Tuesday, December 31, 2013

प्राविधिक अनुगमन गर्न बूढीगण्डकीमा विशेषज्ञ टोली


भीम गौतम\राजधानी
काठमाडौं, १५ पुस
निर्माणाधीन जलविद्युत् आयोजनाहरूको सुरुङ निर्माणका क्रममा ‘गम्भीर’ समस्या देखिन थालेपछि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भइरहेको ६ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाले अनुगमनका लागि छुट्टै प्राविधिक विशेषज्ञ टोली राख्ने तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माण भइरहेका चमेलिया र कुलेखानी तेस्रो तथा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा समस्या देखिएपछि बूढीगण्डकीले छुट्टै विशेषज्ञ टोली राख्न लागेको हो ।
‘अहिले पनि विज्ञहरूको टोलीसँग आयोजनामा आउन सक्ने चुनौती र समस्याबारे छलफल गरिरहेका छौं,’ बूढीगण्डकी जलविद्युत् विकास समितिका कार्यकारी अध्यक्ष डा.लक्ष्मीप्रसाद देवकोटाले भने, ‘डीपीआर भइरहेकाले बारम्बार गएर प्राविधिक पक्षबारे अनुगमन गर्न विज्ञहरू राख्नेबारे छलफल भइरहेको छ ।’ फ्रान्सेली ठेकेदार कम्पनी ट्राकवेल इन्जिनियरिङले १० महिनाअघि आयोजनाको डीपीआर निर्माण गरिरहे पनि उनीहरूको कामबारे कसले अनुगमन गर्ने भन्ने अन्योल कायम छ । तर, कार्यकारी अध्यक्ष देवकोटाले भने आयोजनामा छुट्टै दुई इन्जिनियर खटिरहेको र विज्ञहरूमार्फत बेलाबेलामा रिस्कबारे छलफल भइरहेको बताए ।
‘भोलि निर्माणको चरणमा कुनै समस्या देखिएमा त्यसले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा गम्भीर असर गर्न सक्छ,’ उनले भने, ‘एक महिना मात्र आयोजनाको निर्माण कार्य ढिलो भयो भने नेपालले २ अर्ब रुपैयाँ घाटा बेहोर्नुपर्छ ।’ अहिले बूढीगण्डकीको सुरुङ १० किलोमिटर वा डेढ किलोमिटर कति बनाउने भन्नेबारे समेत छलफल भइरहेको आयोजनाले जनाएको छ । कम सुरुङ बनाउँदा प्राविधिक रूपमा उपर्युक्त देखिएमा कम रिस्क हुने हुनाले आयोजनाले यसबारे समेत अध्ययन गरिरहेको छ ।
निर्माणका क्रममा समस्या आएपछि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको सुरुङमार्ग परिवर्तन गर्दा आयोजनाको निर्माण कार्य ६ महिनापछि धकेलिएको छ भने लागतसमेत झन्डै १ अर्ब बढेको छ । त्यसैगरी, ३० मेगावाटको चमेलियामा सुरुङ साँघुरिएर आयोजनाको लागत १ अर्ब बढेको छ भने निर्माण कार्य डेढ वर्षभन्दा बढी पछि धकेलिएको छ । त्यसैगरी, कुलेखानी तेस्रोमा सुरुङको मार्ग नै परिवर्तन गर्दा झन्डै ७ करोड लागत बढेको छ । परामर्शदाताले गरिरहेको अध्ययनबारे छड्के जाँच गर्ने अनुगमन संयन्त्र नहुँदा जलविद्युत्मा नयाँ–नयाँ समस्या आइरहेका छन् ।
बूढीगण्डकीले भने त्यस्तो समस्या आउन नदिन समयमै सचेत हुनका लागि बारम्बार अनुगमन गर्ने विशेष विज्ञको टोली बनाउन लागिएको हो । जलविद्युत् इन्जिनियरका अनुसार गलत नक्साका कारण समेत बेलाबेलामा सुरुङको समस्या आउने गरेको छ । माथिल्लो तामाकोसीमा समेत परामर्शदाता कम्पनीले गलत डिजाइन गर्दा समस्या आएको आवाज उठेको थियो । विशेषगरी सुरुङमा कुनै समस्या आएपछि ठेकेदार कम्पनीले त्यो समस्याका लागि तत्काल समाधान नगरी पुनः बल्झाएर फाइदा लिन खोज्ने प्रवृत्ति सबैभन्दा सुरुङ निर्माणको समस्या बनेको प्राधिकरणका एक अधिकारीले बताए ।
‘चोटपटक लागेर रगत बग्नेबित्तिक्कै रगत रोकेर उपचार गरे पो पछि उपचार गर्न सकिन्छ, तर त्यसो गरिँदैन । यही समस्या जलविद्युत् आयोजनाहरूमा छ,’ ती अधिकारीले भने, ‘विस्तृत अध्ययन गर्ने बेलाका साथै आयोजना निर्माणको क्रममा समेत विज्ञहरूले बारम्बार अनुगमन गर्नुपर्छ ।’ प्राधिकरण अधिकारीहरूका अनुसार विदेशी ठेकेदार कम्पनीहरूले क्लेम र भेरियसनका लागि ठूलाठूला आयोजनामा छुट्टै इन्जिनियर राख्ने गरेजस्तै आयोजनाले समेत ठेकेदार कम्पनीले गर्ने गलत कार्यको अनुगमन गर्न छुट्टै इन्जिनियर खटाउनुपर्ने अवस्था आएको छ ।
राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको बूढीगण्डकी जलाशययुक्त आयोजना भएकाले परामर्शदाताको अध्ययनदेखि नै विशेष सचेत हुनुपर्ने आवाज उठे पनि विकास समितिले यसबारे ठोस निर्णय गरेर विज्ञहरूद्वारा बारम्बार अनुगमन गर्न सकेको छैन । ठूला–ठूला आयोजनाहरूमा सरकारले विशेषज्ञ टोली बनाए पनि ६÷६ महिनामा मात्र आयोजनास्थलमा पुग्ने तथा आयोजनाबाट ठेकेदार कम्पनीले दिइएको प्रतिवेदनमा आधारित भएर मात्र छलफल गर्ने भएकोले छुट्टै विज्ञ ल्याउनुपर्ने आवाज उठेको हो ।
‘१० महिनासम्म परामर्शदाता कम्पनीले गरेको कामको मूल्यांकन र अनुगमन कसले गर्छ ? तामाकोसीको समस्या दोहोरिएमा के गर्ने ? विकास समितिसमक्ष जनशक्ति पनि छैन,’ प्राधिकरणका अधिकारी भन्छन् । ६ सय मेगावाटको बूढीगण्डकी आयोजना नबनेसम्म नेपालबाट लोडसेडिङ अन्त्य नहुने हुनाले यो आयोजनालाई विशेष आयोजनाको रूपमा लिइएको छ । बाँकी २० महिनामा परामर्शदाताले अध्ययन सक्ने बेलासम्म आयोजनाको पुनःस्थापना र पुनर्वासको व्यवस्था गरिसक्ने तथा आयोजनाको आर्थिक मोडालिटी निश्चित गरेर २०७७ सालको फागुनभित्र आयोजनाको निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको कार्यकारी अध्यक्ष देवकोटाले जानकारी दिए ।
बूढीगण्डकीको लागत करिब डेढ खर्ब भएको अनुमान गरिएको छ । समितिका अनुसार धादिङ र गोरखामा पर्ने बूढीगण्डकीबाट वार्षिक २ अर्ब ५० करोड युनिट विद्युत् उत्पादन हुने तथा वार्षिक कारोबार २५ अर्बभन्दा बढी हुने अनुमान गरिएको छ । आयोजनाबाट २५ सय ९३ हेक्टर खेतीयोग्य जमिन डुबानमा पर्ने र ३४ सय घरधुरीका १९ हजार विस्थापित हुने प्रारम्भिक अध्ययनका क्रममा देखिएको छ ।
http://www.erajdhani.com/en/business/20407------

Monday, December 30, 2013

ठूला जलविद्युत आयोजनाका लागि छुट्टै नयाँ कानुन

भीम गौतम\राजधानी
काठमाडौ, १४ पुस
छिमेक राष्ट्रहरु चीनमा हप्ताको एक हजार मेगावाट र भारतमा १५ दिनको एक हजार मेगावाट विद्युत थपिन्छ तर नेपालमा जलविद्युत उत्पादन भएको एक सय २ बर्षमा जम्मा ७ सय मेगावाट मात्र विद्युत उत्पादन हुन सकेको छ ।
८३ हजार मेगावाटभन्दा बढी उत्पादन क्षमता भएको नेपालले जलविद्युत उत्पादनमा कमजोर हुनुको कारण कमजोर नीति र जलविद्युत आयोजनामा हुने बाधा, अवरोधलाई लिने गरिन्छ । ठूला ठूला आयोजनाहरु बनाएर विदेश निर्यात गर्ने क्षमता भएको मुलुकले उल्टो लोडसेडिङ चपेटा भोग्नुपरिरहेको र निर्यातमुलक आयोजनाहरु बन्न नसकिरहेको बेला ५ सय मेगावाटभन्दा ठूला जलविद्युत आयोजनाहरुका लागि छुट्टै कानुन बनाउन छलफल सुरु भएको छ । ५ सय मेगावाटभन्दा माथिका आयोजनाहरुबारे संसदबाट पारित छुट्टै कानुन बनेमा त्यो राजनीतिक सहमतिय हुने र त्यसले आयोजना निर्वाध रुपमा अघि बढ्ने भन्दै उर्जा मन्त्रालयभित्र यसबारे छलफल सुरु भएको हो । ‘ठूला ठूला जलविद्युत आयोजनाहरु समस्यामा फस्दै गएको र प्रगति हुन नसकेकोले सबैबीचको सहमतीय वातावरण निर्माणका लागि छुट्टै नयाँ कानुन बनाउनेबारे छलफल मात्र सुरु भएको छ, कुनै प्रक्रिया अघि बढेको होइन ।’–मन्त्रालयका सह–सचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले भने–‘छुट्टै कानुन भएमा कम विवाद हुन्छ भन्ने तर्कसहित यसबारे छलफल मात्र भएको हो तर कानुननै पारित भएपछि फेरि केही शंसोधन गर्नुपरेमा संसदमा जानु पर्ने भएकोले समस्या पनि छ ।’
जलविद्युत आयोजना निर्यात गर्न हुने नहुनेबारे अनावश्यक राजनीतिक विवादको कारणले १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी, ३२ सय ४० मेगावाटको पञ्चेश्वर, ९ सय मेगावाटको माथिल्लो कर्णाली र अरुण तेस्रो लगायतका एक दर्जनभन्दा बढी जलविद्युत आयोजनाहरु अझै अन्योलमा छन् । छिमेकी भारतका साथै पाकिस्तान र वंगलादेशले समेत नेपालबाट बिजुली किन्ने भन्दै नेपाल समक्ष प्रस्ताव गरिसकेका छन् तर अहिले भारतबाट विद्युत ल्याएर समेत दैनिक नौ घण्टा सर्वसाधारणले लोडसेडिङको समस्या भोगिरहेका छन् । छुट्टै कानुन बनेमा त्यसबारे संसदमै राजनीतिक सहमति भएर अनावश्यक विवाद नहुने तथा निर्यातमूलक आयोजनाहरु समेत सजिलै बन्न सक्ने तर्क उर्जाका अधिकारीहरुको छ । विशेष गरी कम्युनिष्ट शासन भएका मुलुकमा जग्गा सरकारको हुने तथा जग्गा अधिग्रहण गर्दा सहज हुने भएपनि नेपालजस्ता प्रजातान्त्रिक मुलुकहरुमा जग्गा अधिग्रहण समेत ठूलो समस्या बन्दै गएको छ । ‘कम्युनिष्ट मुलुक लाओसमा समेत कुनै विवाद नआओस् भनेर १ हजार ७५ मेगावाटको नामथाङ–२ जलविद्युतको आयोजना विकास सम्झौता (पीडीए) संसदबाटै पारित भएको थियो ।’–प्रवक्ता अधिकारी भन्छन्–‘लामो समय वितिसक्दा पनि नेपालले ठूला ठूला जलविद्युत आयोजना बनाउन नसकेको बेला छुट्टै कानुन बनाएमा केही सहजीकरण हुन्छकि भनेर छलफल अघि बढाइएको हो ।’ उनका अनुसार, नेपालमा फरक समुदाय र भौगोलिक अवस्थाको कारणले सहमतियका साथ जलविद्युत आयोजना अघि बढाउनुपर्ने अवस्था छ ।
नीजि क्षेत्र र विज्ञहरु भने छुट्टै कानुन बनाउँदैमा जलविद्युत आयोजनाहरु सहज रुपमा अघि बढ्न नसक्ने बताउँछन् । नीजि क्षेत्र सरकारको झन्झटिलो प्रक्रिया र विज्ञहरुको सरकारको वेवास्ताको कारण जलविद्युत आयोजनाहरु अघि बढ्न नसकेको बताउँछन् । ‘कानुन जलविद्युत आयोजनाका लागि बाधक होइन, सरकारी प्रकृया वाधक हो ।’–नेपाल उद्योग वाणिज्य महासंघ उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान भन्छन्–‘ठूला आयोजनाका लागि छुट्टै कानुन आवश्यक छैन, सबैलाई समान हुनुपर्छ तर सरकारी क्षेत्रले सहजीकरण गर्नुपर्छ ।’ पुर्व जलस्रोत सचिव शीतलबाबु रेग्मी भने सरकार आफै सक्रिय भएर ठूला ठूला जलविद्युत आयोजना बनाउनुपर्ने र छुट्टै कानुन आवश्यक नरहेकोमा जोड दिछन् । ‘सरकार आफैले नेपालको आवश्यकता र निर्यातलाई ख्याल गरेर ठूला ठूला आयोजना बनाउनुपर्छ, नीजि क्षेत्रको मुख ताकेर बस्नु हुँदैन ।’–उनले भने–‘जलविद्युत आयोजना बनाउँदा विभिन्न स्वार्थहरु जोडिन्छन्, सरकारले व्यवस्थापन गरेर द्रुतगतिमा आयोजना बनाउनुपर्छ ।’
ठूला ठूला जलविद्य्ुत आयोजनाहरु विभिन्न समस्याको कारण अगाडी बढ्न नसकेको तथा जलवायु परिवर्तनको कारण पानीको प्रवाह घट्दै गईरहेको बेला खोला नालासँग बगिरहेको पानीलाई बिजुलीको रुपमा रुपान्तरण गर्न सरकारले ठोस कदम चाल्नुपर्ने तर्क विज्ञहरुले अघि सारेका छन् । यस्तो अवस्थामा ठूला आयोजनाको लागि नयाँ बन्ने कानुनले जलविद्युत आयोजनामा देखिएका वाधा अवरोधहरु हटाउनका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ ।






