भीम गौतम, केशवराज पौडेल /राजधानी
माझीगाउँ (काभ्रे), २१ वैशाख
माझीगाउँ (काभ्रे), २१ वैशाख
इन्द्रावती
किनारामा बस्ने अधिकांशको दिनचर्या हुन्छ, नदीमा जाल हाल्ने र माछा पार्ने
अनि बिहान–बेलुकाको छाक टार्ने । तर, तिनै माझीहरूलाई शनिबार आएको
महाभूकम्पको जालले भने बेहालबनाएको छ ।
अधिकांश
जग्गाविहीन रहेका तथा माछा मारेकै भरमा र मजदुरीमा बाँच्नुपर्ने काभ्रेको
चण्डेनी गाविस–२ माझीगाउँका उनीहरूको सम्पत्तिको रूपमा रहेका कच्ची घर
महाभूकम्पले पुरै क्षति पु¥याएपछि बेहाल बनाएको हो । १० वर्ष अघिसम्म
अधिकांश खरका कटेरा रहेको माझीगाउँमा भारतसम्म मजदुरी गरेर तथा स्थानीय
स्तरमा माछा मारेर र मजदुरी गरेर जस्ता र टायल हालेका थिए ।
तर,
ठुलो संघर्षले बनाएका घरहरू अहिले माटो र ढुंगामा परिणत भएका छन् ।
‘हेर्दाहेर्दै घरहरू ढलेर इन्द्रावतीको सुक्खा किनाराजस्तै माझीगाउँ उजाड
बन्योे,’ स्थानीय वीरबहादुर माझीले गाउँ देखाउँदै भने, ‘हामी माझीहरू
इन्द्रावतीमा माछालाई जालमा पार्दथ्यौं तर भूकम्पले हामीलाई पो जालमा पा¥यो
सधंै पीडा हुने गरेर ।’
हुन पनि
माझीगाउँमा रहेका ९५ घरधुरीमध्ये सबै घरधुरी महाभूकम्पले भत्किए र माझीहरू
नजिकको इन्द्रावती किनार र बारीको त्रिपालभित्र पुगे । महाभूकम्पले स्थानीय
१० जनालाई सधैंका लागि खोसेर पनि लग्यो । ‘माझीगाउँमा रहेका सबै ९३ घरधुरी
नै महाभूकम्पले क्षतविक्षत बनायो र १० जनालाई हामीले गुमायौं,’ स्थानीय
विन्ध्यवासिनी माविका प्रधानाध्यापक राजु माझीले भने, ‘हेर्दाहेर्दै पुरै
माझीगाउँका घर भत्किए, अहिले बेहाल भएको छ ।’
महाभूकम्प
गइरहेको बेला इन्द्रावती नदीमै थिए, ५१ वर्षीय दिलबहादुर माझी । भूकम्प
गएपछि भाग्दै उनी पाखातिर पुगे । ‘इन्द्रावती नदीको पानी त्यसरी उम्लिएको
कहिल्यै देखेको थिइनँ तर धन्न बाँचियो,’ उनले भने ।
महाभूकम्प
गएको दिन बिदा भएकाले अधिकांश नुहाई–धुवाई र माछा मार्नका लागि
इन्द्रावतीमा पुग्नु नै कम मानव क्षतिका कारण बन्यो, माझीगाउँका लागि ।
महाभूकम्प गएको नौ दिन बितिसक्दा पनि अधिकांशले त्रिपाल पाएका छैनन् ।
स्वास्थ्य शिविरका लागि टोली र केही खाद्यान्नको राहत पाए पनि उनीहरूलाई
सधैं बाँच्ने आधार भने छैन । अधिकांश जग्गाविहीन भएको र मजदुरीमा बाँच्ने
कारण उनीहरूका लागि गाँस, बास र कपास नै मुख्य समस्या बनेको छ ।
‘थोरैले
मात्र पाएका छौं, अधिकांश भत्केको जस्ताको तातो रापभित्र बाँच्न विवश
छौं,’ प्रअ माझीले भने, ‘सरकारले गाँस, बासका लागि सहयोग दिएन भने फेरि
ढुंगेयुगमा फर्कनुको विकल्प छैन ।
चण्डेनीमा महामारीको खतरा
