काभ्रेको धुसेनी शिवालयमा निर्माण गरिएको एकीकृत बस्ती तस्विर/कास
धुसेनी शिवालयः भूकम्पले भत्काएपछि विचल्लीमा परेका काभ्रे धुसेनी शिवालयका भूकम्प प्रभावितले नयाँ घर पाएका छन् । घर भत्केपछि छाप्रोमा बस्दै आएका प्रभावितले नयाँ घर पाएका हुन् ।
आफ्ना दुई छोरा दुर्घटनामा परी मृत्यु भएपछि उनीहरूको सम्झनामा सामाजिक काम गर्दै आएको लक्ष्मी प्रतिष्ठानको पहलमा धुसेनी शिवालय–७ स्थित गोमटीको खड्का गाउँका भूकम्प प्रभावितलाई नयाँ घर बनाइएको हो । ग्लाल्सो नेप्लिज एसोसियसन यूकेको सहयोगमा १४ सहित २७ घरधुरी निर्माण सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले जानकारी दिए ।
उनका अनुसार, ३२ घरमध्ये २७ सम्पन्न भइसकेका छन् भने ५ घर निर्माणको चरणमा छन् । ग्याल्सोबाहेक अमेरिकी–नेपाली नर्सिङ सोसाइटी, साउदीको मिलन ग्रुप, मीरा पुडासैनीलगायतले घर निर्माणका लागि सहयोग गरेको प्रतिष्ठानले जनाएको छ ।
७५ हजार स्थानीय जनश्रमदानसहित २ लाख ३८ हजार रुपैयाँमा नयाँ घर बनेका हुन् । भूकम्पअघि छरिएको रहेको बस्तीलाई एकीकृत गरी ग्याल्सो नमुना गाउँको रूपमा निर्माण गरिएको छ । “बस्तीलाई एकीकृत रूपमा निर्माण गरेका छांै, यो यूकेमा रहेका मनकारी नेपालीको सहयोगले ग्याल्सो नमुना गाउँ बनेको हो,” उनले भने ।
ग्याल्सोका अध्यक्ष दिलु गैह्रे र संस्थापक अध्यक्ष विष्णु महर्जनले धुसेनी शिवालय पुगेर भूकम्प प्रभावितलाई नयाँ घर वितरण गरेपछि उनीहरू खुसी छन् । भूकम्पपछि नयाँ घर पाएको खुसीयालीमा स्थानीय भूकम्प प्रभावितले नाँचगानसमेत गरेका थिए ।
“छाप्रोमा बस्नुपर्दा धेरै दुःख भएको थियो, अहिले त आफ्नै घर पायांै,” स्थानीय सरिता गौतमले भनिन् । भूकम्पले धेरै दुःख पाएकोमा अहिले नयाँ घरमा आएर बस्न पाएकोमा ७० वर्षीया पातली तामाङ पनि खुसी छिन् ।
http://www.karobardaily.com/news/72369
No comments:
Post a Comment