http://karobardaily.com/news/development/17068
आइतवार, फाल्गुन २६, २०७५
नेपाल र भारतका अधिकारीबीच जल यातायातका लागि तीनवटा रुट सिफारिस गर्ने सहमति भएको छ । जल यातायातका सम्भावनासम्बन्धी नेपाल–भारतबीचको दोस्रो बैठकले यस्तो सहमति गरेको हो ।
कोलकाता-हल्दिया साहेबगञ्जबाट जोगवनी हुँदै विराटनगर रोड र जोगवनी हुँदै विराटनगर तथा कोलकाता-हल्दिया–कालुघाटबाट रक्सोल विराटगर रुटलाई सिफारिस गर्ने निर्णय बैठकले गरेको हो । सन् १९९९ मा भएको पारवहन सन्धिमा उल्लेखित बुँदा संशोधन गर्दै भारतले गंगा नदीमा विकास गरिरहेको जल यातायातबाट नेपालले तत्काल लाभ लिनसक्ने गरी तीन रुट संलग्न गर्न सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।
पारवाहन सन्धिमा अध्ययन गरी संशोधनका लागि चार रुट पनि सिफारिस गरिएको छ । कोलकाता-हल्दिया–कालुघाटबाट हुँदै साहेबगञ्ज–मनहरी–पानी ट्यांकी-काकरभित्ता, हल्दिया–वाराणसीबाट सुनौली हुँदै भैरहवा रोड, कालुघाटबाट बाल्मिकीनगर हुँदै गण्डक ब्यारेज र हल्दियाबाट साहेबगञ्ज हुँदै भीमननगर-गण्डक ब्यारेजका लागि रुट सिफारिस गरेको हो ।
गण्डक र कोसीको स्थलगत भ्रमणपछि बिहीबार दुई देशका अधिकारीबीच बैठक बसेको थियो । बैठकमा नेपाल पक्षको नेतृत्व जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे र भारतको तर्फबाट भारतीय अन्तरदेशीय जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रवीर पाण्डेले गरेका थिए ।
बैठकपछि शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार छलफलको क्रममा नेपाली पक्षले भारतले गंगा नदीमा विकास गरिरहेको जल पारवाहन रुटमा नेपाली पानीजहाज सञ्चालनको सम्भावनाबारे कुरा राखेकोमा भारतीय पक्षले यसबारे कानुनी प्रावधान अध्ययन गरी जानकारी गराउने बताएको छ । बैठकले जल यातायात विकास सम्बन्धमा बहुपक्षीय प्राविधिक सहायता परिचालन गरी विस्तृत अध्ययन गर्ने सहमति गर्दै त्यसका लागि दुवै पक्षबाट ३-३ जना सम्मिलित संयुक्त प्राविधिक टोली गठन गर्ने सहमति भएको छ ।
सहमतिअनुसार, गण्डक-नारायणी नदीमा जल यातायात सञ्चालन सम्बन्धी प्राविधिक अध्ययन तत्काल सुरु हुनेछ ।

No comments:
Post a Comment