Monday, December 29, 2014

नवीकरणीय ऊर्जाको अनुदानमा परिमार्जन गर्न दाताको सुझाव

राजधानी समाचारदाता
काठमाडौं, १३ पुस
राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रममा रहेको अनुदानको व्यवस्था परिमार्जन गर्न दाताहरूले सुझाव दिएका छन् ।कार्यक्रमको मध्यावधिसहितको प्रतिवेदन सार्वजनिक गर्दै दाताहरूले कार्यक्रम अघि बढाउनका लागि अनुदानसहित ऋणको व्यवस्था गर्नसमेत सुझाव दिएका छन् ।
विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सञ्चालित कार्यक्रमले गरेको प्रभाव र सफलताको विश्लेषणका साथै स्थानीय बासिन्दासँग छलफल गरी दिइएको प्रतिवेदनमा परिमार्जन गर्न सुझाव दिइएको छ ।
दातृ निकाय नर्बे, डेनिस, डीएफआईडी, केएफडब्लूलगायतका प्रतिनिधि रहेको परामर्शदाता टोलीले दुई साता लगाएर फिल्ड अध्ययनसमेत गरेको थियो । ‘दातृ निकाय संलग्न परामर्शदाता टोलीले कार्यक्रमको समीक्षा गर्दै अनुदानको परिमार्जन र ऋणको व्यवस्था गर्न भनेको छ ।’ केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले भने, ‘यसका लागि केन्द्रले ग्रामीण नवीकरणीय ऊर्जा नीतिको संशोधन तयार गरेर पठाउने तयारी गरिएको छ ।’
परामर्शदाताले दिएको सुझावमा लघु जलविद्युत्, सौर्य ऊर्जा (सोलार) लगायतका नवीकरणीय ऊर्जा प्रविधिमा ढुवानीमा थप सहयोग र ऋणको व्यवस्थापनसहित अनुदान नीतिलाई समयसापेक्ष बनाउन सुझाव दिएका छन् । कार्यकारी निर्देशक धितालले केन्द्रीय नवीकरणीय ऊर्जा कोषमार्फत ऋण व्यवस्था गर्ने योजना वैकल्पिक केन्द्रको भए पनि त्यसको संयन्त्र बनाउन बाँकी रहेको जानकारी दिए ।
सन् २०१२ को जुलाईभित्र सुरु भएर पाँच वर्षको सो कार्यक्रमअन्तर्गत हालसम्म कुल लक्ष्यको ४० प्रतिशत प्रगति भएको र वार्षिक लक्ष्यमा ८० प्रतिशत भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, ग्रामीण क्षेत्रमा पाँच वर्षभित्र २५ मेगावाट बिजुली र १ लाख ५० हजार घरधुरीमा बिजुली पु¥याउने लक्ष्य राखिएकामा दुई वर्षभित्र ६ दशमलव २ मेगावाट बिजुली उत्पादन र ६३ हजार घरधुरीमा बिजुली पुगेको छ ।
त्यसैगरी, ६ लाख थान सोलार वितरण गर्ने लक्ष्यमा २ लाख थान वितरण र ४ लाख ७५ हजार सुधारिएको चुल्हो बनाउने लक्ष्य राखिएकामा २ लाख ७५ हजार घरधुरीमा तथा १ लाख ३० हजार घरधुरीमा बायोग्याँस पु¥याउने लक्ष्य राखिएकामा ५२ हजार घरधुरीमा सेवा पुगेको छ ।
त्यसैगरी, ४१ सय साना तथा घरेलु उद्योगलाई सहयोग गर्ने लक्ष्य राखिएकामा ३ सय ६५ वटामा सहयोग गरिएको तथा ४ हजार सुधारिएको घट्टमा सहयोग गर्ने लक्ष्य राखिएकामा १६ सय १८ लाई सहयोग गरिएको केन्द्रले जनाएको छ ।

अझै आएन सहरी ऊर्जा नीति

सरकारले आर्थिक वर्ष ०७१÷०७२ को बजेटमै सहरी क्षेत्रमा ऊर्जा प्रवद्र्धन गर्नका लागि कार्यक्रम गर्ने उल्लेख भए पनि हालसम्म सहरी सौर्य ऊर्जा नीतिसमेत बन्न सकेको छैन ।
नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिना बित्न लाग्दासमेत विज्ञान तथा प्रविधि मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नीति बनाउन नसकेको हो । नीति बनाउन ढिलाइ गर्दा सरकारको घोषणासमेत असफल हुने देखिएको छ । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले भने नीति आउन ढिलाइ स्वीकार गर्दै छिट्टै आउने दाबी गरे ।
उनका अनुसार १५ भदौमै केन्द्रले मस्यौदा तयार गरेको भए पनि यसबारे संशोधन र परिमार्जन हुँदै अन्तिम अवस्थामा पुगेको र छिट्टै मन्त्रिपरिषद्बाट पारित भएर लागू हुने जानकारी दिए । अघिल्लो वर्षसमेत सरकारले सहरी ऊर्जामा अनुदान दिने व्यवस्था गरे पनि नीति र कार्यविधि ल्याउन ढिलाइ गर्दा प्रभावकारी कार्यान्वयन भएको थिएन । अहिलेको नीतिमा भने सरकारले सहरी ऊर्जामा सहुलियत ऋणको व्यवस्थासमेत गर्न लागेको छ ।
http://rajdhani.com.np/article/0400260001419825381

सरकारलाई किमाथांकावासीको पत्र

प्रधानमन्त्रीज्यू, चीनबाट तानेर बिजुली बाल्न पाऊँ चीनबाट पनि बिजुली आयात गर्न सकिने ऊर्जाको भनाइ अनुमति पाए सबै हिमाली जिल्लामा सहज हुने

भीम गौतम / राजधानी
काठमाडौं, १३ पुस
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ग्रिड पुग्न वर्षांैसम्म असम्भव देखिएको संखुवासभाको विकट गाउँ किमाथांकाका स्थानीयवासीले चीनबाट बिजुली ल्याएर बाल्ने व्यवस्थाका लागि प्रधानमन्त्री गुहारेका छन् । संखुवासभाको सदरमुकाम खाँदबारीबाट चार दिन हिँडेर पुग्न सकिने विकट गाउँ किमाथांकाबाट छिमेकी चीनको देन्डाङ २ सय मिटर नजिक भएकाले सोही गाउँबाट बिजुली ल्याएर बाल्न स्थानीयवासीले प्रधानमन्त्री गुहारेका हुन् ।

यातायात, शिक्षा, स्वास्थ्य, बिजुली लगायतका अधिकांश आधारभूत आवश्यकताबाट वञ्चित यी गाउँका बासिन्दाले आफ्नो गाउँमा पनि बिजुली बाल्न प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । छिमेकी चीनको देन्डाङमा सडकदेखि बिजुलीसम्मको सुविधा भए पनि यहाँका बासिन्दाले भने हेरेर चित्त बुझाउनुपर्ने बाध्यता छ ।
‘तिब्बत मामिला र दक्षिणमा धार्मिक विद्वेष फैलाइने खतरा हुन सक्छ,’ स्रोतले भन्यो, ‘नेपालको सुरक्षा नेपालभित्रको कारणले होइन, बाह्य कारणले कुनै पनि बेला कुनै पनि घटना हुने स्थितिमा छ भन्ने छलफलको निष्कर्ष निकालिएको छ ।’
हिन्दू, मुस्लिम अतिवादीसँगै तिब्बत मामिला कुनै पनि बेला प्रकट हुने खतरा रहेको विषयमा सुरक्षा निकाय सजग हुनुपर्ने निष्कर्ष पनि बैठकमा निकालिएको मन्त्रालय स्रोतले जनाएको छ । नेपाल प्रहरीले सामान्य स्थितिमा सुरक्षा अवस्था चुस्त रहेको जनाए पनि राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले धार्मिक विद्वेष फैलाउनेहरूप्रति सचेत रहनुपर्ने धारणा राखेका थिए । सो छलफलमा आन्तरिक सुरक्षा व्यवस्थापनमा केही समस्या परे र सरकारले निर्देशन दिए नेपाली सेना हरदम तयार रहेको नेपाली सेनाका उपत्यका पृतनापतिले बताएका थिए । सो छलफलमा क्षेत्रीय प्रशासकसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत सहभागी भएका थिए । छलफलका क्रममा संविधानसभा भवनको विशेष सुरक्षा गर्ने र आसपासका क्षेत्रमा सुरक्षा सतर्क बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती बढाउनसमेत मन्त्रालयले निर्देशन दिएको छ । ८ माघको आसपासमा नेपाली सेनाका उपत्यकास्थित सबै युनिट हाई अलर्टमा बस्नसमेत सेनालाई आग्रह गरेको स्रोतले जनाएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा हाल नेपाल प्रहरी र सशस्त्रको युनिट तैनाथ भएकोमा केही दिनमै त्यहाँ दुवै निकायबाट थप जनशक्ति पठाउने योजनासमेत गृह मन्त्रालयले बनाएको छ । सभासद्को सुरक्षाका लागि विशेष ध्यान दिने र चर्चा र विवादमा आएका सभासद्हरूको सेक्युरिटी थ्रेटको विश्लेषण गर्न र आवश्यकताअनुसार सुरक्षित बनाउने पनि मन्त्रालयले सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव लक्ष्मीप्रसाद ढकालले ८ माघको वरपरलाई ध्यान राखेर सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा योजनाबारे जानकारी लिएको बताए । उनका अनुसार सुरक्षा अवस्थालाई चुस्तदुरुस्त राख्न मन्त्रालयको नियमित बैठकअन्तर्गत आइतबार सो छलफल भएको हो । मन्त्रालय स्रोतले भने नवगठित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीमा आबद्ध नेताकार्यकर्ताको गतिविधि तथा मोहन वैद्य समूहको गतिविधिलाई समेत सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने निष्कर्षमा पनि बैठक पुगेको छ ।
http://rajdhani.com.np/article/0085819001419818063

Sunday, December 28, 2014

एडीबीको पत्रबारे सरकार जवाफहीन

मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी, ऊर्जामन्त्री नैतिक संकटमा

भीम गौतम / राजधानी
काठमाडौं, १२ पुसृ१४ दिनअघि नै जवाफ पठाउनुपर्ने भए पनि सरकार निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको परामर्शदाता छनोटको प्रश्नमा नाजवाफ बनेको छ । आयोजनाको दाता एसियाली विकास बंैक (एडीबी) को मुख्यालय मनिलाले आयोजनाको परामर्शदाता छनोटको स्वीकृतिबारे ऊर्जा मन्त्रालयले सात महिनासम्म निर्णय नगरेपछि १४ डिसेम्बरभित्र यसबारे जवाफ मागेको थियो ।

नेपाल सरकार आयोजना अघि बढाउन चाहन्छ कि चाँहदैन भन्दै कडा रूपमा सरकारलाई पत्र लेख्दै जवाफ मागे पनि परामर्शदाता छनोट विवाद देखिएपछि अझै जवाफ पठाउन सकेको छैन । ‘१४ डिसेम्बरभित्र स्पष्ट उत्तर खोज्दै एडीबी मुख्यालयले पत्र लेखेको थियो तर सरकारले स्पष्ट उत्तर दिन सकेको छैन,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘ऊर्जा मन्त्रालयले सुरुमा निर्णय गरे पनि त्यो लगानीकर्ता भाँडिने देखिएपछि सरकार पुनर्विचारकै पक्षमा छ, तर थपबारे स्पष्ट निर्णय भइसकेको छैन ।’
सरकारले एसियाली विकास बंैकलाई परामर्शदाता छनोट गर्ने जिम्मा दिएकोमा ल्याह्यमेर इन्टरनेसनल जर्मनी र मनितोबा क्यानाडाको संयुक्त कम्पनीलाई आठ महिनाअघि छनोट गरेको थियो । यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी परी पहिला छानबिनका लागि ऊर्जा मन्त्रालयमा पत्र पठाएकोमा ऊर्जा मन्त्रालयले ८ असोजमा सो प्रक्रिया खारेज गरी नयाँ प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।
पहिला सरकारले नै एडीबीलाई जिम्मा लगाएर पछि ऊर्जाले निर्णय उल्ट्याएकोमा असन्तुष्ट बनेको एडीबीले सबै लगानी फिर्ता लैजाने चेतावनी दिएको थियो । वैदेशिक लगानीमा समेत समस्या देखिएपछि अख्तियारले समेत डेढ महिनाअघि पुरानै प्रक्रिया अघि बढाउन ऊर्जालाई पत्र लेखेको थियो ।
त्यसपछि ऊर्जा, अर्थ र एडीबीका विज्ञ समूहले समेत पुरानै परामर्शदाता छनोट प्रक्रियालाई निरन्तरता दिन भनेको छ । तर, ऊर्जामन्त्री राधा ज्ञवालीले पुरानो निर्णय सच्याउन मानेकी छैनन् । ज्ञवालीले नैतिक प्रश्न बनाएर सच्याउन अस्वीकार गरेकी हुन् ।
एडीबीले मागेको पत्रको उत्तर कहिले पठाउने भन्नेमा अझै अर्थ मन्त्रालय अन्योलमा छ । अर्थले बुधबार मात्र आङ्खनो निर्णय पुनर्विचार गर्न ऊर्जालाई पत्र लेखेको छ भने शुक्रबार प्रधानमन्त्री सुशील कोइरालाले पनि ऊर्जामन्त्री ज्ञवालीलाई बोलाएर दुई दिनभित्र लगानीलाई असर नगर्ने गरी समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले एडीबीका प्रतिनिधिहरूको भेटमा पुरानै प्रक्रिया अघि बढाउने पक्षमा रहेको बताइसकेका छन् । प्रधानमन्त्री कोइरालाले सोही परामर्शदातालाई काम अघि बढाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दि“दै अनावश्यक विवाद नगर्न तथा मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत ख्याल गर्न यसअघि नै ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका थिए । प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूसमेत रहेको सो बैठकमा ऊर्जामन्त्री ज्ञवाली भने राजधानीबाहिर भएका कारण
सहभागी थिइनन् ।
प्रधानमन्त्रीले समस्या समाधान गर्न निर्देशन दिएको तथा पुरानो परामर्शदाता छनोटलाई निरन्तरता नदिएमा लगानी फिर्ता लैजाने चेतावनी दिएपछि सबैभन्दा संकटमा ऊर्जामन्त्री परेकी छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार ऊर्जा मन्त्रालयले आइतबार या सोमबारसम्म निर्णय नसच्याएमा पुरानै परामर्शदाता छनोट प्रक्रियालाई निरन्तरता दिने गरी आगामी मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागिएको छ ।
ऊर्जामन्त्री आङ्खनो निर्णयमा अडिग भएपछि अर्थमन्त्री डा.रामशरण महतले प्रस्ताव लैजाने तयारी गरेका हुन् ।
तनहुँ परामर्शदाता छनोटको विषय एडीबी र ऊर्जामन्त्री दुवैको नैतिकताको विषय बनेकाले पुनः पुरानो प्रक्रियालाई अघि बढाएमा ऊर्जामन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने अवस्था सिर्जना भएको ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए । ‘एडीबीलाई निरन्तरता नदिए लगानी फिर्ता हुने संकेत गरिसकेको छ, निरन्तरता दिए ज्ञवालीलाई ऊर्जामन्त्रीको रूपमा पदमा बस्न नैतिक संकट पर्छ,’ उनले भने, ‘ऊर्जामन्त्री आङ्खनो निर्णयमा भने अडिग छन् ।’
ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले तनहुँको परामर्शदाताबारे थप कुनै निर्णय नभएको जानकारी दिए । ‘हामीले पहिला रद्द गर्नेबाहेक थप निर्णय गरेका छैनौं,’ उनले भने ।
सन् २०२० भित्र आयोजना सम्पन्न गर्ने गरी २०१४ को जनवरीमा ठेक्का सम्झौता गरी फेब्रुअरीदेखि परामर्शदातालाई काममा खटाइसक्ने लक्ष्य राखिएकोमा १ वर्È ढिलाइ भइसकेको छ । पहिला सन् २०१८ मै सम्पन्न गर्ने लक्ष्य राखिए पनि सरकारकै कारण दुई वर्ष ढिलाइ भएको थियो । नयाँ परामर्शदाता प्रक्रिया अघि बढाएमा यसको छनोटका लागि मात्र एक वर्षभन्दा बढी समय लाग्ने भएकाले सन् २०२० भित्र सम्पन्न नहुने अवस्था आएको छ ।
५०५ मिलियन अमेरिकी डलर अर्थात् झन्डै ५० अर्ब रुपैया“ लागत भएको सो आयोजनामा जापानको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)को १८ अर्ब रुपैया“ (१८४ मिलियन डलर), एसियाली विकास बैंक (एडीबी)को करिब १५ अर्ब रुपैया“ (१५० मिलियन डलर) र युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)को करिब साढे ८ अर्ब (८५ मिलियन डलर) सहयोग रहनेछ । परामर्शदाताका लागि एडीबीले २ करोड ७५ लाख अमेरिकी डलर अर्थात् २ अर्ब ७५ करोड रुपैया“ कर्जा दिएको छ ।
http://rajdhani.com.np/article/0309428001419731143

