अख्तियारद्वारा ठेकेदार कम्पनीका एजेन्ट पक्राउ
भीम गौतम÷राजधानी
काठमाडौं, १० पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणद्वारा खरिद गरिएको अर्को गुणस्तरहीन ट्रान्सफर्मर घोटालाको छानबिन अघि बढाएको छ । असोजसम्म दुई ठूला ट्रान्सफर्मर घोटाला प्रकरणमा छानबिन गरी विशेष अदालतमा मुद्दा चलाएर वाहावाही कमाएको अख्तियारले तीन महिनापछि जेके होल्डिङ चीनमार्फत खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मर घोटालाको छानबिन अघि बढाएको हो ।
काठमाडौं, १० पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणद्वारा खरिद गरिएको अर्को गुणस्तरहीन ट्रान्सफर्मर घोटालाको छानबिन अघि बढाएको छ । असोजसम्म दुई ठूला ट्रान्सफर्मर घोटाला प्रकरणमा छानबिन गरी विशेष अदालतमा मुद्दा चलाएर वाहावाही कमाएको अख्तियारले तीन महिनापछि जेके होल्डिङ चीनमार्फत खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मर घोटालाको छानबिन अघि बढाएको हो ।
यसअघि हुवेई सनलाइट इलेक्ट्रिक कम्पनी चीन र सहवान्त इलेक्ट्रिकल्स लिमिटेड थाइल्यान्डबाट खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मर घोटालामा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादवसहित ४५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दा विचाराधीन छ । ती दुवै मुद्दामा विशेष अदालतले तोकेको धरौटी राखेर यादवबाहेक अन्य प्राधिकरणका कर्मचारी रिहा भइसकेका छन् भने यादव धरौटी राख्न नसकेर थुनामा छन् ।
हुवेईमा अख्तियारले ४१ करोडबराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेकोमा तत्कालीन कार्यकारी निर्देशक र दुई ठेकेदारसहित प्राधिकरणका कर्मचारी गरी २३ जनासँग २४ करोड धरौटी मागेको थियो भने सहवान्तद्वारा खरिद ट्रान्सफर्मरमा अख्तियारले ठेकेदार कम्पनीका प्रतिनिधिसहित २२ जनाविरुद्ध ४६ करोडबराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेकोमा अदालतले ५ करोडबराबरको धरौटी मागेको थियो । प्राधिकरणले जेके होल्डिङमार्फत २०६७÷०६८ मा ४ सय ७४ थान ट्रान्सफर्मर खरिद गरेको थियो ।
हुुवेईबाट खरिद गरिएका ट्रान्सफर्मरमा बाहिर र भित्र दुवैमा तामा हुनुपर्नेमा बाहिर तामा र भित्र आल्मुनियम रहेको थियो । यस्तै, जेके होल्डिङबाट खरिद गरिएको ट्रान्सफर्मरमा भने भित्र र बाहिर दुवै आल्मुनियम भेटिएको थियो । अख्तियारले बाहिर र भित्र दुवैमा आल्मुनियम पठाएर ट्रान्सफर्मरमा घोटाला गर्ने ठेकेदार कम्पनी जेके होल्डिङका नेपाली एजेन्ड श्रेवल्ड ट्रेडिङ हाउसका प्रोप्राइट सुधीर अञ्जान श्रेष्ठलाई मंगलबार राति पक्राउ गरी तेस्रो ठूलो ट्रान्सफर्मर घोटालाको छानबिन अघि बढाएको हो ।
‘भाग्न सक्ने सम्भावनालाई दृष्टिगत गरी ठेकेदार कम्पनीका नेपाली एजेन्टलाई आयोगको हिरासतमा लिइएको हो,’ अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले राजधानीसँग भने, ‘जेके होल्डिङद्वारा खरिद गरिएको ट्रान्सफर्मरको छानबिन अघि बढाएका थियौं, सोही क्रममा आयोगको हिरासतमा लिइएको हो ।’ विदेशी ठेकेदार कम्पनीका नेपाली एजेन्टलाई अख्तियारले हिरासतमा लिए पनि प्राधिकरणका कुनै कर्मचारीलाई यस घोटालामा नियन्त्रणमा लिएको छैन ।
प्राधिकरणका पूर्वसञ्चालक सदस्य मोहनराज पन्तले दिएको र प्राधिक™णद्वारा ट्रान्सफर्मरबारे छानबिनका लागि अख्तियारमा पठाइएको प्रतिवेदनमा जेके होल्डिङमार्फत खरिद गरिएको ट्रान्सफर्मर प्रकरणमा तत्कालीन निमित्त कार्यकारी निर्देशक डा. जीवेन्द्र झा, तत्कालीन महाप्रबन्धक रामेश्वर यादव तथा कर्मचारीहरू कैलाशप्रसाद अटल र सुरेन्द्रप्रसाद पनेरू संलग्न भएको उल्लेख छ । अघिल्ला दुई मुद्दामा चारैजना संलग्न भएर अहिले विशेष अदालतमा मुद्दा विचाराधीन छ ।
प्रवक्ता सापकोटाले जेके होल्डिङको मुद्दामा संलग्न केही पहिलाको मुद्दामा संलग्न भइसकेकाले धरौटी बुझाएर रिहा भएकाहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउने कि नगरी अघि बढाउने भन्नेबारे छलफल भइरहेको जानकारी दिए । प्राधिकरणले ०६७ सालमा जेके होल्डिङ कम्पनीबाट ४ लाख ५० हजार ६ सय ७ अमेरिकी डलरमा ४ सय ७४ थान ट्रान्सफर्मर खरिद गरेको थियो । ती सबैमा बाहिर र भित्र आल्मुनियम रहेको पत्ता लागेको थियो । ठेकेदार कम्पनीले ट्रान्सफर्मरमा आफ्नो बदमासी स्विकार्दै सबै ट्रान्सफर्मर फिर्ता गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
प्राधिकरण स्रोतका अनुसार ४ सय ७४ मध्ये ३ सय ७४ थान हेटौंडास्थित केन्द्रीय वर्कसपमा आइसकेका छन् भने १ सय थान भन्सार आइपुगेका छन् । ट्रान्सफर्मर प्रतिस्थापन भइरहेको बेला अख्तियारले ठेकेदार कम्पनीका एजेन्टलाई पक्राउ गरेपछि फेरि सेलाएको प्रकरण ब्यूँझिएको छ । प्राविधिकहरूका अनुसार आल्मुनियम प्रयोग गरिएको ट्रान्सफर्मर छिटो बिग्रने, फुल लोड नधान्ने, चुहावट बढी हुने, एक पटक बिग्रेपछि मर्मत गर्न नसकिने, आयु कम हुनेलगायत समस्या हुन्छन् । तामाको ट्रान्सफर्मर बिग्रेपछि पुनः मर्मत गर्न सकिन्छ । तर, आल्मुनियमको मर्मत गर्न सकि“दैन ।
यही कारण पछिल्लो समयमा अधिकांश ट्रान्सफर्मर तामाकै प्रयोग गरिन्छ । ट्रान्सफर्मरमा समस्या देखिएपछि प्राधिकरणका पूर्वसञ्चालक सदस्यद्वय मुकेश काफ्ले र डा. केपी दुलालको संयोजकत्वमा बनाइएका दुई समितिले ०६४ सालपछि खरिद गरिएका करिब ५ हजारभन्दा बढी ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । प्रतिवेदनकै आधारमा सो प्रकरण अख्तियारसम्म पुगेको हो ।
No comments:
Post a Comment