Sunday, December 29, 2013

११ सय ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण


भीम गौतम÷राजधानी
काठमाडौं, १३ पुस
नेपाल विद्युत् प्राधिकरणले ११ सय ट्रान्सफर्मर खरिद प्रक्रिया अघि बढाएको छ । ट्रान्सफर्मर खरिद प्रकरणमा घोटाला प्रकरण सार्वजनिक भएपछि दुई वर्Èदेखि खरिद गर्न नसकेको प्राधिकरणले ट्रान्सफर्मर खरिद प्रक्रिया अघि बढाएको हो । ट्रान्सफर्मरको अभावबाट गुज्रिरहेको प्राधिकरणले यसै वर्षभित्र ट्रान्सफर्मर किनिसक्ने लक्ष्य प्राधिकरणको छ । ‘नयाँ ११ सय ट्रान्सफर्मर खरिदका लागि टेन्डर आह्वान भइसकेको छ ।
’ प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, ‘टेन्डरमा स्वदेशी तथा विदेशी ठेकेदारहरूले टेन्डरमा सहभागी भएर छनोट भएपछि चार महिनापछि पहिलो लटका ट्रान्सफर्मर नेपाल आउनेछन् ।’ प्राधिकरणका पूर्वसञ्चालकद्वय मुकेश काङ्खले र डा. केपी दुलालको संयोजकत्वमा रहेको समितिले २०६३ देखि २०६८ सम्म ल्याएका ट्रान्सफर्मर गुणस्तरहीन रहेको प्रतिवेदन दिएपछि यो घोटालाप्रकरण चर्चित बनेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही प्रकरणमा ठेकेदार कम्पनीका प्रतिनिधि र प्राधिकरणका उच्च अधिकारीसहित ४५ जनाविरुद्ध विशेष दायर गरेको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । ट्रान्सफर्मर प्रकरण चर्किएसँगै प्राधिकरणले नयाँ ट्रान्सफर्मर किन्न सकेको छैन । यसैकारण अहिले प्राधिकरणसँग नयाँ ट्रान्सफर्मर छैन । प्राधिकरण कर्मचारीका अनुसार अभावका कारणले कुनै ट्रान्सफर्मर जलेमा त्यो क्षेत्र अन्धकारमा बस्नुपर्ने र त्यही पुनः मर्मत नगरी ट्रान्सफर्मर दिन सक्ने अवस्था प्राधिकरणको छैन ।
प्रत्येक वर्È प्राधिकरणलाई करिब ५ सय ट्रान्सफर्मर आवश्यक पर्छ । प्राधिकरणले इन्टरनेसनल कन्ट्याक्ट बिडिङ (आईसीबी) को प्रक्रियाद्वारा ट्रान्सफर्मर खरिद गर्न लागेको छ । ट्रान्सफर्मर अभाव हुन नदिन बिग्रेर बसेका सबै ट्रान्सफर्मरहरू मर्मत गरेर खनखाँचो टार्ने काम गर्दै आएको भए पनि ट्रान्सफर्मरको ठूलो समस्या प्राधिकरणले भोग्नुपरेको छ । ‘ट्रान्सफर्मरको अभाव छ, प्राधिकरण छिट्टै खरिद गर्ने प्रक्रियामा छ,’ उपकार्यकारी निर्देशक पाण्डेले भने । पहिले निरीÔणमा जान प्रतिस्पर्धा चल्ने प्राधिकरणमा अहिले जाने व्यक्ति भेट्नै मुस्किल पर्न थालेको छ ।
पहिले ट्रान्सफर्मर खरिद गर्नका लागि डकुमेन्ट बनाउने, निरीक्षणमा जाने, स्टोर गर्ने र भुक्तानी दिनेलगायतका सबै कर्मचारी ट्रान्सफर्मर प्रकरणमा मुछिएपछि कर्मचारीमा समेत यी निकायमा सरुवा हुनका लागि अनिच्छा बढेको छ । प्राधिकरणका अधिकारीहरूका अनुसार, यही कारण प्राधिकरणमा टेन्डर डकुमेन्ट बनाउनका लागि समेत चार महिनाभन्दा बढी लागेको थियो । ऊर्जामन्त्री उमाकान्त झाले भदौको पहिलो साता नै तीन महिनाभित्र ट्रान्सफर्मर खरिद प्रक्रिया अघि बढाउनका लागि प्राधिकरणले निर्देशक दिएका थिए तर बल्ल प्राधिकरणले यो प्रक्रिया अघि बढाएको हो ।
प्राधिकरणका कर्मचारीहरूले ट्रान्सफर्मर निरीÔणका लागि बेवास्ता गर्न थालेपछि ऊर्जा मन्त्रालयले तेस्रो पÔको निरीक्षणको व्यवस्थासमेत गरेको थियो । ट्रान्सफर्मर निरीÔणका लागि इन्जिनियरिङ क्याम्पस पुल्चोक, ऊर्जा मन्त्रालय र प्राधिकरणको प्रतिनिधि सहभागी गराएर तेस्रो पÔको व्यवस्था गरिएको हो । स्वदेशमै ट्रान्सफर्मर परीÔण गर्ने Ôमतासहितको प्राधिकरणको हेटौंडा वर्कसपलाई समेत आधुनिकीकरण गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।
http://www.erajdhani.com/en/business/20310------

Friday, December 27, 2013

अख्तियारद्वारा प्राधिकरणका पूर्वकर्मचारीविरुद्ध मुद्दा दायर


राजधानी समाचारदाता-
काठमाडांै, ११ पुस- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका तत्कालीन स्टोरकिपर अर्जुनबहादुर केसीविरुद्ध आर्थिक हिनामिनाको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही वा बद्नियतपूर्वक हिनामिना गरी ५४ लाख ४८ हजार ६ सय ६४ रुपैयाँ हानिनोक्सानी पु¥याएको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाद्वारा बिहीबार जारी विज्ञप्तिमा केसीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको उल्लेख गर्दै सो रकम असुल अपर गर्न विशेष अदालतमा मुद्दा दायर गरेको उल्लेख छ । प्राधिकरणमा ट्रान्सफर्मर प्रकरणमा अनियमितता भएको भन्दै उच्च अधिकारीलगायतका कर्मचारीविरुद्धको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेका बेला हिनामिनाको आरोपमा केसीलाई मुद्दा दायर गरिएको हो ।
केन्द्रको स्टोर इन्चार्ज रह“दा केसीले ६३ लाख १० हजार ५ सय ४२ रुपैया“ बराबर हिनामिना गरेको आरोप लगाएर पक्राउ परेका केसीलाई अहिले भने अख्तियारले ५४ लाख बराबरको रकम हिनामिना गरेको भन्दै मुद्दा दायर गरेको हो । डेढ वर्Èअघि हिनामिना भएको तथ्य सार्वजनिक भएपछि प्राधिकरणले केसीलाई कारबाही गर्दै अवकाश दिएको थियो । मध्य वितरण केन्द्रमा दीपक आचार्य सरुवा भएपछि केसीको हिनामिना खुलासा भएको थियो ।
करिब पाँच वर्È स्टोरमा कार्यरत रह“दा केसीले टीओडी मिटर, ट्रान्सफर्मर, आल्मुनियम तार, पोल, कन्डक्टरलगायतका सामान हिनामिना गरेका थिए । प्राधिकरणभित्रको स्टोरमा रहेका सामान उनले बाहिर बिक्री गरेको प्राधिकरणले गरेको छानबिनका क्रममा देखिएको थियो । उनलाई प्राधिकरणले ६५ लाख रुपैया“बराबरको रकम हिनामिना ठह¥याउ“दै असुल गर्ने कागजसमेत गराएको थियो ।
रकम दिन नसकेपछि प्राधिकरणले हिनामिना र जरिवाना रकमसहित करिब १ करोड रुपैया“ रकम दाबी गर्दै सरकारी बा“कीसरह असुल उपरका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । केसीविरुद्ध अख्तियारमा समेत उजुरी परेपछि प्राधिकरणले उनले गरेको हिनामिनाबारे अख्तियारलाई फाइल बुझाएको थियो । केसी स्टोरमा रह“दा गायब भएका टीओटी मिटरलगायतको दुरुपयोग हुन सक्ने भन्दै प्राधिकरणले त्यस उपरसमेत निगरानी गरिरहेको छ ।
प्राधिकरणका एक अधिकारीका अनुसार, उद्योग व्यवसायीले कम मिटर देखाउनका लागि ती टीओटी मिटरको दुरुपयोग गर्न सक्ने अवस्था छ ।
http://erajdhani.com/en/business/20183-----

पीपीए दर बढाउन ऊर्जा उत्पादकहरूको माग


काठमाडौं÷रास— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) ले विद्युत् खरिद दर (पीपीए) बढाउन अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग आग्रह गरेको छ । ईप्पानका अध्यक्ष खड्गबहादुर विष्टको नेतृत्वमा गएको टोलीले बुधबार मन्त्री कोइरालालाई भेटी सो माग राखेको हो ।
निर्माण सामग्री तथा जडान उपकरणको अत्यधिक मूल्यवृद्धिले अघिल्लो वर्ष गरिएको मूल्य समायोजन अपर्याप्त भएको भन्दै उनीहरूले अर्थ मन्त्रालयलाई यसबारे कार्यदल गठन गरी अध्ययन गर्नसमेत माग गरेका छन् । त्यसैगरी, २०७१ सालसम्म व्यावसायिक उत्पादन गर्ने आयोजनाहरूलाई पोस्टपेड पीपीए दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएको भन्दै उनीहरूले त्यसका लागि पहलसमेत गर्न आग्रह गरेका छन् ।
ईप्पानले हाल रुग्ण अवस्थामा रहेका निर्माणसम्पन्न २७ आयोजनाको पीपीए दर बढाउनसमेत माग गरेका छन् । ईप्पानले नेपाल राष्ट्र बैकसँग १० वर्षका लागि ६ प्रतिशत ब्याजदरमा प्रतिमेगावाट २ करोड उपलब्ध गराउनका लागि पहल गरिदिन अर्थमन्त्रीसँग आग्रह गर्दै ईप्पानले १ सय मेगावाटभन्दा ठूला आयोजनामा १५ प्रतिशतबाहेक थप १३ प्रतिशत भ्याट थपिएको र यसले आयोजनाको लागत बढ्न भन्दै आर्थिक भार हटाइदिन आग्रह गरेको छ ।
वन मन्त्रालयले स्वतस्फूर्त रूपमा वातावरणीय सेवाशुल्क (पीईएस) का नाममा खुद मुनाफाको १ प्रतिशत रकम वन विकास कोषमा जम्मा गर्न ऊर्जा उत्पादकहरूसँग सर्त राखिएको भन्दै सो व्यवस्था कानुनतः नमिल्ने भन्दै अर्थ मन्त्रालयको ध्यानाकर्षण पनि गराएका छन् । ईप्पानको माग बुझेपछि अर्थमन्त्री कोइरालाले पीपीए दर समायोजनबारे अर्थ मन्त्रालयले ऊर्जा मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने आश्वासन दिएका थिए । उनले ऊर्जा संकटको निदान सरकारको पहिलो प्राथमिकता भएकाले त्यससम्बन्धी जस्तोसुकै समस्या सुल्झाउन आपूm तत्पर रहेको बताएका थिए ।
बजेटमा तीन वर्षभित्र नेपाललाई लोडसेडिङमुक्त बनाउने प्रतिबद्धता व्यक्त भएअनुसार सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा उनको जोड थियो । भेटमा अर्थसचिव शान्तराज सुवेदीले विद्युत् प्राधिकरणको अर्बाैंको घाटा काँध हालेको सरकार हाइड्रोपावरमा पर्याप्त लगानी गर्न पछि नपर्ने बताए । सहसचिवद्वय राजन खनाल र वैकुण्ठ ढुंगानाले राज्यले दिएको सुविधा नलिए त्यो पनि गुम्नेमा सचेत गराउँदै सुविधा लिने र अधिकारका लागि लड्न आग्रह गरेका थिए ।
http://erajdhani.com/en/business/20182------

त्रिशूलीलाई पीडीए वार्ताका लागि पत्र


काठमाडांै÷रास— ऊर्जा मन्त्रालयले २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनालाई आयोजना विकास सम्झौता (पीडीए) वार्ताका लागि बिहीबार पत्र पठाएको छ । आठ महिनाअघि पीडीएका लागि निवेदन दिएको माथिल्लो त्रिशूलीलाई मन्त्रालयले वार्ताका लागि आह्वान गरेको हो ।
आगामी जनवरीको दोस्रो साताभित्र पीडीएबारे वार्ताका लागि माथिल्लो त्रिशूली ए जलविद्युत्को मुख्य लगानीकर्ता कोरियाको साउथ इस्ट इलेक्ट्रिक कम्पनीलगायतलाई वार्तामा बोलाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले जानकारी दिए ।
करिब ५० अर्ब रुपैया“ लागत रहेको आयोजनाले सन् २०१९ देखि व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । परियोजनामा कोरियाको साउथ इस्ट इलेक्ट्रिक कम्पनीको ५०, अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)को १५, डेलियम इन्डस्ट्रियलको १५, क्रेयङ कन्स्ट्रक्सन कम्पनीको १० र नेपाली नागरिकको १० प्रतिशत लगानी रहनेछ । कोरियालीको मुख्य लगानी हुने आयोजनाले सन् २००७ मा सर्भे लाइसेन्स पाएको थियो ।
http://erajdhani.com/en/business/20181-----

