http://karobardaily.com/news/development/17902
आइतवार, चैत्र १७, २०७५
लगानी सम्मेलनको अन्तिम दिन शनिबार १५ परियोजनामा सम्झौता र समझदारी तथा थप १७ परियोजनामा लगानी प्रस्ताव गरिएको छ । शनिबार सकिएको दुई दिने लगानी सम्मेलनको क्रममा शनिबार १५ परियोजनाहरूमा सम्झौता तथा समझदारी समेत भएको हो । लगानी सम्मेलनको अन्तिम दिन शनिबार १५ परियोजनामा सम्झौता र समझदारी तथा थप १७ परियोजनामा लगानी प्रस्ताव गरिएको छ । शनिबार सकिएको दुई दिने लगानी सम्मेलनको क्रममा शनिबार १५ परियोजनाहरूमा सम्झौता तथा समझदारी समेत भएको हो । चौधरी गु्रपले मात्र चार परियोजनामा सम्झौता र समझदारी गरेको छ । चौधरी ग्रुप र स्काई पावरबीच ६ सय मेगावाटको सोलार परियोजनाका लागि संयुक्त उपक्रम सम्झौता (जेभीए) भएको छ । सम्मेलनको समापनको अवसरमा समझदारीमा चौधरी गु्रपमा प्रबन्ध निर्देशक निर्वाण चौधरी र स्काई पावरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत केरी एल्डरले हस्ताक्षर गरे ।
त्यसैगरी प्रबन्धक निर्देशक चौधरी र शराफ कम्पनीका कार्यकारी निर्देशक सलाह सराफबीच मल्टिमोडेल लजिष्टिक पार्क, सीजी कर्प ग्लोाबरका प्रबन्धक निर्देशक चौधरी र टुर्कसेलका व्यापारिक प्रमुख मुरात इर्कानबीच ५ जी मोबाइल नेटवर्क तथा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु यादव र सीजी पूर्वाधार कम्पनीबीच सो प्रदेशमा २ सय मेगावाट सोलार निर्माणको सम्झौता भएको छ । त्यसैगरी विभिन्न क्षेत्रका परियोजना लगानीका लागि १० अर्बको कोष स्थापनाका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र उद्योग विभागका महानिर्देशक विनोद सिंहबीच समझदारी भएको छ । भारतीय कम्पनी सतलजले निर्माण सुरु गरेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तिय व्यवस्थापनका लागि सतलज तथा स्टेल अफ इण्डियाका साथै नेपालका एभरेष्ट र नबिल बैकबीच प्रतिवद्धतापत्रमा हस्ताक्षर भएको छ । प्रतिवद्धतापत्रमा सतलज अरुण तेस्रो पावर डेलभपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतिलकुमार शर्मा तथा स्टेल बैकका विनोदकुमार, एभरेष्ट बैकका उपमहाप्रबन्धक गिरिस गोर्खाली र नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहबीच हस्ताक्षर भएको छ । १ खर्ब १२ करोड लगानी रहेको आयोजनाको लागि भारतीय बैकले ६५ अर्ब ६० करोड, एभरेष्टले ८ अर्ब १२ करोड तथा नबिल बैकले ४ अर्ब ८७ करोड लगानी गर्न लागेको छ । यस्तै, १६४ मेगावाटको कालीगण्डकी गर्जका लागि हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान तथा युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड जलविद्युत लगानी कम्पनीका अन्र्तराष्ट्रिय व्यापार प्रमुख झु झेङचेङबीच जेभीए भएको छ भने रिसोर्स हिमालय बैंकट भिलेज रिसोर्ट बनेपाका कार्यकारी अध्यक्ष प्रधान तथा सिनसरे कन्सल्टिङ कम्पनीका प्रबन्ध निर्देशक ईडीई ह्सीयाबीच बनेपामा रिसोर्ट, दक्षिण एशिया हर्वब डेक्टोयिसन एसपीए, टाइम सेयरिङ भिला, खुल्ला चिडीयाखना र एडेभेन्चरस स्पोर्टबारे सम्झौता भएको छ । त्यसैगरी १८ मेगावाटको सोलार, ९८ मेगावाटको जलविद्यु तथा १० मेगावाटको वायु ऊर्जामा लगानीका लागि अपि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र बेलायतको कँडेल गु्रपका अध्यक्ष राजेन कँडेलबीच समझदारी भएको थियो । सम्मेलनको क्रममा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउनेबारे विशेष आर्थिक क्षेत्रको बी र सी ब्लकको विकासका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सेजका प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्ट र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को नेपाल, भुटान र वंगालकै क्षेत्रीय प्रबन्धक वेण्डी वेरनरबीच सम्झौता भएको छ । त्यसैगरी ग्रेन वेयर हाउसका लागि नेपाल वेयरहाउसिङ कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरिया र नेसनल कोलाटेरल म्यानेजमेण्ट सर्भिसका उपप्रमुख कार्यकारी अधिकृत अनुपोम कौशिकबीच जेभीए भएको छ । पूर्वाधार विकासमा सहकार्यका लागि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र म्यानममार लाइसेन्ड कन्ट्र्याक्टर एसोसियनका अध्यक्ष बीक्याऊ वीनबीच समझदारी भएको छ । सम्मेलनको क्रममा २१६ मेगावाटको अपर त्रिशुली–१ का लागि वित्तीय व्यवस्थापनको पनि घोषणा गरिएको छ । ६५० मिलियन डलरको लगानीका लागि सम्मेलनमा कोरियन कम्पनी कोसेपका उपाध्यक्ष हाकविन किमले घोषाा गरेका थिए । सम्मेलनमा मुखतोड फाइनान्स भारतले नेपालको युनाइटेड फाइनान्स लिमिटेडमा ३९ करोड ९० लाख लगानी गर्ने घोषणा नेपालका देशीय निर्देशक अनिल कार्कीले गरेका थिए भने लगानी बोर्ड नेपाल र लगानी बोर्ड साउथ अफ्रिकाबीच द्विपक्षीय सहकार्यका लागि समझदारी भएको छ । १७ परियोजनामा लगानी प्रस्तावसम्मेलनको क्रममा सरकारले अघि सारेका ७७ मध्ये १७ परियोजनाका लागि आवेदन परेको छ । बोर्डका अनुसार पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शिक्षा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनीले आवेदन दिएका छन् । परिपक्व नभएको भन्दै लगानी बोर्डले सार्वजनिक नगरेपनि निजगढ अन्तर्राष्ट्रिय सम्मेलन, पश्चिम सेती, तमोर जलाशय, भक्तपुर सम्मेलन केन्द्र, वीरगञ्जमा लजिस्टिक सेन्टर, रिङरोड -याापिड ट्रान्जिट लगायतमा आवेदन परेको छ । अप्रिलसम्मका लागि आवेदन दिने व्यवस्था रहेकोले यसमा थप हुनसक्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

No comments:
Post a Comment