भीम गौतम
काठमाडौ, १६ पुस ।
सरकार बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण झण्डै दुई महिनादेखि अवरुद्ध भएको छ ।
अरुण तेस्रोको विद्युत गृह जाने संखुवासभाको छ्याङकुटीदेखि दिदिङ–८ वेसीसम्म पुग्ने पहुँचमार्गको निर्माण कार्य स्थानीयबासीको अवरोधको कारण अवरुद्ध भएको हो । अरुण तेस्रोको प्रवद्र्धक कम्पनी सतलजले एकमुष्ट रुपमा सरकारलाई पहुँच मार्गवापतको रकम दिएपछि हाल सडक विभागले पहुँचमार्गको निर्माण कार्य अघि बढाएको छ । छ्याङकुटीदेखि दिदिङसम्मको २८ किलोमिटर पहुँच मार्ग हाल सडक विभागले अरुण तेस्रो प्रवेश मार्ग आयोजनामार्फत अघि बढेको छ । आयोजनाका डिभिजिनल इन्जिनियर जीवेन्द्र मिश्रले मुआब्जाप्रति असन्तुष्टि जनाएर स्थानीयबासीले अवरोध गरेपछि पहुँचमार्ग निर्माणको कार्य रोकिएको बताए । ‘पहुँचमार्ग खन्नेक्रममा ६ किलोमिटर बन्दै गर्दा अवरोध भएपछि अहिले निर्माण कार्य अघि बढेको छैन ।’–उनले भने–‘६ किलोमिटरसम्ममा केही काम त भएको छ तर अरु काम अघि बढ्न नसकेकोले अवरोध हटाउनका लागि प्रयास गरिरहेका छौ, लगानी बोर्डसँग पनि यसबारे छलफल भईरहेको छ ।’
२०४५ सालमा तत्कालीन सरकारले अन्यायपूर्ण तरिकाले मुआब्जा निर्धारण गरी वितरण गरेको भन्दै यहाँका स्थानीयबासीले सडक निर्माणमा अवरुद्ध पुर्याएपछि गत २१ कार्तिकदेखि निर्माण कार्य अघि बढेको छैन । यहाँका स्थानीयबासीले तत्कालीन अवस्थामा सरकारले निर्धारण गरेको प्रतिरोपनी १ सय ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म मुआब्जा निर्धारण अन्यायपूर्ण भएकोले नयाँ दररेट अनुसार हुनुपर्ने भन्दै सडक विभागका साथै जिल्लास्थित सरकारी निकायमा उनीहरुले स्थानीय प्रभावित संघर्ष समिति र अरुण सरोकार मञ्चमार्फत ज्ञापनपत्र समेत बुझाईसकेका छन् । तर संखुवासभामा प्रमुख जिल्ला अधिकारी खेमकान्त आचार्य भने आफूलाई अवरोधबारे पूर्ण रुपमा जानकारी नभएको र अवरोध रहेकोबारे थाहा भएकोले समाधानका लागि प्रयास गर्ने बताउँछन् । ‘सडक विभागले मलाई सडक निर्माण कार्यमै अवरोध भएकोबारे पूर्ण जानकारी गराएको छैन, सुनेको छु ।’–उनले भने–‘समस्या रहेकोले समाधानका लागि लाग्छौ ।’ मुआब्जा थप गर्ने विषय प्रमुख जिल्ला अधिकारीबाट सम्बोधन गर्नुपर्ने भएपनि सडक निर्माणमा अवरोध भएको झण्डै दुई महिना वित्दा पनि हालसम्म समाधानका लागि ठोस प्रयास नभएको गुनासो स्थानीयबासीको छ । सडक निर्माणका लागि वातावरण नबन्दा पहुँचमार्ग निर्माणमा ढिला हुने र यही कारण अरुण तेस्रोको आयोजना अघि बढाउन समस्या पर्ने समेत देखिएको छ ।
गत कार्तिकबाट १५ महिनाभित्र दुई लटमा पहुँच मार्ग निर्माण गर्ने गरी लुम्बीनी–एम के एण्ड ब्रर्दश जेभीले निर्माणको जिम्मेवारी पाएको थियो । १४ र १४ किलोमिटर गरी दुई लटमा ५६ करोडमा ठेक्का पाएको ठेकेदार कम्पनीले पहुँच मार्ग निर्माण कार्य अघि बढाउन सकेको छैन । पटक पटकको अवरोधपछि ठेकेदार कम्पनीले सडक विभागलाई काम गर्न नपाएको भनेर जानकारी समेत गराईसकेको छ तर अवरोध अझै हटेको छैन । ‘२१ कार्तिकदेखि पहुँच मार्ग निर्माणको काम अघि बढाउन पाएका छैनौ ।’–ठेकेदार कम्पनीका प्रतिनीधि खड्गबहादुर खत्रीले भने–‘काम गर्न नपाएको कारण १२ वटा भन्दा बढी स्काभेटर, जेसीबी लगायत थन्किएका छन्, सयौ मजदुर अलपत्र परेका छन्, कति त फर्किपनि सके ।’ उनका अनुसार, काम गर्न नपाएकै कारण दैनिक १० लाखभन्दा बढी घाटा बेहोर्नुपरेको छ ।
छिट्टै पहुँच मार्ग बनाउने वातावरण नबने निर्माण काममा ढिलाई हुने भएकोले यस वापतको क्षतिपुर्ति र समय थपका लागि ठेकेदार कम्पनीले एर्ली वार्निङ समेत दिईसकेको छ । सडक निर्माणमा खटिएका प्राविधिक तथा अन्य जनशक्तिलाई स्थानीयबासीले कुट्ने, पिट्ने धम्की दिएपछि उनीहरु त्रसित समेत बनेका छन् । अवरोधकै कारण अझै तीन किलोमिटर सडकको सर्भे काम समेत हुन नसकेको कम्पनीले जनाएको छ । सडक विभागका अनुसार, पहुँच मार्ग निर्माणमा अवरोध भएपनि बाँधदेखि विद्यृतगृहसम्मको मार्गको काम भने अघि बढेको छ ।

No comments:
Post a Comment