http://karobardaily.com/news/economy/17905
आइतवार, चैत्र १७, २०७५
विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि उचित वातावरण भएको आश्वस्त पार्दै दुई दिने नेपाल लगानी सम्मेलन सकिएको छ । सरकार, प्रमुख प्रतिपक्षी दल र निजी क्षेत्रका प्रतिनीधिहरूसहित विज्ञहरूमार्फत नेपालमा नीतिगत, कानुनी, प्रक्रियागत, सहुलियत, सहजीकरण र लाभांश फिर्ता लैजान उचित वातावरण रहेको विश्वस्त पार्दै शनिबार सम्मेलन सकिएको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा आएका लगानीकर्ताहरूलाई नेपालमा लगानीयोग्य परियोजनाहरूको जानकारी दिँदै राजनीति स्थिरतासहितको उपयुक्र्त वातावरण रहेको सन्देश दिइएको बताए । “४० राष्ट्र र ३ सय विदेशी कम्पनीमा ७ सय ३५ भन्दा बढी लगानीकर्ता, एक सय कम्पनी र अन्य गरी ६ सय नेपाली प्रतिनिधि सहभागी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ,” उनले भने, “सम्मेलनको क्रममा प्रधानमन्त्रीसँग ३६ द्विपक्षीय बैठक, ३९ भन्दा बढी व्यापारिक र सरकारी तथा ३० भन्दा बढी विदेशी–स्वदेशी लगानीकर्ताबीच बैठक भए, यसबाट अधिकांश विदेशी लगानीकर्तालाई विश्वस्थ वातावरण बनाउने कार्य भयो ।”सम्मेलनको लागि साढे ३२ खर्बका सरकारले ५० सरकारी र २७ निजी क्षेत्रका गरी ७७ परियोजना राखेको थियो । सम्मेलनको क्रममा ऊर्जा, सूचना प्रविधि, उद्योग, कृषि र यातायात पूर्वाधारबारे क्षेत्रगत तथा लगानीको वातावरणबारे चार सत्रमा छलफल भएको थियो । सम्मेलनको शुक्रबार शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि वातावरणन बनेको बताएका थिए । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले दु्रतगतिको विकास चाहेको बताउँदै सरकारले ऊर्जा, पर्यटन, उत्पादनमा आधारित उद्योगहरू, भौतिक पूर्वाधार लगायतलाई जोड दिएको बताए । पूर्वअर्थमन्त्री डा. रामशरण महतले सन १९९० देखि आर्थिक उदारीकरणको सुरुवात भएको बताउँदै नेपाल अति कम विकसित राष्ट्रबाट स्तरोउन्नतिका लागि सामाजिक क्षेत्रमा प्रगति भएपनि आर्थिक वृद्धिको अवस्था कमजोर देखिएकोको अवस्थामा विदेशी लगानी महत्वपूर्ण हुने बताए । विदेशी लगानी आउँदैमा स्वेदेशी लगानीकर्ता निराश हुनुनपर्ने उनको तर्क थियो । ऊर्जाबारेको एक शत्रमा मन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि क्षेत्रीय सहकार्यको खाँचो बताउँदै त्यसका लागि उचित वातावरण बनेको बताए ।

No comments:
Post a Comment