राजधानी समाचारदाता
काठमाडौं, २३ मंसिर
नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनामा विदेशी दक्ष जनशक्ति भित्रिने क्रम बढेको छ भने नेपाली दक्ष जनशक्ति बिदेसिँदै छन् । सरकारले जलविद्युत्् क्षेत्रसँग सम्बन्धित विषय अध्ययन गरेका विद्यार्थीको तथ्यांक संकलन गरेर उनीहरूलाई दिइने रोजगारीमा प्राथमिकता नदिएपछि र नेपालमा बन्ने आयोजनामा नेपाली नै जनशक्ति राख्नुपर्ने व्यवस्था नगरेपछि बिदेसिने क्रम बढेको हो । विदेशी जनशक्ति ल्याउँदा विशेष गरी डलरमा र नेपालीभन्दा चौबर बढी तलबभत्ता दिनुपर्ने कारण जलविद्युत्् आयोजनाको लागत तुलनात्मक रूपमा बढ्ने गरेको छ ।
काठमाडौं, २३ मंसिर
नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनामा विदेशी दक्ष जनशक्ति भित्रिने क्रम बढेको छ भने नेपाली दक्ष जनशक्ति बिदेसिँदै छन् । सरकारले जलविद्युत्् क्षेत्रसँग सम्बन्धित विषय अध्ययन गरेका विद्यार्थीको तथ्यांक संकलन गरेर उनीहरूलाई दिइने रोजगारीमा प्राथमिकता नदिएपछि र नेपालमा बन्ने आयोजनामा नेपाली नै जनशक्ति राख्नुपर्ने व्यवस्था नगरेपछि बिदेसिने क्रम बढेको हो । विदेशी जनशक्ति ल्याउँदा विशेष गरी डलरमा र नेपालीभन्दा चौबर बढी तलबभत्ता दिनुपर्ने कारण जलविद्युत्् आयोजनाको लागत तुलनात्मक रूपमा बढ्ने गरेको छ ।
ऊर्जा मन्त्रालयको पछिल्लो तथ्यांक हेर्दा
मात्र नयाँ वर्ष २०७० सुरु भएपछि मात्र १ सयभन्दा बढी विदेशी जनशक्ति
नेपालमा आइसकेका छन् । ऊर्जा मन्त्रालयका सहसचिव किरणराज शर्माका अनुसार गत
वैशाखपछि मात्र छिमेकी राष्ट्र चीन, कोरिया र जापानबाट मात्र
जलविद्युत््का १ सय १८ दक्ष श्रमिक नेपाल आएका छन् । दक्ष जनशक्तिका रूपमा
चीनबाट ८६ जना, कोरियाबाट सात र जापानबाट एक दक्ष जनशक्ति नेपाल आएको ऊर्जा
मन्त्रालयले जनाएको छ ।
यो वर्षको अहिलेसम्म मात्र सिनो हाइड्रो
सगरमाथा कम्पनीद्वारा निर्माणाधीन ५०, माथिल्लो मस्र्याङ्दी ‘ए’मा ८१ जना,
मादी पावर प्रालिद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो मादी
जलविद्युत्् आयोजनामा ३१ जना, नेपाल वाटर एन्ड इनर्जी प्रालिद्वारा
निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत््मा सात तथा
जापान इन्टरनेसनल कर्पोरेसन (जाइका) र प्राधिकरणद्वारा संयुक्त रूपमा
अध्ययन भइरहेको जलासयुक्त आयोजनाहरूमा एक दक्ष जनशक्ति नेपाल आइसकेका छन् ।
ऊर्जा मन्त्रालय र नेपाल विद्युत््
प्राधिकरणसँग आधिकारिक तथ्यांक नभए पनि सरकारद्वारा र निजी क्षेत्रबाट
निर्माणाधीन जलविद्युत्् आयोजनामा २ हजारभन्दा बढी दक्ष र करिब ५ हजार
अर्धदक्ष जनशक्ति नेपालमा कार्यरत छन् । ४ सय ५६ मेगावाटको माथिल्लो
तामाकोसी, ६० मेगावाटको त्रिशूली–३ ‘ए’, ३० मेगावाटको चमेलिया, १४
मेगावाटको कुलेखानी तेस्रोलगायतका आयोजनामा समेत विदेशी जनशक्ति कार्यरत
छन् । प्रत्येक वर्ष ३ सयभन्दा बढी विदेशी जलविद्युत््का जनशक्ति नेपाल
भित्रिने गरेका छन् भने ३ सयभन्दा बढी जनशक्ति नेपालबाट बिदेसिने गरेका छन्
।
‘नेपालमा निर्माणाधीन जलविद्युत््
आयोजनामा नेपाली दक्ष जनशक्ति नै राख्नुपर्छ भन्ने व्यवस्था छैन, त्यो
प्रावधान सरकारले राख्नुपर्ने हो,’ प्राधिकरणका पूर्वसञ्चालक सदस्य डा.