Saturday, December 27, 2014

सगरमाथाको चुचुरोमा अब साहित्यिक पाइला

१५ वर्षसम्म युनाइटेड अरब इमिरेट्स, आबुधाबीमा स्पेसल पुलिस कमान्डो फोर्समा काम गर्दा काभ्रे ¥यालेका लक्ष्मण सापकोटाले धेरै विदेशीको एउटै प्रश्नको सामना गर्नुप¥योे, ‘तपाईं कति पटक सगरमाथा चढ्नुभयो ?’ नेपाल भनेर परिचय दिएपछि सोधिने यो प्रश्नको उत्तर चढेको छैन भनेर दिँदा हीनताबोध हुन्थ्यो, उनलाई । विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देशको नागरिक हुनुको गौरव उनलाई विदेशीले समेत नाम लिएपछि अझ बढी भयो तर सगरमाथा चढे÷नचढेको प्रश्नले सधैं मन पोलिरह्यो ।

दुईओटा कृति प्रकाशन गरिसकेका र पाँचओटा कृति प्रकाशनको तयारीमा रहेका साहित्यकार सापकोटाले २०५३ देखि २०६८ सालसम्म आबुधाबीमा बिताउँदा नेपाल फर्केपछि एक पटक सगरमाथा टेकी छाड्छु भनेर अठोट गरे । २७ पुसमा ४७ वर्ष टेक्न लागेका लक्ष्मणले सुनाए, ‘फेरि कुनै विदेशीले सोध्दा सगौरव सगरमाथा चढें भन्नका लागि विशेष तयारीमा छु ।’ अहिले उनी अभ्याससँगै नेपालको प्रथम साहित्यिक हिमाल आरोहण यात्राका लागि व्यवस्थापनमा सक्रिय छन् ।
प्रयास कविता संग्रह (२०६४) र वास्तविकता कथा संग्रह (२०६५) प्रकाशन गरिसकेका उनी तीन सामाजिक उपन्यास प्रवासका पन्ध्र वर्षहरू, हेडसर र लीलावतीको सेरोफेरो तथा प्रवासका कथाहरू संग्रह र जानी राखौं कविता संग्रह प्रकाशन तयारीमा व्यस्त छन् ।
भावना र कल्पनामा कलमसँग खेल्ने उनी हिमालको चट्टानसँग संघर्ष गरेर विश्वको सर्वोच्च शिखर पुगेरै छाड्ने अभियानमा छन् । २०६८ सालमा नेपाल फर्केर सगरमाथा आरोहणका लागि सुरु भएको तयारी तीव्र गतिमा छ । यो तयारीसँगै ३० वर्षअघिदेखिको उनको साहित्यिक यात्रा पनि जारी नै छ । २०४५ देखि २०५० सालसम्म नेपाली सेनामा कामसमेत गरिसकेका तथा यूएई स्पेसल पुलिस कमान्डो फोर्सका साथै मार्सल आर्ट, किक बक्सिङ, कराँते र एथलेटिक्सको तालिम लिइसकेका लक्ष्मणलाई हिमाल आरोहरणका लागि यी अनुभवले धेरै सहयोग गरेको छ । रक क्लाइमिङ तालिमका साथै काभ्रेकै सबैभन्दा अग्लो नारायणस्थानको साहित्यिक यात्रा र हरेक बिहानको १२ किलोमिटरभन्दा लामो मर्निङ वाकले समेत उनलाई आरोहरणको अभ्यासमा थप सहजता दिएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नुअघि हरेक आरोहीले चढ्नै पर्ने ६ हजार २ सय मिटर अग्लो सोलुखुम्बुको इम्जात्से (आइल्यान्ड पिक) को २३ नोभेम्बेर २०१४ मा सफल आरोहण गरिसकेका छन्, उनले । आगामी २०७२ को वैशाखमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर चार विश्व साहित्यिक कीर्तिमान कायम गर्ने उनको लक्ष्य छ । लक्ष्मणका अनुसार हालसम्म सगरमाथाको साहित्यिक आरोहण नभएकाले यो साहित्यिक आरोहणको रूपमा विश्व कीर्तिमान कायम गर्न पहिलो हुनेछ । त्यसैगरी, विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर सामाजिक प्रवासका प्रन्ध वर्षहरू विमोचनका साथै चुचुरोमा उभिएर कविता वाचन गरी नयाँ कीर्तिमान कायम गर्न लागेका छन् । विश्वको सर्वोच्च शिखरमा भगवान् पशुपतिनाथ र गौतम बुद्धको तस्बिर सगरमाथा पु¥याएर फेरि पशुपति र लुम्बिनीमा राखी त्यसमा पनि विश्व कीर्तिमान कायम गर्ने उनको लक्ष्य छ । ‘निजामती, समावेशी, खेलाडीलगायतले सगरमाथाको टुप्पोमा पुगेर कीर्तिमान राखिसकेका छन्, साहित्यकारको रूपमा म राख्नका लागि सबै किमिसको अभ्यास गरिरहेको छु,’ लक्ष्मणले भने, ‘सबै साहित्यिक लेखक, स्रष्टाको सम्मानमा अरू साहित्यकार सगरमाथा चढ्ने नभएकाले एक्लै चढ्न लागेको हुँ ।’
२०७१ चैत्रमा सगरमाथाको बेस क्याम्पमा पुगेर तालिम लिई २०७२ वैशाखमा शिखर चुम्ने उनको लक्ष्य छ । पनौतीबाट एकै पटक आइल्यान्ड पिक निर्धारित समयभन्दा तीन दिनअघि पुगेपछि उनमा सगरमाथा चुम्न थप हौसला बढेको छ । सगरमाथा चढ्ने क्रममा चार विश्व कीर्तिमानका साथै नेपालको भाषा एकीकरण गर्ने रामायण, धेरैले रुचाएको लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, काभ्रेको नक्साको तस्बिर, पनौतीको इन्द्रेश्वर मन्दिरको फोटो र जनमत साहित्यिक पत्रिका सर्वोच्च शिखर पु¥याएर राष्ट्रिय कीर्तिमान बनाउने योजना पनि उनको छ ।
हिमाल आरोहण गर्दा मृत्युसँग जुध्नुपर्ने यथार्थताबाट उनी अनभिज्ञ छैनन् । ६२ वर्षको सगरमाथा आरोहण यात्राको इतिहासमा ६ सयभन्दा बढीले ज्यान गुमाएको, ४ हजारले सफल आरोहण र हजारौं शिखर चुम्न असफल भएको बताउँदै उनी आफू सबै खतरासँग जुधेर सगरमाथा चुम्न अग्रसर भएको बताउँछन् । सगरमाथा चढ्न सुरु गरेसँगै उनले आफ्नो साहित्य सिर्जनालाई पनि निरन्तरता दिनेछन् । ‘हिमालका खुड्किला चढ्दा कविता, कथा सिर्जनामा पनि मेरो पाइला अघि बढ्छन्,’ उनले भने, ‘हिमाली सुन्दरताका तस्बिरहरू र अनुभव कविता, कथामा पनि प्रस्फुटन गर्ने योजना छ ।’
उनले सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि नेपाल पर्यटन बोर्डलगायतसँग लिनुपर्ने स्वीकृतिलगायतका प्रक्रिया अघि बढाउन लागेका छन् । झन्डै ६० लाख रुपैयाँ लाग्ने सगरमाथा आरोहणका लागि आर्थिक संकलन अभियानमा समेत उनी सक्रिय छन् । चोयु ट्रेकिङमार्फत सात पटक हिमाल चढिसकेका पेम्बा दोर्जे शेर्पा उनका प्रमुख गाइड छन् । उनीसँग उनले सगरमाथा चुचुरो पुग्नुअघि पनि धेरै अभ्यास गर्नेछन् ।
सगरमाथा चढ्नुअघि उनले आगामी माघको दोस्रो सातादेखि मेची–महाकाली प्रथम साहित्यिक दौडको समेत आयोजना गर्न लागेका छन् । १ हजार ५० किलोमिटर लामो साहित्यिक यात्रा मेचीबाट सुरु भएर महाकालीमा अन्त्य हुनेछ । प्रत्येक दिन सरदर ५० किलोमिटर दौड गर्ने लक्ष्य राखेका लक्ष्मणले प्रत्येक दिनको दौड सकिएपछि सम्बन्धित क्षेत्रमा साहित्यिक कार्यक्रम आयोजना गर्ने लक्ष्य राखेका छन् । ‘राष्ट्रिय कीर्तिमान राख्ने गरी माघको दोस्रो सातादेखि साहित्यिक दौड गर्दै छु, प्रत्येक दिनको दौड सकेपछि साहित्यिक कार्यक्रम गर्ने लक्ष्य छ,’ उनले भने ।
तीन वर्ष गाउँमै शिक्षक, पाँच वर्ष नेपाली सेना, १५ वर्ष यूएईको पुलिस कमान्डोमा काम गरेका लक्ष्मणसँग सामाजिक संघ÷संस्थामा काम गर्दाको अनुभव पनि छ । नेपाल समाज यूएईको उपाध्यक्षको रूपमा काम गरेका सापकोटा नेपाल साहित्यिक तथा सांस्कृतिक समाज यूएई र सर्वदा वाङ्मय प्रतिष्ठानको संस्थापक अध्यक्ष हुन् । प्रवासी नेपाली संघ यूएईको संस्थापक केन्द्रीय उपाध्यक्षसमेत रहिसकेका उनी महानन्द सापकोटा वाङ्मय प्रतिष्ठान काभ्रे र जनसाहित्यिक मञ्च काभ्रेको वर्तमान अध्यक्ष हुन् । यूएईमा रहँदा पीडित नेपालीको पक्षमा सेवामा सक्रिय सापकोटा भविष्यमा साहित्यमार्फत सामाजिक सेवा र सकारात्मक सोचलाई अभिवृद्धि गर्ने अभियानमा आफूलाई समर्पित गर्ने योजनामा छन् । ‘१५ वर्षको अवधिमा लाखौं नेपालीका लागि मेरो व्यक्तिगत मात्र १ करोडजति खर्च गरें हुँला,’ उनले सुनाए, ‘पीडामा परेका धेरै नेपालीको उद्धारमा सक्रिय भए ।’
साहित्यिक आरोहण गरी विश्वको सर्वोच्च शिखर पुगेर साहित्कार, लेखकको समेत इज्जत उच्च बनाउन लागेका लक्ष्मण नेपाल प्रज्ञा प्रतिष्ठानलगायतले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएपछि झन् खुसी छन् । सगरमाथा सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सकिने हिम्मत बटुलेका उनको योजनालाई धेरै साहित्यकारले गौरवको रूपमा लिएका छन् ।
http://rajdhani.com.np/article/0860842001419645852

प्रस्तुतिः भीम गौतम

Wednesday, December 24, 2014

तनहुँजलविद्युत्बाट‘एडीबी’नभड्काउन प्रधानमन्त्रीको निर्देशन

राजधानी समाचारदाता
काठमाडौं, ८ पुस
प्रधानमन्त्री सुशील कोइरालाले १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाबाट एसियाली विकास बैंक (एडीबी) लाई नभड्काउन निर्देशन दिएका छन् ।
परामर्शदाता नियुक्तिका विषयलाई लिएर तनहुँ जलविद्युत् आयोजनाको प्रमुख दाता एडीबीले हात झिक्ने संकेत गरेपछि मंगलबार सरोकारवाला सबै पक्ष तथा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाका साथै एमाले  वरिष्ठ नेताझलनाथ खनालसँग छलफल गरेका थिए ।
छलफलमा उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, अर्थमन्त्री डा. रामशरण महत, अर्थसचिव सुमन शर्मा, ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्री, सह–सचिव केशवध्वज अधिकारीलगायत सहभागी थिए । ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली भने बुटबलमा रहेकाले बैठकमा सहभागी थिइनन् ।
अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विश्व बैंकले हात झिकेकामा आलोचित बनेको एमालेकै ऊर्जामन्त्री हुँदा अर्को प्रमुख दाता एडीबीले तनहुँबाट हात झिकेमा त्यसले नकारात्मक सन्देश दिने भन्दै ऊर्जामन्त्रीसहित एमालेको आलोचना हुन थालेपछि एमाले शीर्ष नेतासँग समेत प्रधानमन्त्री कोइरालाले छलफल गरेका हुन् ।
पुरानो परामर्शदाता छनोट प्रक्रिया खारेज गर्ने निर्णय गरेर ऊर्जा मन्त्रालयले नयाँ प्रक्रिया सुरु गर्ने बताएपछि परामर्शदाता छनोटको जिम्मासमेत पाएको एडीबी प्रतिनिधिले लगानी नगर्ने तथा नेपालका लागि जापानी राजदूतले पनि लगानी फिर्ता गर्ने संकेत दिइसकेका छन् । कोइरालाले छलफलको क्रममा दातालाई नभड्काउने गरी अघि बढ्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
मुलुकमा जारी ऊर्जा संकटलाई हल गर्न तत्काल सो आयोजनालाई अगाडि बढाउनुको विकल्प नभएको भन्दै उनले आवश्यक काम अगाडि बढाउनका लागि ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका थिए ।
‘प्रधानमन्त्री कोइरालाले सोही परामर्शदातालाई काम अघि बढाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिँदै अनावश्यक विवाद नगर्न तथा मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत ख्याल गर्न आग्रह गर्नुभएको थियो,’ कांग्रेस उपसभापति पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र लगानीकर्तालाई विश्वासमा लिनुपर्ने अवस्थालाई ख्याल गर्दै जर्मन परामर्शदाता ल्यामेयरलाई काम गर्ने वातावरण मिलाई दिनुपर्दछ भन्नुभयो ।’
ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता अधिकारीले भने प्रधानमन्त्रीलगायत बैठकमा परामर्शदाताबारे विस्तृत छलफल भए पनि हालसम्म कुनै लिखित निर्देशन नआएको जानकारी दिए । ‘आयोजना अघि बढाउनुपर्छ भन्ने कुरा आएको छ तर छुट्टै निर्देशन आएको छैन,’ उनले भने । सुक्खायामको लोडसेडिङ न्यूनीकरण गर्नका लागि मुख्य आयोजना तथा छिटो निर्माण आयोजना अघि बढाउनका लागि लगानी जुटिसकेको सो आयोजनाका लागि एडीबीले ल्याह्यमेर इन्टरनेसनल जर्मनी र मनितोबा क्यानाडाको संयुक्त कम्पनीलाई आठ महिनाअघि छनोट गरेको थियो ।
आयोजनाका अन्य दाता तथा सरकारले फास्ट ट्र्याकका लागि भन्दै एडीबीलाई परामर्शदाता छनोटको जिम्मा दिएका थिए । परामर्शदाता छनोटपछि अख्तियारमा उजुरी परेकामा पहिला छानबिनका लागि ऊर्जा मन्त्रालयमा पत्र पठाएको अख्तियारले पुरानै प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । त्यो निर्देशन दिएको पनि डेढ महिना नाघिसकेको छ । ऊर्जा मन्त्रालयले भने सह–सचिव केशवध्वज अधिकारीको संयोजकत्वमा समितिले परामर्शदाताको पुनरावलोकन गर्न सुझाव दिएको भन्दै ऊर्जा मन्त्रीले ८ असोजमै पुरानो परामर्शदाता छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । त्यसपछि एडीबीले आयोजनाबाट हात झिक्ने उल्लेख गरेपछि अर्थ र ऊर्जा मन्त्रालय तथा एडीबीका प्रतिनिधि रहने गरी विज्ञ समूह गठन गरिएको थियो । अर्थबाट वीरेन्द्रबहादुर देउजा र ऊर्जाबाट दिनकर शर्मा प्रतिनिधिसमेत रहेको विज्ञ समूहले पुरानै प्रक्रिया अघि बढाउन भने पनि ऊर्जामन्त्रीले नमानेपछि विवाद चुलिएको छ ।
सन् २०२० भित्र आयोजना सम्पन्न गर्ने गरी २०१४ को जनवरीमा ठेक्का सम्झौता गरी फेब्रुअरीदेखि परामर्शदातालाई काममा खटाइसक्ने लक्ष्य राखिएकामा एक वर्È ढिलाइ भइसकेको छ । पहिला सन् २०१८ मै सम्पन्न गर्ने लक्ष्य राखिए पनि सरकारकै दुई वर्ष ढिलाइ भएको थियो । नयाँ परामर्शदाता प्रक्रिया अघि बढाएमा यसको छनोटका लागि मात्र एक वर्षभन्दा बढी लाग्ने भएकाले सन् २०२० भित्र सम्पन्न नहुने अवस्था आएको प्राधिकरणले जनाएको छ ।
५०५ मिलियन अमेरिकी डलर अर्थात् झन्डै ५० अर्ब रुपैया“ लागत भएको सो आयोजनामा आयोजनामा जापानको
अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)को १८ अर्ब रुपैया“ (१८४ मिलियन डलर), एसियाली विकास बैंक (एडीबी)को करिब १५ अर्ब रुपैया“ (१५० मिलियन डलर) र युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी) को करिब साढे ८ अर्ब (८५ मिलियन डलर) सहयोग रहनेछ । परामर्शदाताका लागि एडीबीले २ करोड ७५ लाख अमेरिकी डलर अर्थात् २ अर्ब ७५ करोड रुपैया“ कर्जा दिएको छ ।
http://rajdhani.com.np/article/0580952001419394621

