भीम गौतम÷राजधानी
काठमाडौं, १३ पुस
नेपाल विद्युत् प्राधिकरणले ११ सय ट्रान्सफर्मर खरिद प्रक्रिया अघि बढाएको छ । ट्रान्सफर्मर खरिद प्रकरणमा घोटाला प्रकरण सार्वजनिक भएपछि दुई वर्Èदेखि खरिद गर्न नसकेको प्राधिकरणले ट्रान्सफर्मर खरिद प्रक्रिया अघि बढाएको हो । ट्रान्सफर्मरको अभावबाट गुज्रिरहेको प्राधिकरणले यसै वर्षभित्र ट्रान्सफर्मर किनिसक्ने लक्ष्य प्राधिकरणको छ । ‘नयाँ ११ सय ट्रान्सफर्मर खरिदका लागि टेन्डर आह्वान भइसकेको छ ।
काठमाडौं, १३ पुस
नेपाल विद्युत् प्राधिकरणले ११ सय ट्रान्सफर्मर खरिद प्रक्रिया अघि बढाएको छ । ट्रान्सफर्मर खरिद प्रकरणमा घोटाला प्रकरण सार्वजनिक भएपछि दुई वर्Èदेखि खरिद गर्न नसकेको प्राधिकरणले ट्रान्सफर्मर खरिद प्रक्रिया अघि बढाएको हो । ट्रान्सफर्मरको अभावबाट गुज्रिरहेको प्राधिकरणले यसै वर्षभित्र ट्रान्सफर्मर किनिसक्ने लक्ष्य प्राधिकरणको छ । ‘नयाँ ११ सय ट्रान्सफर्मर खरिदका लागि टेन्डर आह्वान भइसकेको छ ।
’ प्राधिकरण ग्राहक तथा वितरण
निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, ‘टेन्डरमा
स्वदेशी तथा विदेशी ठेकेदारहरूले टेन्डरमा सहभागी भएर छनोट भएपछि चार
महिनापछि पहिलो लटका ट्रान्सफर्मर नेपाल आउनेछन् ।’ प्राधिकरणका
पूर्वसञ्चालकद्वय मुकेश काङ्खले र डा. केपी दुलालको संयोजकत्वमा रहेको
समितिले २०६३ देखि २०६८ सम्म ल्याएका ट्रान्सफर्मर गुणस्तरहीन रहेको
प्रतिवेदन दिएपछि यो घोटालाप्रकरण चर्चित बनेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही
प्रकरणमा ठेकेदार कम्पनीका प्रतिनिधि र प्राधिकरणका उच्च अधिकारीसहित ४५
जनाविरुद्ध विशेष दायर गरेको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ ।
ट्रान्सफर्मर प्रकरण चर्किएसँगै प्राधिकरणले नयाँ ट्रान्सफर्मर किन्न सकेको
छैन । यसैकारण अहिले प्राधिकरणसँग नयाँ ट्रान्सफर्मर छैन । प्राधिकरण
कर्मचारीका अनुसार अभावका कारणले कुनै ट्रान्सफर्मर जलेमा त्यो क्षेत्र
अन्धकारमा बस्नुपर्ने र त्यही पुनः मर्मत नगरी ट्रान्सफर्मर दिन सक्ने
अवस्था प्राधिकरणको छैन ।
प्रत्येक वर्È प्राधिकरणलाई करिब ५ सय
ट्रान्सफर्मर आवश्यक पर्छ । प्राधिकरणले इन्टरनेसनल कन्ट्याक्ट बिडिङ
(आईसीबी) को प्रक्रियाद्वारा ट्रान्सफर्मर खरिद गर्न लागेको छ ।
ट्रान्सफर्मर अभाव हुन नदिन बिग्रेर बसेका सबै ट्रान्सफर्मरहरू मर्मत गरेर
खनखाँचो टार्ने काम गर्दै आएको भए पनि ट्रान्सफर्मरको ठूलो समस्या
प्राधिकरणले भोग्नुपरेको छ । ‘ट्रान्सफर्मरको अभाव छ, प्राधिकरण छिट्टै
खरिद गर्ने प्रक्रियामा छ,’ उपकार्यकारी निर्देशक पाण्डेले भने । पहिले
निरीÔणमा जान प्रतिस्पर्धा चल्ने प्राधिकरणमा अहिले जाने व्यक्ति भेट्नै
मुस्किल पर्न थालेको छ ।
पहिले ट्रान्सफर्मर खरिद गर्नका लागि
डकुमेन्ट बनाउने, निरीक्षणमा जाने, स्टोर गर्ने र भुक्तानी दिनेलगायतका सबै
कर्मचारी ट्रान्सफर्मर प्रकरणमा मुछिएपछि कर्मचारीमा समेत यी निकायमा
सरुवा हुनका लागि अनिच्छा बढेको छ । प्राधिकरणका अधिकारीहरूका अनुसार, यही
कारण प्राधिकरणमा टेन्डर डकुमेन्ट बनाउनका लागि समेत चार महिनाभन्दा बढी
लागेको थियो । ऊर्जामन्त्री उमाकान्त झाले भदौको पहिलो साता नै तीन
महिनाभित्र ट्रान्सफर्मर खरिद प्रक्रिया अघि बढाउनका लागि प्राधिकरणले
निर्देशक दिएका थिए तर बल्ल प्राधिकरणले यो प्रक्रिया अघि बढाएको हो ।
प्राधिकरणका कर्मचारीहरूले ट्रान्सफर्मर
निरीÔणका लागि बेवास्ता गर्न थालेपछि ऊर्जा मन्त्रालयले तेस्रो पÔको
निरीक्षणको व्यवस्थासमेत गरेको थियो । ट्रान्सफर्मर निरीÔणका लागि
इन्जिनियरिङ क्याम्पस पुल्चोक, ऊर्जा मन्त्रालय र प्राधिकरणको प्रतिनिधि
सहभागी गराएर तेस्रो पÔको व्यवस्था गरिएको हो । स्वदेशमै ट्रान्सफर्मर
परीÔण गर्ने Ôमतासहितको प्राधिकरणको हेटौंडा वर्कसपलाई समेत आधुनिकीकरण
गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।
http://www.erajdhani.com/en/business/20310------
No comments:
Post a Comment