काठमाडांै, ३० फागुन
१६ वर्षअघि स्वदेशी लगानीमा निर्माण भएको ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाले सर्वसाधारणलाई पहिलोपटक १४ करोड बराबरको सेयर दिएको थियो । विदेशी लगानीमा ६० मेगावाटको खिम्ती र ४५ मेगावाटको भोटेकोसीपछि निर्माण भएको इन्द्रावतीको प्रवद्र्धक नेशनल हाइड्रोपावर कम्पनीले २०५९ सालमा सर्वसाधारणका लागि दिएको सेयर नै पहिलो थियो ।
१६ वर्षअघि स्वदेशी लगानीमा निर्माण भएको ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाले सर्वसाधारणलाई पहिलोपटक १४ करोड बराबरको सेयर दिएको थियो । विदेशी लगानीमा ६० मेगावाटको खिम्ती र ४५ मेगावाटको भोटेकोसीपछि निर्माण भएको इन्द्रावतीको प्रवद्र्धक नेशनल हाइड्रोपावर कम्पनीले २०५९ सालमा सर्वसाधारणका लागि दिएको सेयर नै पहिलो थियो । धितोपत्र बोर्डका अनुसार त्यसयताका १६ वर्षमै २० अर्ब २७ करोड ९६ लाख ३४ हजार ९ सय रुपैयाँ बराबरको ४८ जलविद्युत् आयोजनाको सेयर आईपीओमार्फत् पाइसकेका छन् । बोर्डका अनुसार हालसम्म आईपीओमार्फत् २० करोड २७ लाख ९६ हजार ३ सय ४९ कित्ता सेयर सर्वसाधारणले पाएका छन् । १० वर्ष अघिसम्म जम्मा ६ जलविद्युत् आयोजना आयोजनाले मात्र सर्वसाधारणलाई सेयर दिएकोमा हालसम्म भने ४८ जलविद्युत् आयोजनाले पाइसकेका छन् ।
धितोपत्र बोर्डमा ४३ अर्ब २० करोड ९३ लाख ६० रुपैयाँ बराबर सेयर निष्कासनका लागि जलविद्युत् आयोजना सूचीकृत भएकोमा १२ अर्ब २१ करोड ८८ लाख ९१ हजार रुपैयाँ बराबरको १२ करोड २१ लाख ८८ हजार ९ हजार १ सय कित्ता सेयर निष्कासनका लागि १२ आयोजनाले बोर्डबाट स्वीकृति लिइसकेका छन् । बोर्डका अनुसार १० अर्ब ७१ करोड ७ लाख ७४ हजार १ सय ७० रुपैयाँ बराबरको सेयर भने निष्कासनको चरणमा छन् । हालै सरकारले जनताको जलविद्युत् आयोजनाअन्तर्गत १९ आयोजनाका लागि १ खर्ब बराबरको सेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ । चैत ५ गते यसको शुभारम्भ गर्ने योजना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको छ । १ खर्बमध्ये हाल त्यसको १० प्रतिशत अर्थात १० अर्ब दिने र पछि आयोजना निर्माणको कार्य अघि बढेपछि अरु सेयर दिने लक्ष्य सरकारको छ ।
बोर्डको तथ्यांकअनुसार सन् २००३ देखि ५ सम्म नेशनल हाइड्रो र चिलिमे जलविद्युत् कम्पनीले मात्र जलविद्युत्को आईपीओ जारी गरेका थिए भने त्यसपछि सन् २००८ देखि २००९सम्म चार वटा जारी भएका थिए । २०१२ देखि २०१७ सम्म भने ४३ र पछिल्लो एक वर्षमा १० आयोजनाले सर्वसाधारणका लागि आईपीओ जारी गरेका थिए । नेपाल धितोपत्र बोर्डले २०६५ सालमा जारी गरेको धितोपत्र सूचीकरण तथा वितरण नियमावली ल्याएपछि कानुनी रूपमै जलविद्युत्को सेयर दिन थालिएको थियो । पहिला बोर्डले चिलिमे क्षेत्रका प्रभावित रसुवावासीलाई ५ प्रतिशतमात्र सेयर दिएकोमा स्थानीयले आन्दोलन गरेपछि नियमावली संशोधन गरेर १० प्रतिशत पु¥याइएको थियो भने सर्वसाधारणलाई पनि १५ प्रतिशत सेयर दिन थालिएको बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरि पछिल्लो समयमा जलविद्युत् आयोजनाहरूमा लगानी गर्ने लहरनै चलेको बताउँछन् । “पहिला सर्वसाधारणमा जथाभावी रूपमा सेयर लिने क्रम बढेपछि पनि पछिल्लो समयमा जलविद्युत् आयोजना हेरेर लगानी गर्न थालेका छन्,” उनी भन्छन्, “जलविद्युत् आयोजनामा सेयर हाल्नेको लहर नै चलेको छ ।”१८ वर्ष अघि निजी क्षेत्रबाट विदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण सम्पन्न भए पनि २०५९ सालमा इन्द्रावती तेस्रोले सेयर दिन सुरु गरेको थियो । चिमिलेमा स्थानीयले सेयरको माग गर्दै आन्दोलन गरेपछि माथिल्लो तामाकोसीको प्रबद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर कम्पनी २०६४ माघ १५ गते प्रबन्धपत्रमै सेयर दिने व्यवस्था गरेको थियो । आयोजना निर्माण सम्पन्न भएको ७ वर्षपछि चिलिमेले सर्वसाधारणलाई सेयर दिएको थियो । तामाकोसीको प्रबन्ध पत्रमा आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारण नागरिकलाई १५ प्रतिशत सेयर लगानी व्यवस्था गरेको र स्थानीयलाई र सर्वसाधारणलाई प्रबन्ध पत्रमै सेयर दिने किटान गर्ने नेपालको पहिलो पहिलो कम्पनी भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठ बताउँछन् ।
“हालसम्मको सबैभन्दा बढी ८ लाख सर्वसाधारणले तामाकोशीको सेयर पाएका छन्, सर्वसाधारणलाई सेयर दिनुपर्छ भनेर आफ्नो प्रबन्धपत्रमा उल्लेख गर्ने तामाकोसी नै पहिलो हो,” श्रेष्ठले भने ।आयोजना प्रभावित र सर्वसाधारणलाई धितोपत्र ऐन २०६३ मा कुनै पनि व्यवस्था नभए पनि तामाकोसीले सेयर दिने स्पष्ट राखेको थियो भने त्यसपछि धितोपत्र ऐन २०६३ को संशोधन गरेर सेयर दिने व्यवस्था गरिएको थियो । तामाकोसी र चिलिमेले गरेको व्यवस्थालाई नजिर मानेर ऐनमै व्यवस्था भएपछि सबै जलविद्युत् आयोजनाहरूले सर्वसाधारण र आयोजना प्रभावितका लागि सेयर निष्कासन गर्न सहज भएको छ ।

No comments:
Post a Comment