आइतवार, चैत्र ३, २०७५
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विभिन्न शक्तिकेन्द्रको आडमा जलविद्युत् आयोजनाका अनुमतिपत्र (लाइसेन्स) होल्ड नगर्न आग्रह गरेका छन् ।
५० मेगावाटमाथिका जलविद्युत् आयोजनाले व्यहोरिरहेका समस्या र समाधानका उपायबारे विद्युत् विकास विभागले आयोजना गरेको छलफलमा मन्त्री पुनले लाइसेन्स होल्डको सट्टा अन्य व्यवसाय गर्न आग्रह गरे । लाइसेन्स होल्ड गरेर नबस्न म सुझाव दिन चाहन्छु । हामी हाम्रा कमजोरी सुधार्छौं,तपाँईहरूका समस्या हल गर्छौं तपाईंहरू पनि जिम्मेवार बन्नुप-यो, उनले भने, “बेला बेलामा शक्ति केन्द्रहरूको दबाब आयो भनेर सचिव, महानिर्देशक भन्नुहुन्छ, यो राम्रो काम होइन, यस्ता काम छोडिदिनुस्, निर्माणमा लाग्नुस् ।”
छलफलमा सहभागी जलविद्युत् प्रवद्र्धकहरूले आयोजनाहरूमा पु-याउनुपर्ने प्रक्रिया झन्झटिलो भएको, उचित सहजीकरण नहुँदा समस्या झेल्नुपरेको लगायतका समस्या सुनाएका थिए । मन्त्री पुनले भने प्रवद्र्धकहरूले उठाएका समस्या समाधानका लागि कोसिस गर्ने बताएका थिए । “हाम्रो समस्या साझा हुन् । मलाई लाग्छ त्यसबारेमा हामी सबै जानकार पनि छौं । साझा समस्या साझा ढंगले हामी हल गर्छौं,” उनले भने, “कार्यशैली सुधार होस् वा नीतिगत संरचना परिवर्तन गर्नुपर्नेहोस् त्यो पनि हल गर्छौं । आयोजनाका समस्या छन् भने आयोजनासँग बसेर पनि हामी हल खोज्छांै । सहजीकरण गर्छौं ।”५० मेगावाटमाथिका जलविद्युत् आयोजनाले व्यहोरिरहेका समस्या र समाधानका उपायबारे विद्युत् विकास विभागले आयोजना गरेको छलफलमा मन्त्री पुनले लाइसेन्स होल्डको सट्टा अन्य व्यवसाय गर्न आग्रह गरे । लाइसेन्स होल्ड गरेर नबस्न म सुझाव दिन चाहन्छु । हामी हाम्रा कमजोरी सुधार्छौं,तपाँईहरूका समस्या हल गर्छौं तपाईंहरू पनि जिम्मेवार बन्नुप-यो, उनले भने, “बेला बेलामा शक्ति केन्द्रहरूको दबाब आयो भनेर सचिव, महानिर्देशक भन्नुहुन्छ, यो राम्रो काम होइन, यस्ता काम छोडिदिनुस्, निर्माणमा लाग्नुस् ।”
बिजुली किन्नका लागि सरकारसँग कुनै समस्या नभएको बताउँदै मन्त्री पुनले पिकिङ आरओआर आयोजना निर्माणमा जान आग्रह गरे । “सरकारले विद्युत् किन्ने वातावरण बनाउँछ म स्पष्ट पार्न चाहन्छु । हामीले देशभित्र खपतको वातावरण बनाउँछौं,” उनले भने, “तपाँईहरू ढुक्क भएर आयोजना बनाउनुहोस्, प्रसारणलाइन निर्माणको काम पनि दु्रतगतिमा अघि बढ्छ ।”
No comments:
Post a Comment