काठमाडौं÷रास—
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) ले विद्युत् खरिद दर
(पीपीए) बढाउन अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग आग्रह गरेको छ । ईप्पानका
अध्यक्ष खड्गबहादुर विष्टको नेतृत्वमा गएको टोलीले बुधबार मन्त्री
कोइरालालाई भेटी सो माग राखेको हो ।
निर्माण सामग्री तथा जडान उपकरणको अत्यधिक
मूल्यवृद्धिले अघिल्लो वर्ष गरिएको मूल्य समायोजन अपर्याप्त भएको भन्दै
उनीहरूले अर्थ मन्त्रालयलाई यसबारे कार्यदल गठन गरी अध्ययन गर्नसमेत माग
गरेका छन् । त्यसैगरी, २०७१ सालसम्म व्यावसायिक उत्पादन गर्ने आयोजनाहरूलाई
पोस्टपेड पीपीए दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएको भन्दै
उनीहरूले त्यसका लागि पहलसमेत गर्न आग्रह गरेका छन् ।
ईप्पानले हाल रुग्ण अवस्थामा रहेका
निर्माणसम्पन्न २७ आयोजनाको पीपीए दर बढाउनसमेत माग गरेका छन् । ईप्पानले
नेपाल राष्ट्र बैकसँग १० वर्षका लागि ६ प्रतिशत ब्याजदरमा प्रतिमेगावाट २
करोड उपलब्ध गराउनका लागि पहल गरिदिन अर्थमन्त्रीसँग आग्रह गर्दै ईप्पानले १
सय मेगावाटभन्दा ठूला आयोजनामा १५ प्रतिशतबाहेक थप १३ प्रतिशत भ्याट
थपिएको र यसले आयोजनाको लागत बढ्न भन्दै आर्थिक भार हटाइदिन आग्रह गरेको छ ।
वन मन्त्रालयले स्वतस्फूर्त रूपमा
वातावरणीय सेवाशुल्क (पीईएस) का नाममा खुद मुनाफाको १ प्रतिशत रकम वन विकास
कोषमा जम्मा गर्न ऊर्जा उत्पादकहरूसँग सर्त राखिएको भन्दै सो व्यवस्था
कानुनतः नमिल्ने भन्दै अर्थ मन्त्रालयको ध्यानाकर्षण पनि गराएका छन् ।
ईप्पानको माग बुझेपछि अर्थमन्त्री कोइरालाले पीपीए दर समायोजनबारे अर्थ
मन्त्रालयले ऊर्जा मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने आश्वासन दिएका थिए ।
उनले ऊर्जा संकटको निदान सरकारको पहिलो प्राथमिकता भएकाले त्यससम्बन्धी
जस्तोसुकै समस्या सुल्झाउन आपूm तत्पर रहेको बताएका थिए ।
बजेटमा तीन वर्षभित्र नेपाललाई
लोडसेडिङमुक्त बनाउने प्रतिबद्धता व्यक्त भएअनुसार सबै क्षेत्रबाट सहयोग
हुनुपर्नेमा उनको जोड थियो । भेटमा अर्थसचिव शान्तराज सुवेदीले विद्युत्
प्राधिकरणको अर्बाैंको घाटा काँध हालेको सरकार हाइड्रोपावरमा पर्याप्त
लगानी गर्न पछि नपर्ने बताए । सहसचिवद्वय राजन खनाल र वैकुण्ठ ढुंगानाले
राज्यले दिएको सुविधा नलिए त्यो पनि गुम्नेमा सचेत गराउँदै सुविधा लिने र
अधिकारका लागि लड्न आग्रह गरेका थिए ।
http://erajdhani.com/en/business/20182------
No comments:
Post a Comment