राजधानी समाचारदाता
काठमाडौं, २१ माघ
काठमाडौं, २१ माघ
पहुँचको
भरमा अन्य उद्योगभन्दा चार घन्टा बढी विद्युत् उपयोग गर्दै आएका विराटनगर
क्षेत्रका पाँच उद्योगलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरणको तालिकामा
सीमित गरिएको छ ।
प्राधिकरण
कार्यकारी निर्देशक मुकेशराज काफ्लेलगायतको टोलीले पहुँचको भरमा अन्य
उद्योगभन्दा चार घन्टा बढी विद्युत् उपयोग गर्दै आएका ती उद्योगको निर्णय
बदर गरी सामान्य तालिकाअनुसार सञ्चालनमा ल्याएको हो ।
प्राधिकरणका
अनुसार, विराटनगरका ८ दशमलव ५ मेगावाट विद्युत्का लागि अनुमति लिएको
रियाइन्स स्पिनिङ मिल्स, २ मेगावाटको रघुपति जुट मिल, २ दशमलव ५ मेगावाटको
अरिहन्त मल्टिफाइबर, १ दशमलव ५ मेगावाटको अरिहन्त पोलिप्याक र १ मेगावाको
बाबा जुट मिलले निरीक्षणको क्रममा अन्य उद्योगधन्दा चार घन्टा बढी चलाएको
पाइएको थियो ।
ती उद्योगले पहुँचको
भरमा विशेष निर्णय गराई अन्य उद्योगधन्दा चार घन्टा बढी विद्युत् उपयोग
गरेको पाइएपछि निरीक्षणमा गएको टोलीले लोडसेडिङ सामान्य गराएको प्राधिकरणका
एक अधिकारीले जानकारी दिए ।
यो
निर्णय बदरसँगै अब चार घन्टा १५ मेगावाट बराबरको बिजुली अन्य क्षेत्रका
बासिन्दाले समेत पाउनेछन् । उद्योग व्यवसायलाई प्राधिकरणका कर्मचारीको
मिलेमतोमा २४ घन्टा नै बिजुली दिएको र सर्वसाधारणले बढी लोडसेडिङ
भोग्नुपरेको भन्दै आलोचना हुन थालेपछि उद्योगहरूको समेत प्राधिकरणका
अधिकारीले सम्भावित त्यस्ता उद्योगको निरीक्षण गर्दै आएको छ ।
http://rajdhani.com.np/article/0269043001423106844
No comments:
Post a Comment