- १०२ घर उच्च जोखिममा
- आठ घर गाईवस्तु लिएर सुरक्षित स्थानतिर
- ‘मुसुरो थापेको मुसो’ जस्तो भएका छौं : स्थानीय
भीम गौतम/राजधानी
च्याम्राङबेंसी (काभ्रे), १४ जेठ
च्याम्राङबेंसी (काभ्रे), १४ जेठ
काभ्रेको
विकट डाँडापारिको च्याम्राङबेंसी गाविस–९ तांग्रेमाराङका कुलबहादुर थिङ
वर्षांैदेखि बस्दै आएको गाउँबाट विस्थापित भएका छन् । भूकम्पबाट घर पूर्ण
रूपमा क्षति भएपछि र घरभन्दा माथि गएको र जान सक्ने पहिरोका कारण अस्थायी
टहरा बनाएर बस्नेसमेत अवस्था नभएपछि उनी विस्थापित भएका हुन् ।
उनीसहित
च्याम्राङबेंसीका कान्छाराम गोले, वीरबहादुर गोले, श्रीमान् थिङलगायतको
परिवार अहिले काभ्रेको पनौती नगरपालिकास्थित खोपासीमा टहरामा बसिरहेका छन् ।
उनीहरू
गोठमा पालिएका सबै पशुपन्छीसहित खोपासी पुगेका हुन् । ‘घर भत्के पनि टहरा
बनाएर बस्नुहुन्थ्यो तर जमिन भासिएको र डाँडाकाँडाबाट पहिरोका कारण ज्यान
जाला जस्तो भएपछि बाध्य भएर खोपासी आएर बस्नुपरेको हो,’ उनले राजधानीसँग
भने, ‘पाँच घरधुरी सँगै बसेका छौं, गाई, भैंसी, बाख्रा पनि पालिरहेका छौं,
बिजोग अवस्थामा भए पनि बस्नैप¥यो ।’ गाउँमा अधिकांश क्षेत्रमा पहिरोको खतरा
देखिएकाले बाँच्न खोपासी सहरमा भाडामा टहरा लिएर बस्नुपर्ने बाध्यता
आइलागेको उनले बताए ।
गोले र थिङको
परिवार मात्र होइन, च्याम्राङबेंसी–६ का हुद्धराज सापकोटा र लोकनाथ
तिमल्सिना, च्याम्राङबेंसी–९ का बमबहादुर थिङका परिवारसमेत विस्थापित
भइसकेका छन् । ‘बैठो डाँडा चर्किएकाले जुनबेला पनि पहिरो जान सक्ने
देखिएपछि गाउँमा अर्को टहरा बस्नुभन्दा बरु गाउँ छोड्नु जाती भएर छोडेको
हुँ,’ बमहादुरले भने, ‘भूकम्पले घर लग्यो, ज्यान बचेको थियो, घर बनाउने
ठाउँ पनि छैन, बस्ने ठाउँ पनि छैन, बाध्य भएर घर छोडेर हिँड्नुप¥यो,’ उनले
भने । च्याम्राङबेंसी–३ का हुद्धराज घिमिरे घर पूर्ण रूपमा क्षति भएपछि
सुरक्षित बासस्थान खोजिरहेका छन् ।
‘सकेसम्म
आङ्खनो गाउँवरिपरि नै सुरक्षित ठाउँ पाइन्छ भनेर खोजिरहेको छु, भैंसी
बेचिसकें, ज्यानभन्दा ठूलो केही रहनेछ,’ उनले पीडा सुनाए, ‘९६ वर्षीया
हजुरआमा यावदकुमारीसहितलाई लिएर बाध्यतावश आङ्खनो गाउँ छोड्दै छौं, अहिले त
हामी मुसुरो थापिएको मुसोजस्तो बनेका छौं, कहिले ज्यान जाला थाहा छैन ।’
घरमाथिबाट
पहिरोले ढुंगा बर्सने क्रम जारी रहेपछि धेरै परिवारले नजिकैको अलि
सुरक्षित ठाउँको सहारा लिएका छन् । ‘घरमाथिबाट ढुंगा बिर्सन छोडेको छैन,
कहिले मर्ने थाहा छैन,’ स्थानीय अम्बिका दाहालले भनिन्, ‘नजिकै सानो टहरो
बनाएर भैंसी राखेका छौं, त्रिपालमा बस्छौं ।’
