Saturday, November 30, 2013

विद्युत् प्राधिकरणमा सेवा नदिनेलाई अब २ हजारसम्म जरिवाना

सेवाग्राहीले क्षतिपूर्ति पाउने व्यवस्था
भीम गौतम\राजधानी
काठमाडौं, १५ मंसिर
नेपाल विद्युत् प्राधिकरणमा सेवा लिन जाँदा नपाएर हैरान भएका सर्वसाधारणलाई खुसीको खबर छ, अब ‘समयमै सेवा नदिएमा प्राधिकरणलाई दैनिक २ सय ५० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ ।’ विद्युत् प्राधिकरणद्वारा दिइने सेवामा ढिलाइ भइरहेको र ग्राहकले अनावश्यक रूपमा सास्ती भोगिरहनुपरेको गुनासो बढेपछि ऊर्जा मन्त्रालयले प्राधिकरणले समयमै सेवा नदिएमा प्राधिकरणलाई जरिवाना र ग्राहकले क्षतिपूर्ति दिने गरी नागरिक बडापत्र तयार पारेको हो । आगामी माघ महिनादेखि नै सो क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू गर्ने ऊर्जा मन्त्रालयको तयारी छ ।
मन्त्रालयद्वारा गठित समितिले प्राधिकरणको क्षतिपूर्ति र नागरिक बडापत्रबारे तयार गरिएको प्रतिवेदनअनुसार समयमै सेवा नपाएका सर्वसाधारणले भने २ सय ५० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउनेछन् । नागरिक बडापत्रमा उल्लेख भएअनुसार प्राधिकरणले तोकेअनुसारका दिनभित्र सेवा नदिएमा सर्वसाधारण ग्राहकलाई क्षतिपूर्ति दिने व्यवस्था गरिएको हो । ग्राहकले समयमै सेवा नपाएको निवेदन दिएपछि सम्बन्धित कार्यालयले १५ दिनभित्र टुंगो लगाइदिनुपर्ने उल्लेख छ । प्रतिवेदनअनुसार पोल, तार र ट्रान्सफर्मरको व्यवस्था भइसकेको अवस्थामा नयाँ बत्ती÷लाइन जडान, काटिएको विद्युत् सप्लाइ पुनः जोड्ने, मिटर ठाउँसारी, नामसारी र मिटरको क्षमता घटबढलगायतका काम समयमै नगरेमा २ सय ५० तथा प्रतिदिन १ सय रुपैयाँका दरले क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ ।
त्यसैगरी, सम्बन्धित ग्राहकको केबल चुँडिएमा वा मिटरमा फ्युज गएमा गुनासो गरेपछि सहरमा १२ घन्टाभित्र, सुगम ग्रामीण क्षेत्रमा ४८ घन्टाभित्र र दुर्गम ग्रामीण क्षेत्रमा ७२ घन्टाभित्र प्राधिकरणले सेवा नदिएमा १ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ । यस्तै, मिटर जाँच परीक्षण कार्य सात दिनभित्र नगरेमा सिंगल फेजको १ हजार तथा थ्री फेज र टीओटी मिटरको २ हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ । ट्रान्सफर्मर जलेमा महानगरपालिकाभित्र २४ घन्टाभित्र, सुगम ग्रामीणभित्र तीन दिनभित्र र दुर्गमभित्र सात दिनभित्र सेवा नदिएमा पनि क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ ।