Tuesday, December 23, 2014

जलविद्युत्मा अवरोध र निरीह सरकार



भीम गौतम


कुकुरको पुच्छर र जलविद्युत्को कुरा जोडिन सक्ला र ? यो प्रश्नको स्पष्ट उत्तर छ, ‘कहीँ कतै जोडिँदैन ।’ सामान्यतया न जलविद्युत्का लागि कुकुरको पुच्छर आवश्यक पर्छ, न कुकुरका लागि जलविद्युत् आयोजना नै । तर, अचम्म नमाने हुन्छ, आजभोलि जलविद्युत् र कुकुरको पुच्छर बारम्बार जोडिने क्रम सुरु भएको छ । जलविद्युत्को अवरोध, सरकारको बेवास्तापनको प्रसंग उठाउँदा धेरैले कुकुरको पुच्छरको चर्चा गरिहाल्छन् । ‘बाटोमा ....गर्नेलाई भन्दा देख्नेलाई लाज, देखेपछि कुकुरसमेत पुच्छर लुकाएर भाग्छ, १२ वर्ष ढुंग्रोमा राखे पनि कुकुरको पुच्छार बांगाको बांगै, स्वर्गीय बीपी कोइरालाले कुकुरले पुच्छर हल्लाएको प्रसंग र हाम्रो सरकारले गरेको कदम उस्तै छ ।’ यी र यस्ता प्रसंग अहिले जलविद्युत्का धेरै विज्ञहरू र आलोचकमाझ चलिरहन्छन् । हुन पनि पछिल्लो समयमा जलविद्युत् आयोजनामा भएका अवरोधका घटनाक्रम हेर्ने हो भने कुकुरको पुच्छरका प्रसंगभन्दा कम छैनन् ।
निर्माण सम्पन्न भएको ४५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजनाको टावर गत साउनमा आएको सिन्धुपाल्चोकको जुरे पहिरोको कारण क्षतिग्रस्त भयो । ४५ मेगावाट जलविद्युत् नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ग्रिडमा नजोडिँदा सर्वसाधारणले दैनिक डेढ घन्टा बढी लोडसेडिङ बेहोर्नुपरेको छ । क्षति पुगेका ५ टावर बनाउन अवरोध गरेको मात्र १ सय दिन पुग्न लागिसकेको छ । निर्माण सम्पन्न भएको दशक नाघेपछि अहिले आएर सेयरको माग गर्दै अवरोध गर्नेहरू देशकै चर्चित पार्टी कांग्रेस, एमाले, माओवादी, राप्रपालगायतका कार्यकर्ता छन् । यो देशमा अहिले कांग्रेस, एमाले, राप्रपा नै सरकारमा छ । बिडम्बना सरकारमा बसेका दलहरूले आफैँ बोक्सी र आफैँ धामीको काम गरिरहेका छन् । उखान टुक्काजस्तै सार्वजनिक बाटोमा ...गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने अवस्था छ । यस्तो बेलामा विवेकहीन कुकुरसमेत गैरजिम्मेवार अवस्था देखेर लाज मानी पुच्छर लुकाएर भाग्छ भन्छन् तर बिडम्बना जस जसले भोटेकोसी, मध्यभोटेकोसीलगायतका थुप्रै आयोजनामा अवरोध गरेका छन् । अवरोध गर्ने क्रम बढेको छ । बलेफीदेखि खिम्तीसम्म यो रोग सल्किसकेको छ । अवरोध गर्ने ती र तिनका दल तथा अवरोध गर्नेहरूलाई लाज लागेको छैन । कांग्रेस, एमाले, माओवादी, राप्रपाले जलविद्युत् आयोजनामा अवरोध गर्ने आफ्ना कार्यकर्ताविरुद्ध चुइँक्क बोलेका छ्रैनन्, विज्ञप्ति जारी गरेका पनि छैनन् ।

‘०५२ सालमा एमालेले अरुण तेस्रो आउन नदिनु नै नेपालको जलविद्युत् विकासका लागि घातक भयो, द्वन्द्व कालमा माओवादीले जलविद्युत् आयोजनामा अवरोध गरेकै कारण लोडसेडिङको समस्या बढ्यो, अरुण तेस्रोमा एमाले गल्ती गरेको हो, अब हाम्रो पार्टी गर्दैन, कांग्रेस त जलविद्युत् आयोजनामा अवरोध गर्दै गर्दैन ।’ यी र यस्ता गफहरू धेरै सुनिएकै हो । बिडम्बना यस्ता गफ दिने कांग्रेसकै अगुवाइमा भोटेकोसी टावर निर्माणमा अवरोध भइरहेको छ । सुरुमा १० प्रतिशत सेयर मागेर कांग्रेसले आन्दोलन सुरु गरेपछि एमाले, माओवादी र राप्रपालगायतले ३५ प्रतिशत सेयर मागेर आन्दोलन थाले । पहिला जलविद्युत्आयोजनालाई राष्ट्रघाती र जनविरोधी देख्ने माओवादीहरू पनि अहिले जलविद्युत् आयोजना बन्नुपर्छ भन्ने पक्षमा देखिएका छन् । उदारीकरणको पक्षधर भन्ने कांग्रेसीहरू त जलविद्युत् विकासमा आफूलाई कट्टर पक्षधर देखाउन चाहन्थे ।
बिडम्बना ‘काले काले मिलेर खाऊँ भाले’ भन्ने उखानझँै भोटेकोसीलगायतका जलविद्युत् आयोजनाको अवरोधमा सबै एक ठाउँमा उभिएका छन् । समयमै जलविद्युत् आयोजना नबन्दा लोडसेडिङ बढेको र समयमै जलविद्युत् आयोजना नबन्नुमा अनावश्यक बन्द, हड्ताल र चन्दा आतंक हो भनेर कुरा ती दल र तिनका नेताहरूले स्पष्टसँग बुझेका छन् । तर, नेताहरू बारम्बार जलविद्युत्को अवरोधमा उत्रिन थालेपछि धेरैले ‘१२ वर्ष कुकुरको पुच्छर ढुंग्रोमा राखे पनि पनि बांगाको बांगै’ भन्ने उखानसँग जलविद्युत् अवरोधकहरूलाई हेर्न थालेका छन् । दुई वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा जलविद्युत्मा बन्द, हड्ताल, अवरोध नगर्ने साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका यिनै दलका शीर्ष नेताहरूले त्यो हस्ताक्षर बिर्सेका त छैनन् होला । तर, जलविद्युत्लाई दुहुनो गाई ठानेर आफ्नो स्वार्थअनुकूल उपयोग गर्ने प्रवृत्ति किन हो, उस्तै छ ।
स्वर्गीय बीपी कोइरालाले नेपालको काम गर्ने प्रवृत्तितर्फ व्यंग्य गर्दै भनेका थिए, ‘कुनै काम गर्नुप¥यो भने रामले श्यामलाई अह्राउँछ, श्यामले हरि, हरिले शिवलाई, शिवले विदुरलाई, अन्त्यमा विदुरले कुुकुरलाई अह्राउँछ र कुकुरले पुच्छर हल्लाउँछ, काम नभई सकिन्छ ।’ हो, यस्तै देखिएको जलविद्युत्मा आएको अवरोध हटाउनका लागि सरकारको प्रवृत्ति । भोटेकोसीको अवरोध हटाउनका लागि प्रधानमन्त्रीले ऊर्जामन्त्रीलाई निर्देशन दिएको एक महिना पुग्न लागिसक्यो । ऊर्जा मन्त्रीले गृह मन्त्रालयलाई पत्र लेखेको पनि तीन साता नाघिसक्यो । सायद बीपी कोइरालाले भनेझँै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, मध्यामाञ्चल प्रहरी कार्यालय, बागमती प्रहरी कार्यालय, सिन्धुपाल्चोक प्रहरी कार्यालय, ...इलाका प्रहरी कार्यालय, प्रहरी चौकी हुँदै सायद आन्दोलन गर्नेहरूसम्म पुग्दै होला । त्यहाँसम्म पुग्दा पुच्छर हल्लाउनेहरू कति हुने हुन् । नत्र भने भोटेकोसीको टावर बनाउन नदिनेहरूविरुद्ध सरकारले किन प्रशासनिक कदम चाल्न सकेको छैन । किन सरकारको नेतृत्व गर्नेहरू आफ्नै कार्यकर्तासामु निरीह देखिएका छन् ? किन राज्यले कदम चाल्न सकेको छैन ? कांग्रेस पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला अनि एमाले पोलिटब्युरो सदस्यसमेत रहेकी ऊर्जामन्त्री राधा ज्ञवालीले एक अर्कालाई निर्देशन दिएको भनेर बसिरहनुपरेको छ ? किन आफ्ना कार्यकर्तालाई अनुशासनमा पार्टीले राख्न सकेको छैन ? साँच्चिकै सरकार जलविद्युत् आयोजना बनाउन प्रतिबद्ध छ भने किन उचित सुरक्षा दिन सक्दैन ? सरकार यति निरीह त नदेखिनुपर्ने हो तर देखिएको छ । के भोटेकोसी अवरोध गरेको सय दिन पुग्नलाग्नु यसको गतिलो उदाहरण हो ?
हालै नेपालमा भएको १८औं दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनले सार्क मुलुकभित्र विद्युत् व्यापार गर्ने सम्झौता गरेको छ । त्यति मात्र होइन, नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौता (पीटीए) भएको छ । ९ सय मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रोसँग लगानी बोर्डले हालै आयोजना विकास सम्झौता (पीडीए) गरिसकेको छ । २५ वर्षदेखि हुन नसकेको पीटीएदेखि १७ वर्षसम्म अघि बढ्न नसकेको पञ्चेश्वर विकास प्राधिकरण गठनसम्म आइपुग्दा नेपालको जलविद्युत्को भविष्यका स्पष्ट संकेतहरू देखा परेका छन् तर बिडम्बना स्थानीयस्तरमा जलविद्युत् आयोजनामा निरन्तरको अवरोध जारी छ । सिंहदरबारमा स्पष्ट निर्णयको अभाव, स्थानीय स्तरमा अवरोध गर्ने क्रम जारी छ । यस्तो अवस्थाले जलविद्युत् विकासको अवस्था अन्योलमा देखिन्छ । पीटीए, पीडीएपछि देशभित्र वैदेशिक लगानीहरू ओइरिने अनुमानका भाषण गर्नेहरू भोटेकोसी प्रकरणले झन् अन्योलमा पर्ने सिर्जना भएको छ । अघि बढ्न लागेका तनहुँलगायतका आयोजनामा सिंहदरबारले निकालेको बखेडाले भोलि जलविद्युत्को अवस्था के हो ? स्पष्ट भन्न सक्ने अवस्था छैन । सिंहदरबारले समाधान होइन बखेडा निकाल्न थालेको संकेत लोडसेडिङ भोगिरहेका हामी सर्वसाधारणका लागि विल्कुल ठीक होइन । न सिंहदरबार, न स्थानीय कसैले पनि जलविद्युत् आयोजनामा बखेडा निकाल्नुहुँदैन । आफ्ना जायज माग सरकारमार्फत सौहार्दपूर्ण वातावरणमा छलफलमार्फत समाधान गर्ने हो । स्थानीयका जायज माग छन् भने सम्बोधन गरिदिनु पनि सरकारकै दायित्व हो ।
सरकारले जलविद्युत् आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्नू भनेर भनिरहँदा किन कारबाही हुँदैन त ? यसमा पनि कुकुरकै पुच्छरको प्रसंग जोडिन्छ । प्रसंगजस्तै नेपाल सरकारको अवस्था पनि छ । कुकुरले पुच्छर हल्लाउनुपर्ने हो तर बिडम्बना नेपालमा पुच्छरले कुकुर हल्लाइरहेको छ । यसको अन्त्य त जरुरी छ । जबसम्म सरकार शक्तिशाली हुुँदैन, विधि र कानुनका आधारमा सरकार अघि बढ्दैन, भीडको पछि दौडिन्छ तबसम्म पुच्छरले कुकुर हल्लाइरहन्छ । कहिल्यै नजोडिने, जोडिनु नपर्ने कुकुरको पुच्छर जलविद्युत्सँग जोडिरहेसम्म न जलविद्युत् विकास हुन्छ, न कुकुरको । जलविद्युत्मा कुकुरले पुच्छरको भूमिकालाई निषेध गर्ने परिस्थिति निर्माण नभएसम्म जलविद्युत् आयोजनामा अवरोध उत्तिकै रहन्छ । अवरोध हटाउनका लागि बलियो सरकार, सहयोगी नेता र साथ दिने जनताको भूमिका महŒवपूर्ण हुन्छ ।
http://rajdhani.com.np/article/0503716001419306737

प्रधानमन्त्रीलाई सभासद्का प्रश्नै प्रश्न


मिलीजुली बलियो सरकार बनाऔं  प्रधानमन्त्री

भीम गौतम / राजधानी
काठमाडौं, ७ पुस
सोमबार व्यवस्थापिका संसद्का तीन समितिले संयुक्त रूपमा गरेको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सभासद्हरूले प्रश्नमाथि प्रश्न बेहोर्नुपरेको छ ।

