राजधानी समाचारदाता
काठमाडौं, २ असार ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म १९ हजार ४ सय ५२ वटा निजी घर पुनर्निर्माणका लागि विभिन्न गैरसरकारी संस्थाहरु (गैसस) लाइ स्वीकृति दिएको छ ।
प्राधिकरण कार्यकारी समितिले विभिन्न सात गैससलाई निजी घर बनाउनका लागि गैससलाई ले पेश गरेको परियोजना प्रस्तावहरुलाई स्वीकृत दिएको हो । प्राधिकरणले नेपाल रेडक्रस सोसाइटीलाई ६ हजार, कारितास नेपाललाई ४४ सय ४०, लुथरन नेपाल फाउण्डेसनलाई २१ सय २४ र सेभ द चिल्डेनलाई १६ सय, हेलवेटास नेपाललाई १ हजार, लुमन्तिलाई ८ सय ५० र टियर फण्डले ६ सय निजी घर बनाउन प्रस्ताव गरेका थिए । निजी घर निर्माणका साथै अन्य कार्यक्रम सञ्चालन गर्न १७ वटा संस्थाले २२ अर्व ३६ करोड ५९ लाख ७ हजार २ सय ४४ रुपैयाँ खर्च गर्ने प्रस्ताव गरेको प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालले जानकारी दिए । ती गैससले गोरखा, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर, दोलखा, धादिड., काठमाडौं लगायतका जिल्लामा कार्यक्रम सञ्चालन गर्नेछन् । गैससले स्वनिर्माण अवधारणालाइृ अलम्बन गरी घरधनीहरुले घर निर्माण गर्ने गरी दुइृ लाख अनुदान उपलब्ध गराउनुपर्ने पनि प्राधिकरणले जनाएको छ । पुनर्वास तथा बस्ती स्थानान्तरण, अति विपन्न परिवार, विपन्न दलित, नाबालक सन्तान मात्र भएका विधवा र एकल महिला, ७५ वर्ष नाघेका जेष्ठ नागरिक मात्र सदस्य भएको परिवार, अपांगता भएका एकल व्यक्तिको लागि व्यक्तिगतको आवासको परिवारलाई दुई लाख ५० हजार सम्मको आवास अनुदान उपलब्ध गराउन सक्ने व्यवस्था प्राधिकरणले गरेको छ ।
No comments:
Post a Comment