Wednesday, December 25, 2013

जलविद्युत्को विरोध गर्नेलाई अब जनताले घाँस खुवाउँछन्

1 View(s)
gyanendra-lalज्ञानेन्द्रलाल प्रधान, सभापति, ऊर्जा विकास समिति, नेउवामहासंघ  
सन् १९८५ मा जलविद्युत् इन्जिनियरको रूपमा जलविद्युत् क्षेत्रमा प्रवेश गरेका ज्ञानेन्द्रलाल प्रधान यस क्षेत्रमा परिचित नाम हो । नेपाल विद्युत् प्राधिकरणमा छोटो समयको जागिरपछि जलविद्युत् आयोजनाको ठेक्का र निर्माणमा सक्रिय भएका प्रधान बुटवल पावर कम्पनीका साथै खुदी–४, अपर माई सी, चर्नावती खोला, आँखुखोलालगायतका थुप्रै आयोजनासँग आबद्ध छन् । चिलिमेका ठूलो सेयरलगानीकर्ता मानिने प्रधान स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) का सल्लाहकार, नेपाल उद्योग वाणिज्य महासंघ उर्जा विकास समितिका सभापति, सार्क पानी, ऊर्जा र वातावरण समितिका सभापति पनि हुन् । उनीसँग आगामी जलविद्युत् क्षेत्रको विकास, विस्तार र चुनौतीबारे राजधानीका लागि भीम गौतमले गरेको कुराकानी ः
राजधानी विकास वार्ता
*        चाहेर वा नचाहेर पनि जलविद्युत्को विकासका लागि सक्रिय हुनुको विकल्प छैन
*        लोडसेडिङ त राजनीतिसँग जोडिन्छ, जोडिन्छ
*    जबसम्म बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना बन्दैन, तबसम्म अन्त्य हुँदैन
*    पानीको नाममा डलर लिएर स्वार्थ पूर्ति गर्ने केही समूहले जलविद्युत् निकासीको विरोध गरिरहेका छन्
*    बिजुली भनेको कमोडिटी हो
*    झोलामा खोला भन्ने शब्द एउटा आईएनजीओमा काम गर्ने डलरमा तलब खाने साथीले निकालेको शब्द हो
*    पेट्रोलका लागि डलर खाएर जलविद्युत्को विरोध गर्नेहरूको अवशान भइसकेको छ
० संविधानसभाको चुनावपछि अब जलविद्युत् क्षेत्रले कस्तो गति लेला भन्न सकिन्छ ?
– संविधानसभाको चुनावअघिको अवस्था हेर्ने हो भने राजनीतिबाहेक सबैभन्दा ठूलो समस्या ऊर्जा संकट नै हो । लोडसेडिङको समस्या भयावह छ । पेट्रोलियम पदार्थ र ग्याँस अभाव पनि नेपालका लागि ठूलो समस्या बन्दै आएको छ । विद्युत् अभावको कारणले उद्योग धराशायी भएका छन् । नेपालीका लागि यो राजनीति जत्तिकै महŒवपूर्ण मुद्दा पनि हो । तीन वर्षमा लोडसेडिङ अन्त्य गर्ने गरी राजनीतिक दलहरूले जुन घोषणापत्रमा साझा रूपमा समावेश गरिसकेका छन् । त्यसले सरकार नबन्दै अब जलविद्युत् क्षेत्रका लागि आगामी सरकारले एउटा कदम चाल्छ भन्नेमा आशावादी हुने ठाउँ छ ।
० जलविद्युत्बारे राजनीतिक दलहरूले त पहिलो संविधानसभाको चुनावअघि प्रतिबद्धता त जनाएका थिए तर उल्लेख उपलब्धि त हुन सकेन नि ? अब कसरी आशा गर्ने ?
– ऊर्जा संकटका कारण अहिले जलविद्युत् क्षेत्रको विकासको मुद्दा जनताको मुद्दा बनेको छ । आउने जुनसुकै सरकार र राजनीतिक दलले पनि यो मुद्दालाई उपेक्षा गर्न सक्दैनन् । लोडसेडिङले वर्षको ३५ अर्ब रुपैयाँ व्यापार घाटा छ । विदेशबाट डलरमा ऊर्जा किन्नुपर्ने अवस्था छ भने बिजुलीकै अभावमा उद्योगधन्दा धराशायी भएका छन् । यस्तो अवस्थामा उनीहरू कसैले चाहेर वा नचाहेर पनि जलविद्युत्को विकासका लागि सक्रिय हुनुको विकल्प छैन ।
० हाम्रो देशमा लोडसेडिङ हटाउने गफ मात्र भइरहेको आरोप लाग्छ नि ?
– कसैको पेटमा चामल परेन भने राजनीतिक दललाई दोष दिने ठाउँ कमै हुन्छ । त्यसको दोष आफूलाई देख्छ । पानी र बिजुली आएन भने त्यसले पहिलो दोष राज्यले लिन्छ र यो दायित्व पनि हो । त्यसो नभए राज्यको नेतृत्व गर्ने राजनीतिक दलमा यसको दोष जान्छ । भारत र पाकिस्तानमा अहिले त्यो देखिसकिएको छ । पाकिस्तानमा यसपालि नवाज सरिफको जित भयो, यसको कारण यति वर्षमा लोडसेडिङ अन्त्य गर्छु भन्ने प्रतिबद्धतासमेत थियो । भारतमा आम आदमी पार्टीको जितको पछाडि पनि त्यो कारण छ । नेपालमा ठूला दल अगाडि आउनुको कारणमा पनि जलविद्युत्बारे उनीहरूले गरेको प्रतिबद्धता पनि एउटा कारण हुन सक्छ । लोडसेडिङ अन्त्य गर्ने कुरा उनीहरूले बोलेका छन् ।
० उसो भए लोडसेडिङको मुद्दा प्रत्यक्ष राजनीतिसँग जोडिन लागेको हो ?
– पक्कै हो । लोडसेडिङ त राजनीतिसँग जोडिन्छ, जोडिन्छ । लोडसेडिङ र बिजुली अभावको मुद्दा सबै दलको साझा मुद्दा बनिसकेको छ । यसलाई पूरा गर्न सकिएन भने राज्यमै विभिन्न समस्या आउने देखिसकिएको छ । दलहरूले चाहेमा यो समस्या चाँडै समाधान हुन सक्छ ।
० धेरै जनताले सोधिरहेका छन्, लोडसेडिङ कहिले अन्त्य हुन्छ ? तपाईं लामो समयदेखि यस क्षेत्रमा लागेको नाताले के भन्नुहुन्छ ?
– आफ्नै देशमा विद्युत् उत्पादन गरेर लोडसेडिङ अन्त्यको कुरा गर्ने हो भने अझै १० वर्ष लोडसेडिङ पूर्णरूपमा अन्त्य हुँदैन । जब बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना बन्दैन, तबसम्म अन्त्य हुँदैन । त्यो निर्माण पूरा गर्न अझै १० वर्ष लाग्छ । किनभने, अहिले हिउँदमा बढी उत्पादन दिन सक्ने ठूला आयोजनाहरूको निर्माण कार्य अघि बढाएका छैनौ । वर्षामा भने तीन वर्षभित्र तामाकोसी जलविद्युत् आयोजना आएपछि लोडसेडिङ अन्त्य हुन्छ । त्यतिबेला रातिको समयमा ७÷८ सय मेगावाट विद्युत् खेर जाने सम्भावना पनि रहने भएकाले त्यसको निकासी गर्नुपर्ने बाध्यता पनि आउन सक्छ । त्यसकारण पहिला विद्युत् हाम्रो देशका लागि हो र बढी भएमा भारततिर निकासीका लागि बजार खोज्नुपर्ने अवस्था पनि आउन सक्छ ।
० मुलुकमै लोडसेडिङ भएको बेला बिजुली निकासी गर्ने भनेर विरोध पनि त भइरहेको छन् नि ?
– हाम्रा अधिकांश खोला वर्षाको भेलमा बढी युनिट विद्युत् उत्पादन गर्ने गरी आउँछन् । उदाहरणका लागि हेर्ने हो भने कालीगण्डकी जलविद्युत् आयोजना १ सय ४४ मेगावाट हो तर हिउँदमा ५० मेगावाटभन्दा कम उत्पादन गर्छ । यस्तो अवस्थामा हिउँदमा बढी उत्पादन गर्ने गरी आयोजना अघि बढाउने विकल्प हुन सक्छ भने अर्को क्षमताअनुसार उत्पादन गरेर वर्षामा निकासी गर्ने अर्को विकल्प छ । हिउँदलाई मात्र लक्षित गरी उत्पादन गर्ने आयोजनाका कारण जलविद्युत् अत्यन्तै महँगो हुन्छ । हाम्रो बजारलाई मात्र लक्षित गरी बनाएको भए तामाकोसीलाई ३ सय मेगावाट मात्र बनाएको भए हुन्थ्यो, अहिले त ४ सय ५६ मेगावाट छ । खर्च उत्तिकै हुन्छ । अपर कर्णाली, अरुण–थ्री ३ सय मेगावाट मात्र बनाएको भए हुन्थ्यो तर अहिले ९ सय मेगावाट बनाउन लागिएको छ । यसकारण हामीले हाम्रो बिजुली सस्तो पार्नु छ भने ठूलो साइजमा बनाउनुको विकल्प छैन भने वर्षामा खेर जाने बिजुली निकासी नगरी सुख छैन । जलविद्युत् विकासको कुरा गर्दा निकासीको कुरा पनि अघि बढ्छ । बढी भएको बिजुली निकासी नगरी सुख छैन । आखिर जलविद्युत् उत्पादन नगरे पनि पानी बगेर खेर त गइरहेको छ नि †
० विद्युत् निकासीको विरोध त भइरहेको छ नि, किन राष्ट्रियतासँग जोडेर जलविद्युत् निकासीको विरोध हुन्छ ?
– देशमा चेलीबेटी त निकासी गरियो, त्यो निन्दनीय कुरा हो । अर्को विडम्बना आज हामी हजारौं युवा निकासी गरिरहेका छांै । यसमा राष्ट्रियता किन आएन ? किन युवा देशमै बस्नुपर्छ भन्ने भावना आएन ? यो स्वाङ गरेर काम छैन । हामीमा राष्ट्रियता भन्ने कुरा धेरै कम छ । पानीको नाममा डलर लिएर स्वार्थ पूर्ति गर्ने केही समूहले जलविद्युत् निकासीको विरोध गरिरहेका छन् । यदि आज खाडी मुलुकले तेलको निकासी नगरेको भए, के हुन्थ्यो ? त्यहाँ सबैभन्दा सस्तो रूपमा तेलको प्रयोग गर्छन् । त्यो निकासी गरेर आएको पैसाले त्यहाँ सस्तो रूपमा बिजुली दिइरहेको छ । आज भुटानमा किन सबैभन्दा सस्तो बिजुली छ । किनकि, उसले निकासीबाट पैसा कमाएको छ र जनतालाई सस्तोमा जनतालाई दिएको छ । निकासी नगर्ने कुरा हो भने त गलैंचा, पस्मिना, हस्तकला अनि खाद्यान्न, केही पनि निकासी नगरौं । त्यसमा राष्ट्रियता किन आएन ? बिजुली भनेको कमोडिटी हो । पुग्दैन भने निकासी गर्नुहुँदैन, बढी हुन्छ भने निकासी गर्नुपर्छ, नत्र भने देशको व्यापार घाटा कम हुन सक्दैन ।
० निकासी कसरी गर्न सकिन्छ त, उत्पादन त नेपालमा एकदम कम छ ?
– १ सय दुई वर्षमा ७ सय मेगावाट बनाएको देशले आगामी दुई वर्षभित्र २१ सय मेगावाट पु¥याउँदै छ । विगत सय वर्षमा धेरै वैदेशिक सहयोग आएको थिएन । सन् २००५ पछिको अवधिमा ५ सय अर्ब रुपैयाँ बराबरको वैदेशिक सहयोग आउनेवाला छ । यसका लागि लाइसेन्स लिएर, कम्पनी खोलेर विदेशी लगानीकर्ताहरू बसेका छन् । जलविद्युत्को विकास नभएको त भन्न मिल्दै, मिल्दैन । सन् २००० अघिको नेपालको जलविद्युत् र त्यसपछिको जलविद्युत्को विकासक्रमलाई तुलना गर्न मिल्दैन । सन् २००० पछि मात्र जलविद्युत् विकासले गति लिन लागेको हो । यस अवधिमा विकास धेरै भएको छ तर गति अझै लिन सकेको छैन । जुन गतिमा हामी जान सक्छौ । जसको कारण लोडसेडिङ लामो समयसम्म बसिरहेको छ ।
० निजी क्षेत्रले खोला ओगटेर राखेको आरोप तपाईंहरूमाथि लाग्ने गर्छ नि ?
– झोलामा खोला भन्ने शब्द कहाँबाट आयो ? एउटा आईएनजीओमा काम गर्ने डलरमा तलब खाने साथीले निकालेको शब्द हो । उहाँले कहिल्यै जलविद्युत्को विकासका लागि कुनै मेहनत गर्नुभएको छैन । आउन लागेको जलविद्युत् अरुण फर्काउन ठूलो भूमिका खेल्नुभयो । अहिले अपर कर्णाली फर्काउन ठूलो भूमिका खेल्दै हुनुहुन्छ । निजी क्षेत्रलाई लगाएको आरोप बेतुक मात्र हो । २÷४ करोड कमाउनका लागि लगाएको आरोप हो । उहाँहरूले घाँस खाए हुन्छ । जलविद्युत्को विरोध गर्नेलाई अब जनताले घाँस खुवाउँछन् । विगतमा जनताले त्यस्ता आईएनजीओका प्रतिनिधिहरूलाई घाँस खुवाएका उदाहरण छन् । कालीगण्डकी जलविद्युत् निर्माणमा विरोधमा गएकाहरूलाई पनि घाँस खुवाइएको उदाहरण छ । पेट्रोलियम व्यवसाय प्रवद्र्धनका लागि २÷४ करोड लिएर जलविद्युत्को विकास गर्नुहुन्न, निकासी गर्नुहुन्न, विदेशी ल्याउन दिनुहुन्न भन्नेहरू आज आँट छ भने, म चुनौती दिन चाहन्छु, ती व्यक्ति जलविद्युत् भएको क्षेत्रमा जाऊन्, भाषण गरून्, जनताले घाँस खुवाएनन् भने म कान काटिदिन्छु । पहिलो जलविद्युत्को विरोध गर्नेहरूको आवाज धेरै तल गइसकेको छ । यदि उहाँहरूले विरोध नगरेको भए आज २ सय २५ मेगावाटको देवघाटमा आयोजना बनिसकेको हुन्थ्यो । विरोध नगरेको भए अरुण बनेर ५० पैसा प्रतियुनिटमा विद्युत् उत्पादन भइरहेको हुन्थ्यो । १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी बनिसकेर नेपालको आर्थिक क्षेत्रमा ठूलो विकास भइसकेको हुन्थ्यो । आज नेपाल विकसित राष्ट्रको दाँजोमा पुगिसकेको हुन्थ्यो । अब फेरि तिनैको कुरा सुन्न थाल्ने हो भने देश झन् अद्योगतिमा जाने निश्चित छ ।
० निकासी विरोध गर्नेहरूका पछाडि त जनता छन् नि, उनीहरूलाई तपाईंले किन विश्वस्त बनाउन सक्नु भएन ? खोला त निजी क्षेत्रले ओगटिरहेका छन् भन्ने अवस्था त छ नि ?
– माओवादी द्वन्द्वअगाडि निजी क्षेत्र बोल्न गाह्रो थियो तर त्यो द्वन्द्वले बोल्ने बनायो । केही बोल्यो कि सरकारी अधिकारीहरूले त्यसको प्रतिक्रिया जनाइहाल्ने । अहिले सही सत्य कुरा जनताले बोल्छन् र अहिले जनता बोल्न थालेका छन् । गाउँ–गाउँमा ८० प्रतिशत जनता सही बोल्ने भएका छन् । त्यो बेला एमालेलाई यो बिजुली बनेपछि भारतले फाइदा लेला भन्ने डर थियो । राजा वीरेन्द्रको पनि भारतसँग द्वन्द्व थियो । त्यो बेला अरुण फिर्ता पठाउन पेट्रोलको डलर खाने घुसियाहरूलाई सजिलो भयो । ४÷५ करोड गोजीमा आउने हुनाले उनीहरू सफल भए । अब यस्तो सफलता सम्भव छैन । अपर कर्णालीमा एक पटक आगो लगाउने काम भयो, पछि फेरि आगो लगाउँदा यिनीहरूलाई जनताले खेदेर पठाए । पेट्रोलका लागि डलर खाएर जलविद्युत्को विरोध गर्नेहरूको अवशान भइसकेको छ । केही अवशेष बाँकी छ, त्यो पनि समाप्त गर्न सकेमा यो देशको विकास हुन्छ ।
० सरकारको नीति नियम जलविद्युत्का लागि लगानीमैत्री छैन भन्ने आरोप लाग्छ नि ?
– हाम्रो देशमा सरकारमा जानेहरूले कहिल्यै सिकेनन् कसरी सरकार चलाउने भनेर । प्रजातान्त्रिक तरिकाले कर्मचारीतन्त्र चलाउने कुरा कहिल्यै सिकेन । कि राणाले, कि पञ्चायतले त कि मन्त्रीले भनेर चल्ने प्रशासक आए । २०४६ सालपछि गिरिजाबाबुले एउटा गलत काम गरिदिनुभयो, कर्मचारीतन्त्रलाई पूरै कमजोर बनाइदिनुभयो । पञ्चायतका कर्मचारीहरू फालेर कर्मचारीतन्त्रलाई राजनीतीकरण गर्नुभयो ।
अहिले अवस्था त्यस्तै छ । मन्त्रीले चाह्यो भने जुनबेला पनि सचिव परिवर्तन गरिदिन्छ । भारतमा यो सम्भव छैन । जुनसुकै पार्टीको सरकार भए पनि कर्मचारीतन्त्रबारे निश्चित नीति छ, त्यो नीति परिवर्तन हुँदैन । दिल्लीमा अहिले जितेको पार्टीले ५० प्रतिशत अनुदान दिने भनिएको छ, त्यो सम्भव छैन । यसमा कर्मचारीतन्त्रले साथ दिने अवस्था छैन । कर्मचारी जहिले पनि राजनीतिककै पछि लागेको हुनाले हामीले स्थायित्व पाउन सकेनौं । अस्थायी मन्त्रीको पछाडि कर्मचारीहरू लाग्नुपर्ने अवस्था छ ।
त्यसकारण हामी कर्मचारीको पछाडि भन्दा पनि राजनीतिक दलकै प्रतिनिधिहरू प्रतिबद्धता चाहिन्छ भनेर नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा जलविद्युत्बारे साझा प्रतिबद्धता जनाउन लगायौं ।
० जलविद्युत् विकासका लागि अवरोध के–के छन् र लगानीमैत्री वातावरण बनाउन के चाहिन्छ ?
– मुख्य समस्या भनेको जलविद्युत्को प्रतिफल नै छैन । १२ प्रतिशत ब्याज तिरेर प्रतिफल जम्मा ८ प्रतिशत आउँछ भने लगानी कसरी गर्ने ? राज्यले निजी क्षेत्रलाई ठूलो धोका दिएको छ । बुटबल पावर कम्पनीलाई ३ प्रतिशत ब्याजमा, नेपाल विद्युत् प्राधिकरणको सेती आयोजनालाई १ प्रतिशत ब्याजमा ऋण दियो । साना जलविद्युत् आयोजना बनाउन प्राधिकरणलाई ८ प्रतिशत ब्याजमा ऋण दिने चलन छ ।
निजी क्षेत्रलाई १२ प्रतिशत किन ? मेरो राज्यलाई पहिलो प्रश्न ? राज्यले निजी क्षेत्र आओस् भन्ने चाहेकै छैन । मुखले चाहेको छ, केही राम्रा नीति पनि दिएको छ तर अहिलेको महँगो ब्याजमा जलविद्युत् आयोजना बन्न सक्दैन । दोस्रो कुरा राज्यले अनावश्यक भ्याट लगाएको छ । अरू आयातलगायतमा छुट दिने सरकारले निर्माणमा किन भ्याट लगाएको ? यसबाट ७ प्रतिशत मूल्य बढेको छ । यो सरकारले किन निकाल्न सक्दैन ? २६ ओटा निजी क्षेत्रबाट बनेका आयोजना कसैले फाइदा लिन सकेका छैनन् ।
सम्पत्ति शुद्धीकरणजस्तो कानुन रातारात पास गर्न सक्ने सरकारले ६ वर्षदेखि विद्युत् ऐन किन पारित गर्न सक्दैन ? खोई त राज्यको प्रतिबद्धता ?    राज्यले निजी क्षेत्रको सहभागिता बढाउने गरी नीति ल्याउनुप¥यो । भारतबाट आयात गरेको विद्युत्मा प्रतियुनिट आठ रुपैयाँ दिन सक्ने सरकारले निजी क्षेत्रमा एक रुपैयाँ बढाउन किन नहुने ? चिलिमेको प्रतिमेगावाट ५ हजार डलर पुगिसक्यो, त्यत्रो लागतमा बनाउन हुने, निजी क्षेत्रलाई सुविधा दिन किन नहुने ? प्रतियुनिट २ हजार डलरमा बनाएको योजनालाई १६ प्रतिशत त नाफा देऊ ।
यसकारण अनावश्यक भरमा लगाएको कर सरकारले हटाउनुपर्छ, मूल्यवृद्धिअनुसार महसुल बढाइदिनुपर्छ । सरकारले ग्यारेन्टी बसेर ६ प्रतिशतमा ऋण ल्याउनका लागि सहयोग गर्नुपर्छ । यति त गर्न सक्छ । यसो भएमा हामी तत्काल ५ सय मेगावाटका आयोजना अघि बढाउन सक्छौं ।
० यसबारे दबाब दिनुभएको छैन र ?
– दिएका छौं, केही सुधार पनि भएको छ । १२ प्रतिशत कर्जा ऊर्जा र कृषिमा बैंकहरूले लगानी गर्नै पर्ने व्यवस्था ल्याइदिएको छ, यो सकारात्मक छ तर चुरो कुरामा राज्य चुप लागेर बसेको छ । त्यो नभई निजी क्षेत्रले जलविद्युत् बनाउन सक्दैन । अर्को कुरा के छ भने सरकारले सानातिना १०÷२० मेगावाटका आयोजनाहरू बनाइरहेको छ । राज्यले साना आयोजना बनाउने होइन, निजी क्षेत्रलाई दिने हो । राज्यले त ठूला–ठूला आयोजना बनाउने हो । यसमा नीति परिवर्तन हुनुप¥यो । अर्को कुरा विदेशी लगानीकर्ताहरू आएका छन्, उनीहरूलाई भोलि के गर्छस् भन्ने होइन, आयोजना अघि बढाउन सहजीकरणको भूमिका पो खेल्नुप¥यो ।
सुपर सिक्स आयोजनाको निर्माण चाँडै गरिदिएको भए, धेरै आयोजनाहरू बनिसक्थे । राज्यले निर्णय गर्न ढिलाइ गरिदियो । अहिले जति पनि विदेशी लगानीकर्ताहरू आएका छ्न, उनीहरू चुस्नका लागि आएको भान राज्यका निकायलाई परेको छ । ती आयोजनाहरूले फ्री इनर्जी र इक्विटी दिएका छन्, ती आयोजना निर्माणका लागि राज्यका निकायले सहजीकरण पो गर्नुप¥यो । तर, राज्यका निकाय राणा शासक जस्तो भएको छ ।
यो गर्न दिन्न, ऊ गर्न दिन्न भनिरहेका छन् । पश्चिम सेती किन अघि बढ्न सकेन ? किनकि, राज्यले त्यसलाई नियन्त्रण गरेर बसेको छ । जुन देशमा लोडसेडिङ छ, त्यहाँ त राज्यले सहजीकरण पो गर्नुप¥यो । अर्को कुरा नेपाल र भारतबीचमा बन्नुपर्ने ठूला–ठूला आयोजनाहरू अघि बढाउनुप¥यो । सप्तकोसी, पञ्चेश्वर, महाकालीलगायतका ठूला आयोजनाहरू बनाउनुप¥यो तर यी ठूला आयोजनामा राज्यको प्रतिबद्धता त देखिएन ।
० तपाईं २८ वर्षदेखि जलविद्युत क्षेत्रमा लागेको तर तपाई आफै जलविद्युतबाट लगानी झिकेर अन्य क्षेत्रमा लगाउन थाल्नुभएको छ, किन नीजि लगानीकर्तामा यस्तो निराशा ?
– आज म जलविद्युत आफ्नो बनाउनुभन्दा चिलिमेको शेयर किन्न मन पराउँछु । किनकि चिलिमेले मलाई ३० प्रतिशत लाभांश दिन्छ । मेरो योजनाले मलाई ८ प्रतिशतभन्दा बढी दिँदैन । अहिलेकै अवस्था हेर्ने हो भने त जलविद्युत आयोजना बनाएर बस्नु जस्तो मुख्याई केही छैन तर जलविद्युत क्षेत्र भविष्य हो र सुधार हुन्छ भन्ने आशा छ । चार सय मेगावाट बराबरका आयोजना नीजि क्षेत्रले बनाईरहेका छन् । १५६ अर्ब लगानीको प्रतिवद्धता नीजि क्षेत्रबाट आईसकेको छ । गाह्रो हुँदा हुँदै पनि नीजि क्षेत्रले जलविद्युतमा लगानी गरिरहेको छ । राज्यले सहजीकरण गर्यो भने साढे तीन बर्षभित्र नीजि क्षेत्रले लोडसेडिङको अन्त्य गरिदिन सक्छ । बनिरहेका र बन्ने आयोजनाबाट त्यो सम्भव छ ।