युवानेताहरू गगन थापा, रवीन्द्र अधिकारी र प्रकाश ज्वालाले नेतृत्व गरेको संसद्का कृषि तथा जलस्रोत, विकास र अर्थ समितिले संयुक्त रूपमा चालू आर्थिक वर्षको समग्र विकास, बजेट खर्चको अवस्था, समस्या तथा लक्ष्य प्राप्तिका लागि चाल्नुपर्ने कदमबारे आयोजित छलफलमा सभासद्हरूले सरकारको कमजोरी औंल्याउँदै प्रश्नमाथि प्रश्न राखेका हुन् ।
समयको पाबन्दी भन्दै सभापति रहेका अधिकारीले बोल्न धेरैको नाम आए पनि दिन नसकेको जनाउँदै २० जनाभन्दा बढी सभासद्लाई मात्र प्रश्न राख्न दिएका थिए । प्रधानमन्त्री कोइरालालगायत सबै मन्त्रीलाई बैठकमा बोलाए पनि भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधि, कानुनमन्त्री नरहरि आचार्य, सहरी विकासमन्त्री डा.नारायण खड्का, भूमिसुधारमन्त्री दलबहादुर राना र कृषिमन्त्री हरि पराजुली मात्र बैठकमा सहभागी थिए ।
प्रश्न राखेका अधिकांश सभासद्ले सरकारको ध्यान बजेट खर्चभन्दा विदेश भ्रमणमा बढी रहेको, वैदेशिक सहयोग र कार्यान्वयन समस्याग्रस्त बन्दै गएको, सरकारले तनहुँ जलविद्युत् आयोजनामा अनावश्यक हस्तक्षेप गरेर ढिलाइ गरेको, बजेट खर्चका लागि नीति र संयन्त्र स्पष्ट नभएको, योजना गोजीबाट दिने प्रवृत्ति बढेको, कर्मचारीमा अत्यधिक राजनीतिक गरिएको र मन्त्रीहरूले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई भकुन्डो बनाउने गरेको आरोप लगाएका थिए ।
सभासद्हरू कमला पन्त, आनन्द पोखरेल, जनार्दन ढकाल, चन्द्र भण्डारी, शंकर भण्डारी, डिल्लीप्रसाद काङ्खले, गोपाल दहितलगायतले सरकारको आलोचना गर्दै कमजोर सरकारका कारण विकास निर्माणमा सुस्तता भएको बताएका थिए ।
सभासद् सीतादेवी यादवले मन्त्री र सचिव विदेश भ्रमणमा, स्थानीय विकास अधिकारी राजधानी भ्रमणमा र गाविस सचिव जिल्ला सदरमुकाम भ्रमणमा व्यस्त भएकाले बजेट खर्च नभएको भन्दै आलोचना गरेकी थिइन् ।
सभासद् जनार्दन ढकालले विकास खर्च नहुनुको कारण नीतिगत र संरचनाको अभाव, अपारदर्शी प्रक्रिया र अनियमितता रहेको बताएका थिए ।
तीन समितिले संयुक्त बैठक राखेकोमा सबैले युवा नेतात्रयको प्रशंसा गरेका थिए । प्रथम चौमासिकमा १ सय १६ अर्बमध्ये १० अर्ब रुपैयाँ मात्र खर्च भएको उल्लेख गर्दै जम्मा ८ प्रतिशत मात्र पुँजीगत खर्च हुनु चिन्ताजनक अवस्था रहेको सांसदहरूको भनाइ थियो । कृषि तथा जलस्रोत समितिका सभापति थापाले प्रधानमन्त्री र ऊर्जामन्त्रीकै पार्टी कार्यकर्ता जलविद्युत् अवरोधमा संलग्न हुनु विडम्बना भन्दै पुँजीगत खर्च नहुनुमा अन्तरनिकाय समन्वय अभाव, अनुगमन नहुनु, कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था नहुनुलगायतका कारण रहेको बताएका थिए ।
अर्थ समितिका सभापति ज्वालाले कर्मचारीमा देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रास, स्थानीय निकाय नहुनुलगायतका कारण पुँजीगत खर्च कम भएको बताउँदै आर्थिक वर्ष नै परिवर्तन गर्नुपर्ने अवाश्यकता औंल्याए ।
प्रधानमन्त्री कोइरालाले भने राजनीतिक अस्थिरता, शान्ति र स्थायित्व अभावका कारण विकास निर्माणसमेत प्रभावित भएको भन्दै विकासका लागि ५÷१० वर्षसम्म सबैको सहभागितामा बलियो सरकार बनाउनु आवश्यक रहेको बताए । जलविद्युत् आयोजनामा राजनीतिक दलहरूले अवरोध गर्दा वैदेशिक लगानी भाँडिने उनको तर्क थियो ।
प्रधानमन्त्री कोइरालाले राम्रो काम गर्नेलाई अख्तियारले केही नगर्ने बताउँदै राजनीतिक आस्थाको आधारमा कर्मचारीको सरुवा अन्त्य गर्ने बताए । ‘कर्मचारीमा अख्तियार आतंक ठूलो छ, केही काम गर्नेबित्तिकै विनाअनुसन्धान कारबाही गरेको छ भने यसबारे अख्तियार प्रमुखसँग कुरा गर्छु, राम्रो काम गर्ने डराउनुपर्दैन,’ प्रधानमन्त्री कोइरालाले भने, ‘राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई सरुवा गर्नु अपराध हो ।’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री निधिले पुँजीगत खर्च कम भएको स्विकार्दै मन्त्रालय समन्वय समस्याले आयोजनामा असर गरे पनि बिस्तारै बढ्दै जाने बताए । कृषिमन्त्री हरि पराजुलीले कृषि मन्त्रालयको खर्च अवस्था सन्तोषजनक भएको दाबी गरे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले आयोगको पुनःसंरचना गर्न लागिएको बताउँदै आगामी वर्षदेखि भाग दुई प्रकाशन नगर्ने बताए । मन्त्रालयका सचिवहरू बढी मिटिङमा व्यस्त हुने देखिएकाले साताको दुई दिनलाई मिटिङ फ्री बनाउन लागेको जानकारी दिए ।
बैठकले १५ पुसभित्रै स्रोत सुनिश्चित हुन नसकेका र दातृ निकायसँग सम्झौताको प्रक्रिया बाँकी रहेकाबाहेक कार्यक्रमहरूको स्वीकृति तथा २० पुसभित्रै खर्च गर्ने अख्तियारी खर्च गर्ने एकाइसम्म पु¥याउन, कार्यक्रम स्वीकृत नगर्ने÷नगराउने र अख्तियार नपठाउने पदाधिकारीलाई कारबाही गर्न, पुस मसान्तभित्र ठेक्कापट्टा लगाउने काम गरिसक्न, अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।
यस्तै, चैत मसान्तभित्रबाहेक आउने कुनै पनि कार्यक्रम संशोधन नगर्न र अर्थ मन्त्रालयले योजना आयोग र सम्बन्धित मन्त्रालयबाट कार्यक्रम संशोधन र स्वीकृत भएपछि आवश्यकताअनुसार रकमान्तर गर्न, बाढीपहिरोका कारण भएको क्षतिका लागि सम्बन्धित मन्त्रालयले राष्ट्रिय योजनाबाट कार्यक्रम स्वीकृत गराई अर्थ मन्त्रालयबाट रकम माग गर्ने र अर्थ मन्त्रालयले थप रकम उपलब्ध गराउन निर्देशन दिएको छ ।
यसैगरी, बजेट तर्जुमालाई यथार्थपरक बनाउन तथा बजेट क्यालेन्डरलाई आवश्यक परिमार्जन गर्न व्यवस्थापिका संसद्को अर्थ समितिसँग समन्वय गरी अविलम्ब कार्य थालनी गर्न, बजेट कार्यान्वयनका समस्याहरू, सरकारी तथा सार्वजनिक निर्माण तथा खरिदका सम्बन्धमा देखापरेका विसंगतिलाई तत्कालै सुधार गर्न, जग्गा प्राप्ति÷मुआब्जा विवरण सम्बन्धमा आवश्यक मापदण्ड÷निर्देशिका तत्कालै बनाई कार्यान्वयनमा ल्याउन, टेन्डर एवं ठेक्का प्रक्रियालाई सरलीकृत, पारदर्शी बनाउन, समयमै निर्णय नगर्ने÷लापरबाही गर्ने÷गुणस्तरीय कार्य सम्पादन नगर्ने परिपाटीलाई अन्त्य गर्न पनि निर्देशन दिएको छ ।
http://rajdhani.com.np/article/0355264001419300309

आईएफसी अब माथिल्लो कर्णाली जलविद्युत्को साझेदार पनि

राजधानी समाचारदाता
काठमाडौं, ७ पुस
भारतीय कम्पनी जीएमआरमा १० प्रतिशत सेयर हालेर अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको साझेदार बनेको छ ।

विश्व बैंकअन्तर्गतको आईएफसीले कर्णाली जलविद्युत् आयोजनाको कुल लागतमध्ये १० प्रतिशत सेयर हालेर माथिल्लो कर्णालीमा साझेदार बनेको हो । २७ प्रतिशत नेपालको इक्वेटी (स्वपुँजी) रहेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कम्पनीमा अब १० प्रतिशत आईएफसी र बाँकी सेयर जीएमआरको रहनेछ । यसैगरी, चार सय केभीको कर्णाली र मस्र्याङदी प्रसारण लाइनमा समेत आईएफसीले १० प्रतिशत सेयर लगानी गर्ने सम्झौता गरेको छ ।
माथिल्लो कर्णाली करिब १ खर्ब ११ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको छ । आयोजनालाई आवश्यक पर्ने ऋणका लागि अब आईएफसीले नेतृत्व गर्ने जीएमआरले जनाएको छ ।
माथिल्लो कर्णाली तथा दुई प्रसारण लाइनमा आईएफसीले गर्न लागेको सेयरबारे सोमबार राजधानीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको उपस्थितिमा संयुक्त विकास सम्झौतामा हस्ताक्षर भएको छ । जलविद्युत् आयोजनाको सम्झौतामा जीएमआरको तर्फबाट आरभी सेसन र हारबिन्दर मनोचा तथा आईएफसीका तर्फबाट आरभी शर्मा र भाल वाजस्टिङबीच हस्ताक्षर भएको छ ।
यसैगरी, कर्णाली प्रसारण लाइनको सेयरसम्बन्धी जीएमआरका तर्फबाट आशिष वसु र अजय नथनी तथा आईएफसीका तर्फबाट भाल वाजस्टिङबीच हस्ताक्षर भएको छ । यसैगरी, मस्र्याङदी प्रसारणबारे जीएमआरका आशिष र अजय तथा आईएफसीका तर्फबाट आरभी शर्माबीच हस्ताक्षर भएको छ ।
गत असोजमा मात्र लगानी बोर्ड र जीएमआरबीच आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको थियो । यसैगरी, ६ सय मेगावाटको मस्र्याङदी जलविद्युत् आयोजनाको पीडीए अझै भएको छैन । छिट्टै पीडीए वार्ता भएर सम्झौता हुने लगानी बोर्डले जनाएको छ ।
दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरी त्यसको पाँच वर्षभित्र माथिल्लो कर्णाली आयोजना बनाइसक्ने लक्ष्य जीएमआरको छ । आयोजनामा नेपालले १२ प्रतिशत निःशुल्क ऊर्जा र २७ प्रतिशत इक्वेटी पाउनेछ ।

तनहुँ जलविद्युत्मा जापान पनि एडीबीकै पक्षमा

काठमाडौं÷रास— निर्माण हुन लागेको १ सय ४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् परियोजनाको परामर्शदाताबारे जापानसमेत एसियाली विकास बैंक (एडीबी) को पक्षमा उभिएको छ । एडीबी आयोजनाको मुख्य लगानीकर्ता पनि हो ।
सोमबार नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलसँगको भेटमा जापानी राजदूत मासासी ओगावाले बढी विवाद गर्नुभन्दा पुरानै प्रक्रियाअनुसार एडीबीले छनोट गरेको परामर्शदातालाई अघि बढाउनुपर्ने बताएका थिए । पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार पौडेलसँगको भेटमा उनले पुरानै परामर्शदातालाई निरन्तरता दिएर आयोजना अघि बढाउनुपर्ने बताएका थिए ।
एडीबीले परामर्शदाता छनोट सही तरिकाले नगरेको भन्दै ऊर्जामन्त्री राधा ज्ञवालीले तनहुँ जलविद्युत् आयोजनाको परामर्शदाता छनोट प्रक्रियालाई खारेज गरेकी थिइन् । मन्त्रीले गलत गरेको भन्दै तनहुँका सभासद्हरू धु्रव वाग्ले, शंकर भण्डारीलगायतले ऊर्जामन्त्रीको राजीनामा मागेका छन् ।
सो आयोजना ल्याह्यमेर इन्टरनेसनल जर्मनी र मनितोबा क्यानाडाको संयुक्त कम्पनीलाई साढे सात महिनाअघि परामर्शदाता छनोट गरेकोमा यसविरुद्ध अख्तियारमा उजुरी परेकोमा पहिला छानबिनका लागि ऊर्जा मन्त्रालयमा पत्र पठाएको अख्तियारले पुरानै प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । अख्तियारले पुरानै पक्रिया अघि बढाउन निर्देशन दिएको तथा सरकारले गठन गरेको विज्ञद्वय वीरेन्द्रबहादुर देउजा र दिनकर शर्मा तथा एसियाली विकास बैंक (एडीबी) का दुई प्रतिनिधि रहेको समितिले पुरानै प्रक्रिया अघि बढाउने गरी प्रतिवेदन दिएको छ । तर, ऊर्जा मन्त्रालयले ८ असोजमा पुरानो प्रक्रियाअनुसार छनोट गरेको परामर्शदाता सही नभएको भन्दै प्रक्रिया खारेजी गरेपछि यसबारे विवाद चुलिएको छ ।
ऊर्जामन्त्रीले नयाँ प्रक्रियाअनुसार परामर्शदाता छनोट गर्ने बताएकी छिन् भने एडीबीले भने मन्त्रीको निर्णय गलत भएको भन्दै लगानीबाट हात झिक्ने संकेत गरेको छ । सन् २०२० भित्र आयोजना सम्पन्न गर्ने गरी २०१४ को जनवरीमा ठेक्का सम्झौता गरी फेब्रुअरीदेखि परामर्शदातालाई काममा खटाइसक्ने लक्ष्य राखिएकोमा १ वर्È ढिलाइ भइसकेको छ । पहिला सन् २०१८ मै सम्पन्न गर्ने लक्ष्य राखिए पनि सरकारकै कारण ढिलाइ भएको थियो । अब पनि सन् २०२० भित्र सम्पन्न नहुने देखिएको छ । 
http://rajdhani.com.np/article/0731400001419308851

जग्गा हदबन्दीबारे सभासद्बीच नै मत बाझियो

भीम गौतम / राजधानी
काठमाडौं, ६ पुस
संविधानसभा सदस्यहरूबीच जग्गा हदबन्दीलाई लिएर संसद्को कृषि तथा जलस्रोत समितिमा मत बाझिएको छ । भूमिसम्बन्धी ऐन २०२१ को छैटौं संशोधनलाई लिएर आइतबार भएको छलफलमा सभासद्हरूबीच मत बाझिएको हो ।
बैठकमा सहभागी एमाले सभासद्हरूले नै दुई थरी विचार राखेका थिए । एमाले सभासद्हरू अमृत बोहोरा, आनन्द पोखरेल, काशीनाथ अधिकारीलगायतले जग्गाको पुनःसंरचना हुनुपर्ने र भूमिहीन किसानका लागि जग्गा वितरणका लागि हदबन्दीको व्यवस्था गर्नुपर्ने तर्क गरेका थिए । तर, एमाले सभासद् इच्छाराज तामाङ, जमिन्द्रमान घलेलगायतले भने व्यावसायिक प्रयोजनका लागि हदबन्दीको व्यवस्था लागू गर्न नहुने बताएका थिए ।
‘भूमिहीनलाई जग्गा दिने, मोहियानी हक कायम गर्ने धरै समस्या छन्, जग्गा व्यवस्थापनको पुनःसंरचना गर्नुपर्छ,’ सभासद् बोहोराले भने । उनले भूमि सुधार मन्त्रालयले खण्डखण्डमा ऐन ल्याउनुको सट्टा समग्र जग्गा व्यवस्थापनका लागि विधेयक ल्याउनुपर्नेमा जोड दिएका थिए ।
तामाङले भने ठूलो उद्योग व्यवसाय सञ्चालनका लागि हदबन्दीको व्यवस्था हटाउनुपर्ने बताएका थिए । तामाङसहित मधेसी जनअधिकार फोरमका डा. शिवजी यादव, कांग्रेसको तर्फबाट मनोनीत सभासद् उमेश श्रेष्ठलगायतले जग्गामा हदबन्दी लागू गर्न नहुने बताएका थिए । भूमि सुधार व्यवस्था मन्त्रालयले प्रस्तुत गरेको विधेयकमा एमाले सभासद्हरु गोकुलप्रसाद घर्ती, भीष्मनाथ अधिकारी, यज्ञराज सुनुवार लगायतले हदबन्दी राख्न नहुने प्रस्ताव राखेका छन् । सभासद् डिल्लीप्रसाद काफ्लेले भने हदबन्दीभन्दा बढीको जग्गा सरकारले लिएर सुकुमबासीलाई वितरण गर्नुपर्ने बताए ।
बैठकमा भूमि सुधारमन्त्री दलबहादुर राना र सभासद् तामाङबीच जुहारी नै चलेको थियो । तामाङले हदबन्दी राख्न नहुने बताएपछि मन्त्री रानाले भने हदबन्दी राख्नुहुुन्न भन्ने भनाइ तर्क संगत नभएको बताए । भूमि सुधार सचिव लोकदर्शन रेग्मीले सामाजिक न्यायका आधारमा हदबन्दी तोक्नुपर्ने बताए । सचिवले रेग्मीले जग्गाको सही वर्गीकरणका लागि सभासद्हरू एक पटक हेलिकोप्टरमा देशभर घुम्नुपर्ने अवस्था रहेको बताए ।
http://rajdhani.com.np/article/0370190001419222152

Sunday, December 21, 2014

जलविद्युत्लाई बढी राजनीतिक मुद्दा नबनाऔं


गगन थापा नेपाली कांग्रेसका केन्द्रीय सदस्यका साथै काठमाडौ क्षेत्र नं. ४ बाट निर्वाचित सभासद् हुन् । संसद्को कृषि तथा जलस्रोत समितिका सभापतिसमेत रहेका थापा अघिल्लो समितिको यसैसँग सम्बन्धित प्राकृतिक स्रोतसाधन समितिको सदस्य थिए । राजनीतिमा चर्चित युवा व्यक्तित्वको पहिचान बनाएका थापा सभापति रहेको समिति जलस्रोतसँग जोडिएकाले नेपालको समृद्धिमा यसको भूमिका महŒवपूर्ण मानिएको छ । उनीसँग १४ जलविद्युत् आयोजना खारेजीबारे हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन तथा समितिले गरेको निर्णय, जलविद्युत् ऐन र अवस्थाबारे राजधानीका लागि भीम गौतमले गरेको कुराकानी :

