भीम गौतम, केशवराज पौडेल /राजधानी
काठमाडौं, २६ वैशाख
काठमाडौं, २६ वैशाख
पाँचखाल
नगरपालिका–१६ स्थित पलाञ्चोक भगवती क्षेत्रका धेरैले राहतबापत त्रिपाल
पाए, तर भूकम्प गएको १५ दिन बित्दासमेत जितबहादुर पहरीले अझैपाएका छैनन्
।पलाञ्चोक भगवतीमा विभिन्न संघ÷संस्थाले बाँड्ने राहत अधिकांश कार्यक्रम
पनि त्रिपालको आशाले पनि उनी पुग्छन् पनि तर उनको नाम आउँदैन । ‘खोइ कसैले
त्रिपाल दिएको छैन, त्रिपाल भए पनि यसो ओत लाग्ने ठाउँ हुन्थ्यो,’ उनले
राजधानीसँग गुनासो पोखे, ‘हामीजस्ता बोल्न नसक्ने निमुखालाई पनि सरकारले
एउटा त्रिपाल दिएको भए हुन्थ्यो ।’
शुक्रबार
नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूसमेत सहभागी चामल र सुविधायुक्त
टेन्ट हाउस वितरणमा कार्यक्रममा पहरी पनि उपस्थित थिए । कार्यक्रममा आफ्नो
कुरा राख्न नसकेपछि उनी आफूलाई कसैले नहेरेकोमा गुनासो पोखिरहेका थिए । उनी
मात्र होइन, स्थानीय तारा खड्काले त रोएरै आफ्नो समस्या सुनाइन् । ‘खाने
अन्न छैन, बस्ने बास छैन, तर कसैले राहत दिँदैन, कसरी बाँच्नू,’ खड्काले
गुनासो पोखिन्, ‘हामीलाई पनि सरकारले राहत दिन्छ कि भनेर भन्यो कहिल्यै
हेर्दैन ।’ अर्की स्थानीय महिला सुस्मिता कुँवर भने कसैले दुई÷तीनओटा
त्रिपाल पाए पनि कसैले एउटा पनि नपाएको भन्दै भेदभाव गरेकामा आक्रोश
पोखिरहेकी थिइन् । ‘पहिला त्रिपाल पाएकाभन्दा पनि नपाउनेलाई दिनुप¥यो, अब त
वर्षासमेत आउन थाल्यो, कम्तीमा जस्ता भए पनि पाऊँ,’ उनले भनिन् ।
पाँचखाल
नगरपालिकाको त धेरैले राहतबापत त्रिपाल पाएका छैनन् भने अन्य विकट
क्षेत्रका बासिन्दाको अवस्था भने दयनीय छ । हालसम्म सरकारले यातायात तथा
सञ्चारबाट विच्छेद डाँडापारिमा सामान्य राहतबाहेक अरू पु¥याउन सकेको छैन ।
महाभूकम्पको एक सातापछि डाँडापारिका नौ गाविसमा ३०÷३० ओटा त्रिपाल
हेलिकोप्टरबाट खसालेर फर्केको सरकार फेरि पुगेको छैन, उनीहरूले अन्य राहत त
पाएकै छैनन् ।
यस्तै अवस्था छ,
कोसीपारिको पनि । अरनिको राजमार्गबाट नजिक पर्ने गाविसमा आंशिक रूपमा राहत
सामग्री पाए पनि धेरैले राहत पाएकै छैनन् । सरकारले काभ्रे जिल्ला हेर्न
खटाएकी उपराष्ट्रपति कार्यालयकी कायममुकायम सचिव जीवनप्रभा लामाले
डाँडापारि र कोसीपारि राहत पु¥याउन नसकेको स्वीकारिन् । ‘कोसीपारि र
डाँडापारिमा राहत पु¥याउन कठिन छ, राहतका लागि कम टेन्ट रहेकाले अत्यावश्यक
क्षेत्रमा पु¥याउन सकेका छैनौं,’ उनले भनिन् । तर, ८० प्रतिशत क्षेत्रमा
राहत पु¥याइसकेको उनको दाबी छ ।
३ सय
१७ जनाको मृत्यु र ३२ सय ५० घाइते भएको काभ्रेमा घरगोठ गरी झन्डै ४९ हजार ९
सय ३३ क्षति भएको सचिव लामाले जानकारी दिइन् । ‘काठमाडौंबाट जोडिए पनि
काभ्रेमा धेरै विकट क्षेत्र रहेकाले अझै पूर्ण रूपमा उद्धार गर्न कठिनाइ
देखिएको छ,’ उनले भनिन् ।
‘भाग्यले बाँचे’
खरेलथोक
गाविस–१ का ९६ वर्षीय कृष्णबहादुर श्रेष्ठ १९९० सालको भूकम्पमा काम गर्नका
लागि बेसी झरेका थिए र उनी बाँचे । त्यतिबेला उनले भूकम्पमा बहिनी गुमाएका
थिए । बुढ्यौलीको कारण अधिकांश समय घरभित्रै बिताउने श्रेष्ठ १२ वैशाखमा
भने संयोगले बारीमा निस्किएका थिए ।
‘अधिकांश
घरभित्रै रहन्थें, त्यो भुइँचालोको दिन बारी गएर बाँचे,’ उनले आफ्नो
ध्वस्त घर देखाउँदै भने, ‘भाग्यले बाँच्न सकें, १९९० सालमा पनि ठुलो गएको
थियो, यसपालिको भूकम्पले समेत ठुलो क्षति पु¥यायो ।’
http://rajdhani.com.np/article/0329041001431230335
No comments:
Post a Comment