काठमाडौं\रास–
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ बढाउने भएको छ । भारतीय नाकाबन्दीको
कारण ग्याँस आपूर्ति नभएर अधिकांश विद्युतीय चुलोमा पकाउन बध्य भइरहेको
बेला विद्युत् प्राधिकरणले लोडसेडिङ बढाउन लागेको हो । हाल साताको ४४ घन्टा
लोडसेडिङ गर्दै आएको प्राधिकरणले यसलाई बढाएर ५६ घन्टा पु¥याउन लागेको छ ।
खोलामा पानीको सतह घटेर विद्युत
उत्पादनमा कमी आउन थालेपछि लोडसेडिङ बढाउन लागिएको प्राधिकरणका कार्यकारी
निर्देशक मुकेशराज काफ्लेले बताए । ‘पानीको सतह घटेर विद्युत् उत्पादन कम
भएपछि केही दिनभित्रै लोडसेडिङ बढाउन लागेका छौं,’ उनले भने, ‘ग्याँसको चरम
अभावलाई दृष्टिगत गरी सकेसम्म बिहान र बेलुकाको समयमा दुई घन्टा विद्युत्
दिन मिल्ने गरी लोडसेडिङ तालिका बनाउने गृहकार्य गरिरहेका छांै ।’ हाल
विद्युत्को माग १३ सय मेगावाट रहेकामा भारतबाट २ सय २५ मेगावाटको
हाराहारीमा विद्युत् आयत भइरहेको छ भने प्राधिकरण र स्वतन्त्र ऊर्जा
उत्पादकमार्फत ३ सय ५७ मेगावाट उत्पादन छ ।
‘भारतबाट
आयात र नेपालमा उपलब्धबाहेक थप ५ सय ५० मेगावाट विद्युत अभाव छ,’ विद्युत्
प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले भने, ‘पानीको सतह
घटेकाले लोडसेडिङ बढाउनुपर्ने अवस्था छ ।’ भारतीय अघोषित नाकाबन्दीको कारण
इन्धन अभाव र तराईमा आन्दोलन भएपछि अधिकांश उद्योगधन्दा बन्द भएपछि पछिल्लो
समयमा विद्युतीय चुलोको प्रयोग बढेसँगै विद्युत् माग बढेको छ ।
http://rajdhani.com.np/article/0814518001449020394
No comments:
Post a Comment