० झन्डै डेढ महिना लगाएर तपार्इं संयोजक रहेको समितिले अख्तियारले खारेजीका लागि निर्देशन दिएका १४ आयोजनाबारे निर्णय गर्नुभयो तर निर्णय अस्पष्ट भयो भनेर भनिएको छ, किन स्पष्ट निर्णय गर्न सकिएन ?
– पहिलो कुरा त संसद्को समिति कार्यकारी निकाय होइन भन्ने कुरा बुझ्नुपर्छ । निर्णय प्रस्ट हुनुपर्छ भन्ने नाममा संसद्को समितिले कार्यकारिणीजस्तो काम गर्न थाल्यो भने त्यो समिति बनाउनुको अर्थ हुँदैन । समिति बनाएको सम्बन्धित निकाय संसद्प्रति उत्तरदायी होस् भन्नका लागि हो । संसद्को निरन्तर बैठक बसेर उत्तरदायी उसलाई बनाउन नसक्ने भएकाले समिति गठन संसद्को समितिले बनाइराख्ने भनेको हो । हाम्रो समिति सुरुदेखि नै के कुरामा प्रस्ट छ भने प्रस्टताको नाममा कार्यकारी निकाय बन्ने प्रयास नगरौं । जलविद्युत् लाइसेन्स खारेजीबारे पनि लामो समय लगाएर छलफल ग¥यांै । समयमै बोलाउँदा अख्तियारका अधिकारी आएका भए समयमै काम टुंगिन्थ्यो । अहिलेसम्म प्रचलित ऐनमा के व्यवस्था छ भने अनुमतिपत्रका सम्बन्धमा भएको निर्णयमा पुनरावेदन दिन पाउने र त्यो निर्णयको अधिकार ऊर्जा सचिवमा रहेकाले त्यो प्रयोग गर्दा दुरुपयोग नहोस् भन्नेतिर हामी सचेत रहनुपर्ने अवस्था हो । पुनरावेदनका लागि निवेदन दिएकाले त्यो अब ऊर्जा सचिवकहाँ पुग्छ । ऊर्जा सचिवले त्यो खारेज गर्ने कि म्याद थप्ने निर्णय गर्ने हो । ऊर्जा सचिवको क्षेत्राधिकारभित्र त्यो पर्छ ।
अख्तियारका अधिकारीले बैठकमा उपस्थित भएर लिखित र मौखिक दुवै रूपमा अख्तियारले लेखि पठाएको कुरा सुझाव हो भनेपछि ऊर्जा सचिवलाई निर्णय गर्न बाटो खुलेको छ । अझ अख्तियार ऐनको समेत हामीले स्पष्ट व्याख्या गरिदिएका छौं । पुनरावेदन लाग्ने अवस्था छ भने यसबारे अख्तियार वा समिति दुवैले बोल्नुहुन्न, बोल्यो भने पूर्वाग्रही हुन सक्छ । मानौं समितिले १४ ओटै आयोजनाले असाध्यै राम्रो काम गरेका छन् तर निर्णय तपाईंले गर्नूस् भनेको भए त्यो निर्णयकर्तालाई प्रभावित गरेको हुन्थ्यो । पुनरावेदनको अधिकारलाई समितिले प्रभावित गर्न मिल्दैन भने अझ अख्तियारले त आफ्नो ऐन, कानुनअनुसार पनि मिल्दैन । त्यसकारण अब आफ्नो अधिकार हेरेर ऊर्जा सचिवले निर्णय गर्न सक्छन् ।
० १४ जलविद्युत् आयोजनाको विषयलाई लिएर अख्तियार तथा संसद्को कृषि तथा जल्रस्रोतका साथ केही समितिबीच टसल त देखियो नि ?
– जलविद्युत् आयोजना खारेजीको विषयलाई लिएर अख्तियारका प्रमुख आयुक्तलाई बोलाएका थियांै, उहाँ आउनुभएन । यसले एउटा तनावको अवस्था सिर्जना ग¥यो । फेरि बोलायौं, त्यो बेला पनि अख्तियारका अधिकारी नआएको भए के हुन्थ्यो ? भन्ने कुरा अनुमान लगाउने कुरा मात्र भयो । अख्तियार प्रमुख नआएपछि अख्तियारको निर्णय गरेर सचिव उपस्थित हुनु तथा पहिला समितिमै आउँदै आउन्न भन्ने अवस्थामा पुगेका प्रमुख आयुक्त काठमाडांै बाहिर भएकाले नआउनुभएको कुरा प्रस्तुत गर्ने भएपछि यस कुरालाई सहज रूपमा लिएका हौं । हाम्रो कुरा के छ भने संसद्का समितिले आफ्नो काम गर्ने सिलसिलामा आवश्यक परेको बेलामा अख्तियारका अधिकारी आउने भन्ने कुराले यो प्रकरण सकियो । अर्को महŒवपूर्ण कुरा के छ भने सजिलो होस् भनेर कार्यविभाजन त गरेका छांै । त्यो कार्यविभाजन गरेका मन्त्रालयबाहेकमा गएर छलफल गर्नै मिल्दैन भन्ने होइन । कतिपय क्रस कर्टिङ मुद्दा हुन्छन् । हामीले कहिले अर्थ मन्त्रालय बोलाएर, कहिले सेनालाई बोलाएर छलफल गरेका छौं । जुन विषयलाई ऊर्जा मन्त्रालयले हेर्छ त्यो विषय संसद्को चार÷पाँच समितिमा अध्ययन र निर्देशन दिने अवस्था रहिरहनुहुँदैन । यसो गर्ने हो भने सिंगो संसद्को समितिको काममै प्रभाव पार्छ । निर्देशनलाई पनि फितलो बनाउँछ र स्वयं कार्यकारी निकायलाई पनि गाह्रो हुन्छ । कार्यविभाजनबारे आएको विवादको बारेमा सभामुखले तत्काल समितिको बैठक डाकेर टुंगो लगाउनुपर्छ ।
० संसद्का समितिहरू नीतिभन्दा सानातिना मुद्दामा अल्झिन थाले भनेर आरोप लाग्ने गरेको छ ? किन नीतिगत विषय कम छलफलमा आउँछन् ?
– सबै समितिका बारेमा म भन्न सक्दिनँ तर मैले नेतृत्व गरेको समितिमा सचेततापूर्वक काम गर्ने भनेको नीतिगत कुरामै हो । यसमा बढी समय लगाउनुपर्छ भन्नेमा प्रस्ट छौं । अर्को कुरा कार्यकारी निकायले गर्ने काम कहिल्यै समितिले गर्दैनांै भनेर स्पष्ट भनेका छौँ । अहिलेसम्म हामी नीतिगतभन्दा बाहिर गएका छैनौं र हामीअन्तर्गतका निकायले पनि नीतिभन्दा बाहिर गएर अनावश्यक छलफल ग¥यो भनेर गुनासो गर्नुपर्ने अवस्था सिर्जना पनि भएको छैन । समितिलाई नीतिगतसँगै मन्त्रालयका कामकारबाहीबारेमा पनि अध्ययन, अनुसन्धान गर्न दिएको छ । सरकारले गरेका कामलाई उत्तरदायी र जवाफदेही बनाउने काम समितिको हो । कहिलेकाही मुद्दामा हामी केन्द्रित हुँदा त्यसले ऐननियम बनाउनमा मद्दत गर्छ । उदाहरणका लागि अहिले हामीले विद्युत् ऐन पुसभित्र ल्याउने कुरा गरिरहेका छौं । लाइसेन्स प्रकरणले विद्युत् ऐनलाई व्यावहारिक बनाउन झन् सजिलो बनाएको छ ।
० २०६५ सालमा विद्युत् विधेयक तयार भएको थियो । दोस्रो संविधानसभा आएको पनि एक वर्ष नाघिसक्यो । जति नै गफ गरे पनि विद्युत् ऐन आउन ढिलो त भएकै हो नि, किन भयो ?
– विद्युत् ऐन आउन त ढिलो भएकै हो । सरकारले पुरानो ऐनलाई प्रतिस्थापन गरेर नयाँ ऐन ल्याउनका लागि फास्ट ट्रयाकबाट जाओस्, संशोधन होस् भनेर पहल गर्नुपर्नेमा यहाँ त उल्टो छ । समितिले लगातार कराएको कराएकै छ, तपार्इंहरू ऐन ल्याउनुहोस्, त्यो ऐनले सरकारलाई काम गर्न सजिलो हुन्छ । हामी छिटो जग्गा प्राप्ति ऐन तुरुन्तै ल्याउनुहोस् भनिरहेका छांै । यसबाट जलविद्युत् आयोजना अघि बढाउन धेरै सहज हुन्छ । तपाईंहरू जति छिटो ल्याउनुहुन्छ, त्यति चाँडो टुंग्याउँछौ भनिरहेका छांै । हामी ऐन ल्याऊ भनेर माग्ने, जसले तदारुकता देखाउनुपर्ने हो भने त्यो निकायले नदेखाउने । यसले कार्यकारी निकायमा सक्रियता छैन भन्ने देखाउँछ । अघिल्लो पटक पनि म यही समितिमा थिएँ । ऊर्जा मन्त्रालयको नेतृत्व पटक पटक फेरिएको हेरे । मन्त्रालयलाई सबैभन्दा बढी चाहिएको ऐन छ, ऐन कहिल्यै नल्याउने ।
० यसको मतलव ऐनकानुनभन्दा पनि ऊर्जा मन्त्रालय नेतृत्व गर्नेहरूको ध्यान नीति नियमभन्दा अन्ततिर बढी छ ?
– एक त अघिल्लो पटकको संविधानसभामा त सबै विधेयक विधान समितिमा जानुपर्ने व्यवस्था गरियो । विधान समितिमा ऐनको यति ठूलो चाङ थियो कि त्यहाँ बसेर थन्केर बस्यो । त्यो म विद्युत् ऐनको मूल संशोधनकर्तामध्येको एक थिएँ । प्रतिवेदन लेखन समितिको संयोजक पनि थिएँ । त्यो बेला समितिमा कतिपय मुद्दा महिनौं लगाएर टुंग्यायांै तर छलफल अर्कै समितिमा हुने अवस्था थियो । अहिले के सजिलो भएको छ भने त्यो सम्बन्धित समितिमा छलफलमा आउन थालेको छ । हामीले समितिमा भनिरहेका छौ, ऐन प्रस्तुत गर्नुअघि नै समितिमा २÷३ चरणमा छलफल गरौँ भनेर । जसले गर्दा हामी एक ठाउँमा हुन्छौं । समितिको सभापतिको नाताले मैले ऐनको बारेमा थिंक ट्यांकहरूसँग समेत छलफल गरिरहेको छु । दाताहरूसँग पनि छलफल गरिरहेको छु । विश्व बैंकका प्रतिनिधिसँग पनि मैले भेटें । संसद्को समितिले गर्ने छलफल पूर्ण सूचनामूलक हुनुपर्छ भन्ने लागेर मैले सरोकारवालासँग भेटेर सुझाव मागेको हुँ । यदि, प्रतिबद्धता जनाएअनुसार ऊर्जा मन्त्रालयले पुसभित्रै विधेयक ल्यायो भने गुणात्मक छलफल गरेर छिट्टै ऐनको विषय टुंग्याउँछौँ । मन्त्रालयले ल्याउँदै ल्याउँदैन भने हामीले उत्पादन त गर्न सक्दैनाँै । बिजिनेस ल्याउने त सरकारले हो, मलाई लाग्छ, यस्तो सहयोगी समिति सरकारले पाउँदैन । अहिले पनि चाँडो लेऊ, चाँडो लेऊ भनिरहेको छ ।
० ०६५ सालमा विद्युत् विधेयक ल्याएपछि कांग्रेस, एमाले, माओवादीलगायतका प्रमुख दलका नेतृत्वले ऊर्जा मन्त्रालयले हाँक्यो तर ती दलले ऊर्जा क्षेत्रलाई विशेष जोड भने पनि मन्त्रालयले हाँक्ने नेतृत्वमा गम्भीरता देखिएन नि, तपाईंलाई के लाग्छ ?
– विधान समितिमा आएपछि चाङ लाग्यो तर जुन मन्त्रीले विधान समितिमा गएर विधेयकलाई अघि लिएर जान खोज्नुभयो, त्यसलाई समितिले सहयोग गरेको थियो । जसले चासो देखाएनन् त्यो विधेयक दराजमै थन्केर बस्यो । त्यतिबेला जलस्रोत समितिको सदस्यका रूपमा बारम्बार विद्युत् ऐनबारे प्रश्न उठाउँथेँ । तर, सबैले गर्छु भन्थे तर गम्भीरतापूवर्क कसैले लिएनन् । अब मन्त्रालयले चाहेर पनि त्यो गर्न दिँदैनाँै । विद्युत् ऐनलाई ऊर्जा मन्त्रालयले अब बाइपास गर्न सक्दैन । खेलाँची गर्न दिँदैनौ, ऊर्जामन्त्रीले पुसभित्र विधेयक संसद्मा प्रस्तुत गर्छु भनेकाले दिन गनेर हामी बसिरहेका छौं ।
० ०६५ सालमा बनेको विद्युुत् विधेयक कहिले ऐन बनेर आउला त ?
– आगामी पुसभित्र व्यवस्थापिका संसद्मा पेस गर्नुभयो र त्योभन्दा अघि हाम्रो समितिमा रुचिपूर्वक छलफल गर्नुभयो भने त्यो बेला समिति र मन्त्रालय ऐनलाई हेर्ने दृष्टिकोणमा एक ठाउँमा आइपुग्छ । यसो गर्दा ऐन चाँडो टुंग्याउन सजिलो हुन्छ । त्यसकारण मन्त्रालयको भूमिका यसमा बढी महŒवपूर्ण छ ।
० जलविद्युत्बारे धेरै बहस र छलफल भएका छन् तर हामीले लोडसेडिङ भोग्नुपर्ने अवस्था छ, यो अवस्था किन आयो होला जस्तो लाग्छ ?
– सन् १९९० को दशकमा नेपालले जलविद्युत् क्षेत्रमा उदारीकरणको नीति लियो । दक्षिण एसियाभित्रै उदारीकरणको नीति लिने देश नेपाल पहिलो हो । त्यसपछि आफैं उत्पादन हुन्छ भन्ने सरकारलाई लाग्यो । त्यतिबेला स्पष्ट भिजनका साथ अघि बढेको भए केही प्रगति हुन्थ्यो तर संस्थागत संरचनादेखि भिजनसम्ममा परिवर्तन ल्याउन सकेनौं । जसले उत्पादनको परिणाम ल्याउन सकेन । त्यो बेलामै अघि बढ्नुपर्ने बेसिनवाइज विद्युत् उत्पादनको कुरा आज आएर सरकार भन्दै छ । उदारीकरणपछि त हामी बरु जलविद्युत् र सिँचाई मन्त्रालय पो टुक्र्याइदियौ जुन एक हुनुपर्ने थियो । हालसालै ऊर्जा व्यापार सम्झौता (पीटीए) र आयोजना विकास सम्झौता (पीटीए) भएको छ, यसले रातारात चमत्कार हुन्छ भन्ने पक्षमा छैन तर यसले ऊर्जा क्षेत्रमा सामूहिक सहकार्य गर्नैपर्छ भन्ने भावनामा सबैलाई ल्याइदियो । पीडीएकै कुरा गर्दा प्रशस्त कमीकमजोरी भएको छ तर अब समय छ, अर्कोसँग गर्दा धेरै छलफल गर्न सक्ने अवस्था छ नि । विद्युत् उत्पादन, प्रसारण लाइन, पावर ट्रेडिङलगायतका संस्थागत संरचना बनाउन कुरामा पनि छलफल गर्नुपर्ने बेला आएको छ । पहिला जलविद्युत् क्षेत्रमा बढी गफ भए, काम भएनन्, अब काम गर्ने बेला आएको छ । यतिबेला जलविद्युत् क्षेत्रमा सबै मिलेर जानुपर्छ भन्नेमा सरकार, निजी क्षेत्र, दाता, विज्ञ, राजनीतिक दल सबै तयार भएका छन् । जलस्रोतको मुद्दा राजनीतिक आग्रहबाट मुक्त हुन थालेको छ ।
० जलविद्युत्लाई त अझै पनि समग्र रूपमा हेर्ने निकाय त देखिँदैन नि अझै ? तपाईंलार्इं के लाग्छ ?
– हो, त्यो कुरामा सत्यता छ । माथिल्लो कर्णालीबाट कुनै प्राध्यापक आएर ४ हजार मेगावाट बिजुली आउँछ भनेर भन्नुभयो । यसलाई आधिकारिक रूपमा प्रस्ट पार्ने कसले ? विद्युत् माग कति छ भनेर स्पष्ट पार्ने कसले ? समग्र छाता निकाय छैन । त्यसकारण जलविद्युत्को विषय अहिले पनि गञ्जागोल अवस्थामै छ । यसकारण विद्युत्, नियमनकारी निकायसम्बन्धी ऐन ल्याएर संस्थागत संरचना बनाउनुपर्छ ।
० किन जलविद्युत्लाई ‘राष्ट्रघाती र राष्ट्रवादी’ को नाममा राजनीतिकरण देखिँदै छ, यो किन भइरहन्छ ?
राष्ट्रघाती र राष्ट्रवादीको बहस जलविद्युत्बारे राम्रो सूचनाको अभावका कारण भएको हो । नत्र ७÷७ वर्ष विद्युत् रोकिँदैनथ्यो । नत्र यति धेरै राजनीतिक विषयवस्तु ऊर्जा बन्दैनथ्यो । यसलाई अनावश्यक राजनीतिमा मुद्दा बनाउनुहुँदैन । यो त देशको समृद्धिसँग जोडिएको मुद्दा हो । तर, ऐन नल्याउँदा राजनीतिक नेतृत्वले ऊर्जा संकटका नाममा विभिन्न कार्यक्रम ल्याउन पायो । हाम्रो समितिमा ऐनलाई बहसको विषय बनाएर सबै पार्टीका सदस्यहरू भएकाले साझा सहमतिको प्रयास गर्न लागेका छांै ।
० अनि पछिल्लो समयमा जलविद्युत्लाई बढी राजनीतिकरण गर्नुहुन्न भन्ने राजनीतिक दल कांग्रेसकै कार्यकर्ताको अगुवाइमा जलविद्युत्माथि बारम्बार आक्रमण हुन थालेका छन् ? तपाईं कांग्रेसको नेता पनि हो, भन्नूस् त अवस्था उल्टो बन्दै गएको हो र ?
यो आक्रमणको विषय एकदम आपत्तिजनक विषय छ । जलविद्युत्माथि कांग्रेसकै अगुवाइमा भएको आक्रमण र यसले पार्ने असरबारे सम्माननीय प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेको छु । यो कुरा उहाँले तत्काल सच्याउन लगाउनुहुन्न भने हामीले जति भाषण गरे पनि यसको अर्थ छैन । भोटेकोसी र खिम्तीकै कुरा लियौँ, जुन परिस्थितिमा ती बनेका थिए, त्यो बेलाको सम्झौताबाट सिकेर अब के गर्ने भन्ने निर्णय गर्ने अधिकार हामीसँग छ । हामीले राम्रो नराम्रो जे गरे पनि त्यो निर्णय गरेर अघि बढेपछि अब त्यसलाई हामीले फेर्न सक्दैनाँै । कानुनमै फेर्न मिल्ने व्यवस्थाबाहेक त सक्ने कुरा भएन । अहिले हामीलाई रहर लाग्यो भनेर जे पनि गर्छौं भन्न त मिलेन नि । उदाहरणका लागि माथिल्लो कर्णालीसँग अहिले गरिएको पीडीएमा अब १० वर्षपछि गएर जे पायो त्यही माग राख्नु भएन नि ।
अहिलेको जस्तो सरकारमै बसेका पार्टीका मान्छेले पहिला भएका निर्णयविरुद्ध आन्दोलन गर्छन भन्ने सन्देश गयो भने कुन चाहि मुर्ख लगानी गर्न आउँछ ? किन आउने ? जहाँसम्म काग्रेस कार्यकर्ताले अवरोध गरेको कुरा छ, यो सिंगो कांग्रेसले गरेको निर्णय होइन । यो पार्टीको विचार पनि होइन । साथीहरूले यो आन्दोलनले स्थानीय जनतालाई फाइदा हुन्छ भनेर भन्नुभए पनि यो प्रवृत्ति गलत छ । कांग्रेसले जलविद्युत् आयोजनामा अवरोध गर्नुहुन्न । यसले सिंगो मुलुकमा बन्दै गरेको लगानी वातावरण बिगार्छ । प्रधानमन्त्री एवं पार्टी सभापतिले तत्काल चासो दिएर यो समस्या बढ्न दिनुहुन्न । यसले कांग्रेसको शासन गर्ने निष्पक्षतामाथि प्रश्न उठाउँछ ।
http://rajdhani.com.np/article/0692728001419130469

