भीम गौतम\राजधानी
काठमाडौं, १७ मंसिर
काठमाडौं, १७ मंसिर
सेवा प्रवेशसँगै नियुक्तिपत्र र काम, कर्तव्य तथा अधिकारपत्र पाउनुपर्ने भए तापनि नेपाल विद्युत् प्राधिकरणले स्थापनाको २८ वर्षपछि कर्मचारीहरूको मुख्य जिम्मेवारी निर्धारण गरेको छ । प्राधिकरणले पहिलो चरणमा १२आंै तहका उपकार्यकारी निर्देशकहरूको कार्यविवरण तयार गरी जिम्मेवारी निर्धारण गरेको हो ।
प्राधिकरणले छुट्टै जिम्मेवारी र अधिकारहरू नतोकिएकाले कार्यकारी निर्देशक तथा ऊर्जा मन्त्रालयका अधिकारीहरूको निर्देशनबमोजिम उपकार्यकारी निर्देशकहरूले हालसम्म काम गर्दै आएका थिए । कार्यविवरणअनुसार वितरण तथा ग्राहक सेवा, अर्थ, प्रशासन, उत्पादन, प्रशारण, इन्जिनियरिङ तथा योजना, अनुगमन र सूचना प्रविधि निर्देशानालयका उपकार्यकारी निर्देशकहरू र उनीहरूको मातहतका कर्मचारीहरूले गर्ने कार्यहरू, अधिकार, कार्यसम्पादन सूचकका क्षेत्रहरूलगायत स्पष्ट रूपमा तोकिएको छ ।
‘प्राधिकरणका १२आंै तहका कर्मचारीको काम, कर्तव्य, अधिकार, उत्तरदायित्व र सूचक निर्धारण गर्ने विभिन्न क्षेत्रको समेत पहिचान गरी कार्यविवरण तयार गरेका छौं,’ कार्यदलका सदस्य एवं मन्त्रालयका सहसचिव किरणराज शर्माले भने, ‘अहिलेसम्म कार्यविवरण तोकिएको रहेनछ, अब अह्राएको मात्र काम गर्ने वातावरणको अन्त्य हुनेछ ।’ समितिले कार्यविवरणसहितको प्रतिवेदन ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष विश्वप्रकाश पण्डितलाई बुझाइसकेको छ । ऊर्जासचिव पण्डितका अनुसार प्राधिकरणको बोर्ड बैठकमा प्रस्ताव लगेर उपकार्यकारी निर्देशकहरूको काम, कर्तव्य र अधिकार तोकिनेछ ।
‘प्रतिवेदन आएको छ, प्रतिवेदन बोर्ड बैठककमा प्रस्तुत गरेर आवश्यकताका आधारमा संशोधन गरी छिट्टै लागू गर्नेछौं,’ उनले भने । २०४२ सालमा स्थापना भएको प्राधिकरणका कर्मचारीहरूको कार्यविवरण नतोकिँदा उपकार्यकारी निर्देशकहरूले कुनै निर्णय गर्नका लागि आफूभन्दा माथिका तहका व्यक्तिहरूको निर्देशन तथा स्वीकृति लिर्नुपर्ने भएकाले धेरै काम समयमै हुन नसक्ने अवस्था थियो । अब भने उनीहरूको जिम्मेवार र अधिकार स्पष्ट रूपमा तोकिने भएकाले काम गर्न सजिलो हुने प्राधिकरणका अधिकारीहरू बताउँछन् । प्रतिवेदनमा उपकार्यकारी निर्देशकहरूको कार्यसम्पादन सूचकका क्षेत्रहरू निर्धारण गरी ती सूचक निर्माण गरी प्रत्येक आर्थिक वर्ष सुरु भएको एक महिनाभित्र अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएकाले उनीहरू थप जिम्मेवार हुने समितिको आशा छ ।
प्रतिवेदनमा आपूmभन्दा तल्लो तहका कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन नगरी विभिन्न अवसर पुरस्कारको सिफारिस गर्ने, तल्लो तहका जिम्मेवार तोकेर सक्रिय गराउनेलगायतका अधिकार दिइएको छ । समितिले नै प्राधिकरणका ११आंै तहका कर्मचारीहरूको काम, कर्तव्य र अधिकारबारे समेत अध्ययन गरी अन्तिम चरणमा पु¥याएको समितिले जनाएको छ । ‘११औं तहका कर्मचारीहरूको काम, कर्तव्य र अधिकारसहितको कार्यविवरण बनाउने कार्य अन्तिम चरणमा पुगेको छ,’ कार्यदल सदस्य शर्माले भने ।
आवश्यकताका आधारमा अन्य सबै कर्मचारीहरूको जिम्मेवारी तोकिन लागिएको छ । प्राधिकरण सञ्चालक सदस्य सन्तोषनारायण श्रेष्ठले पहिलो चरणमा १२आंै तहका उपकार्यकारी निर्देशकहरूको काम, कर्तव्य र अधिकारसहितको कार्यविवरण बनाएको हो ।
No comments:
Post a Comment