क्षेत्र तोकेरै टेन्डर आह्वानको अन्तिम गृहकार्य
भीम गौतम / राजधानी
काठमाडौं, २४ जेठ
काठमाडौं, २४ जेठ
सरकारले
सौर्य ऊर्जा (सोलार) मार्फत डेढ वर्षभित्र निजी क्षेत्रबाट ६४ मेगावाट
विद्युत् खरिद गर्ने गरी प्रक्रिया अघि बढाएको छ । तत्काल ठूला जलविद्युत्
आयोजना निर्माण सम्पन्न नहुने कारण लोडसेडिङ न्यूनीकरणका लागि सरकारले
वैकल्पिक ऊर्जामा जोड दिएपछि नेपाल विद्युत् प्राधिकरणले खुला
प्रतिस्पर्धामार्फत निजी क्षेत्रमार्फत सोलारबाट विद्युत् खरिद प्रक्रिया
अघि बढाएको हो ।
प्रधानमन्त्री केपी
शर्मा ओलीले गत २९ कात्तिकमा राष्ट्रका नाममा सम्बोधन गर्दै सोलरमार्फत एक
वर्षमा २ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने घोषणा गरेका
थिए । राष्ट्रिय ग्रिडमा जोडेर खरिद गर्ने प्रयोजनका लागि खुला
प्रतिस्पर्धामार्फत आह्वान गरेर केन्द्रीय ग्रिडमा जोड्ने गरी टेन्डर
प्रक्रिया अघि बढाउन लागेको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक
मुकेशराज काफ्लेले जानकारी दिए । विभिन्न १४ क्षेत्र नै तोकेर उत्पादन गरी
त्यहाँमार्फत राष्ट्रिय ग्रिडमा जोड्न लागेको सोलारका लागि भोलि (बुधबार)
प्राधिकरणले निजी कम्पनीमार्फत टेन्डर आह्वान गर्न लागेको प्राधिकरणले
जनाएको छ ।
प्राधिकरणका अनुसार सोलार
निर्माणका लागि प्राधिकरणले ६० दिनभित्र टेन्डर हालिसक्नुपर्ने गरी
सार्वजनिक रूपमा आह्वान गर्न लागेको छ । यसअघि प्राधिकरणले सोलारबाट
उत्पादित विद्युत् प्रतियुनिट ९ दशमलव ६१ पैसामा खरिद सम्झौता (पीपीए)
गर्ने निर्णय गरिसकेको छ । प्राधिकरण विद्युत् व्यापार केन्द्रका प्रमुख
प्रबल अधिकारीले क्षेत्र नै तोकेर सम्बन्धित क्षेत्रका प्रसारण लाइनमा
जोड्ने गरी टेन्डर आह्वान गर्न लागिएको जानकारी दिए । ‘डेढ वर्षभित्र ६४
मेगावाट विद्युत् खरिद गर्ने लक्ष्यसहित क्षेत्र नै तोकेर टेन्डर आह्वान
गर्न लागेका हौं,’ उनले भने । प्राधिकरणका अनुसार ११ केभी प्रसारण लाइनमा
जोड्ने गरी परवानीपुरमा ८ मेगावाट, हेटांैडामा ४ मेगावाट, बानेश्वर र
लमहीमा ३÷३ मेगावाट, दमकमा २ दशमलव ५ मेगावाट तथा अनारमणिमा २ मेगावाट
विद्युत् सोलारमार्फत उत्पादन गरी खरिद गर्ने लक्ष्य छ । त्यसैगरी, ११
केभीमै जोड्ने गरी दुहबी र वीरगन्जमा १ दशमलव ५ मेगावाटका साथै ढल्केबर,
सिमरा, लहान, बर्दघाटमा १÷१ मेगावाट र कावासोतीमा ५ सय किलोवाट विद्युत्
खरिद गर्ने लक्ष्य प्राधिकरणको छ । त्यसैगरी, ३३ केभी प्रसारण लाइनमा
जोड्ने गरी बुटवलमा ८ दशमलव ५ मेगावाट, दुहबीमा ८ मेगावाट, चन्द्रनिगाहपुर र
लहानमा ४÷४ मेगावाट, ढल्केबरमा ३ मेगावाट, अनारमणिमा २ मेगावाट, वीरगन्ज र
चनौटामा १ दशमलव ५÷१ दशमलव ५ मेगावाट तथा कावासोतीमा १ मेगावाट विद्युत्
सोलार खरिद गर्ने लक्ष्य राखेको छ । विद्युत् प्राधिकरणले प्रस्तावित गरेको
क्षेत्रमा निजी जग्गा खरिद गरी वा सरकारी जग्गा लिजमा लिएर सोलारमार्फत
विद्युत् उत्पादन गर्न सक्नेछन् ।
स्वयं
विद्युत् प्राधिकरणले समेत २५ मेगावाटको सोलार निर्माण प्रक्रिया अघि
बढाएको छ । तीन वर्षअघिदेखि प्रक्रिया सुरु भए पनि अझै निर्माण सुरु भएको
छैन । प्राविधिकका अनुसार १ मेगावाट सोलारका लागि दुई हेक्टरभन्दा बढी जमिन
आवश्यक पर्छ । सोलारका लागि धेरै जग्गा आवश्यक हुने कारण निजी क्षेत्रले
यसअघि सोलारमार्फत विद्युत् उत्पादनतर्फ खासै चासो दिएका छैनन् ।
http://rajdhani.com.np/article/0770929001465258774
No comments:
Post a Comment