जेके होल्डिङ ट्रान्सफर्मर खरिद घोटालाको छानबिन सुरु

अख्तियारद्वारा ठेकेदार कम्पनीका एजेन्ट पक्राउ
भीम गौतम÷राजधानी
काठमाडौं, १० पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणद्वारा खरिद गरिएको अर्को गुणस्तरहीन ट्रान्सफर्मर घोटालाको छानबिन अघि बढाएको छ । असोजसम्म दुई ठूला ट्रान्सफर्मर घोटाला प्रकरणमा छानबिन गरी विशेष अदालतमा मुद्दा चलाएर वाहावाही कमाएको अख्तियारले तीन महिनापछि जेके होल्डिङ चीनमार्फत खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मर घोटालाको छानबिन अघि बढाएको हो ।
यसअघि हुवेई सनलाइट इलेक्ट्रिक कम्पनी चीन र सहवान्त इलेक्ट्रिकल्स लिमिटेड थाइल्यान्डबाट खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मर घोटालामा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादवसहित ४५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दा विचाराधीन छ । ती दुवै मुद्दामा विशेष अदालतले तोकेको धरौटी राखेर यादवबाहेक अन्य प्राधिकरणका कर्मचारी रिहा भइसकेका छन् भने यादव धरौटी राख्न नसकेर थुनामा छन् ।
हुवेईमा अख्तियारले ४१ करोडबराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेकोमा तत्कालीन कार्यकारी निर्देशक र दुई ठेकेदारसहित प्राधिकरणका कर्मचारी गरी २३ जनासँग २४ करोड धरौटी मागेको थियो भने सहवान्तद्वारा खरिद ट्रान्सफर्मरमा अख्तियारले ठेकेदार कम्पनीका प्रतिनिधिसहित २२ जनाविरुद्ध ४६ करोडबराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेकोमा अदालतले ५ करोडबराबरको धरौटी मागेको थियो । प्राधिकरणले जेके होल्डिङमार्फत २०६७÷०६८ मा ४ सय ७४ थान ट्रान्सफर्मर खरिद गरेको थियो ।
हुुवेईबाट खरिद गरिएका ट्रान्सफर्मरमा बाहिर र भित्र दुवैमा तामा हुनुपर्नेमा बाहिर तामा र भित्र आल्मुनियम रहेको थियो । यस्तै, जेके होल्डिङबाट खरिद गरिएको ट्रान्सफर्मरमा भने भित्र र बाहिर दुवै आल्मुनियम भेटिएको थियो । अख्तियारले बाहिर र भित्र दुवैमा आल्मुनियम पठाएर ट्रान्सफर्मरमा घोटाला गर्ने ठेकेदार कम्पनी जेके होल्डिङका नेपाली एजेन्ड श्रेवल्ड ट्रेडिङ हाउसका प्रोप्राइट सुधीर अञ्जान श्रेष्ठलाई मंगलबार राति पक्राउ गरी तेस्रो ठूलो ट्रान्सफर्मर घोटालाको छानबिन अघि बढाएको हो ।
‘भाग्न सक्ने सम्भावनालाई दृष्टिगत गरी ठेकेदार कम्पनीका नेपाली एजेन्टलाई आयोगको हिरासतमा लिइएको हो,’ अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले राजधानीसँग भने, ‘जेके होल्डिङद्वारा खरिद गरिएको ट्रान्सफर्मरको छानबिन अघि बढाएका थियौं, सोही क्रममा आयोगको हिरासतमा लिइएको हो ।’ विदेशी ठेकेदार कम्पनीका नेपाली एजेन्टलाई अख्तियारले हिरासतमा लिए पनि प्राधिकरणका कुनै कर्मचारीलाई यस घोटालामा नियन्त्रणमा लिएको छैन ।
प्राधिकरणका पूर्वसञ्चालक सदस्य मोहनराज पन्तले दिएको र प्राधिक™णद्वारा ट्रान्सफर्मरबारे छानबिनका लागि अख्तियारमा पठाइएको प्रतिवेदनमा जेके होल्डिङमार्फत खरिद गरिएको ट्रान्सफर्मर प्रकरणमा तत्कालीन निमित्त कार्यकारी निर्देशक डा. जीवेन्द्र झा, तत्कालीन महाप्रबन्धक रामेश्वर यादव तथा कर्मचारीहरू कैलाशप्रसाद अटल र सुरेन्द्रप्रसाद पनेरू संलग्न भएको उल्लेख छ । अघिल्ला दुई मुद्दामा चारैजना संलग्न भएर अहिले विशेष अदालतमा मुद्दा विचाराधीन छ ।
प्रवक्ता सापकोटाले जेके होल्डिङको मुद्दामा संलग्न केही पहिलाको मुद्दामा संलग्न भइसकेकाले धरौटी बुझाएर रिहा भएकाहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउने कि नगरी अघि बढाउने भन्नेबारे छलफल भइरहेको जानकारी दिए । प्राधिकरणले ०६७ सालमा जेके होल्डिङ कम्पनीबाट ४ लाख ५० हजार ६ सय ७ अमेरिकी डलरमा ४ सय ७४ थान ट्रान्सफर्मर खरिद गरेको थियो । ती सबैमा बाहिर र भित्र आल्मुनियम रहेको पत्ता लागेको थियो । ठेकेदार कम्पनीले ट्रान्सफर्मरमा आफ्नो बदमासी स्विकार्दै सबै ट्रान्सफर्मर फिर्ता गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
प्राधिकरण स्रोतका अनुसार ४ सय ७४ मध्ये ३ सय ७४ थान हेटौंडास्थित केन्द्रीय वर्कसपमा आइसकेका छन् भने १ सय थान भन्सार आइपुगेका छन् । ट्रान्सफर्मर प्रतिस्थापन भइरहेको बेला अख्तियारले ठेकेदार कम्पनीका एजेन्टलाई पक्राउ गरेपछि फेरि सेलाएको प्रकरण ब्यूँझिएको छ । प्राविधिकहरूका अनुसार आल्मुनियम प्रयोग गरिएको ट्रान्सफर्मर छिटो बिग्रने, फुल लोड नधान्ने, चुहावट बढी हुने, एक पटक बिग्रेपछि मर्मत गर्न नसकिने, आयु कम हुनेलगायत समस्या हुन्छन् । तामाको ट्रान्सफर्मर बिग्रेपछि पुनः मर्मत गर्न सकिन्छ । तर, आल्मुनियमको मर्मत गर्न सकि“दैन ।
यही कारण पछिल्लो समयमा अधिकांश ट्रान्सफर्मर तामाकै प्रयोग गरिन्छ । ट्रान्सफर्मरमा समस्या देखिएपछि प्राधिकरणका पूर्वसञ्चालक सदस्यद्वय मुकेश काफ्ले र डा. केपी दुलालको संयोजकत्वमा बनाइएका दुई समितिले ०६४ सालपछि खरिद गरिएका करिब ५ हजारभन्दा बढी ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । प्रतिवेदनकै आधारमा सो प्रकरण अख्तियारसम्म पुगेको हो ।