बढी
गर्मी हुने चण्डेनीमण्डनमा लामखुट्टे, झिँगा र सर्प देखिने क्रम बढेसँगै
महामारीको खतरा देखिएको छ ।अधिकांश घर भत्किएकाले खुला आकाशमुनि वा
त्रिपालभित्र रात काट्नुपर्ने बाध्यता रहेका यहाँका बासिन्दामा महामारीको
खतरा बढेको हो । ‘खुला आकाशमुनि र त्रिपालभित्र बस्नुपर्ने बाध्यता छ,
अहिले लामखुट्टेले टोकेर हैरान बनाएको छ, झिँगा पनि भन्किन थालेको छ, सर्प
पनि बाहिर निस्किए,’ स्थानीय ज्ञानमणि नेपालले भने, ‘महामारीको खतरा
देखिएकाले यसका लागि सरकारले सहयोग गरोस् ।’ धेरै पशुपन्छी र जनधनको क्षति
भएर त्यसलाई निकालेर व्यवस्थापन गर्न नसक्दा माझीगाउँमा भने अझै दुर्गन्ध छ
। स्थानीय दिनेश माझी दुर्गन्ध फैलिएकाले रोगको सम्भावना बढिरहेको
बताउँछन् ।
इन्द्रावतीमा माछा होइन लास
माछा
मार्नका लागि इन्द्रावतीमा पुग्ने माझीले अहिले यहाँको नदीमा माछाभन्दा
शवहरू देख्न थालेका छन् । सिन्धुपाल्चोक र काभ्रेका धेरै क्षेत्रमा
जनधनसहित पशुपन्छीसमेत मरेपछि र अधिकांशले इन्द्रावती नदीमा फालिदिएपछि
यहाँ शवहरू देखिन थालेको हो । ‘हामीले इन्द्रावती नदीमा उत्रेका धेरै
मान्छेका लास र मरेका पशुपन्छी नदीमा बगाइदियो,’ विन्ध्यवासिनी माविका प्रअ
राजु माझीले भने, ‘प्रत्येक दिन शवहरू उत्रिरहेका छन्, यसले पनि झन्
दुर्गन्ध बढाएको छ ।’
पुरिएको लास खोतल्न अवरोध
महाभूकम्प
गएको नौ दिन बितिसक्दा पनि काभ्रेको चण्डेनीमण्डनस्थित माझीगाउँमा पुरिएको
भनिएको लास भेट्न सकिएको छैन । चण्डेनीमण्डन गाविस–२ का सोभिते माझीका १६
वर्षीय सहदेव माझीको पुरिएको भनिएको लास अझै नभेटिएको हो । महाभूकम्प गएको
समयमा घरमै रहेका सहदेव र उनकी आमा कान्छी घरबाहिर निस्किएका थिए तर आमा
कान्छी बारीमा हामफाले पनि सहदेव छिमेकतिर भागेका थिए । डोजर ल्याएर
खन्दासमेत हालसम्म लास भेट्न नसकिएको स्थानीय विन्ध्यवासिनी माविका प्रअ
माझीले जानकारी दिए ।
सहदेव सोभिते र
कान्छीका एक मात्र सन्तान हुन् । आङ्खनो घर वरिपरि नभेटिएपछि र दाजु ऋषेले
समेत डोजरले खन्न नदिएपछि बिरक्तिएका उनीहरू महाभूकम्पको बेला भागेर मावली
गएको हुन सक्ने आशाले चित्त बुझाउन सिन्धुपाल्चोकको भदौरे गएको
स्थानीयवासीले बताए । स्थानीयवासीले भने लास पुरिएको आशंकामा विशेषज्ञ टोली
ल्याएर पत्ता लगाउन माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले
आपूmलाई यसबारे विस्तृत जानकारी नआएको र जानकारी आएमा विशेषज्ञ बोलाएर
पहिचान गर्न तयार रहेको बताए ।http://rajdhani.com.np/article/0097288001430786582
No comments:
Post a Comment