माथिल्लो कर्णालीमा आईएफसीको १० प्रतिशत सेयर

राजधानी समाचारदाता

काठमाडौं, ५ पुस
माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा विश्व बैंकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) ले लगानी गर्ने १० प्रतिशत सेयर जुटाउनेसम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर हुन लागेको छ ।
कर्णाली जलविद्युत् प्रवद्र्धक कम्पनी जीएमआर र आईएफसीबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो । अर्थमन्त्री डा. रामशरण महतसँगको भेटमा आईएफसीका कन्ट्री मेनेजर काइल केलहोफरले १० प्रतिशत सेयर दिनेबारे सोमबार हस्ताक्षर हुन लागेको जानकारी दिएका थिए । माथिल्लो कर्णाली करिब १ खर्ब ११ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको छ ।
भेटमा कन्ट्री मेनेजर केलहोफरले माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा स्रोतको अभाव नहुने नदिन बताउँदै उनले अरुण, काबेली र माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा पनि आईएफसीले लगानी गर्ने जानकारी दिएका थिए । सो अवसरमा अर्थमन्त्री डा. महतले अन्य आयोजनामा लगानी गर्नका लागि पनि आईएफसीलाई अनुरोध गरेका थिए । केलहोफलरले भने, ‘सुरुमा लगानी गर्न लागेका आयोजना सफल भए अन्य जलविद्युत् आयोजनामा समेत लगानी गर्नेछौं ।’
गत असोजमा मात्र लगानी बोर्ड र जीएमआरबीच आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको थियो । सन् २००८ मा खुला प्रतिस्पर्धाद्वारा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सर्वेक्षण अनुमतिपत्र लिएकामा सन् २०१० मा पीडीएका लागि जीएमआरले निवेदन दिएको थियो भने सन् २०१२ देखि निरन्तर रूपमा बोर्ड र जीएमआरबीच पीडीए वार्ता हुँदै आएको थियो ।
दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरी त्यसको पाँच वर्षभित्र माथिल्लो कर्णाली आयोजना बनाइसक्ने लक्ष्य जीएमआरको छ । आयोजनामा नेपालले १२ प्रतिशत निःशुल्क ऊर्जा र २७ प्रतिशत इक्वेटी पाउनेछ । 

Wednesday, December 17, 2014

१४ जलविद्युत् खारेजी प्रकरण

डेढ महिना लगाएर दिएको समितिको निर्देशन पनि गोलमटोल

भीम गौतम /* राजधानी
काठमाडौं, १ पुस
डेढ महिना लगाएर छानबिन गरेपछि अन्ततः संसद्को कृषि तथा जलस्रोत समितिले गोलमटोल निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खारेजीका लागि निर्देशन दिएका १४ जलविद्युत्बारे १८ कात्तिकदेखि छानबिन गरेकामा मंगलबार बसेको बैठकले गरेको निर्णयसमेत गोलमटोल देखिएको हो । पाँच पटक बैठक बसेर गरिएको बैठकको निर्णयमा खारेजी लाइसेन्सबारे के गर्नुपर्ने हो, स्पष्ट छैन ।
समितिको निर्णयमा पुनरावलोकनको अधिकारसँगै प्रचलित ऐन, कानुनबारे समेत ऊर्जा मन्त्रालयलाई स्मरण गराएर छानबिनका लागि मन्त्रालयलाई जिम्मा दिएको छ । खारेजी जलविद्युत् आयोजनाबारे समितिबाट स्पष्ट निर्देशन आउने प्रतिक्षामा ऊर्जा मन्त्रालय थियो । ‘अख्तियारका अधिकारी र सरोकारवालासँगको छलफलको आधारमा खारेजीका लागि अख्तियारले सुझाव दिएका आयोजनाबारे निर्णय गर्न ऊर्जा मन्त्रालय स्वतन्त्र रहेको देखिएकाले पुनरावेदनको व्यवस्था र प्रचलित कानुनको आधारमा गर्न निर्देशन दिएका छौं,’ उनले भने ।
यसअघि अर्थ समितिले समेत सुरुमा अख्तियारको निर्देशन कार्यावन्यन नगर्नु नगराउनु भनेर बैठकमा निर्णय गरे पनि सो निर्णय अख्तियार र ऊर्जा मन्त्रालयलाई पठाउँदा सच्चाएर प्रचलित कानुनअनुसार गर्न भनेको थियो । जलविद्युत् खारेजीका विषयमा चार पटक उपस्थित भइसकेका ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले पटक–पटक आफू जलस्रोत समितिको विशेष निर्णयको प्रतिक्षामा रहेको बताएका थिए । अर्थ समितिले दिएको निर्देशन अख्तियारसँग मिल्दोजुल्दो भएको बताएका सचिवलाई जलस्रोत समितिले पनि गोलमटोल रूपमा निर्देशन दिएपछि १४ जलविद्युत् खारेजी प्रकरण अझ अन्योलग्रस्त बनेको छ ।
१४ जलविद्युत् आयोजनाबारे निर्णय लिन ऊर्जा मन्त्रालय स्वतन्त्र भएको उल्लेख गरे पनि समितिले पुनरावलोकन लाग्ने रहेछ भने त्यो गर्न भनेको छ । सोही निर्णयमा समितिले मन्त्रालयले अध्ययन, अनुसन्धान, विश्लेषण र अनुगमन तथा मूल्यांकन गरी प्रचलित ऐन, नियमअनुसार गर्न पनि भनेको छ । ‘कुन आयोजना कानुनसम्मत तथा प्रक्रियागत रूपमा सञ्चालन हुने अवस्थामा छन् र कुन छैनन्, निक्र्योल निकाल्दै ऊर्जा मन्त्रालयबाटै आवश्यक कारबाही एवं निर्णय गर्न यो बैठक निर्देशन दिन्छ,’ निर्णयमा भनिएको छ । सोबारे अख्तियारलाई जानकारी दिन पनि सो समितिले भनेको छ । सोमबार समितिको बैठकमा उपस्थित भएर अख्तियारका कायममुकायम सचिव प्रेमकुमार राईले कारबाही गर्न गराउन मात्र मात्र दिएको बताएको उल्लेख गर्दै समितिले ऊर्जा मन्त्रालयकै जिम्मा लगाएको छ ।
अख्तियार ऐन २०४८ को दफा १२ (ख) को प्रतिबधात्मक वाक्यांशमा सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको निर्णय उपर प्रचलित कानुनबमोजिम पुनरावेदन लाग्ने रहेछ भने त्यस्तो निर्णय प्रभावित हुने गरी आयोगले लेखि पठाउने छैन भन्ने व्यवस्थालाई मध्यनजर राख्दै भनेर समितिको निर्णयमा भनिएको छ, विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० बमोजिम ऊर्जा सचिवले आयोजनाको सर्वेक्षण उत्पादन अनुमति पत्र प्रदान तथा खारेज गर्ने निर्णय गर्न सक्ने तथा पुनरावेदन गर्न सकिने र भइरहेकाले अध्ययन, विश्लेषण, अनुसन्धान र विश्लेषण तथा अनुगमन गरी प्रचलित कानुनअनुसार गर्न भनिएको छ । जुन निर्णय आफैंमा द्विअर्र्थी छ ।’
यसैगरी, समितिले ऊर्जा मन्त्रालयअन्तर्गतका निकायलाई समेत अनुमतिपत्रसम्बन्धी काम समयमा गरिदिन आग्रह गरेको थियो । लाइसेन्सको खारेजी गर्नका लागि अख्तियारले निर्देशन दिनु र समयमै म्याद थप्न नसक्नुमा ऊर्जा मन्त्रालयले समयमै निर्णय गर्न नसक्नु तथा नेपाल विद्युत् प्राधिकरणले समयमै विद्युत् खरिद सम्झौता (पीपीए) नगर्नुलाई निजी प्रवद्र्धकले आधार देखाउँदै आएका छन् । यसैगरी, समितिले जलविद्युत् आयोजनाका लाइसेन्स ओगट्ने प्रवृत्ति निरुत्साहित गर्न ऊर्जा मन्त्रालय र मातहतका सम्बन्धित निकायले अनुगमन गरी नियतवश ओगट्नेलाई तत्काल कारबाही गर्न र यस सम्बन्धमा दुई महिनाभित्र प्रतिवेदन पेस गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले अख्तियार प्रमुखलाई पटक–पटक बोलाए पनि उनी नआएपछि सोमबार अख्तियारका कायममुकायम सचिवलगायतसँग छलफल गरेर मंगलबार निर्णय गरेको हो ।

आएनन् कांग्रेस, एमाओवादी

सिन्धुपाल्चोकको जुरे पहिरोको कारण क्षतिग्रस्त ४५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन बनाउन अवरोधबारे ऊर्जा मन्त्रालयले मंगलबार बोलाएको छलफलमा कांग्रेस, एकीकृत माओवादी, राप्रपालगायतका दलहरू सहभागी भएनन् ।
सेयर मागेर विगत तीन महिनादेखि प्रसारण लाइनको टावर बनाउन नदिएका सिन्धुपाल्चोकका प्रमुख दलहरूमध्ये एमाले प्रतिनिधि मात्र ऊर्जा मन्त्रालयको छलफलमा सहभागी भएका थिए । मन्त्रालयका अनुसार, एमाले पोलिटब्युरो सदस्य अरुण नेपाललगायतका स्थानीय नेताहरुरू मात्र उपस्थित भएपछि ऊर्जामन्त्री राधा ज्ञवालीले उनीहरूसँग मात्र यसबारे छलफल गरेकी थिइन् ।
‘प्रसारण लाइनको टावर निर्माणमा अवरोध पुर्याउने सिन्धुपाल्चोकका सबै पार्टी प्रतिनिधिलाई बोलाएका थियांै तर एमालेबाहेक आएनन्,’ मन्त्री ज्ञवालीको सचिवालयले भन्यो । छलफलमा प्रसारण लाइनको टावर निर्माणमा सहयोग गर्न मन्त्री ज्ञवालीले आग्रह गरेकी थिइन् ।
http://rajdhani.com.np/article/0199571001418779721

Monday, December 15, 2014

भोटेकोसी अवरोध गर्नेलाई कारबाही हुन्छ : ऊर्जामन्त्री

श्रेष्ठलाई लाइट टाइम अवार्ड

राजधानी समाचारदाता
काठमाडौं, २८ पुस
उर्जामन्त्री राधा ज्ञवालीले भोटेकोसी जलविद्युत् आयोजना निर्माणमा अवरोध गर्नेलाई कारबाही गरिने बताएकी छिन् ।आइतबार जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको छैटौं साधारण सभामा बोल्दै मन्त्री ज्ञवालीले १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणमा अवरोध गर्नेलाई कारबाहीका  पत्र लेखिसकेको जानकारी दिइन् । ‘गृह मन्त्रालयलाई कारबाहीकालागि पत्र लेखेका छौं, जोसुकैका कार्यकर्ता परे पनि छुटाउनका लागि दबाब नदिने मन्त्रिपरिषद्मा समेत सहमति भएको छ,’ उनले भनिन् ।
४५ मेगावाटको भोटेकोसीको टावर निर्माणमा गरेको अवरोध गर्नेमाथि पनि कारबाही गर्ने उनको भनाइ थियो । ‘छलफल पनि गर्ने पक्षमा सरकार छ तर अवरोध गरिरहने हो भने सरकार चुप लाग्दैन, उनीहरूमाथि कारबाही हुन्छ,’ उनले भनिन् । मन्त्रीले नेपालका जलविद्युत् आयोजनाको लागत बढेको भन्दै सरकारले नेपाली परामर्शदातालाई जलविद्युत् आयोजनामा सहभागी गराउनका लागि नीतिगत रुपमा व्यवस्था गर्ने बताइन् । नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए)ले जलविद्युत् विकासको ढोका खुलेको उनको भनाइ थियो ।
कार्यक्रममा विगत ३० वर्षदेखि नेपाल र अफ्रिकन मुलुकमा जलविद्युत् र लघु जलविद्युत्को क्षेत्रमा परामर्शदाताको रूपमा योगदान पु¥याएका भोला श्रेष्ठलाई लाइफ टाइम अवार्डद्वारा सम्मानित गरिएको थियो । मन्त्री ज्ञवालीले उनलाई सम्मान गरेकी थिइन् । कार्यक्रममा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले वैकल्पिक उर्जामार्फत मात्र १ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने बताए ।

पश्चिम सेतीबारे मन्त्रीको ध्यानाकर्षण

बहुचर्चित ७५० मेगावाटको पश्चिम सेती जल विद्युत् आयोजना अघि बढाउन उर्जामन्त्री राधा ज्ञवालीले समझदारी गरेको सीडब्लूई इन्भेस्टमेन्ट कम्पनीको ध्यानाकर्षण गराएकी छिन् ।
प्रारम्भिक समझदारी गरिएको चिनियाँ कम्पनी थ्री ग्रोजेज कर्पोरेसनको सहायक कम्पनी सीडब्लुई इन्भेस्टमेन्टका प्रतिनिधिसँग ऊर्जा मन्त्रालयमा भएको भेटमा उनले छिटो अगाडि बढाउन आग्रह गरिन् । सो अवसरमा पश्चिम सेती जल विद्युत् आयोजनाबाट उत्पादित विद्युत् नेपालको आन्तरिक माग पूरा गरी वढी भएको विद्युत् प्रस्तावित ७६५ केभी प्रसारण लाइनको निर्माणमार्फत भारत निकासी गर्न सकिने सम्भावनाका विषयमा समेत छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।
http://rajdhani.com.np/article/0654398001418612731

