व्यवसायीलाई डेडिकेटेड फिडर
भीम गौतम\राजधानी
काठमाडौं, १९ मंसिर
लोडसेडिङको चरम समस्या बेहोरेका उद्योगी–व्यवसायीले नेपाल विद्युत् प्राधिकरणसमक्ष २ सय ३२ मेगावाट बराबरको विद्युत् २४सै घन्टा उपलब्ध गराउने गरी डेडिकेटेड फिडर माग गरेका छन् । प्राधिकरणले ५६ मेगावाट बराबर मात्र डेडिकेटेड फिडरमार्फत उद्योग, व्यवसायलाई विद्युत् उपलब्ध गराउन सक्ने निर्णय गर्दै प्रस्ताव आह्वान गरेकोमा त्यसको चौबर क्षमता बराबर माग गरेका हुन् ।
भीम गौतम\राजधानी
काठमाडौं, १९ मंसिर
लोडसेडिङको चरम समस्या बेहोरेका उद्योगी–व्यवसायीले नेपाल विद्युत् प्राधिकरणसमक्ष २ सय ३२ मेगावाट बराबरको विद्युत् २४सै घन्टा उपलब्ध गराउने गरी डेडिकेटेड फिडर माग गरेका छन् । प्राधिकरणले ५६ मेगावाट बराबर मात्र डेडिकेटेड फिडरमार्फत उद्योग, व्यवसायलाई विद्युत् उपलब्ध गराउन सक्ने निर्णय गर्दै प्रस्ताव आह्वान गरेकोमा त्यसको चौबर क्षमता बराबर माग गरेका हुन् ।
जलविद्युत्मार्फत ३० मेगावाट र थर्मल प्लान्टमार्फत २६ मेगावाट गरी ५६ मेगावाट विद्युत् मात्र फिडरमार्फत उपलब्ध गराउन सक्ने प्रस्ताव प्राधिकरणको छ । प्राधिकरणका अनुसार सुनसरी–मोरङ कोरिडोरमार्फत १२ मेगावाट सिमरा–वीरगन्ज, हेटौंडा–भरतपुरमार्फत २५ मेगावाट, जनकपुर–सगरमाथामार्फत ४ मेगावाट, पोखरामार्फत २.५ मेगावाट, काठमाडौंमार्फत ५ मेगावाट र बुटवल कोरिडोरमार्फत ७.५ मेगावाटसम्म विद्युत् फिडरमार्फत दिन सकिने उल्लेख छ ।
तर, प्राधिकरणमा विराटनगर क्षेत्रका १७, बारा–पर्सा–सिमरा–वीरगन्ज क्षेत्रका ३३, काठमाडौं क्षेत्रका ५५, जनकपुर क्षेत्रका सात, पोखरा क्षेत्रका दुई, चितवन–नवलपरासी क्षेत्रका १०, बुटबल–भैरहवाका ६ तथा नेपालगन्ज क्षेत्रका पाँच उद्योगले डेडिकेटेड फिडर मागेका हुन् । ‘देशका विभिन्न औद्योगिक क्षेत्रबाट १ सय ३५ उद्योग, व्यवसायले २ सय ३२ मेगावाट बराबर विद्युत् आवश्यक पर्नेसहितको आशयपत्र प्राधिकरणमा पेस गरेका छन्,’ प्राधिकरण अर्थ विश्लेषण विभागका उपनिर्देशक जयराज भण्डारीले भने ।
दोब्बर महसुल लिने गरी डेडिकेटेड फिडर दिन लागिएको भए पनि विद्युत् महसुल निर्धारण आयोगबाट महसुल तोक्न बाँकी छ । डेडिकेटेड फिडरबारे उद्योग व्यवसायले इच्छा देखाएकाले फिडर दिन उद्योग व्यवसायीहरूको मागबारे अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ । जलविद्युत्मार्फत दिइने ३० मेगावाट दिन सकिने भए पनि थर्मल प्लान्ट कसरी जडान गर्ने भन्नेबारे भने अन्योल छ । सरकारी सहयोगविना थर्मल प्लान्ट असम्भव भएकाले समस्या भएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
‘आयोगले निर्णण गर्नेबित्तिकै ३० मेगावाट दिन हामी तयार छौं, तर थर्मल प्लान्ट कसरी दिने भन्ने अझै अन्योल छ,’ प्राधिकरणका एक अधिकारीले भने । डेडिकेटेड फिडर राख्न टावर, तार र ट्रान्सफर्मरको व्यवस्था उद्योगले दिने गरी व्यवस्था गर्न लागिएको फिडर दिँदा सर्वसाधारण उपभोक्तालाई भने असर नपर्ने प्राधिकरणले जनाएको छ । डिजेल प्लान्टबाट प्रतियुनिट ३० रुपैयाँसम्म पर्ने भएकाले उद्योग व्यवसायीहरू फिडर लिन सकारात्मक देखिएका छन् ।
प्राधिकरणका अनुसार, बालाजु औद्योगिक Ôेत्र, पाटन औद्योगिक Ôेत्र, नेपाल टेलिकम, एनसेललगायतका देशभरका उद्योगलाई दिइएको डेडिकेटेड फिडरमार्फत करिब २५ मेगावाट मात्र विद्युत् खपत हुँदै आएको छ । लोडसेडिङका कारण नेपालका उद्योग धन्दाले बर्सेनि ७० अर्बभन्दा बढी घाटा बेहोर्दै आएको दाबी गदै आएका छन् ।
No comments:
Post a Comment