भीम गौतम / राजधानी
काठमाडौं, १ असार
काठमाडौं, १ असार
विकट
घेद्मा गाविस–८ रुकुमकी करिमा खड्कालाई दुई वर्षअघिसम्म पानीको अभावले
खेतमा कसरी खेती गर्ने भन्ने चिन्ता थियो । खेतीमुनि रहेको भेरी नदी र
नजिकै रहेको बागेजेउला खोला भए पनि सिँचाइको अभाव उनका लागि सबैभन्दा ठूलो
समस्या बनेको थियो ।
एक वर्ष अघि
मात्र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), यूकेएड, युरोपियन
युनियनलगायतको सहयोगमा जिल्ला विकास समिति रुकुमले जलवायु परिवर्तन सहयोग
कार्यक्रमअन्तर्गत बागेदेउला सिँचाइ आयोजना बनाएपछि उनको समस्या हटेको छ ।
पछिल्लो
समयमा जलवायु परिवर्तनका कारणले सानातिना खोलानाला सुक्न थालेपछि र आवश्यक
समयमा वर्षासमेत कम हुन थालेपछि यहाँका बासिन्दाका लागि पानी समस्या
सबैभन्दा ठूलो बन्दै गएको छ । यसलाई मध्यनजर राखेर यहाँ सहयोग कार्यक्रम
सञ्चालित छ । ‘पहिला सिँचाइ नभएर ठूलो समस्या थियो, सिँचाइ आएपछि खेतमा धान
खेती हुन थालेको छ ।’ खड्काले भनिन्, ‘सिँचाइले अब चालम धेरै किन्नुपर्ने
अवस्था छैन ।’
खड्का मात्र होइन,
बागेदेउला सिँचाइ बनाएपछि घेदमा गाविस–८ र १ वडाका ४८ घरधुरीलाई सिँचाइ
सुविधा पुगेको छ । पहिला मकै र कोदो मात्र खाएर जीवनयापन गर्ने यहाँका
बासिन्दाको खेत सिञ्चित भएपछि धानसहित तरकारी खेतीसमेत गर्न थालेका छन् ।
बागेदेउलामा
बनेको कुलोबाट पानी पाएपछि यहाँका किसान असाध्यै खुसी छन् । ‘नजिकै खोलो
भएर के गर्नु सिँचाइ नभएर ठूलो समस्या थियो ।’ ‘अँजुलीमा हालेर पानी ल्याउन
नमिल्ने तर अहिले कुलो बनेर मज्जाले खेती गर्न पाएपछि साह्रै खुसी छौं,’
बागेदेउलाका बासिन्दाले भने ।
पहिला एक
वर्षमा दुई बाली मात्र हुने ठाउँमा अहिले तीन बाली हुन थालेको छ भने
उत्पादन पनि तेब्बर बढ्न थालेको छ । पहिला सानो कुलो बनाएर पानी ल्याउँदा
नपुगेर गाउँलेबीच बारम्बार झैझगडा हुने भए पनि त्यसमा पनि कमी आएको छ ।
‘पहिला त पानीकै निहुँमा झगडा भइरहने अवस्था थियो, प्रहरीसमेत बोलाउनुपरेको
थियो ।’
सिँचाइ आयोजना उपभोक्ता
समितिका अध्यक्ष कुमे पुनमगरले भने, ‘अहिले त बर्खामा तीन बाली हुन थालेको
छ, उत्पादन पनि तेब्बर बढेको छ ।’ उनका अनुसार यहाँ रहेका ४८ घरधुरीमध्ये
१२÷१३ घरधुरीलाई खान पुग्ने भए पनि अहिले भने अधिकांश किसान आत्मनिर्भर हुन
थालेका छन् ।
विगतमा यहाँ उत्पादन
कमजोर हुँदा छिमेकी गाउँमा गएर १० पाथी कोदोको ब्याज ५ पाथी तिर्ने गरी
ल्याउनुपर्ने अवस्था थियो । साहुलाई तिर्नुपर्ने ब्याजबाट हैरान भएका
उनीहरूले यसबाट सिँचाइ आएपछि मुक्त भएका छन् । ‘कोदो मकैमा साहुबाट १० पाथी
ल्याएर १ वर्षपछि १५ पाथी तिर्नुपर्ने अवस्थाबाट मुक्ति मिलेको छ,’
अध्यक्ष पुनले भने ।
अहिले गाउँमै
आलु, काउली, काँक्रो, कोपी, गोलभेंडालगायतका तरकारीसमेत खेती हुन थालेको छ ।
‘खानेपानीको मुहान सुकेर त धेरै समस्या भएको छ, तर सिँचाइ भने पाएका
छांै,’ स्थानीय संगीता सनाराले भनिन्, ‘सिँचाइ पाउँदा कम्तीमा कसैसँग अन्न
पाथी ऋण लिने अवस्थाको अन्त्य भएको छ ।’
घेम्दा
मात्र होइन, जलवायु परिवर्तन सहयोग कार्यक्रमले रुकुमको मर्मत र नयाँ
सिँचाइमार्फत दुई हेक्टर जमीनमा सिँचाइ गरिएको छ । जसबाट ३३ सय किसान
प्रत्यक्ष लाभान्वित भएका यूएनडीपीले जनाएको छ ।
http://rajdhani.com.np/article/0206671001466046847
No comments:
Post a Comment