उपल्लो खिम्ती जलविद्युत् आयोजनालाई लगानी जुट्यो

राजधानी समाचारदाता

काठमाडौं, २८ मंसिर
दोलखामा निमाणाधीन १२ मेगावाटको उपल्लो खिम्ती जलविद्युत् आयोजनाका लागि पुँजी जुटेको छ ।हिमालय ऊर्जा विकास कम्पनीलिमिटेड प्रवद्र्धक रहेको सो आयोजनाका लागि १ अर्ब ४३ करोड ५० लाख रुपैयाँबराबरको पुँजी जुटेको हो । नबिल बैंकको नेतृत्वमा चारओटा बैंकले १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ सहवित्तीयकरण गरेका हुन् । नबिल बैंकले ४५ करोड, नेपाल बैंकले ४० करोड, एभरेस्ट बैंकले ४० करोड र एस डेभलपमेन्ट बैंकले १८ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता भएको छ ।
सोसम्बन्धी सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष हरि पाण्डे र नबिल बैंकका प्रोजेक्ट फाइनान्सिङ म्यानेजर यज्ञप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।
आयोजनाको कुल लागत १ अर्ब ९१ करोड ४० लाख रुपैयाँ रहेकामा ७५ प्रतिशत बंैक ऋण लगनी र २५ इक्विटी लागानी रहने छ ।
४७ करोड ८५ लाख इक्विटी (स्वपुँजी) रहेकामा ३१ करोड १० लाख संस्थापक सेयर धनीबाट र बाँकी १६ करोड ७५ लाख रुपैयाँ सर्वसाधारणबाट उठाइने छ । जसको १० प्रतिशत अर्थात् ६ करोड ७ लाख ७५ हजार स्थानीय जनताबाट उठाइने लक्ष्य रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ३० किमी लामो रामेछाप–खिम्ती–गर्जाङ १ सय ३२ केभी विद्युत् प्रसारणनको गर्जाङ सबस्टेसनमा विद्युत् प्रवाह गर्नेगरी कनेक्सन एग्रिमेन्ट भएअनुसार यस आयोजनाबाट उत्पादित पावर हाउसबाट गर्जाङ सब स्टेसनसम्म करिब ३.५ किमी १३२ केभी प्रसारण लाइन निर्माण गरिनेछ ।
यो आयोजना २०७४ सालकात्तिक ३० गतेभित्र निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ । २०६७ माघ ९ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको यस आयोजनाले विद्युत् विकास विभागबाट ३ पुस २०६९ मा उत्पादन अनुमतिपत्र पाएको थियो ।
त्यसैगरी, हिमालय ऊर्जा विकास कम्पनीले नै निर्माण गर्न लागेको अर्को ७ मेगावाटको आयोजना अपर खिम्तीको वित्तीय व्यवस्थापन पनि चाँडै हुन लागेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार, उपल्लो खिम्तीमा लगानी गर्ने बैंकहरूले नै अपर खिम्तीमा पनि लगानी गर्ने सैद्धान्तिक सहमति गरेका छन् । कुल लगानी करिब १ अर्ब १९ करोड लाग्ने यस आयोजनामा करिब ८९ करोड २५ लाख रुपैयाँ लगानी गर्ने सैद्धान्तिक सहमति भइसकेको छ ।
http://rajdhani.com.np/article/0073220001418612332

Sunday, December 14, 2014

ऊर्जामन्त्रीले निर्णय नगर्दा बन्धक बन्यो तनहुँ आयोजना

भीम गौतम/राजधानीकाठमाडौं, २७ मंसिर
ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले निर्णय नगर्दा निर्माण हुन लागेको १ सय ४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् परियोजनाको काम ठप्प भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रिन सिग्नल दिँदा र सरकारद्वारा गठित समितिले समेत परियोजना सुपरिवेक्षण परामर्शदाता (पीएससी) नियुक्तिमा पुरानो प्रक्रियालाई अघि बढाउने गरी प्रतिवेदन दिए पनि ऊर्जामन्त्री ज्ञवालीले स्पष्ट निर्णय नगरेपछि तनहुँको काम नै ठप्प भएको हो । यही कारण आयोजना बन्धक बनेको छ भने आयोजनाका कर्मचारी कामविहीन बनेका छन् ।


सुख्खायामको लोडसेडिङ न्यूनीकरण गर्न मुख्य आयोजना तथा छिटो निर्माण आयोजना अघि बढाउन लगानी जुटिसकेको सो आयोजना ल्याह्यमेर इन्टरनेसनल जर्मनी र मनितोबा क्यानडाको संयुक्त कम्पनीलाई साढे सात महिनाअघि छनोट गरेको थियो । यसविरुद्ध अख्तियारमा उजुरी परेकोमा पहिला छानबिनका लागि ऊर्जा मन्त्रालयमा पत्र पठाएको अख्तियारले पुरानै प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । त्यो निर्देशन दिएको पनि डेढ महिना नाघिसकेको छ । ऊर्जा मन्त्रालयले परामर्शदाता छनोटको निर्णय कार्यान्वयन गर्न ढिलाइ गरेपछि अख्तियारले पुरानै प्रक्रिया अघि बढाउन निर्देशन दिएको तथा सरकारले गठन गरेको विज्ञद्वय वीरेन्द्रबहादुर देउजा र दिनकर शर्मा तथा एसियाली विकास बैंक (एडीबी) का दुई प्रतिनिधि रहेको समितिले पुरानै प्रक्रिया अघि बढाउने गरी प्रतिवेदन दिए पनि दुवैबारे मन्त्रीले स्पष्ट निर्णय गरेकी छैनन् । ‘ऊर्जामन्त्रीले तुरुन्तै निर्णय गरेपछि आयोजनाको काम अघि बढ्छ, तर स्पष्ट निर्णय नगर्दा आयोजना बन्धक बनेको छ,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने ।
सन् २०२० भित्र आयोजना सम्पन्न गर्ने गरी २०१४ को जनवरीमा ठेक्का सम्झौता गरी फेब्रुअरीदेखि परामर्शदातालाई काममा खटाइसक्ने लक्ष्य राखिएकोमा एक वर्È ढिलाइ भइसकेको छ । पहिला सन् २०१८ मै सम्पन्न गर्ने लक्ष्य राखिए पनि सरकारकै कारण ढिलाइ भएको थियो । अब पनि सन् २०२० भित्र सम्पन्न नहुने देखिएको छ ।
ऋण सम्झौताअनुसार एडीबी आफैंले परामर्शदाता नियुक्तिका लागि बोलपत्र आह्वानदेखि छनोटसम्मका सबै प्रक्रिया पूरा गरेकोमा यसबारे विवाद बढेपछि एडीबी आफैंले पुनरावलोकन गरी पहिलाकै छनोटलाई सही ठह¥याएको थियो । यसबारे अख्तियारमा उजुरी परेपछि अख्तियारको निर्देशनको आधारमा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन दिएको थियो ।
प्रतिवेदन अपूर्ण रहेको बताउँदै सरकारले अर्थ मन्त्रालयबाट देउजा, ऊर्जाबाट शर्मा तथा दुई एडीबी प्रतिनिधि रहेको विज्ञ समूहले प्रतिवेदन दिएको थियो । प्रतिवेदनले पुरानै प्रक्रिया अघि बढाउन भने पनि २२ अक्टोबर २०१४ मा प्रतिवेदन अझै ऊर्जा मन्त्रालयले कार्यान्वयन गरेको छैन । अख्तियारको निर्देशनपछि मन्त्रालयले छनोटलाई पुनरावलोकन गर्ने निर्णय गरे पनि न त्यसको कार्यान्वयन गरेको छ, न पछि ऊर्जा मन्त्रालयका प्रतिनिधिसमेत रहेको कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न सकेको छ ।
ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले ऊर्जा मन्त्रालयले अन्तिम निर्णय गर्न बाँकी रहेको स्विकारे । ‘अख्तियारले समेत पुरानै प्रक्रिया अघि बढाउन भनिसकेपछि अब निर्णय मन्त्रालयले नै गर्नुपर्नेछ,’ उनले भने । उनले निर्णय कहिले हुन्छ भनेर स्पष्ट बताउन भने चाहेनन् । आयोजना भने मन्त्रालयको निर्णय कुरिरहेको छ । ‘हामी ऊर्जा मन्त्रालयको निर्णय कुरिरहेका छौं,’ आयोजना प्रमुख सुनील ढुंगेलले भने ।
स्रोतका अनुसार, बालुवा व्यवस्थापनको विÈयलाई लिएर दोस्रो रोलक्रममा रहेको जापानको कन्साईले पुनः बोलपत्र आह्वान गर्न दबाब दिँदै आएको छ । पहिला छनोट गरेको कम्पनीसँग बालुवाको व्यवस्थापन (सेडिमेन्ट ङ्खलसिङ) को अनुभव नभएको तर उही कम्पनीलाई एडीबीले छानेको कन्साईको आरोप रहेको स्रोतले बतायो । ऊर्जा मन्त्रालयले यसबारे स्पष्ट नभएपछि आयोजना निर्माण अघि बढाउनै समस्या परेको हो । आयोजनाको अनुमानित लागत ५० अर्ब रुपैया“ छ । आयोजनामा एडीबी अलावा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), अबुधाबी फन्ड र युरोपेली इन्भेस्टमेन्ट बैंकले लगानी सम्झौता गरिसकेका छन् ।

http://rajdhani.com.np/article/0023982001418531651


Saturday, December 13, 2014

पीडीए नहुँदा माथिल्लो त्रिशूली जलविद्युत् निर्माणमा ढिलाइ

भीम गौतम, भोला पौडेल/राजधानीमैलुङ (रसुवा), २५ मंसिर
ऊर्जा मन्त्रालय र २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच आयोजना विकास सम्झौता (पीडीए) नहुँदा आयोजना निर्माणमा ढिलाइ भएको छ । दुई वर्षअघि पीडीएका लागि प्रवद्र्धक कम्पनीले आवेदन दिएकोमा ढिलाइ भएपछि आयोजनाको निर्माण कार्य पनि एक वर्ष धकेलिएको हो । पहिलो पटक नेपालमा दक्षिण कोरियाको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा निर्माण हुन लागेको सो आयोजना सन् २०१४ को अक्टोबरमा सुरु गरेर पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर अझैसम्म पीडीए हुन सकेको छैन ।


‘पीडीएमा ढिलाइ हुँदा एक वर्ष निर्माण कार्यमा ढिलाइ भएको छ,’ कम्पनीका महाप्रबन्धक बाबुराम भारद्वाजले भने, ‘डिसेम्बर २०१४ भित्रै पीडीए गरिसक्ने लक्ष्य छ, त्यसपछि आयोजना द्रुग गतिमा अघि बढ्छ ।’ पीडीएमा ढिला हुँदा विद्युत् खरिद सम्झौता (पीपीए) र उत्पादन लाइसेन्स प्राप्तिमा समेत ढिलो भएको आयोजनाले जनाएको छ ।
कम्पनीमा कोरियाली कम्पनीहरू कोरिया साउथ इस्ट पावर लिमिटेडको ५० प्रतिशत सेयर छ । सो कम्पनी कोरियन सरकारको स्वामित्वको कम्पनी हो । कोरियाली कम्पनी डालिम इन्डस्ट्रिजको १५ प्रतिशत र क्यायोङ कन्ट्रक्सनको १० प्रतिशत सेयर छ । अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) को १५ प्रतिशत सेयर रहेको सो कम्पनीमा विकेश प्रधानांगको १० प्रतिशत सेयर छ ।
सुरुमा प्रधानांग समूहले ऊर्जा मन्त्रालयबाट माथिल्लो त्रिशूली–१ को लाइसेन्स लिएकामा ९० प्रतिशत सेयर बेचेका थिए । पाँच वर्ष प्रधानांग समूहको नाममा रहेको सो लाइसेन्स कोरियन कम्पनीले लिएको तीन वर्ष बितिसकेको छ ।
कम्पनीका अधिकारीहरूले भने प्रधानांगसँग भएको १० प्रतिशत सेयरसमेत स्थानीयबासीलाई दिन सहमति भएको छ । स्थानीयवासीलाई दिइने १० प्रतिशत सेयर उनको नामको दिइने महाप्रबन्धक भारद्वाजले जानकारी दिए । हालै सो आयोजनाको लाइसेन्सको म्याद मन्त्री परिषद्ले एक वर्ष थप गरेको छ । आयोजनामा आईएफसी, एसियाली विकास बैंक (एडीबी), डीईजी, पोपार्को, एफएमओ, सीडीसीलगायतका प्रसिद्ध वित्तीय कम्पनीहरूले लगानी गर्न लागेको आयोजनाले जनाएको छ । आयोजनाको लागत ५ सय ९० मिलियन अर्थात् ५७ अर्ब ८० करोड रुपैयाँको अनुमान गरिएको छ । आयोजनामा झन्डै ५२ अर्ब एफडीआई आउन लागेको छ ।
पहिला ५ सय ५० मिलियन डलर लागत रहेकामा अहिले बढेर ५ सय ९० मिलियन पुगेको छ । लागतबारे विवाद रहे पनि महाप्रबन्धक भारद्वाजले भने एडीबीलगायतका विश्व प्रतिष्ठित निकायले लगानी गर्न लागेको तथा उनीहरूको मापदण्डको आधारमा आयोजना अघि बढाउँदा लागत बढेको बताए । ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तृत अध्ययन गरिएका भन्दा थप इन्टेकको ग्राभेल ट्र्याक वेसिन, अन्डरसुल्सलगायतका थप गर्नुपर्ने तथा वित्तीय, कानुन, ठेकेदारलगायतका धेरै क्षेत्रमा परामर्शदाता र सल्लाहकार राख्नुपर्दा लगानी बढेको हो,’ महाप्रबन्धक भारद्वाजले भने । रसुवा जिल्लाको मैलुङमा निर्माणाधीन सो आयोजनाले सन् २०१५ को मार्चभित्र पीपीए तथा सेप्टेम्बरभित्र वित्तीय व्यवस्थापन गरिसक्ने तथा सन् २०१५ अक्टोबरभित्र निर्माण सुरु गरेर सन् २०२० को अक्टोबरभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । प्रतियुनिट ६ दशमलव ९ सेन्ट आयोजनाले मागेकामा यसबारे प्राधिकरणसँग छलफल भइरहेको आयोजनाले जनाएको छ ।
बुट मोडेलमा निर्माण हुन आयोजनाबाट ३६ सय ३५ मिलियन डलरको डिजेल विस्थापनसहित इनर्जी रोयल्टी, क्यापासिटी रोयल्टी, आयकर, भ्याटलगायत गरी नेपाललाई ३५ वर्षभित्र ४ खर्ब रुपैयाँ फाइदा हुने कम्पनीका महाप्रबन्धकले जानकारी दिए । कम्पनीका अनुसार आयोजना अवधिमा ५ हजारदेखि १० हजारले प्रत्यक्ष रोजगारी पाउनेछन् भने थप ३० वर्ष अवधिमा १ सयजनाले स्थायी रूपमा रोजगारी पाउनेछन् ।
आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, वातावरण प्रभाव मूल्यांकन, विश्व बैंकको मापदण्डअनुसारको एकीकृत प्रभाव मूल्यांकन, नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट), आवश्यक जग्गा व्यवस्थापनलगायतका कार्य सम्पन्न भएको कम्पनीले जनाएको छ । १५ किलोमिटर पहुँचमार्गमध्ये ४२ प्रतिशत पूरा भइसकेको आयोजनाले जनाएको छ ।
http://rajdhani.com.np/article/0738701001418352467