च्याम्राङवेशी
गाविसमा रहेका कलङसिंह, नागडाँडा, सिगाडाँडा, बैठेडाँडा, साप्राङ,
लामीडाँडा, च्यालम, नागबेल, खरी छाप्रा, माथिल्लो गाउँ, फुर्केथली, झिंगे,
सुकुमलगायतका अधिकांश गाउँ पहिरोको उच्च जोखिममा छन् । गाविस सचिव शेषनाथ
दाहालले महाभारत डाँडाको जंगलमुनि रहेको च्याम्राङबेंसीका सबैजसो गाउँ
पहिरोको जोखिमका रहेको जानकारी दिँदै ३ सय ४१ घरधुरीमध्ये १ सय २ घरधुरी
पहिरोको उच्च जोखिममा रहेको बताए ।
‘१
सय २ घर पहिरोको उच्च जोखिममा छन्, ती घर सुरक्षित ठाउँमा कसरी सार्ने
भन्ने चिन्तामा छौं, कतिपय आफंै घर छोडेर हिँडिसकेका छन्, अरू पनि धेरै
विस्थापित हुने चरणमा छन्,’ उनले भने, ‘बेंसीका केही घर मात्र सुरक्षित
छन्, बाँकी सबै पहिरोको जोखिममा रहेकाले सुरक्षित स्थान खोज्दै छौं ।’
गाविसका
अनुसार च्याम्राङबेंसी–१ का ३१, २ का १४, ३ का १९, ४ का ४, ५ का ५, ६ का
१२, ७ का ९, ८ का २ र ९ का ६ घरधुरी पहिरोको उच्च जोखिमका कारण त्यहाँका
बासिन्दा विस्थापित हुने अवस्थामा छन् । गाविसमा भूकम्पका कारण २ सय ७४
घरधुरी पूर्ण रूपमा र ६२ घर आंशिक रूपमा क्षतिग्रस्त छन् । विस्थापित
भइसकेका र हुने अवस्थामा रहेका सबैलाई सरकारले सुरक्षित स्थान खोजेर राख्न
उनीहरूले माग गरेका छन् । ‘सरकारले सुरक्षित ठाउँ खोजेर राखिदिए हुन्थ्यो,
गाउँमा बस्न नसक्ने अवस्था रहेको र छिट्टै वर्षा सुरु हुने हुनाले चाँडै
गरिदेओस् भन्ने चाहन्छौं,’ घिमिरेले भने ।
अक्सर
सरकारी र गैरसरकारी क्षेत्र कम पुग्ने विकट डाँडापारीको च्याम्राङबेंसी
पुगेका रेडक्रस काभ्रेका अध्यक्ष रघुवर चौप्रधानले भूकम्पले पु¥याएको क्षति
र पहिरोको जोखिमतालाई मध्यनजर राखेर च्याम्राङ बेंसीवासीलाई राहत उपलब्ध
गराउन लागेको बताए । ‘सबैजसो गाउँ पहिरोको जोखिममा देखिन्छन्, यहाँका
बासिन्दालाई सुरक्षित ठाउँमा बसाउन तथा भूकम्पले पु¥याएको क्षतिको
न्यूनीकरणका लागि सामग्रीदेखि नगद समेतको राहत प्याकेज बनाएका छौं,’ उनले
भने ।
भूकम्पपछिको त्रास र पहिरोका
कारणले यहाँको चक्रेश्वर उच्च माविको विद्यालय सञ्चालन गर्नसमेत कठिन रहेको
विद्यालयका सहायक प्रधानाध्यापक बलबहादुर पाख्रिनले बताए । ‘पुरै गाविसका
बासिन्दा पहिरोका कारण त्रसित भएकाले अभिभावकले विद्यार्थी विद्यालयमा
पठाउन चाहेका छैनन्, बालबालिका पनि त्रसित छन्,’ उनले भने । स्थानीय
उपस्वास्थ्य चौकीमा समेत माथिबाट पहिराको जोखिम रहेको स्वास्थ्य केन्द्रले
जनाएको छ ।
http://www.erajdhani.com/article/0630662001432865489
No comments:
Post a Comment