केपी दुलाल भन्छन्, ‘स्वदेशमा भएका दक्ष जनशक्ति भटाभट बिदेसिइरहेका छन्,
सरकारले दक्ष जनशक्तिको उचित तथ्यांक राखेर स्वदेशमै उपयोग गर्न सकेको छैन
।’ उनका अनुसार जलविद्युत्् क्षेत्रका लागि आवश्यक करिब ५ सय जनशक्ति
बर्सेनि नेपाली विश्वविद्यालयबाट उत्पादन हुने भए पनि ३ सय जति बिदेसिन्छन्
भने कतिपयले रोजगारीका लागि जलविद्युत््बाहेक अर्कै क्षेत्र रोज्नुपर्ने
बाध्यता छ ।
आकर्षक तलब भत्ताको व्यवस्था गरेमा लामो
समय अनुभव भएका दक्ष जनशक्ति बिदेसिनुनपर्ने भए पनि सरकारले ती
व्यक्तिहरूको तथ्यांक संकलन गरेर उपयोग गर्न सकेको छैन । प्राधिकरणका
प्रवक्ता एवं निमित्त उपकार्यकारी निर्देशक शेरसिंह भाट भने विदेशीले
बनाउने आयोजनामा विशेष गरी विदेशी नै कामदार ल्याउने गरेको र कतिपय नेपाली
आयोजनामा समेत विदेशी अनुभवी जनशक्ति आवश्यक पर्ने भएकाले आउने गरेको
बताउँछन् ।
सरोकारवालाहरू भने सरकारले स्वदेशी
जनशक्तिलाई प्राथमिकता नदिनु तथा दक्ष जनशक्तिलाई रोजगारीको अवसर नहुनुले
निरन्तर बिदेसिइरहेको बताउँछन् । ‘प्राधिकरणका धेरै इन्जिनियरसमेत जागिर
छोडेर विदेश गएका छन्,’ प्राधिकरणका एक इन्जिनियर भन्छन्, ‘प्रत्येक वर्ष
प्राधिकरणलाई इन्जिनियरको आवश्यकता माग्दैमा हैरान छ, आकर्षक तलब नभएपछि
बिदेसिनुको विकल्प छैन ।’
उनी विदेशीलाई डलर तिरेर वा नेपाली
इन्जिनियरभन्दा चौबर सुविधा दिएर ल्याउनुभन्दा नेपाली दक्ष जनशक्तिलाई नै
आकर्षक तलब दिएर उपयोग गर्नेतिर लाग्नुपर्ने बताउँछन् । कुनै आयोजनामा काम
गरिसकेका अदक्ष कामदारलाई समेत अर्को आयोजना सुरु हुँदा उपयोग गर्न
प्रोत्साहन नगर्ने परिपाटीसमेत रहेको उनीहरू बताउँछन् ।
http://www.erajdhani.com/en/business/19221------
No comments:
Post a Comment