प्रधानमन्त्री कार्यालयद्वारा पनि अख्तियारलाई नै जिम्मा

भीम गौतम / राजधानी
काठमाडौं, २५ मंसिर
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको अनियमितता प्रकरणको छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ ।
संसद्को सार्वजनिक लेखा समितिले १० दिनभित्र चमेलिया अनियमितता प्रकरणमा संलग्नहरूलाई निलम्बन गरी आवश्यक छानबिन अघि बढाउन भन्दै अख्तियारसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाएकोमा कार्यालयले भने अख्तियारकै जिम्मा लगाएको हो । वर्तमान ऊर्जामन्त्रीलगायतका सरकार र नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकृतहरूसमेत मुछिएका छन् । सो प्रकरणमा बहालवालाहरूलाई समेत निलम्बन गरी अनुसन्धान सहज बनाउन लेखा समितिले मन्त्रिपरिषद्लाई समेत पत्र लेखेको थियो । प्रधानमन्त्री कार्यालयले भने लेखा समितिको पत्रलाई बेवास्ता गर्दै विस्तृत अनुसन्धानका लागि पत्र लेखेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए ।
विद्युत् प्राधिकरणलाई समेत लेखा समितिले पत्र लेखेको थियो तर प्राधिकरणले समेत प्रधानमन्त्री कार्यालयको आशयजस्तै पत्र लेखेको छ । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लले चमेलियाबारे अख्तियारले मागेका सबै विवरण बुझाइसकेको जानकारी दिए । ‘चमेलियाबारे जेजे जानकारी माग्छ, हामीले अख्तियारलाई दिन्छौं, अख्तियारलाई अनुसन्धानमा सघाउँछौं,’ उनले भने ।
प्राधिकरण स्रोतका अनुसार बहालावालाहरूलाई निलम्बनका लागि लेखा समितिले पत्र लेखे पनि अख्तियारलाई अनुसन्धानका लागि सहयोग गर्ने उल्लेख गर्दै यसबारे कुनै निर्णय गरेको छैन । अख्तियारलाई सघाउने निर्णय गरिएको जानकारी सार्वजनिक लेखा समितिलाई प्राधिकरणले पत्र पठाउन लागेको छ । १७ मंसिरको लेखा समिति बैठकले चमेलिया अनियमितता प्रकरणमा मुछिएका सबैलाई कारबाही अघि बढाउन र बहालवालालाई १० दिनभित्र निलम्बन गर्न अख्तियारका साथै सरकारलाई समेत पत्र लेखेको थियो ।
अख्तियारले भने चमेलिया अनियमितता प्रकरण अति संवेदनशील भएको बताउँदै अख्तियारले छानबिन गम्भीर रूपमा अघि बढाउने जनाएको छ । ‘प्रतिमेगावाट चमेलियाको लागत ५५ करोडभन्दा बढी हुनु अस्वाभाविक देखिन्छ,’ अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले भने, ‘अख्तियारले अति संवेदनशील रूपमा यो अनियमितालाई हेरेको छ ।’ सार्वजनिक लेखा समितिले समेत चासो दिएको उल्लेख गर्दै उनले सरकारले बनाउने आयोजनाको लागत किन सबैभन्दा बढी हुन्छ भन्ने कुरामा अख्तियार बढी गम्भीर भएको बताए ।
http://rajdhani.com.np/article/0155453001418346929

चीनसँगको बिप्पा मस्यौदा तयार

काठमाडौं\रास– सरकारले छिमेकी राष्ट्र चीनसँग गर्न लागिएको द्विपक्षीय व्यापार सम्झौता (बिप्पा) को मस्यौदा तयार पारेको छ ।चीन सरकारले मंसिर २०६८ मा नेपाललाई बिप्पाका लागि मस्यौदा पठाएकोमा उद्योग मन्त्रालयले बल्ल मस्यौदा तयार पारेको हो । उद्योगमन्त्री महेश बस्नेतले चीनसँगको बिप्पाको अन्तिम मस्यौदालाई स्वीकृत गरेपछि बिहीबार नै मस्यौदा चीन सरकारसमक्ष पठाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयमा पठाएको छ ।

मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेले छिमेकी राष्ट्र भारतसँग भएको बिप्पासँग मिल्दोजुल्दो गरी मस्यौदा तयार गरेको बताए । उनका अनुसार तीन वर्ष चीनले बिप्पाका लागि मस्यौदा पठाएकोमा सरोकारवाला मन्त्रालयसँग छलफल गरी मस्यौदालाई अन्तिम रूप दिइएको हो ।
परराष्ट्र मन्त्रालयले सो मस्यौदा चीन पठाएपछि दुवै देशबीच आपसी वार्ता भई बिप्पामा सम्झौता हुनेछ । अस्थिर सरकार तथा मन्त्रालयको ढिलाइका कारण तीन वर्षपछि मात्र नेपालले चीनसँगको बिप्पाका लागि मस्यौदा तयार पारेको हो । यसअघि नेपालले छिमेकी भारतसहित बेलायत, फिनल्यान्ड, मोरिससलगायतका ६ राष्ट्रसँग बिप्पा गरिसकेको छ ।
http://rajdhani.com.np/article/0050699001418347361

Thursday, December 11, 2014

भोटेकोसी प्रसारण लाइन निर्माणमा सरकार नै निरीह

भीम गौतम / राजधानी
काठमाडौं, २४ मंसिर
गत साउनको दोस्रो साता आएको पहिरोका कारण क्षतिग्रस्त भोटेकोसी जलविद्युत्् आयोजनाको टावर बनाउन आएको अवरोध हटाउन सरकार नै निरीह देखिएको छ । बाढीले चारओटा टावरमा क्षति पुगेको थियो भने ती चारसहित सात टावर निर्माण गर्नुपर्नेमा दुई बनिसकेका छन् ।
१९ सेप्टेम्बरमा स्थानीय राजनीतिक दलहरूले सेयर मागेर अवरोध पु¥याएपछि ४५ मेगावाटको बिजुली नेपाल विद्युत्् प्राधिकरणको केन्द्रीय ग्रिडमा जोड्न सकिएको छैन । हिउँद सुरु भएसँगै नेपालका खोलानालामा पानीको बहाव कम भएर लोडसेडिङ बढ्न लागिरहेका बेला भोटेकोसीको बिजुलीसमेत अवरोधका कारण जोड्न नसकिएपछि झन् समस्या परेको नेपाल विद्युत् प्राधिकरणले
जनाएको छ ।
भोटेकोसीको बिजुली नभएकै कारण डेढ घन्टा लोडसेडिङ बढेको छ । ‘काम गर्न पाए २० दिनभित्र बाँकी टावर निर्माण गरिसक्छौं तर अवरोधले ठूलो समस्या परेको छ,’ भोटेकोसीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिले भने, ‘यो बिजुलीका कारण भोटेकोसीलाई प्रत्येक दिन ८४ लाख रुपैयाँ बराबर त घाटा छ, त्योभन्दा पनि ४५ मेगावाट बराबरको बिजुलीको सट्टा प्रति ४० रुपैयाँ पर्ने डिजेल प्रयोग गर्दा राष्ट्रिय अर्थतन्त्रमा असर परेको छ ।’
सत्तारूढ दल कांग्रेस र एमालेसहित प्रमुख प्रतिपक्षी एकीकृत माओवादीलगायत सिन्धुपाल्चोकमा क्रियाशील पार्टीका कार्यकर्ताले छुट्टाछुट्टै रूपमा १० र ३५ प्रतिशत सेयरको माग राखेर ८० दिनदेखि टावर बनाउन अवरोध गरे पनि त्यो समस्या समाधान गर्न सरकारले सकेको छैन । एक महिनाअघि प्रधानमन्त्री सुशील कोइरालाले तुरुन्तै अवरोध हटाउन ऊर्जामन्त्री राधा ज्ञवालीलाई निर्देशन दिए पनि त्यो कार्यान्वयन भएको छैन भने ऊर्जामन्त्रीले समेत समस्या समाधान गर्न सकेकी छैनन् । सत्तारूढ दलकै कार्यकर्ता टावर निर्माणमा अवरोधक भए पनि त्यो समस्या समाधानका लागि सरकार नै गम्भीर नभएको र निरीहजस्तो देखिएको प्रजापतिको गुनासो छ ।
टावर निर्माणका क्रममा अवरोध भएपछि प्राधिकरणले राजनीतिक मुद्दा भएको बताउँदै ऊर्जा मन्त्रालयमा पत्र लेखेर पठायो भने ऊर्जा मन्त्रालयले समेत सुरक्षाको मुद्दा भन्दै गृह मन्त्रालयमा शान्ति सुरक्षाका लागि पठाएको छ । प्रधानमन्त्रीले मन्त्रीलाई निर्देशन दिएका छन् । एकले अर्कालाई पन्छाउने प्रवृत्तिको सिकार बनेको सो समस्या समाधान गर्न ऊर्जामन्त्री ज्ञवालीले सम्बन्धित क्षेत्रका राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएर आइतबारदेखि छलफल सुरु गरे पनि गम्भीर नभएको गुनासो आयोजनाका अधिकारीहरूको छ ।
ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारी छलफल भए पनि राजनीतिक दलहरूको मागका कारण राजनीतिक रूपमा समस्या समाधानका लागि प्रयोग भएको बताउँछन् । ‘पहिरो आएपछि बल्ल सेयर मागियो, यसले समस्या ल्याएको छ, गृह मन्त्रालयलाई पत्र लेखेका छौं,’ उनी भन्छन् । भारतलाई बिजुली देऊ भनेर माग्नुपरिरहेका बेला सरकार गम्भीर नभएपछि भोटेकोसी जलविद्युत् आयोजनाका अधिकारीहरू मर्कामा परेका छन् ।
सत्तारूढ दलका कार्यकर्ताहरूले जलविद्युत् आयोजनाको टावर बनाउन नदिएपछि यसले अन्तर्राष्ट्रिय समुदायमा समेत नकारात्मक असर परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अध्यक्ष खड्गबहादुर विष्ट बताउँछन् । ‘ऊर्जा व्यापार सम्झौता (पीटीए), आयोजना विकास सम्झौता (पीडीए) भएको भनेर जति चर्चा गरे पनि बिरामी भएका बेलामा अस्पताल जान नदिने प्रवृत्ति जलविद्युत्मा सत्तारूढ दलहरूले गर्नुभएन,’ उनी भन्छन् ।
छुट्टाछुट्टै रूपमा १० र ३५ प्रतिशत सेयर राखेर आन्दोलन गरे पनि त्यसको कारण भोटेकोसी कम्पनीले भोगेको घाटालाई विश्लेषण गर्दै कम्पनीले ५ प्रतिशतसम्म सेयर स्थानीयवासीलाई दिन कम्पनी तयार छ तर ठूलो सेयरको माग गरेपछि समस्या समाधान हुन सकेको छैन ।
http://rajdhani.com.np/article/0830380001418266019

Saturday, December 6, 2014

‘हाई प्रोफाइल’को खातामै नपुगी रकमै गायब


भीम गौतम÷काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ‘हाई प्रोफाइल’ (उच्च पदस्थ) व्यक्तिहरूको रकम बैंक खातामै नपुगी गायब हुने गरेको रहस्य खोलेका छन् । अख्तियारमाथि निम्न र मध्यम वर्गीय व्यक्तिहरूमाथि मात्र अनुसन्धान गरिरहेको आरोप लागिरहेका बेला प्रमुख आयुक्त कार्कीले उच्च पदस्थहरूको बंैक खातामा ५ सयदेखि १ हजार रुपैयाँसम्म मात्र हुने रहस्य खोलेका हुन् । हाई प्रोफाइलका एक हजारजनाको सम्पत्ति छानबिनका क्रममा नयाँ तथ्य सार्वजनिक भएको बताउँदै उनले ससुरालीको खातामा पनि नदेखिनुले थप रहस्य देखिएको र यो अख्तियारका लागि सबैभन्दा बढी चुनौती भएको बताए ।


शुक्रबार संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा अख्तियारको कामकारबाहीबारे जानकारी दिँदै उनले बैंकको खातामै नपुगेको रकम विदेशमा रहेका छोराछोरीलाई पठाएर त्यहाँमार्फत पुनः नेपाल आएको र कतिपयले निजी क्षेत्रमा लगानी गरिरहेको हुन सक्ने दाबी गरे । ‘अहिले हामी १ हजारभन्दा धेरै ठूला व्यक्तिको सम्पत्ति छानबिन गरिरहेका छौं, तर छानबिनका क्रममा उनीहरूको बैंक खातामा १ हजार पनि देखिँदैन, उनीहरू भाडामा बस्छन्, ससुरालीको खातामा पनि पैसा देखिँदैन,’ उनले भने, ‘कर्मचारीदेखि हाई प्रोफाइलसमेत रहेका व्यक्तिहरूका अधिकांश छोराछोरी विदेशमा भएकाले कि त विदेशमा पठाएर त्यहाँबाट छोराछोरीमार्फत नेपाल आएको छ कि त अन्य व्यक्तिको नाममा कुनै क्षेत्रमा लगानी गरिरहेका छन् ।’ सो क्रममा उनले हाई प्रोफाइल सभासद्हरूको समेत सम्पत्ति छानबिन गरिरहेको तथ्य खोेले ।
समिति सभापति शेरधन राईले अख्तियारले ससाना आयोजनामा हस्तक्षेप गरेको र ठूल्ठूला व्यक्तिहरूलाई छाडेर तल्ला तहका व्यक्तिहरूलाई मात्रै छानबिन गरेको गुनासो रहेको बताउँदै यसबारे थप स्पष्ट पार्न भनेका थिए । जवाफमा कार्कीले साना माछा मात्र नभई ठूला माछाहरूतर्फ पनि ध्यान दिएको उल्लेख गर्दै पहिलाको अवस्था सामान्य भएर पनि क्षमताभन्दा बढी कारोबार र जीवनशैली बिताएकाहरूबारे समेत छानबिन गर्ने बताए ।
प्रमुख आयुक्त कार्कीले मन्त्रालयबाट गर्नुपर्ने निर्णय सरकारले मन्त्रिपरिषद्मा लगेर पारित गराई नीतिगत भ्रष्टाचार गरेको उल्लेख गर्दैे ऊर्जा सचिवमा भएको अधिकार मन्त्रिपरिषद्मा लगेको बताए । कानुनमै निहित रहेर जलविद्युत् आयोजनाका लाइसेन्स खारेजीका लागि लेखेर पठाएको उल्लेख गर्दै उनले खारेजी गर्नु भनेर कुनै निर्देशन नदिएको दाबी गरे । अख्तियारले आफ्नो कार्यक्षेत्र ननाघेको जिकिर गर्दै उनले सरकारमा रहेको व्यक्तिमा कानुन आफ्नो हातमा लिने प्रवृत्ति बढेको आरोप लगाए ।
संसद्मा उठेका कुनै पनि जिज्ञासा राखेमा सुशासन समितिमार्फत दिने स्पष्ट पार्दै उनले आफू नियम, कानुनअनुसार नै अघि बढ्ने बताए । उनले यसबारे अन्तिम निर्णय गर्ने अधिकार सभामुखमा रहेकाले त्यहाँबाट आउने निर्णय मान्ने संकेत गरे । डेढ वर्षअघि आफू अख्तियार प्रमुख आयुक्त हुनुपूर्व प्रत्येक वर्ष ८ हजार उजुरी पर्ने गरे पनि गत वर्ष मात्र २२ हजार ६ सय उजुरी परेकोमा छानबिनका क्रममा ७ हजार प्रारम्भिक अनुसन्धान गरिएको जानकारी दिए ।
बैठकमा सभासद्हरूले अख्तियारलाई उजुरी गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै यसले विकासमा निर्माणमा समेत असर परेको बताएका थिए । कार्कीले तराईका आठ जिल्लामा झोले विद्यालयको अनुसन्धानका क्रममा ७ सय ७० ओटा भेटिएको र यसबाट अर्थ मन्त्रालयका अनुसार गत वर्ष ३ अर्ब रुपैयाँ जोगिएको बताउँदै विश्वविद्यालयहरूमा समेत उजुरीकै आधारमा अनियमितताको छानबिन गरिएको जिकिर गरे । सभासद् कमल थापाले बढी भ्रष्टाचार राजनीतिक क्षेत्रमा भएको उल्लेख गर्दै अख्तियारले छानबिन गरेर खारेज गर्नू भनेको लाइसेन्स मन्त्रिपरिषद्बाट पारित गर्छु भनेर कुनै मन्त्रीले सार्वजनिक भाषण गर्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको बताए ।
सभासद्हरू उदय नेपाली श्रेष्ठ, अमनलाल मोदी, जितु गौतम, मिलनकुमारी राजवंशी, जनकराज जोशी, अमर थापा, अम्बिका खवासलगायतले अख्तियारले भ्रष्टाचारलाई शून्य बनाउने अभियान ठीक भएको उल्लेख गर्दै अझ धेरै विषयमा ध्यान नपुगेको बताएका थिए ।
कार्कीले राष्ट्रिय गौरवको आयोजनाको काममा अवरोध नगर्ने गरी ‘फोकल पर्सन’ तोकिएको उल्लेख गरे । उनले गलत उजुरी गर्ने प्रवृत्ति रोक्न त्यस्ता उजुरीकर्तालाई ५ हजार रुपैयाँ जरिवाना गर्न सुरु गरिएको उल्लेख गरे । हाल अख्तियारको कार्यक्षेत्र ४० प्रतिशत मात्र रहेको उल्लेख गर्दै उनले नयाँ ऐन आए निजी क्षेत्रको अनियमितता र भ्रष्टाचारसमेत अख्तियारकै दायरमा आउने बताए । उनले चमेलिया भ्रष्टाचारबारे अख्तियारमा पत्र आइनसकेको उल्लेख गर्दै आए प्राथमिकताका साथ अनुसन्धान अघि बढाउने बताए ।

राष्ट्रिय आयोजनालाई अवरोध नपु¥याउन निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा अवरोध नगर्न सुशासन समितिले अख्तियारलाई निर्देशन दिएको छ । शुक्रबार समितिले राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ र अवरोध नहुने गरी अघि बढ्न निर्देशन दिएको हो । ‘गुणस्तरबारे शंका देखिए अख्तियारले छानबिन गर्न पाउँछ तर आयोजना निर्माणमै अवरोध हुने गरी निर्देशन नदिन भनेका छौं,’ समिति सभापति राईले भने ।
http://rajdhani.com.np/article/0148440001417829825