काठमाडौं÷रास—
पाँच वर्षभित्र फोहोरबाट ४५ मेगावाट बिजुली उत्पादन गर्ने उद्देश्यसहित
ठूला क्षमताको बायोग्याँस प्लान्ट परियोजना सुरु भएको छ । विश्व बैंकबाट
अनुदान र प्राविधिक ८० करोड रुपैयाँ सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन
केन्द्रले मंगलबारदेखि सुरु गरेको १२ घनमिटर भन्दा ठूला बायोग्याँस प्लान्ट
परियोजनाअन्तर्गत ४५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
पोल्ट्रीफार्म,
पशुफार्म, खाद्य उद्योगजस्ता व्यवसायिक क्षेत्र, होटललगायतका ठूलो उद्योग र
नगरपालिकाको जैविक फोहोरबाट बिजुली उत्पादन गर्न लागिएको हो । ‘सन् २०१५
देखि २०१९ सम्म सञ्चालन हुने आयोजनाबाट ४५ मेगावाट बिजुली उत्पादन गर्ने
लक्ष्य राखिएको छ,’ बायोग्याँस प्लान्ट कार्यक्रमका सल्लाहकार उत्तम झाले
भने, ‘प्रारम्भिक अध्ययनको आधारमा नेपालमा १ सय ९८ मेगावाट फोहोरबाट बिजुली
उत्पादन हुने सम्भाव्यता देखिए पनि आयोजनाको अवधिभित्र ४५ मेगावाटको
लक्ष्य छ ।’ उनका अनुसार, पाँच वर्षभित्र ५ सय ७० व्यावसायिक संस्थाहरू, ३०
वटा नगरपालिका र अन्य धर्मशाला, मन्दिर, सरकारी निकायलगायतका ६ सय
संस्थागत निकायमा बाँयोग्याँस बनाउने लक्ष्य कार्यक्रमले राखेको
छ । विश्व बैंकका आशिष श्रेष्ठले बायोग्याँसलाई प्राथमिकता दिएर विश्व बंैकले सहयोग गरेको बताए ।
२४
नोभेम्बर २०१४ मा विश्व बैंक र सरकारबीच सम्झौता भएकोमा मंगलबारदेखि सुरु
गरिएको आयोजनाअन्तर्गत इच्छुक ठूला उद्योग र नगरपालिकालाई समेट्ने योजना छ ।
अध्ययनका क्रममा २५ टनभन्दा माथि फोहोर संकलन हुने क्षेत्रमा परियोजना
उपयुक्र्त हुने केन्द्रले जनाएको छ । प्रतिदिन प्रतिटन सरदर २२ सय रुपैयाँ
फोहोर व्यवस्थापनका लागि खर्च गर्दै आएका नगरपालिकाले आयोजना सञ्चालन गर्न
सकेमा फोहोरबाट मोहोर कमाउने छन् । केन्द्रका अनुसार, ठूलो बायोग्याँस
आयोजनाअन्तर्गत विराटनगर र व्यास नगरपालिकामा अध्ययन अघि बढाइसकिएको छ भने
वीरगन्ज र जनकपुरमा अघि बढाउन लागिएको छ ।
मंगलबार
परियोजना सुरुआत तथा अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय योजना आयोगका
सदस्य डा. भारतेन्दु मिश्र, केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद
धिताललगायतले बायोग्याँस आयोजनाबाट हुने फाइदा र वातावरण संरक्षणको
क्षेत्रमा पु¥याउने योगदानबारे चर्चा गरेका थिए ।http://rajdhani.com.np/article/0976738001423020441
No comments:
Post a Comment