लगानीकर्ता, विकास साझेदार, सरकारी प्रतिनिधि, विज्ञ र सरोकारवाला सहभागी सम्मेलनका लागि प्रारम्भिक अध्ययन भएका आयोजनादेखि विस्तृत आयोजना प्रतिवेदन तयार भएका आयोजनाहरू पनि छन् । विदेशी लगानीका लागि प्रस्तावित गरिएका आयोजनाहरूमा सबैभन्दा कम ३४ अर्ब ५४ करोडदेखि ३ खर्ब ६९ अर्बसम्मका परियोजना छन् । सबैभन्दा कम एकीकृत कृषि पूर्वाधार परियोजना गोदावरी अत्तरियाको लागत ३४ करोड ५४ लाख छ भने सबैभन्दा बढीकाठमाण्डौ पोखरा लुम्बिनी विद्युतीय रेलको ३ खर्ब ६९ अर्ब २७ करोड रुपैयाँ छ । बोर्डले प्रदेश र समग्र क्षेत्रलाई समेटेर आयोजना अघि बढाएको छ । सबैभन्दा बढी परियोजना सरकारी र निजी गरी १८ जलविद्युत् आयोजना छन् । बैठकमा प्रधानमन्त्री ओलीले लगानी प्रवद्र्धक गर्ने उद्देश्यले आयोजना गरिउको सम्मेलन सफल पार्न सबै निकायलाई आग्रह गरेका थिए ।

अरुण तेस्रोको म्याद थप, कोरियाको लगानी स्वीकृत
बैठकले भारतीय कम्पनी सतलज निगमले निर्माण गर्न लागेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि ३० जुन २०१९ सम्मको लागि म्याद थप गरेको छ । आयोजनाले निर्माण कार्य सुरु गरिसकेको छ भने यसका लागि भारतीय सरकारले लगानीका लागि स्वीकृति समेत दिइसकेको छ । त्यसैगरी लगानी बोर्डको बैठकले दक्षिण कोरियाको मोट्रेक्स को लिमिटेडले भेइकल म्यानुफ्याक्चरिङ एण्ड एसेम्ब्लिङ प्लान्ट परियोजनाका लागि १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृति गरेको छ ।

No comments:
Post a Comment