‘नागरिक बडापत्रमा उल्लिखित समयभित्र प्राधिकरणले सेवा नदिएमा २ सय ५० देखि २ हजार रुपैयाँसम्मको जरिवाना गरिएको छ,’ समितिका सदस्य एवं मन्त्रालयका सहसचिव किरणराज शर्माले राजधानीसँग भने, ‘क्षतिपूर्तिसहितको नागरिक बडापत्रले प्राधिकरणबाट दिइने सेवा अझ व्यवस्थित, सहज र पारदर्शी हुनेछ भने कर्मचारीहरूले क्षतिपूर्ति तिर्नुपर्ने जोखिमबाट बच्नका लागि भए पनि सेवामा प्रभावकारिता आउनेछ ।
’ प्राधिकरणबाट दिइने सेवामा ढिलाइ हुने गरेको गुनासोलाई कम तथा सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले प्राधिकरण सञ्चालक समिति सदस्य लक्ष्मणप्रसाद अग्रवालको संयोजकत्वमा रहेको समितिले क्षतिपूर्तिसहितको नागरिक बडापत्र तयार गरी प्राधिकरणका अध्यक्ष एवं ऊर्जा सचिव विश्वप्रकाश पण्डितलाई बुझाइसकेको छ । सचिव पण्डितले प्राधिकरण बोर्ड बैठकबाट आवश्यक परिमार्जनसहित लागू गर्ने तयारी गरेको जानकारी दिए । ‘समितिले दिएको प्रतिवेदन आवश्यक परेमा संशोधनसहित बोर्डबाट पारित गरेपछि लागू हुनेछ,’ उनले भने, ‘आगामी माघ महिनादेखि नै लागू गर्ने लक्ष्य छ ।
’ प्राधिकरणमा अहिले करिब ३० लाख ग्राहक छन् भने विभिन्न समस्या लिएर प्राधिकरण पुग्नेहरूले विभिन्न कारणले समयमै सेवा पाउन सकेका छैनन् । समितिको प्रतिवेदनमा क्षतिपूर्ति पुनरावलोकन सम्बन्धमा उच्चस्तरीय समिति र क्षेत्रीय स्तरको समिति गठन गर्नुपर्ने, अपांग र ज्येष्ठ नागरिकलाई एकभन्दा बढी काउन्टर भएका खण्डमा एउटा छुट्टै काउन्टर राख्नुपर्ने, उनीहरूलाई दोस्रो तलाबाटै सेवा प्रदान गर्नुपर्ने, बिजुलीको बिल बैंकिङ तथा मोबाइलमार्फत भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेलगायत उल्लेख छ ।
समितिले पहिलो चरणमा परीक्षणका रूपमा तत्कालै वितरण तथा ग्राहक सेवा, क्षेत्रीय कार्यालयअन्तर्गतका केही कार्यालयहरूमा लागू गर्न तथा सम्पूर्ण कार्यालयभित्र १ साउनभित्र पूर्ण रूपमा लागू गर्नसमेत सिफारिस गरेको छ ।