Tuesday, December 24, 2013

छिन्नभिन्न छ ऊर्जा क्षेत्रको संरचना

भीम गौतम\राजधानी
काठमाडांै, ९ पुस
 ऊर्जाको मुख्य स्रोत मानिने जलस्रोतको एकीकृत रूपमा विकास र विस्तार गर्नुपर्ने भए पनि सोसम्बन्धी निकाय भने छिन्नभिन्न अवस्थामा छन् । नेपालमा ऊर्जा संकट बढ्दै गए पनि त्यसको विकासका लागि आवश्यक एकीकृत संरचना नहुँदा ऊर्जा क्षेत्रका निकाय छिन्नभिन्न भएका छन् । विज्ञहरूका अनुसार, ऊर्जासँग सम्बन्धित निकायहरू छुट्टै हुँदा ऊर्जा सन्तुलन खल्बलिएको छ । ऊर्जा क्षेत्रको विकासका लागि छुट्टाछुट्टै चार निकाय छन् । तर, ती निकायबीच समन्वय हुन सकेको छैन । जसका कारण जलस्रोतका आयोजना बनेका छैनन् र लोडसेडिङको समस्या झन् बढेको छ ।
नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, पेट्रोल, डिजेल, ग्याँस, कोइला, परम्परागत दाउरा, गुइँठालगायतका ऊर्जाका स्रोत छन् । जलविद्युत्का लागि ऊर्जा मन्त्रालय भने पेट्रोल, डिजेल र ग्याँसका लागि आपूर्ति मन्त्रालय रहेको छ । त्यसैगरी, कोइलाका लागि कोइला लिमिटेड छुट्टै छ भने नवीकरणीय ऊर्जाका लागि वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र सिँचाइका लागि सिँचाइ मन्त्रालय छ । ऊर्जाका सबै नीति बनाउनुपर्ने र समन्वय गर्नुपर्ने भए पनि जल तथा ऊर्जा आयोगको सचिवालय कामविहीन अवस्थामा छ । पेट्रोलियम पदार्थलगायतका ऊर्जा क्षेत्रको आयातका लागि मात्र विदेशबाट १ खर्ब ११ अर्ब खर्च हुने गरेको छ ।
जलस्रोतको विकास र विस्तारका लागि तीव्रता दिएर यो ऊर्जा आयात विस्थापन गर्न सकिन्छ । सरकारले आयातलाई प्रतिस्थापन गरी निर्यातमा जोड दिने नीति कागजी रूपमा अघि बढाएको त छ तर ऊर्जाको संरचना नै गलत भएपछि त्यो नीति कार्यान्वयन हुन सकेको छैन । जसका कारण ऊर्जामा समेत विदेशी परनिर्भरता बढ्दै गएको छ । ‘संरचना ठीक राखेर आयातलाई प्रतिस्थापन गर्नका लागि सरकार अघि बढ्नुपर्छ,’ पूर्व ऊर्जा सचिव शीतलबाबु रेग्मीले भने, ‘पार्टीगत र स्वार्थगतभन्दा मुलुकको समग्र ऊर्जाको उत्पादनलाई बढावा दिने गरी योजना अघि बढाउनुपर्छ, त्यसबारे सबै निकायबीच समन्वय छैन ।
’ऊर्जा विकासका लागि एउटै संरचना तथा त्यसका आधारमा ऊर्जाको आवश्यकता, आपूर्ति लगायतबारे एकीकृत ऊर्जा नीति बनाउनुपर्ने भए पनि त्यो पनि छैन । निर्यात बढेकोमा चिन्तित सरकार ऊर्जा क्षेत्रलाई एउटै छातामुनि ल्याउन भने असफल देखिँदै आएको छ । ‘समग्र ऊर्जा विकासका लागि अहिलेको संरचना गलत छ,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता शेरसिंह भाट भन्छन्, ‘ऊर्जा हेर्ने सबै क्षेत्रलाई एउटै छाताभित्र ल्याउनुपर्छ, नल्याएसम्म ऊर्जाको समग्र विकास हुन सक्दैन ।
’ ऊर्जा मन्त्रालयभित्र सबै निकायलाई ल्याएर खरिदजन्य ऊर्जा स्रोत विभाग, जलविद्युत् विभाग, वैकल्पिक ऊर्जा विभाग र परम्परागत ऊर्जा स्रोत विभाग बनाई ऊर्जाको विकास एकीकृत रूपमा अघि बढाउनु आवश्यक रहेको विज्ञहरूको तर्क छ । ऊर्जासँग सम्बन्धित सबै निकायलाई एउटै छाताभित्र ल्याउने प्रयास धेरै पटक भए पनि त्यो राज्य सञ्चालन गर्नेहरूको बेवास्ताका कारण अझैसम्म पूरा हुन सकेको छैन ।
जनआन्दोलन ०६२÷६३ पछि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा आपूर्ति मन्त्रालयलाई तथा डा.बाबुराम भट्टराईको पालामा समेत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई ऊर्जा मन्त्रालयमा ल्याउने प्रयास गरेको थियो तर विरोधपछि सम्भव भएन । बढी आर्थिक चलखेल गर्न सकिने कारण नै वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आपूर्ति छुट्ट्याउन लाग्दा तत्कालीन मन्त्री राजेन्द्र महतोले आपूर्ति मन्त्रालय नभए त्यो मन्त्रालयमै नजाने अड्डी कसेका थिए भने अघिल्लो डा.भट्टराईको पालामा केन्द्रलाई ऊर्जा मातहतमा ल्याउने निर्णय गरेपछि चर्को दबाब परेपछि निर्णयबाट पछि हट्नुपरेको थियो ।
ऊर्जामन्त्री उमाकान्त झासमेत ऊर्जा क्षेत्र हेर्ने सबै निकायलाई एउटै छातामा ल्याउनुपर्ने भए पनि सम्भव नभएको बताउँछन् । ‘एकीकृत रूपमा ऊर्जा विकासका लागि एउटै निकाय हुनुपर्ने हो, यो आवश्यक छ तर सम्भव हुन सकेको छैन,’ उनले भने ।
ऊर्जा र सिँचाइ मन्त्रालय छुट्टिएपछि अधिकारविहीन भएको जल तथा ऊर्जा आयोगलाई जलस्रोत क्षेत्रको छाता निकाय बनाउन लागिएको छ तर त्यस बारेको प्रस्ताव मन्त्रिपरिषद्मै अड्किएको छ ।
अहिले ऊर्जा मन्त्रालयले जलविद्युत्, भौतिक योजना तथा निर्माण मन्त्रालयले खानेपानी, सिँचाइ मन्त्रालयले सिँचाइ, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले वैकल्पिक ऊर्जा र वन मन्त्रालयले जलाधार क्षेत्रसम्बन्धी कार्यक्रम र योजना सञ्चालन गरिरहेको छ । त्यस्तै, लगानी बोर्डले ५ सय मेगावाटमाथिका आयोजनाहरू सञ्चालन गर्दै आएको छ । सरकारी निकायबाट जल तथा ऊर्जा आयोगलाई प्रधानमन्त्री अध्यक्ष रहने गरी अधिकार सम्पन्न र उच्चस्तरीय बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लगे पनि स्वीकृत भएको छैन । ऊर्जाबारे एकीकृत रणनीति बनाउनेदेखि नीतिगत निर्णय गर्नुपर्ने निकायको रूपमा आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्ने आवश्कता छ ।संरचना
ऊर्जा मन्त्रालय    जलविद्युत्
भौतिक योजना तथा निर्माण मन्त्रालय    खानेपानी
सिँचाइ मन्त्रालय    सिँचाइ
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय    वैकल्पिक ऊर्जा
वन मन्त्रालय    जलाधार
लगानी बोर्ड    ठूला जलविद्युत आयोजना

Monday, December 23, 2013

सहरवासीलाई पनि सोलारमा अनुदान

भीम गौतम\राजधानी
काठमाडौं, ७ पुस
सहर र सहरोन्मुख क्षेत्रमा सोलार (सौर्य) जडान गरेमा सरकारले अनुदान दिने निर्णय गरेको छ । ग्रामीण तथा विकट क्षेत्रमा मात्र अनुदान दिँदै आएकामा सरकारले सहरी सौर्य ऊर्जा प्रणाली अनुदान तथा परिचालन कार्यविधि २०७० पारित गरेपछि सहरबासीले समेत अनुदान पाउने भएका हुन् । त्यसैगरी, सहर र सहरोन्मुख क्षेत्रमा संस्थागत सौर्य ऊर्जा प्रणाली जडान अनुदानसम्बन्धी कार्यविधि, २०७० पारित भएपछि सडक बत्ती, धार्मिक स्थलहरूका साथै एफएम रेडियोले समेत अनुदान पाउने भएका छन् ।
दुवै कार्यविधि पारित भएसँगै अनुदान नीति कार्यान्वयनमा आएको छ । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको सहरमा सौर्य जडान गरेमा अनुदान दिने प्रस्तावलाई अर्थ मन्त्रालयले शुक्रबार स्वीकृत गरेसँगै अनुदान नीति कार्यान्वयनमा आएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्दराज पोखरेलले जानकारी दिए । ‘अब सहरी क्षेत्रमा समेत सोलार प्रवद्र्धनका लागि बाटो खुल्यो,’ उनले भने, ‘यो निर्णयसँगै नेट मिटरिङको नीति ल्याउनका लागि समेत ल्याउन सजिलो भएको छ ।’ पहिलो चरणमा सरकारले पाँच विकास क्षेत्रका पाँच नगरपालिकामा घरेलु सौर्य ऊर्जा जडानका लागि अनुदान दिने निर्णय गरेको छ ।
निर्णयअनुसार १ सय वाटदेखि २ सय वाट पिकभन्दा कमको सोलार जडान गरेमा प्रतिप्रणाली ५ हजार तथा २ सय वाटभन्दा माथिका आयोजनालाई प्रतिप्रणाली ८ हजार रुपैयाँ पाउनेछन् । ‘सहरबासीलाई दिएको अनुदानले ऊर्जा समस्याको न्यूनीकरणका लागि सहयोग पुग्नेछ,’ केन्द्रका सह–निर्देशक रामप्रसाद धितालले भने, ‘२ सय वाटसम्मको सोलार राख्नेले सानो टिभीदेखि ल्यापटपसम्म चलाउन सक्नेछन् ।’ अब सरकारले तोकेको नगरपालिका क्षेत्रभित्रका बासिन्दाले सोलार अनुदानका लागि निवेदन दिएमा आवश्यक कागजपत्र बुझाएपछि अनुदान पाउनेछन् ।
त्यसैगरी, संस्थागततर्फ महानगरपालिका तथा उपमहानगरपालिकाका लागि ६० लाख रुपैयाँसम्मको सोलार आयोजनाले ४० प्रतिशतसम्म, नगरपालिकाका लागि ४० लाख रुपैयाँसम्मको आयोजनाले ६० प्रतिशतसम्म र नगरोन्मुख गाउँ विकास समितिका लागि २० लाखभन्दा बढी नहुने गरी कूल लागतको ७५ प्रतिशतसम्म सौर्य सडक बत्ती जडान गर्न अनुदान रकम उपलब्ध गराउने नीति पारित भएको छ ।
रेडियोेका लागि ५ लाख रुपैयाँसम्मको ५० प्रतिशतसम्म अनुदान तथा धार्मिक तथा अध्यात्मिक स्थलहरूमा १० वाट प्रणालीका लागि ६ हजारभन्दा बढी नहुने कुल लागतको ९० प्रतिशतसम्म, २० वाटका लागि ९ हजारभन्दा बढी नहुने गरी कुल लागतको ८० प्रतिशतसम्म र ५० वाटभन्दा माथिको प्रणालीमा २० हजारभन्दा बढी नहुने गरी कुल लागतको ७० प्रतिशतसम्म अनुदान दिने निर्णय सरकारले गरेको छ । सरकारले आव ०७०÷७१ को बजेटमा समेत सहरी क्षेत्रमा सोलारमा अनुदान दिन २ सय ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
हालसम्म सौर्य ऊर्जामार्फत मात्र अतिविकट र ग्रामीण क्षेत्रका ४ लाख घरधुरीमा सौर्य ऊर्जा पुगिसकेको छ भने आगामी चार वर्षभित्र थप ६ लाख घरधुरीमा सौर्य ऊर्जा जडान गर्ने लक्ष्य राखिएको छ । सहरी क्षेत्रमा पनि प्रवद्र्धन गर्न सके विद्यमान लोडसेडिङबाट पर्न गएको असुविधाबाट सहरी क्षेत्रमा बसोबास गर्ने जनतालाई राहत दिन सकिने र वर्तमान ऊर्जा संकटलाई न्यूनीकरण गर्न सकिने भन्दै सरकारले सहरबासीलाई सोलारमा अनुदान दिने प्रस्ताव अघि बढाएको थियो ।

Sunday, December 22, 2013

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण असफल


भीम गौतम\राजधानी
काठमाडौं, ६ पुस
नेपाल विद्युत् प्राधिकरण चुहावट रोक्न असफल भएको छ । विद्युत् चुहावटको कारण सर्वसाधारणले दैनिक नौ घन्टाभन्दा बढी लोडसेडिङको मार खेप्नुपरेको र प्राधिकरणले बर्सेनि साढे ८ अर्ब घाटा बेहोरे पनि चुहावट नियन्त्रणमा प्राधिकरण असफल भएको हो । पञ्चवर्षीय रणनीतिमा २८ दशमलव ३५ प्रतिशतबाट २० प्रतिशतमा झार्ने लक्ष्य रहेको भए पनि २०६८ सालदेखि सुरु भएको विद्युत् चुहावट लक्ष्यअनुसार प्रगति हुन सकेको छैन । प्राधिकरणका अनुसार २०६७÷६८ मा २८ दशमलव ३५ प्रतिशत रहेको चुहावटलाई न्यूनीकरण गरी २०६८÷६९ मा २५ दशमलव ३५ प्रतिशतमा झार्ने लक्ष्य राखिएकोमा २६ दशमलव ५ प्रतिशतमै सीमित रह्यो ।
त्यसपछि २०६९÷७० मा २३ प्रतिशतमा झार्ने लक्ष्य राखिएकोमा २५ दशमलव शून्य ४ प्रतिशतमा सीमित हुन पुग्यो । २०७०÷७१ मा २२ प्रतिशतमा झार्नुपर्ने पञ्चवर्षीय चुहावट नियन्त्रण योजनाको लक्ष्य पनि पूरा नहुने अवस्था छ । हालै प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीले १ दशमलव ५ प्रतिशत चुहावट घटाउन निर्देशन दिएका छन्, तर निर्देशन पूरा भए पनि लक्ष्य पूरा नहुने देखिएको छ । त्यसैगरी, २०७१÷७२ मा २१ प्रतिशत र २०७२÷७३ मा २० प्रतिशत झार्ने लक्ष्य छ ।
तर, अहिलेको गतिले लक्ष्य प्राप्त गर्न कठिन रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । ‘प्राधिक™णको चुहावटबाट मात्र साढे ६ अर्बभन्दा बढीको घाटा छ, तर चुहावट नियन्त्रण अभियानलाई यो आर्थिक वर्षभित्र नियन्त्रणका लागि अभियानका रूपमा अघि बढाइएको छैन,’ ती अधिकारीले भने, ‘आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि बल्ल प्राधिकरण व्यवस्थानपनले चासो दिएको छ, बाँकी समयमा लक्ष्य पूरा हुन सम्भावना धेरै न्यून छ ।’ चुहावट नियन्त्रणका लागि सार्थक पहल नहुँदा प्राधिकरण झन् धराशयी भएको विश्लेषणहरू बताउँछन् । प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट अवकाश पाएका विश्लेषक रवीन्द्र श्रेष्ठ प्राधिकरणको चुहावट ३० प्रतिशतभन्दा बढी रहेको र चुहावटविरुद्ध प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसकेको बताउँछन् ।
‘चुहावट प्राधिकरणले २५ प्रतिशत मात्र देखाएपछि मेरो विचारमा ३२÷३३ प्रतिशत छ, कार्यक्रमहरू पनि प्रभावकारी छैनन्’, उनले भने, ‘चुहावट रोक्न सके अहिले भएको लोडसेडिङमा धेरै कमी आउँछ, तर प्राधिकरण चुहावट नियन्त्रण गर्न असफल छ ।’ विद्युत् चोरीका लागि कर्मचारीकै मिलेमतो, प्राधिकरणले प्रसारण लाइन विविध विवाद र बाधाका कारण समयमै बनाउन नसक्नु, पुराना ट्रान्सफर्मर र तारको मर्मत गर्न नसक्नु, प्रसारण लाइन र सबस्टेसन बनाउन ऊर्जा मन्त्रालयले वन मन्त्रालय, गृह मन्त्रालयस“ग समन्वय गरेर अघि बढ्न नसक्नु, राजनीतिक संरक्षण रहनु, चोरी नियन्त्रणविरुद्धको अभियानमा प्रशासन र राजनीतिक दलहरूको पर्याप्त सहयोग नहुनुलगायतका कारण चुहावट नियन्त्रण कार्यक्रम प्रभावकारी नभएको गुनासो प्राधिकरणका अधिकारीहरू गर्छन् ।
बेलाबेलामा विद्युत् चोरीका फाइलमा आर्थिक प्रलोभनमा उच्च कर्मचारीहरूको आँखा लाग्ने तथा प्राधिकरण सञ्चालक समितिका सदस्यहरूको समेत मिलेमतो हुने घटनासमेत चुहावट नियन्त्रणका लागि बाधक बनेका छन् । प्राधिकरण अर्थ निर्देशनालयका अनुसार साढे ६ अर्बजति त चुहावटका कारण बिलिङ नभएर प्राधिकरणले घाटा बेहोर्नुपरेको छ ।
प्राधिकरणले चुहावट नियन्त्रणका लागि ठूल्ठूला उद्योगहरूमा छापा मार्ने, विभिन्न सञ्चार माध्यममार्फत जनचेतना जगाउने, प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सबै दल सम्मिलित कार्यदल गठन, विद्युत् चोरीमा संलग्नलाई कडाभन्दा कडा कारबाहीलगायत गर्दै आएको छ, तर प्रभावकारी भएको छैन । अधिकांश जिल्लामा प्रजिअको नेतृत्वमा रहेको कार्यदल पनि सक्रिय छैन ।
http://erajdhani.com/en/business/19919-----

