http://karobardaily.com/news/development/17756
बुधवार, चैत्र १३, २०७५
सरकारले आगामी चैत्र १५ र १६ गते हुन लागेको लगानी सम्मेलनका लागि ऊर्जातर्फका मात्रै २५ परियोजना प्रस्तुत गर्ने भएको छ । १५ खर्ब बराबर लागत अनुमान गरिएका सरकारी निकायका ८ र निजी क्षेत्रका १७ आयोजना लगानी सम्मेलनमा प्रस्तुत गर्न लागेको हो । कुल परियोजनामध्ये ऊर्जाकामात्र एकतिहाई छन् भने लागत पनि झण्डै ५० प्रतिशत छ । लगानी सम्मेलनमा सरकारले साढे ३२ खर्ब रुपैयाँ बराबरका निजी क्षेत्रका २७ सहित ७७ परियोजना प्रस्तुत गर्न लागेको छ । ४० देशका ६ सय ५० विदेशी लगानीकर्तासहित एक हजारभन्दा बढी सहभागी रहने सम्मेलनमा ऊर्जा सबैभन्दा प्राथमिकतामा परेको छ ।
बोर्डका अनुसार प्रतिडलर १ सय १० नेपाली रुपैयाँको दरले सरकारीतर्फका ऊर्जा आयोजनाको लागत १२ खर्ब ५१ अर्ब तथा निजीतर्फ २ खर्ब ४९ अर्ब लागत छ । सरकारीतर्फ ७६२ मेगावाटको तमोर जलाशय, १११० मेगावाटको सुनकोसी–२, ५३६ मेगावाटको सुनकोसी–३, ४१० मेगावाटको नलगाढ, ४५० मेगावाटको एसआर सिक्स, ७५० मेगावाटको पश्चिमसेती जलाशय, १२०० मेगावाटको पश्चिमसेती एसआर र ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना रहेको बोर्डले जनाएको छ । त्यसैगरी निजी क्षेत्रतर्फका ३० मेगावाटको त्रिशूली गल्छी, ५३.६ मेगावाटको मध्यकालिगण्डक, १८ मेगावाटको इन्गवा खोला, ४० मेगावाटको माथिल्लो चमेलिया, ५७.३ मेगावाटको म्याग्दीखोला, १३२ मेगावाटको तल्लो बरुणखोला र १६४ मेगावाटको कालिगण्डकी गर्ज छन् । त्यसैगरी ४६ मेगावाटको माथिल्लो बलेफी, ३६ मेगावाटको माथिल्लो बलेफी ए, २६० मेगावाटको नाम्लान खोला, ५० मेगावाटको तारपखोला, ६२ मेगावाटको भोटेकोशी–५ , ५४ मेगावाटको मस्याङदी–७, ३०.४० मेगावाटको माथिल्लो दुधखोला, २१.९३ मेगावाटको काबेली–३, ५२ मेगावाटको माथिल्लो ल्याप्चे तथा ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना रहेको लगानी बोर्डले जनाएको छ ।

No comments:
Post a Comment