Thursday, November 28, 2013

सक्रिय भयो सामुदायिक विद्युतीकरण विभाग

भीम गौतम\राजधानी
काठमाडौं, १३ मंसिर
 २०६७ मा खारेज गरिएपछि निष्क्रिय अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सामुदायिक विद्युतीकरण विभाग पुनः सक्रिय भएको छ । समुदायको सक्रियतामा समुदायलाई नै बिजुलीको पहुँच पु¥याउने उद्देश्यले ०६० सालमा गठन गरिएको विभाग असोज ०६७ मा खारेज गरिएको थियो । खारेज गरेर ग्राहक तथा वितरण सेवामा विलय गरी Ôेत्रीय कार्यालयमार्फत् सञ्चालन गर्ने निर्णय भएपछि कार्यक्रम प्रभावविहीनजस्तै बनेको थियो ।
२०७० साल साउनदेखि विभागलाई पुनःस्थापित गरेपछि र विभागमार्फत सामुदायिक विद्युतीकरण कार्यक्रम अगाडि बढाएपछि विभाग सक्रिय हुन थालेको हो । सामुदायिक तथा ग्रामीण विद्युतीकरण विभाग नामाकरण गरी पुनःस्थापित गरिएको सो विभागले ग्रामीण विद्युतीकरणका लागि स्वीकृतिसमेत दिइसकेको छ । ‘विभाग थप सक्रिय भएको छ, हामीले पाँच आयोजनालाई अघि बढाउनका लागि स्वीकृतिसमेत दिइसकेका छौं ।
’ ग्रामीण विद्युतीकरण निर्देशक समितिका अध्यक्ष एवं प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उप कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए । प्राधिकरणका अनुसार, करिब ३० करोड लागत बराबरका पाँच आयोजना अघि बढाउनका लागि स्वीकृति दिइएको छ ।
१७ सय ३९ घरधुरी लाभान्वित हुने कैलाली जिल्लाको गदरिया गाविसका लागि रौरा बाबा ग्रामीण विद्युत् सहकारी संस्था, १३ सय ७९ घर लाभान्वित हुने लमजुङको ढोडेनी, फलेनी र भन्सार गाविसको मेमोपोखरी विद्युत् सहकारी, २८ सय २५ घर लाभान्वित हुने, बाँकेको खासकुस्मा गाविसको कुसुम ग्रामीण विद्युत्, १४ सय घर लाभान्वित हुने, धादिङको फूलखर्क गाविसको चेतनशील ग्रामीण र १५ सय ६२ लाभान्वित हुने, सिन्धुलीको कल्पवृक्ष गाविसको कल्पवृक्ष सामुदायिक विद्युत् उपभोक्ता सहकारीलाई स्वीकृति दिएको प्राधिकरणले जनाएको छ ।
पहिला प्राधिकरणका कर्मचारीले समेत चासो नदिने र प्राथमिकतामा नपरेको विभागले अहिले भने प्राथमिकतामा पर्न थालेको छ भने विभागले सक्रियता समेत देखाएको छ । ‘पहिला सामुदायिक विद्युतीकरण कार्यक्रम निष्क्रियजस्तै थियो, बल्ल सक्रिय हुन थालेको छ ।’ सामुदायिक विद्युत् उपभोक्ता महासंघका महासचिव नारायण ज्ञवालीले भने, ‘विभाग खारेज गरेदेखि नै अलपत्रजस्तो अवस्थामा पुगेको कार्यक्रमले गति लिने अवस्था देखिएको छ ।
’ सूचना तथ्यांक संकलन, पारदर्शिताको अभाव, गुणस्तर नियन्त्रण, अनुगमनलगायतका कार्य प्राधिकरणले गर्नुपर्ने भए पनि नगरेपछि र निर्माणाधीन सामुदायिक विद्युतीकरण कार्यक्रमलाई अघि बढाउनका लागि सहजीकरण नगर्दा धेरै आयोजना अलपत्र अवस्थामा थिए । तर, अहिले प्राधिकरणको विभागमार्फत क्षेत्रीय समितिका प्रगतिहरूको माग गर्न थालिएको छ भने कार्यक्रमलाई प्राथमिकता समेत दिन थालिएको छ ।
कार्यक्रम प्रभावकारी नबन्दा ४० संस्थाका करिब ३५ हजार उपभोक्ताले बिजुली बाल्न नपाइरहेका बेला अब भने सबै आयोजना द्रूत गतिमा अघि बढ्ने आशा उपभोक्ताले गरेका छन् । अहिले भने ४१ सामुदायिक संस्थाको सम्पूर्ण भौतिक पूर्वाधारको काम सकिए पनि ट्रान्सफर्मरलगायतका केही उपकरणहरू प्राधिकरणले व्यवस्था गर्न नसक्दा दुई वर्Èदेखि बत्ती बल्न सकेको छैन । अहिले भने कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सामुदायिक विद्युतीकरणबारे नया“ विनियमावली बनाएर प्राधिकरण बोर्डमा पेस गरिसकिएको छ ।
सामुदायिक विद्युतीकरण मात्र हालसम्म १९३ संस्थामार्फत् २ लाख ८५ हजार घरधुरीमा विद्युत्को पहु“च पुगिसकेको छ । कार्यक्रमका लागि सर्वसाधारणले करिब १ करोड र सरकारले ३ अर्बभन्दा बढी खर्च गरिसकेको छ । पहिला उपभोक्ताले २० प्रतिशत र सरकारले ८० प्रतिशत हाल्ने व्यवस्था रहेकामा परिवर्तन गरेर ०६८÷०६९ मा १० प्रतिशत मात्र उपभोक्ताले हाल्नुपर्ने व्यवस्था भए पनि विभाग नहुँदा र प्राधिकरणले चासो नदिँदा कार्यक्रम प्रभावकारी हुन नसकिरहेका बेला विभागको सक्रियताले उपभोक्तासमेत खुसी भएका छन् ।