मिल्चे मुलुककै पहिलो नवीकरणीय ऊर्जा गाउँ


राजधानी समाचारदाता- काठमाडौं, ६ पुस - सबै घरधुरीमा नवीकरणीय ऊर्जामार्फत बिजुली पुगेर काभ्रेको विकट मिल्चे गाविस मुलुकको पहिलो नवीकरणीय ऊर्जा गाउँ घोषित भएको छ । सहरमा लोडसेडिङको चरम समस्या भोगिरहेका बेला सदरमुकाम धुलिखेलबाट ५० किलोमिटर टाढा रहेको विकट गाउँ शनिबार नवीकरणीय ऊर्जाका लागि मुलुकको नमुना गाउँ घोषित भएको हो ।
समाजसेवी मधु आचार्य, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका जगदीशकुमार खोजू, रिमरेकमा अध्यक्ष डा. प्रेम शर्मा, जिल्ला ऊर्जा कार्यक्रम प्रमुख सञ्जीवकुमार लाल, गाविस सचिव भरत बस्नेतका साथै स्थानीयवासीहरूमाझ नवीकरणीय ऊर्जामा मिल्चेलाई नमुना गाविस घोषणा गरिएको थियो । प्रवद्र्धन केन्द्रको सहयोगमा रिमरेकमार्फत चारओटा लघु जलविद्युत् आयोजनामार्फत ३ सय ८६ घरधुरी तथा सोलारमार्फत ६२ घरधुरीमा बिजुली पु¥याएपछि मिल्चे गाविस लोडसेडिङमुक्तसमेत भएको छ ।
‘सबै घरधुरीमा नवीकरणीय ऊर्जामार्फत बिजुली पु¥याएपछि नमुना नवीकरणीय ऊर्जा गाविस घोषित भएको हो,’ प्रवद्र्धन केन्द्रको ग्रामीण विद्युतीकरण सहएकाइका राष्ट्रिय सल्लाहकार मधुसूदन अधिकारीले भने, ‘मिल्चे नेपालकै नवीकरणीय ऊर्जामार्फत सबै घरधुरीमा बिजुली बाल्ने पहिलो नवीकरणीय ऊर्जा गाविस हो । विश्वका अधिकांश देशमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् पुग्ने तथा नवीकरणीय ऊर्जामार्फत बिजुली सबै घरधुरीमा पुगेको थाहा छैन, सम्भवतः विश्वकै नवीकरणीय ऊर्जाका लागि पहिलो गाविससमेत यही हुन सक्छ ।
’ केन्द्रमार्फत मुलुकभरमा ७ लाख घरधुरीमा लघु जलविद्युत् र सोलारमार्फत ऊर्जा पुगेको छ । प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा.गोविन्दराज पोखरेलका अनुसार सबै घरधुरीमा बिजुली पुगेर घोषित सन्देशले नवीकरणीय ऊर्जामार्फत ऊर्जा सुरक्षा हुन सक्छ भन्ने देखाएको छ । ‘नमुना गाविस घोषितले नवीकरणीय ऊर्जा पनि राम्रो विकल्प भन्ने देखाएको छ, ऊर्जा सुरक्षाका लागि नवीकरणीय ऊर्जामा यसले राम्रो माध्यम भने देखाएको छ,’ उनले भने ।
मिल्चे गाविसमा मात्र कुलकुले, दुर्लुङ खोला पहिलो, दोस्रो र तेस्रो लघु जलविद्युत् आयोजना तथा सोलारमार्फत सबै घरधुरीमा बिजुली पुगेको छ । यातायात सेवासमेत नपुगेको विकट गाउँ मिल्चेलाई नवीकरणीय ऊर्जायुक्त गाविस घोषणा गरेपछि स्थानीयवासीसमेत खुसी भएका छन् । कार्यक्रममा उनीहरूले गाउँमा बिजुली आएपछि आयआर्जन बढेको र जीवनमा खुसी बढ्दै गएको बताएका थिए ।
http://erajdhani.com/en/national/19903-------

Saturday, December 21, 2013

जसको सपना सडकले तुहायो

एउटा छोराको चोटले थलिएका उनको जीवनमा फेरि अर्को बज्रपात भयो, २०६६ असोज १७ गते । अमेरिकाको युनिभर्सिटी टप गरेका अर्को छोरा बलरामको पनि अमेरिकामै दुर्घटनामा निधन भयो
bisnu gautam 1भीम गौतम
काठमाडौंमा घर भएका र पर्यटन व्यवसायमा लागेका विष्णु गौतमको परिवारमा कुनै दुःख थिएन, २०६५ साल पुसअघिसम्म । २०४० सालदेखि पर्यटन व्यवसायमा लागेका उनका छोरा कुमार सुवानची टुर्सका प्रोप्राइटर थिए भने अर्को छोरा बलराम अमेरिकाको नर्थ वेस्टर्न ओक्लाहोमा स्टेट युनिभर्सिटी टप गर्न सफल मेधावी विद्यार्थी थिए । अमेरिकामा उपराष्ट्रपति, राष्ट्रपति, वर्È विद्यार्थी–२००८ तथा आउटस्ट्यान्डिङ सिनियर अवार्डबाट सम्मानित हु“दै उनी अध्ययनरत स्टेट युनिभर्सिटीको म्याथ क्लबको प्रेसिडेन्टसमेत भइसकेका थिए । बलराम अन्तर्राष्ट्रिय विद्यार्थी संघको कोÈाध्यÔसमेत थिए ।
मासिक डेढ लाख रुपैया“भन्दा बढी कमाइ हुने उनको परिवार सुखी थियो तर विष्णुको पारिवारिक जीवनमा पहिलो बज्रपात भयो, २०६५ साल पुस १२ गते । सवारी दुर्घटनामा छोरा कुमारले प्राण गुमाए । सुवानची टुर्सका प्रोप्राइटरसमेत रहेका कुमार काठमाडौंको सञ्चारग्राम नजिक सवारी दुर्घटनामा परेका थिए । एउटा छोराको चोटले थलिएका उनको जीवनमा फेरि अर्को बज्रपात भयो, २०६६ असोज १७ गते ।
अमेरिकाको युनिभर्सिटी टप गरेका अर्को छोरा बलरामको पनि अमेरिकामै दुर्घटनामा निधन भयो । काभ्रेको दुर्गम कोसीपारिको धुसेनी शिवालयमा जन्मिएर आफ्ना बालबच्चाका लागि ठूलो संघर्È गरेका विष्णुले दुई हुर्केका छोराको कमाइ खाने बेलामा पीडाले तड्पनुप¥यो । एक्कासि निम्तिएका दुई ठूला पीडाले उनी यति विरक्तिए कि टुर्सबाट हात झिके, काभ्रेको अनेकोटमा बनाउन लागिएको पलाञ्चोक एग्रो रिसोर्टको योजना पनि छोडिदिए । त्यसका लागि बैंकबाट ८० लाख रुपैया“ ऋण स्वीकृति भइसकेको थियो । पारिवारिक शोक र तनावमा परेको उनको जिन्दगीको मोड पूरै परिवर्तन भयो ।
सुखी जीवनमा पीडैपीडा थपिए । शोकमा डुबेको गौतमको परिवारमा आ“सु थामिन महिनौं लाग्यो । शोकले आत्महत्याको बाटो रोज्ने कल्पनासम्ममा पु¥यायो तर अन्त्यमा साहस जुटाएर छोराहरूको शोक मेटाउने र भुलाउने एउटै बाटो सामाजिक सेवा रोजे र तीन वर्षअघि लक्ष्मी प्रतिष्ठान गठन गरे र सुरु गरे सामाजिक अभियान । त्यही अभियानमार्फत समाजमा गरेको सेवालाई कदर गर्दै उनलाई अमेरिकामै अन्तर्राष्ट्रिय नेपाल साहित्यकार समाजले अन्तर्राष्ट्रिय हिरोको रूपमा सम्मान ग¥यो ।
‘कति सपना थिए, ती छोराहरूस“ग जोडिएका, सबै चकनाचुर भए तर सबै पीडा र दुःख हटाउन समाजसेवा ग¥यौं तर आज अमेरिकामा आएर अन्तर्राष्ट्रिय हिरोको रूपमा सम्मान पाउँदा खुसी छु,’ गौतमले भने, ‘चरम दुःखको त्यो Ôणमा हामीजस्तै दुःखीहरूको दुःखमा मलम लगाउनेछौं भनेर नेपालमा धेरै काम ग¥यौं, अमेरिकामा बस्ने नेपालीले पनि त्यसलाई मूल्यांकन गरेर सम्मान दिनु खुसीको कुरा हो ।’ पहिला नामका लागिभन्दा दामका लागि बढी कुद्ने गौतमको अहिले पहिचान र परिचय फेरिएको छ ।
उनी समाजसेवी मात्र होइन, गीतकार र लेखक पनि बनेका छन् । उनले लक्ष्मी गीतिसंग्रह निकालिसकेका छन् भने ‘चोइटिएको मुटु’ पुस्तकसमेत प्रकाशन गर्न लागेका छन् । उनी अहिले समाज र समाजभित्रको अन्तरकथाहरूलाई आफ्ना लेखमार्फत सार्वजनिक गर्न थालेका छन् । हिजो जुन उनका लागि महŒवको विषय थिएन । २०४० सालदेखि झन्डै २७ वर्Èसम्म पर्यटन Ôेत्रमा सक्रिय उनको जिन्दगीको यात्रा फनक्कै मोडिएको छ । उनी अहिले लक्ष्मी प्रतिष्ठान, समाज कल्याण–नगरकोट पर्यटन सडक समिति र पलाञ्चोक एग्रो प्रालिका अध्यÔ छन् भने भक्रमदेवी माविका सञ्चालक र बालप्रतिभा निमाविका दाता समूह सदस्य छन् ।
१३ वर्Èको उमेरसम्म विकट धुसेनी शिवालयमै बसेका ५१ वर्Èीय विष्णुले गाउ“मा विद्यालय नभएपछि काठमाडौंमा आइपुगे र भानु माविबाट प्रवेशिका परीÔा पास गरे । स्कुल पढ्दा पत्रिका बेच्नुपरेको दुःखद र संघर्Èपूण कथा भए पनि उनले जिन्दगीमा धेरै प्रगति गरे । आरआर क्याम्पसबाट प्रमाणपत्र तह पास गरेपछि साथीभाइको लहलहैमा पार्वती नामक फिल्म पनि बनाएर ८ लाख डुबाएका उनले पर्यटन व्यवसायमा हात हालेपछि सफलतातिर जीवन लम्कियो । त्यो लम्काइमा पनि बीचमै ब्रेक लाग्यो र उनले समाजसेवाको बाटोमा लम्किए ।
छोराहरूको निधनअघि ४६ लाख बैंक ब्यालेन्स भएका विष्णुको सामाजिक अभियानपछि अहिले उल्टो १० लाख ऋण लागे पनि समाजसेवा गर्न पाएकोमा सबैभन्दा बढी खुसी भएको बताउँछन् । ‘कहिल्यै नदेखेका, नसुनेका, नचिनेका धेरैले आफ्नै छोराछोरीहरूले जसरी ड्याडी–ममी शब्द प्रयोग गरेर बोलाएपछि मेरा छोराहरूको पुनर्जन्म भएको मानेको छु,’ उनी भन्छन् । लक्ष्मी प्रतिष्ठानले अहिले पा“च Ôेत्रमा काम गरिरहेको छ । सामुदायिक विद्यालयहरूको सशक्तीकरण, महिला सशक्तीकरण, सीप विकास तथा व्यावसायिक तालिम, ट्राफिक जनचेतना स्वास्थ्य तथा वातावरण आदि ।
प्रतिष्ठानमार्फत नै काभ्रे, काठमाडौं, भक्तपुर, डोटीलगायतका जिल्लाका विभिन्न विद्यालयमा शौचालय, खानेपानीको व्यस्थापन, भवन निर्माण, पुस्तकालय निर्माण, शिÔक व्यवस्थापन, कम्प्युटर सहयोग, १ सय ५० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति, दर्जनौं स्थानमा आ“खा शिविर, ५ सयभन्दा बढीको मोतियाबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया, ४ सयभन्दा बढीलाई सीपमूलक तालिमलगायत कार्य सम्पन्न गरिसकेका छन् । उनकै संस्थाले चितवनको कान्दामा चेपाङहरूका लागि सहयोग जुटाएर ६९ ओटा घर बनाइरहेका छन् भने काभ्रे र सिन्धुपाल्चोकको दोसाँधमा रहेको इन्द्रावती सामुदायिक अस्पताल सञ्चालनका लागि सहयोगसमेत गरिरहेका छ्न ।
दुर्घटनामा दुवै छोराछोरी गुमाएको पीडाबाट मुक्त हुन र सडक दुर्घटना कहिल्यै नहोस् भन्ने कामना गर्दै १ हजार महिलालाई ड्राइभिङ तालिम दिने अभियानअन्तर्गत काभ्रेको भकुण्डेबेंसीमा ६५ जनालाई तालिमसमेत दिइसकेका छन् । महिलालाई गाडी चलाउन दि“दा दुर्घटना कम हुने उनको ठम्याइ छ । ट्राफिक जनचेतनाका लागि ट्राफिक प्रहरी तथा विभिन्न कलेजस“ग सहकार्य गर्दै छ, उनको प्रतिष्ठानले । काठमाडौं, भक्तपुर र बनेपाका रोडमा डिभाइडर राखेको छ भने अनाथालयका बालबालिकाका लागि खाना, लत्ताकपडा र टिभीलगायत सहयोग प्रतिष्ठानले गरिसकेको छ ।
करिब १ करोड रुपैया“जति सामाजिक कामका लागि खर्च गरिसकेका उनले आधाजति रकम त आफ्नै व्यक्तिगत बचतबाट खर्चेको उनी बताउँछन् । बा“की रकम संकलन गर्न फेसबुक उनको साथी बनेको छ । फेसबुकमार्फत उनी हाम्रो समाजको पीडा, व्यथा र यथार्थता सार्वजनिक गर्छन् अनि सहयोगी हातहरू पनि फेला पार्छन् । समाजसेवाबाट मात्र आफ्नो जीवन सुखी भएको ठानेर समाजसेवामा होमिएका उनी आफूलाई आएको सहयोग सबैभन्दा बढी पारदर्शी रूपमा खर्च गर्ने बताउँछन् ।
‘मलाई कमाउनु छैन, जिन्दगीमा परेको पीडाबाट मुक्ति पाउनका लागि मेरो समाजसेवाबाहेक अर्को बाटो छैन,’ उनले भने, ‘जसले सहयोग गरे, सबै हिसाब पूर्ण पारदर्शी छ, उनीहरूलाई उचित सम्मान पनि गर्नेछु ।’

Tuesday, December 17, 2013

एक बर्षभित्र प्रशारण लाइनको गुरुयोजना


भीम गौतम\राजधानी
काठमाण्डौं, १ पुस
प्रशारण लाइन व्यवस्थित व्यवस्थित नभएर जलविद्युत प्रवद्र्धकहरु अन्योलमा परिरहेको बेला नेपाल विद्युत प्राधिकरणले एक बर्षभित्र प्रशारण लाइनको गुरुयोजना (माष्टर प्लान) बनाउन सुरु गरेको छ ।
नर कसल्ट्यान्टको सहयोगमा सन् १९९४ र सन् २००४ मा बनाएको गुरुयोजना पुरानो भैसकेकोले प्राधिकरणले आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुलाई लक्षित गरेर नयाँ गुरुयोजना बनाउन सुरु गरेको हो । गुरुयोजना निर्माणका लागि परामर्शदाता छनोट गरी प्रकृया अघि बढीसकेको प्राधिकरण ग्रीड विकासका प्रबन्धक गगन मानन्धरले जानकारी दिए । ‘एक बर्षभित्र गुरुयोजना निर्माण सम्पन्न गर्ने गरी सुरु गरिसकेका छौ ।’–उनले भने–‘परामर्शदाता कम्पनीमार्फत एक बर्षभित्र गुरुयोजना तयार गर्ने लक्ष्य छ ।’
प्रशारण लाइनको गुरुयोजना निर्माणका लागि फ्रान्सको इडीएफ इलेक्ट्रिक डे फ्रान्ससँग हालै सम्झौता भई गुरुयोजना निर्माण अघि बढेको प्राधिकरणले जनाएको छ । ‘अहिले कुन कुन जलविद्युत आयोजनाहरु निर्माणको चरणमा छन्, ती आयोजनाहरु निर्माणका लागि कुन कुन ठाउँमा कसरी प्रशारण लाइन बनाउनुपर्छ भन्ने स्पष्ट गुरुयोजना बन्नेछ, जसले आगामी दिनमा प्रशारण लाइन बनाउन सहयोग गर्नेछ ।’–उनले भने ।
 विश्व बैकको करिब एक मिलियनको सहयोगमा बनाउन लागिएको गुरुयोजनामा आगामी २५ बर्षसम्म बन्ने आयोजनालाई लक्षित गरेर बनाउन लागिएको छ । गुरुयोजनामा नीजि तथा सरकारी क्षेत्रबाट सर्भे भईरहेको, अध्ययन सकिएका, निर्माणका लागि अध्ययन हुन लागेका आयोजनाहरुको क्षेत्रहरुलाई समेट्ने गरी बन्ने गुरुयोजनाबाट नेपालको जलविद्युत क्षेत्रको विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । सन् १९९४ र सन् २००४ मा बनेको गुरुयोजना काम लाग्ने अवस्थामा नरहेको तथा अब बन्ने गुरुयोजनाबाट जलविद्युत आयोजनाहरुका लागि स्पष्ट खाका तयार हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, हाल १३२ केभीएका २१ सय ३० किलोमिटर, ६६ केभीको ५ सय १२ किलोमिटर, १३२ केभीएको १३७६ एमबीए र ६६ केभीएको ४६४ एमबीएको प्रशारण लाइन निर्माण सम्पन्न भैसकेको छ भने ४०० केभीएको ५ सय ७० किलोमिटर, २२० केभीएका ४ सय ४६ किलोमिटर र १३२ केभीएको ७ सय ९३ किलोमिटर प्रशारण लाइन निर्माणाधीन अवस्थामा छन् ।
प्रशारण लाइन क्षेत्रमा विभिन्न माग राखी स्थानीयबासीहरुले अवरोध गरेपछि अधिकांश प्रशारण लाइन निर्माणमा अवरोध देखिएको छ भने प्रशारण लाइनबारे स्थानीय सर्वसाधारणसँग सहकार्य गरेर प्राधिकरण अघि बढ्न सकेको छैन । हालै प्राधिकरण सञ्चालक समितिको बैठकले नीजि क्षेत्रलाई समेत प्रतिष्पर्धाको आधारमा प्रशारण लाइन बनाउनका लागि दिने निर्णय गरिसकेको छ । स्पष्ट गुरुयोजना नभएको कारण अहिले आयोजनाको आवश्यकताको आधारमा प्रशारण लाइन बनाईरहेको भएपनि गुरुयोजनापछि व्यवस्थित र आवश्यकता अनुसारका क्षेत्रमा प्रशारण लाइन बनाउनका लागि सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।




