शुक्रवार, फाल्गुन १७, २०७५
जलवायु परिवर्तनका कारण पारेको असरलाई न्यूनीकरण गरी नेपालमा जलवायु अनुकूलनसम्बन्धी परियोजनामा लगानीका लागि संयुक्त राष्ट्र संघ हरित जलवायु कोषमा नेपाल सूचीकृत भएको छ ।
कोरियामा भएको संयुक्त राष्ट्र संघ हरित जलवायु कोषको बोर्ड बैठकले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई एक महिनाअघि छनोट गरेकोमा बिहीबार सकिएको बैठकबाट नेपाल डारेक्ट एक्सेस इन्टीटी (डीएई) मा सूचीकृत भएको हो । सूचीकृतसँगै नेपालले परियोजनामा सोझै लगानी ल्याउन सक्नेछ ।
सरकारले कोषका लागि नेपालको तर्फबाट केन्द्र र राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई सिफारिस गरेकोमा बिहीबारमात्र केन्द्रलाई सूचीकृत गरेको छ । केन्द्रका निर्देशक नवराज ढकालका अनुसार नेपालमा जलवायुको असरलाई न्यूनीकरणका लागि जलवायु अनुकूलसम्बन्धी परियोजनामा लगानीका लागि सानो (स्मल) तर्फ लगानी गर्नेछ । केन्द्रले परियोजनाका लागि १० देखि ५० मिलियन डलरसम्म सोझै लगानीका लागि प्रस्ताव पेस गर्न सक्नेछ । यसका लागि केन्द्रले आयोजना तयार गरेर अघि बढ्ने जनाएको छ । कोरियामा भएको संयुक्त राष्ट्र संघ हरित जलवायु कोषको बोर्ड बैठकले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई एक महिनाअघि छनोट गरेकोमा बिहीबार सकिएको बैठकबाट नेपाल डारेक्ट एक्सेस इन्टीटी (डीएई) मा सूचीकृत भएको हो । सूचीकृतसँगै नेपालले परियोजनामा सोझै लगानी ल्याउन सक्नेछ ।
नेपालले अब वैकल्पिक ऊर्जाका प्रविधिसँगै हरित यातायात, कृषिलगायतका क्षेत्रमा समेत लगानीको प्रस्ताव गर्न सक्नेछ । यसका लागि कोषले अनुदान, ऋण, स्वपुँजी (इक्वेटी) लगायतमा लगानी गर्न सक्नेछ । सन् २०१६ को डिसेम्बरमा अर्थ मन्त्रालयले केन्द्र र कोषलाई सिफारिस गरेपछि यसका लागि सन् २०१७ देखि प्रक्रियाअघि बढेको थियो । दुवैले नेपालमा सो कोषको रकमका लागि प्रस्ताव गरेपछि झण्डै दुई वर्षपछि नेपालले कोषमा प्रवेश पाउन लागेको हो ।
No comments:
Post a Comment