Monday, December 16, 2013

विद्युत किन्न भारतीय लगानीकर्ताका दश प्रस्ताव

भीम गौतम\राजधानी
काठमाण्डौं, २९ मंसीर
भारतका उद्योगी, व्यवसायीहरु र लगानीकर्ताले नेपालबाट भारत विद्युत निर्यातका लागि १० प्रस्ताव गरेका छन् ।
नेपालबाट विद्युत निर्यातलाई विशेष फोकस गरेर बिट्रिस हाई कमिसन डीएफआईडीको सहयोगमा भारतीय उद्योग व्यवसायीहरुको संस्था सीआईईले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा उनीहरुले उक्त प्रस्ताव गरेका हुन् । नेपालमा जलविद्युत आयोजना बनाउन तयार रहेको बताउँदै उनीहरुले कानुनी, नीति र आयातको व्यवस्थापनबारे स्पष्ट निर्णय गर्न नेपाली र भारतीय अधिकारीहरुसँग आग्रह गरेका थिए । जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि नेपालमा एकद्धार नीति बनाउनका लागि विशेष आग्रह गर्दै उनीहरुले जलविद्युत आयोजना निर्माणका लागि चाहिने पुर्वाधारहरु नेपाल सरकारद्धारानै बनाउनका लागि व्यवस्था गर्न समेत उनीहरले माग गरेका थिए ।
नेपालबाट उर्जा मन्त्रालयका सह–सचिव उदयराज सापकोटा, नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डे, जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियार, नेपाल उद्योग वाणिज्य महासंघका उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान लगायत सहभागी भएको कार्यक्रममा भारतीय व्यवसायीहरुले केही नीतिगत, कानुनी र मौजुदा व्यवस्था जलविद्युत निर्माणका लागि चुनौतीको रुपमा देखिएको बताउँदै त्यसमा सुधार्नका लागि नेपाल र भारतीय सरकारी अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए । ‘नेपालबाट विद्युत निर्यातकै लागि फोकस गरेर आयोजना गरिएको छलफलमा भारतीय उद्योगी, व्यवसायीहरुले केही प्रस्ताव गरेका छन् ।’–सह–सचिव सापकोटाले भने–‘उनीहरुले निर्यातमूलक आयोजना बनाउनका लागि देखिएका समस्याहरु राखेर त्यसबारे पुर्नविचार गर्न भनेका छन् ।’
छलफलमा सहभागी नेपाली अधिकारीहरुका अनुसार, नेपालको नीतिमा विद्युत महशुल, निःशुल्क इनर्जी र इक्वीटीबारे स्पष्ट नभएको उल्लेख गर्दै स्पष्ट नीति बनाउन तथा प्रति मेगावाट र प्रति युनिट बराबर छुट्टाछुट्टै रोयल्टीको व्यवस्था नभएकोले भारतीय बजारमा तुलनात्मक रुपमा सस्तो मुल्यमा विजुली आयात गर्न दोहोरो रोयल्टीको व्यवस्था हटाउन प्रस्ताव गरेका थिए । त्यसैगरी विद्युत खरिद सम्झौता (पीपीए) रेटबारे अन्योलता रहेकोले कुनै विद्युतको नियमक निकाय बनाएर निश्चित मापदण्ड बनाउन, प्रशारण लाइनबारे ह्वीलिङ चार्जका साथै दुई देशबीच अन्तरेदेशीय प्रशारण लाइन बनाउनका लागि छुट्टै कानुनी व्यवस्था गर्न पनि उनीहरुले नेपालका अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी प्राविधिक रुपमा नेपालले यति क्यूमा मात्र विद्युत बनाउन पाउने भन्ने निश्चित व्यवस्था गरेको उल्लेख गर्दै त्यो हटाएर विद्युत उत्पादनको क्षमता हेरेर बनाउन पाउनुपर्ने तथा अहिले विद्युत लाइसेन्स दिँदा सर्भे लगायत गरी ३० बर्षपछि नेपाललाई हस्तान्तरण गर्नुपर्ने व्यवस्थालाई विद्युत उत्पादन भएदेखिको समयसीमा राख्नुपर्ने र नेपालमा गुणस्तरीय सामान नभएमा भारतबाट ल्याउँदा लाग्ने सामग्रीहरुको कर छुट दिनुपर्ने उनीहरुको प्रस्ताव थियो । त्यसैगरी भारतीय सरकारले नेपालबाट आयात गरिएको विद्युत किन्ने ग्यारेण्टी गर्नुपर्ने र भारत विद्युत निर्यात गर्दा लाग्ने प्रति युनिट २ रुपैयाँको कर हटाइएपनि कानुनी रुपमै व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि उनीहरुको थियो । भारतीय उद्योगी, व्यवसायी र लगानीकर्ताहरुले नेपालले भारतलाई कति विद्युत बेच्न सक्ने र भारतले नेपालबाट कति मेगावाट किन्न सक्ने भन्नेबारे दुई देशबीच सरकारी स्तरमा सम्झौतानै हुनुपर्ने भन्दै उनीहरुले विद्युत आदानप्रदानबारे दुई देशबीच रहेका सबै बाधा, अवरोध हटाउनुपर्ने माग गरेका थिए । ‘नेपालबाट भारत विद्युत निर्यातका लागि भारतीय लगानीकर्ता, उद्योग व्यवसायीहरुले दुई देशबीचमा विद्युत आदानप्रदानका लागि सम्झौता गरेर लगानीको वातावरणमा उत्प्रेरित गर्न माग गरेका छन् ।’–प्राधिकरणका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने ।
नेपालको तर्फबाट सहभागी अधिकारीहरुले विदेशी लगानीका आयोजनाहरु अघि बढाउनका लागि आयोजना विकास सम्झौता (पीडीए) अघि बढाइएको उल्लेख गर्दै नेपाल सरकार जलविद्युत विकासका लागि उचित वातावरण निर्माणका लागि तयार रहेको बताएका थिए । नीजि क्षेत्रबाट छलफलमा सहभागी उद्योग वाणिज्य महासंघका प्रधानले नेपाल विजुली बेच्न तथा भारत किन्न तयार रहेको परिपेक्ष्यमा नयाँ बन्ने सरकारका प्रधानमन्त्री भारत भ्रमणमा आउँदा दुई देशबीच विद्युत व्यापारको सम्झौताका लागि द्रुतगतिमा प्रकृया अघि बढाउन आग्रह गरेका थिए ।  भारतीय जलस्रोत र विद्युत प्राधिकरणका अधिकारीसहित नेपालमा निर्माणाधीन जलविद्युत आयोजनाहरुका प्रवद्र्धक जीएमआर, भिलवाला लगायतका कम्पनीका अधिकारीहरु समेत छलफलमा सहभागी थिए । बुधबार नयाँ दिल्लीमा उक्त छलफल कार्यक्रम भएको थियो ।
विद्युत निर्यातका लागि प्रस्ताव
विद्युत महशुल
रोयल्टी
पीपीए रेट
विद्युत खरिद ग्यारेण्टी
ह्वीलिङ चार्ज
आयात कर
प्रशारण लाइन ऐन
अनुमतिपत्र अवधि
प्राविधिक
सामग्रीमा छुट

Saturday, December 14, 2013

‘सार्कभित्र प्रसारण लाइन राजमार्ग’

राजधानी समाचारदाता
काठमाडौं, २७ मंसिर
सार्क राष्ट्रभित्र ऊर्जाको विकास, विस्तार र प्रवद्र्धनका लागि प्रसारण लाइन राजमार्ग बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सार्क उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा आयोजना गरेको ऊर्जा सहयोग, वातावरण परिवर्तन र जल व्यवस्थापन विषयक क्षेत्रीय एकीकरण पहल कार्यक्रममा उनीहरूले सार्क राष्ट्रभित्र प्रसारण लाइनको राजमार्ग बनाएर ऊर्जा विकास र विस्तारमा सहकार्य हुनुपर्नेमा जोड दिएका हुन् ।
विश्वभरकै प्राकृतिक स्रोतका लागि नेपाल धनी देश भएको भन्दै कार्यक्रममा सहभागी सार्क राष्ट्रभित्रका प्रतिनिधिहरूले सार्कभित्र एउटै प्रसारण लाइन बनाएर विद्युत् व्यापार आदानप्रदान गर्न सकिने बताएका थिए । सार्क इनर्जी ग्रिडबारे कार्यपत्र प्रस्तुत गर्दै नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाटले भारतसँग भुटान र बंगलादेशको कनेक्सन भइसकेको तथा नेपाल र भारतबीचको अन्तरदेशीय प्रसारण लाइन निर्माणको चरणमा रहेको जानकारी दिए ।
भारत र श्रीलंकाबीचको अन्तरदेशीय प्रसारण लाइन अध्ययनको चरणमा रहेको जानकारी दिँदै उपकार्यकारी निर्देशक भाटले राजमार्ग निर्माणका लागि बजार र प्रसारण लाइन एकीकरण गर्नुपर्नेमा जोड दिए । सार्क इनर्जी केन्द्रका निर्देशक हेलाल राजा, बेटा पाकिस्तानका हबिब रहमान, बंगलादेशको इनर्जी एन्ड पावर बंगलादेशका मोलाह होसिनलगायतले सार्क राष्ट्रभित्रको ऊर्जा विकास, विस्तार तथा अन्तरदेशीय व्यापार प्रबद्र्धनका लागि एकीकृत र सामूहिक पहलको खाँचो रहेकामा जोड दिएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै ऊर्जामन्त्री उमाकान्त झाले सार्क राष्ट्रभित्र ऊर्जाको विकासका लागि ऊर्जा मिक्सको अवधारणा अघि बढाउनुपर्ने बताउँदै सबै राष्ट्रले जित्ने गरी सामूहिक लक्ष्य निधारण गरेर अघि बढ्नुपर्ने बताए । पीटीसी इन्डियाका कार्यकारी निर्देशक डा. राजीव मिश्रले सार्क क्षेत्रभित्र प्रसारण लाइनको पहुँच तथा ऊर्जा आदानप्रदानका लागि सामूहिक संयन्त्र र पहल हुनुपर्नेमा जोड दिए ।
सार्कका महासचिव अहमद सलाम, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठ, सार्क ऊर्जा समितिका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलगायतले सार्कभित्र ऊर्जाको स्वतन्त्र व्यापार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

Wednesday, December 11, 2013

सबैभन्दा विद्युत् चोरी कलैयामा, कम काठमाडौंमा

भीम गौतम\राजधानी
काठमाडांै, २६ मंसिर
नेपाल विद्युत् प्राधिकरणमा वार्षिक ६ अर्ब रुपैयाँ बराबरको चुहावट हुने गर्छ । १५ प्रतिशत प्राविधिक चुहावट रहेको प्राधिकरणमा चोरी चुहावट १० प्रतिशत छ । प्राधिकरणको तथ्यांकअनुसार चोरी चुहावटमध्ये सबैभन्दा बढी जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत हुन्छ भने सबैभन्दा कम काठमाडांै क्षेत्रीय कार्यालयअन्तर्गत हुने गरेको छ ।
आठ क्षेत्रीय कार्यालय रहेको प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयमा सबैभन्दा बढी अर्थात् ३९ दशमलव ५५ प्रतिशत चुहावट हुने गरेको छ भने काठमाडांैमा सबैभन्दा कम १३ दशमलव ९ प्रतिशत चुहावट हुने गरेको छ । त्यसैगरी बुटबल क्षेत्रअन्तर्गत १९ दशमलव १६ प्रतिशत, विराटनगर क्षेत्रमा १८ दशमलव ७, नेपालगन्जमा १७ दशमलव ९१ प्रतिशत, हेटौंडामा १७ दशमलव ५, अत्तरियामा १५ दशमलव ५७ प्रतिशत र पोखरा क्षेत्रअन्तर्गत १४ दशमलव १९ प्रतिशत चुहावट छ ।
प्राधिकरणका अनुसार जनकपुर क्षेत्रअन्तर्गत पनि राजविराज वितरण केन्द्रमा सबैभन्दा बढी ५३ दशमलव ३५ प्रतिशत चुहावट छ भने सोही क्षेत्रअन्तर्गतको जलेश्वरमा ४८ र सिरहामा ४६ प्रतिशत चुहावट छ । त्यसैगरी, विराटनगरको रंगेली वितरण केन्द्रअन्तर्गतको ३९ दशमलव ९९ प्रतिशत, बेलबारीमा ३३ प्रतिशत र अनारमणिमा ३३ प्रतिशत, कलैयामा ५८ दशमलव ५५ र गौरमा ४७ दशमलव ८४ प्रतिशत चुहावट छ ।
त्यसैगरी, काठमाडौंअन्तर्गतको भक्तपुर वितरण केन्द्रमा ३९ प्रतिशत, सिन्धुपाल्चोकमा ३५ प्रतिशत र दोलखामा २६ प्रतिशत, बुटवल क्षेत्रअन्तर्गतको तौलिहवामा ३२ प्रतिशत, कावासोतीमा २३ दशमलव ४ र पाल्पामा २२ प्रतिशत, नेपालगन्जअन्तर्गतको गुलरियामा ३६ दशमलव ८२, प्युठानमा २२ दशमलव ६२ र नेपालगन्जमा २० दशमलव ५, अत्तरिया क्षेत्रीय कार्यालयअन्तर्गत डोटीमा ३० प्रतिशत, डडेल्धुरामा २१ दशमलव ३९ प्रतिशत र दार्चुलामा २० प्रतिशत तथा पोखराअन्तर्गतको स्याङ्जामा २१ दशमलव ८१, गोर्खामा १९ दशमलव ४ र गगनगाँडामा १५ प्रतिशत चुहावट हुने गरेको प्राधिकरणले जनाएको छ ।
चालू आर्थिक वर्षभित्र १ दशमलव ५ प्रतिशत चुहावट घटाउने लक्ष्य प्राधिकरणको छ । प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीले सबै क्षेत्रीय कार्यालयलाई चुहावट घटाउने कार्ययोजना बनाउन मागेपछि ती क्षेत्रीय कार्यालयले प्राधिकरणमा आफ्नो घटाउने लक्ष्यसहितको कार्ययोजनासमेत पेस गरेका छन् ।
‘पाँच विकास क्षेत्रबाटै चुहावट नियन्त्रण गर्ने आयोजना मागेका छौं,’ प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, ‘आठ विकास क्षेत्रमा लक्ष्य निर्धारण गरेर चुहावट घटाउने कार्यक्रम अघि बढाउन लागेका छौं ।’प्राधिकरणमा क्षेत्रीय कार्यालयले पेस गरेको चुहावट घटाउने कार्ययोजनामा जनकपुरअन्तर्गत ६ प्रतिशत, काठमाडांै र पोखराअन्तर्गत शून्य दशमलव ५ तथा विराटनगर, हेटौंडा, बुटबल, नेपालगन्ज र अत्तरिया क्षेत्रीय कार्यालयअन्तर्गत १ प्रतिशत चुहावट घटाउने उल्लेख छ ।
पुरानै र थोरै क्षमताका प्रसारण लाइन, ट्रान्सफर्मर र सबस्टेसनको मर्मत अभाव, गुणस्तरीय सामान उपयोग नगर्नुलगायतका कारणले प्राविधिक चुहावट हुने गरेको छ भने हुक गरेर चुहावट हुने क्रम पनि बढेको छ । वितरणअन्तर्गत ७ प्रतिशत, प्रसारण लाइनअन्तर्गत ५ प्रतिशत र उत्पादनअन्तर्गत ३ प्रतिशत गरी १५ प्रतिशत प्राविधिक चुहावट हुने अनुमान गरिएको छ ।
बढी विद्युत् चुहावट हुने वितरण केन्द्र
केन्द्र    प्रतिशत
कलैया    ५८.५५
राजविराज    ५३.३५
रंगेली    ३९.९९
भक्तपुर    ३९
गुलरिया    ३६
तौलिहवा    ३२
स्याङ्जा    २१.८१
नेपालगन्ज    २०.५

निजी क्षेत्रलाई प्रसारण लाइन बनाउन दिने निर्णय राहुघाटका ठेकेदारलाई ४ करोड

राजधानी समाचारदाता
काठमाडौं, २६ मंसिर-नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण गर्न दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले प्रतिस्पर्धाका आधारमा बुट मोडेलमा निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण गर्न दिने निर्णय गरेको प्राधिकरण सञ्चालक सदस्य मनोज मिश्रले जानकारी दिए । त्यसैगरी, बैठकले प्रसारण लाइन निर्माणका क्रममा विभिन्न क्षेत्रमा ऐलानी जग्गामा बसेका सुकुमबासीहरूले क्षतिपूर्ति माग्दै अवरोध गरेपछि उनीहरूलाई समेत यथोचित् रूपमा क्षतिपूर्ति दिने निर्णयसमेत गरेको छ ।
त्यसैगरी, बैठकले राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार आईभीआरसीएल लिमिटेडलाई ३ करोड ९३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आयोजनामा ढिलाइ भएको तथा सुरक्षाका कारण समस्या भएको भन्दै राहुघाटले रकम दाबी गरेकोमा सो रकम दिने निर्णय गरेको हो । तीन वर्Èअघि ठेकेदारको छनोट भए पनि परामर्शदाता स्वीकृतिमा भारतीय एक्जिम बैंकले ढिलाइ गर्दा सिभिल निर्माण प्रभावित हुँदै आएको छ ।
प्राधिकरण सञ्चालक समिति सदस्य लक्ष्मणप्रसाद अग्रवालको संयोजकत्वमा रहेको समितिले १४ करोड २० लाख रुपैयाँमा नेगोसेसन गरेकोमा त्यो बेलामा बोर्ड बैठकले परामर्शदाताको सुझावका आधारमा भुक्तानी दिने निर्णय गरेको थियो । परामर्शदाता वाकपोसले भने ३ करोड ९३ लाख रुपैयाँ दिन सिफारिस गरेको थियो ।

खिम्ती–ढल्केवर प्रसारण लाइन नबन्दा ४ अर्ब घाटा

भीम गौतम÷राजधानी
काठमाडौं, २५ मंसिर
चार वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खिम्ती–ढल्केवर प्रसारण लाइन नबन्दा नेपाल विद्युत् प्राधिकरणले ४ अर्ब रुपैयाँ घाटा बेहोरेको छ । पहिला सिन्धुलीमाडीका स्थानीयवासीले प्रसारण लाइनको टावर बन्ने क्षेत्रको मुआब्जाको कारण देखाउँदै निर्माण गर्न नदिएका कारण प्राधिकरणले ४ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको हो ।
अहिले भने स्थानीयवासीलाई सरकारले जग्गा अधिग्रहण गरी मुआब्जा दिने ‘खिम्ती–ढल्केवर प्रसारण लाइन नबन्दा विद्युत् चुहावट, भारतबाट थप विद्युत् आयात र लाइनको अभावमा विद्युत् खेर जानेलगायतका समस्याले बर्सेनि १ अर्ब रुपैयाँ घाटा परिरहेको छ ।’ प्राधिकरण अर्थ विभागका पूर्वउपकार्यकारी निर्देशक लबबहादुर घिमिरेले भने, ‘समयमै नबन्दा प्राधिकरणले ४ अर्बभन्दा बढी घाटा बेहोरिरहेको छ ।’ खिम्ती–ढल्केवर प्रसारण लाइन नबनेका कारण अहिले यस क्षेत्रमा उत्पादित विद्युत् काठमाडांै, चितवन हुँदै करिब २ सय ५० किलोमिटर पार गरी लैजानुपर्ने अवस्था छ ।
तर, यो प्रसारण लाइन बनेपछि ७५ किलोमिटरमै ढल्केवर पु¥याउन सकिने प्राधिकरणले जनाएको छ । यही कारण अहिले दैनिक १० मेगावाट विद्युत् चुहावट भएको छ भने बर्खामा सिप्रिङखोला जलविद्युत् आयोजना लगायतमार्फत उत्पादित विद्युत् खेर जाने गरेको छ । विद्युत् चुहावटको पूर्तिका लागिसमेत भारतबाट १० मेगावाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ । चुहावट र विद्युत् आयात दुवैमा प्राधिकरणले घाटा बेहोर्नुपरेको प्राधिकरणले प्रसारण लाइनका लागि लिएको ऋणबापतको ब्याजको घाटा बेहोर्नुपर्ने अवस्थासमेत रहेको पूर्वउपकार्यकारी निर्देशक घिमिरे बताउँछन् ।
प्रसारण लाइन बनेमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनालगायतका सिन्धुपाल्चोक, दोलखा र रामेछापलगायतका क्षेत्रमा जलविद्युत् आयोजनामार्फत १ हजार मेगावाट विद्युत् सजिलै ओहोरदोहोर हुनेछ । स्थानीयबासीको जग्गा अधिग्रहण गरी क्षतिपूर्ति दिनुपर्ने मागअनुसार सरकारले टावर निर्माण हुने क्षेत्रको जग्गा अधिग्रहण गरिसकेको छ । विद्युत् नियमावली २०५० ले १० प्रतिशत क्षतिपूर्ति व्यवस्था गरेकामा जग्गा अधिग्रहण गर्नुपर्ने माग गरेपछि विवाद बढेको थियो । टावर निर्माण क्षेत्रको सडक निर्माण गर्ने निर्णय गदै सडक विभागले जग्गा अधिग्रहण गरेपछि प्राधिकरणलाई आयोजना अघि बढाउनका लागि सहयोग पुगेको हो ।
जग्गा अधिग्रहणको क्षतिपूर्ति दिने कार्य अन्तिम चरणमा पुगेकाले जनवरी २०१४ देखि बाँकी काम निर्माण गर्न लागेको प्राधिकरण प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक पुष्पराज खड्काले जानकारी दिए । ‘निर्माण सुरु भएको तीन महिनाभित्र आयोजनाको निर्माण कार्य पूरा हुन्छ,’ उनले भने । प्राधिकरणका अनु सार प्रसारण लाइन आयोजनाको ९५ प्रतिशत काम पूरा भइसकेको छ भने सिन्धुली नगरपालिकाभित्र ६ र खुर्कोटमा एउटा टावर निर्माण गर्न बाँकी छ । ‘अब आयोजनाको ५ प्रतिशत मात्र काम बाँकी छ, सम्बन्धित जग्गा धनीले क्षतिपूर्ति लिइसकेकाले अब पहिलेको जस्तो समस्या आउला जस्तो छैन,’ आयोजनाका निर्देशक कन्हैया मानन्धरले भने ।
१५९ कित्ता जग्गा रहेकामा ११० कित्ताको क्षतिपूर्ति जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत वितरण भइसकेको छ भने करिब १२ किलोमिटर मात्र तार तान्न बाँकी छ । आयोजनाको निर्माण कार्य कल्पतरू पावर ट्रान्समिसन कम्पनीले गरिरहेको छ । ‘प्रसारण लाइन बनेपछि ७५ किलोमिटरसम्म खिम्तीबाट ढल्केवर विद्युत् पु¥याउन सकिन्छ ।’ आयोजनाका इन्जिनियर निरञ्जन शाहले भने, ‘अहिले लामो बाटो हुँदै विद्युत् लाँदा भएको चुहावट कमसमेत हुन्छ ।
’ विश्व बंैकको आर्थिक सहयोगमा निर्माण भइरहेको आयोजनामा अवरोध आएपछि सरकारले सशस्त्र प्रहरी परिचालन गरेर भए पनि सम्पन्न गर्ने निर्णय गरेको थियो तर विश्व बैंकले जनताको मागलाई सम्बोधन नगरी बनाउन नहुने बताउँदै आएको थियो । सिन्धुली क्षेत्रका केही स्थानीयवासीले आफ्ना मानव अधिकार उल्लंघन गरी आयोजना बनाउन लागेको भन्दै एडीबीको केन्द्रीय कार्यालयमा उजुरी दिएका थिए भने एडीबीको मिसन टोलीसमेत नेपाल आएको थियो ।
एडीबीको सहयोगसम्बन्धी म्याद यही डिसेम्बरमा सकिँदै छ । तर, सरकारले एडीबीको सहयोगको भर नपरी थप लगानी गरेर आफैं बनाउन लागेको छ । ‘बाँकी काम सक्नका लागि ४ करोड जति लाग्ने अनुमान छ । एडीबीले म्याद नथपे र सहयोग नगरे पनि अगाडि बढाउन लागेका छौ,’ प्राधिकरणका एक अधिकारीले भने ।

Monday, December 9, 2013

जलविद्युत्का दक्ष जनशक्ति बिदेसिँदै, विदेशी आउँदै


राजधानी समाचारदाता
काठमाडौं, २३ मंसिर
नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनामा विदेशी दक्ष जनशक्ति भित्रिने क्रम बढेको छ भने नेपाली दक्ष जनशक्ति बिदेसिँदै छन् । सरकारले जलविद्युत्् क्षेत्रसँग सम्बन्धित विषय अध्ययन गरेका विद्यार्थीको तथ्यांक संकलन गरेर उनीहरूलाई दिइने रोजगारीमा प्राथमिकता नदिएपछि र नेपालमा बन्ने आयोजनामा नेपाली नै जनशक्ति राख्नुपर्ने व्यवस्था नगरेपछि बिदेसिने क्रम बढेको हो । विदेशी जनशक्ति ल्याउँदा विशेष गरी डलरमा र नेपालीभन्दा चौबर बढी तलबभत्ता दिनुपर्ने कारण जलविद्युत्् आयोजनाको लागत तुलनात्मक रूपमा बढ्ने गरेको छ ।
ऊर्जा मन्त्रालयको पछिल्लो तथ्यांक हेर्दा मात्र नयाँ वर्ष २०७० सुरु भएपछि मात्र १ सयभन्दा बढी विदेशी जनशक्ति नेपालमा आइसकेका छन् । ऊर्जा मन्त्रालयका सहसचिव किरणराज शर्माका अनुसार गत वैशाखपछि मात्र छिमेकी राष्ट्र चीन, कोरिया र जापानबाट मात्र जलविद्युत््का १ सय १८ दक्ष श्रमिक नेपाल आएका छन् । दक्ष जनशक्तिका रूपमा चीनबाट ८६ जना, कोरियाबाट सात र जापानबाट एक दक्ष जनशक्ति नेपाल आएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
यो वर्षको अहिलेसम्म मात्र सिनो हाइड्रो सगरमाथा कम्पनीद्वारा निर्माणाधीन ५०, माथिल्लो मस्र्याङ्दी ‘ए’मा ८१ जना, मादी पावर प्रालिद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो मादी जलविद्युत्् आयोजनामा ३१ जना, नेपाल वाटर एन्ड इनर्जी प्रालिद्वारा निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत््मा सात तथा जापान इन्टरनेसनल कर्पोरेसन (जाइका) र प्राधिकरणद्वारा संयुक्त रूपमा अध्ययन भइरहेको जलासयुक्त आयोजनाहरूमा एक दक्ष जनशक्ति नेपाल आइसकेका छन् ।
ऊर्जा मन्त्रालय र नेपाल विद्युत्् प्राधिकरणसँग आधिकारिक तथ्यांक नभए पनि सरकारद्वारा र निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत्् आयोजनामा २ हजारभन्दा बढी दक्ष र करिब ५ हजार अर्धदक्ष जनशक्ति नेपालमा कार्यरत छन् । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, ६० मेगावाटको त्रिशूली–३ ‘ए’, ३० मेगावाटको चमेलिया, १४ मेगावाटको कुलेखानी तेस्रोलगायतका आयोजनामा समेत विदेशी जनशक्ति कार्यरत छन् । प्रत्येक वर्ष ३ सयभन्दा बढी विदेशी जलविद्युत््का जनशक्ति नेपाल भित्रिने गरेका छन् भने ३ सयभन्दा बढी जनशक्ति नेपालबाट बिदेसिने गरेका छन् ।
‘नेपालमा निर्माणाधीन जलविद्युत्् आयोजनामा नेपाली दक्ष जनशक्ति नै राख्नुपर्छ भन्ने व्यवस्था छैन, त्यो प्रावधान सरकारले राख्नुपर्ने हो,’ प्राधिकरणका पूर्वसञ्चालक सदस्य डा. केपी दुलाल भन्छन्, ‘स्वदेशमा भएका दक्ष जनशक्ति भटाभट बिदेसिइरहेका छन्, सरकारले दक्ष जनशक्तिको उचित तथ्यांक राखेर स्वदेशमै उपयोग गर्न सकेको छैन ।’ उनका अनुसार जलविद्युत्् क्षेत्रका लागि आवश्यक करिब ५ सय जनशक्ति बर्सेनि नेपाली विश्वविद्यालयबाट उत्पादन हुने भए पनि ३ सय जति बिदेसिन्छन् भने कतिपयले रोजगारीका लागि जलविद्युत््बाहेक अर्कै क्षेत्र रोज्नुपर्ने बाध्यता छ ।
आकर्षक तलब भत्ताको व्यवस्था गरेमा लामो समय अनुभव भएका दक्ष जनशक्ति बिदेसिनुनपर्ने भए पनि सरकारले ती व्यक्तिहरूको तथ्यांक संकलन गरेर उपयोग गर्न सकेको छैन । प्राधिकरणका प्रवक्ता एवं निमित्त उपकार्यकारी निर्देशक शेरसिंह भाट भने विदेशीले बनाउने आयोजनामा विशेष गरी विदेशी नै कामदार ल्याउने गरेको र कतिपय नेपाली आयोजनामा समेत विदेशी अनुभवी जनशक्ति आवश्यक पर्ने भएकाले आउने गरेको बताउँछन् ।
सरोकारवालाहरू भने सरकारले स्वदेशी जनशक्तिलाई प्राथमिकता नदिनु तथा दक्ष जनशक्तिलाई रोजगारीको अवसर नहुनुले निरन्तर बिदेसिइरहेको बताउँछन् । ‘प्राधिकरणका धेरै इन्जिनियरसमेत जागिर छोडेर विदेश गएका छन्,’ प्राधिकरणका एक इन्जिनियर भन्छन्, ‘प्रत्येक वर्ष प्राधिकरणलाई इन्जिनियरको आवश्यकता माग्दैमा हैरान छ, आकर्षक तलब नभएपछि बिदेसिनुको विकल्प छैन ।’
उनी विदेशीलाई डलर तिरेर वा नेपाली इन्जिनियरभन्दा चौबर सुविधा दिएर ल्याउनुभन्दा नेपाली दक्ष जनशक्तिलाई नै आकर्षक तलब दिएर उपयोग गर्नेतिर लाग्नुपर्ने बताउँछन् । कुनै आयोजनामा काम गरिसकेका अदक्ष कामदारलाई समेत अर्को आयोजना सुरु हुँदा उपयोग गर्न प्रोत्साहन नगर्ने परिपाटीसमेत रहेको उनीहरू बताउँछन् ।
http://www.erajdhani.com/en/business/19221------