Wednesday, November 27, 2013

मन्त्रालयका कारण रोकियो ५० करोड विद्युत् रोयल्टी

स्थानीय विकास मन्त्रालयले निर्णय गरेन
राजस्व बा“डफा“टको निर्णय भएन
भीम गौतम\राजधानी
काठमाडौं, १२ मंसिर
स्थानीय विकास मन्त्रालयको राजस्व बाँडफाँट समितिले निर्णय नगर्दा विद्युत््् राजस्व (रोयल्टी) जिल्लाजिल्लामा अझै जान सकेको छैन । अर्थ मन्त्रालयले साउनमै ५० करोड रूपैयाँ निकास दिए पनि नयाँ बनेका तीन आयोजनाको राजस्वबारे निर्णय नगर्दा जिल्लामा जाने रकम रोकिएको हो ।
३.२ मेगावाटको चतरा तथा ४.५ मेगावाटका माईखोला सानो र हेवाखोला जलविद्युत््् आयोजनाबाट सरकारले उठाएको रोयल्टीमध्ये सम्बन्धित विकास क्षेत्रको कुन जिल्लालाई कति रोयल्टी दिनेबारे बाँडफाँट समितिले अझै निर्णय गर्न सकेको छैन । ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत््् विकास विभागले तीन आयोजनाको राजस्व बाँडफाँटका लागि निर्णय गरेर पठाउन गत भदौमै स्थानीय विकास मन्त्रालयमा पत्र लेखे पनि राजस्व समितिले बैठक बसेर अझै निर्णय गर्न सकेको छैन ।
तर, विभागका लेखा प्रमुख रामकृष्ण गुरागार्इं स्थानीय विकास मन्त्रालयमा निर्णयार्थ पठाइएको र छिट्टै निर्णय भएर जिल्ला जिल्लामा बाँडिने बताउँछन् । उनी तीन आयोजनाबारे राजस्व समितिले निर्णय गरेपछि एकमुष्ट रूपमा जिल्ला विकास समितिहरूमा रोयल्टी पठाइने जानकारी दिए । मन्त्रालयका अधिकारीहरू भने समितिमा अर्थ, ऊर्जा, राजस्वलगायतका विभिन्न मन्त्रालयका प्रतिनिधिहरू रहेकाले उनीहरूको समयको चाँजोपाँचो मिलाउन नसकेकोमा निर्णय गर्न ढिलाइ भएको बताउँछन् ।
समितिको स्थानीय विकास मन्त्रालयका सचिव संयोजक र लेखा प्रमुख सदस्य–सचिव हुने गरेका छन् । ‘सचिवदेखि अर्थ मन्त्रालयसम्मका प्रतिनिधिसम्मलाई बोलाएर निर्णय गर्नुपर्ने भए पनि सबैको समय मिलाउन नसक्दा निर्णय गर्न नसकिएको हो, अब छिट्टै हुन्छ,’ मन्त्रालयका ती अधिकारीले भने, ‘बाँडफाँड गर्दा धेरै कुरालाई विचार गरेर गर्नुपर्ने भएकाले केही ढिलाइ मात्र भएको हो ।’ विभागका अधिकारीहरू भने राजस्व समितिले विभागको पत्रलाई बेवास्ता गर्दा समस्या आएको बताउँछन् ।
निर्माण सम्पन्न आयोजनाबाट प्रतिमेगावाट बराबर १५ वर्षसम्म १ लाख र १५ वर्षपछि १० लाख रूपैयाँ सरकारलाई रोयल्टी बुझाउनुपर्छ । वर्षभरिको जम्मा रोयल्टीमध्ये ५० प्रतिशत सम्बन्धित जलविद्युत््् आयोजना निर्माण भएको विकास क्षेत्रमा विद्युत््् विभागले दिने गरेको छ भने त्यो ५० प्रतिशतमध्ये पनि निर्माण सम्पन्न जिल्लाले १२ प्रतिशत पाउने गरेका छन् भने बाँकी प्रतिशत मन्त्रालयको बाँडफाँड समितिको सिफारिसका आधारमा विभागले दिने गरेको छ ।
आर्थिक वर्ष २०६८÷६९ उठेको २ अर्ब ५३ करोड ९४ हजारमध्ये त्यसको आधा रकम जलविद्युत््् आयोजना निर्माण सम्पन्न भएका जिल्लामा प्रदान गर्नुपर्ने व्यवस्था छ । विद्युत््् विभागले उठेको राजस्वका आधारमा अर्थ मन्त्रालयसँग मागेपछि अर्थले दिएको रकमका आधारमा जिल्ला विकास समितिहरूमा दिनुपर्ने हुन्छ । तर, सरकारले यो वर्ष १ अर्ब २६ करोड रूपैयाँ दिनुपर्नेमा ५० करोड मात्र दिएको थियो, तर सो रकमसमेत स्थानीय विकास मन्त्रालयले निर्णय नगरिदिँदा रोकिएको विभागका एक अधिकारीले जानकारी दिए ।
‘१ अर्ब २६ करोडमध्ये अर्थ मन्त्रालयले ५० करोड दिएको थियो, तर त्यो रकमसमेत तीन आयोजनाको रोयल्टीबारे निर्णय नगर्दा पूरै ५० करोड रूपैयाँ रोकिएको छ,’ उनले भने । आयोजना निर्माण गरेको जिल्लामा १२ प्रतिशत प्रदान गरेर बाँकी रहेको ३८ प्रतिशतमध्ये मध्यपश्चिम र पूर्वाञ्चलमा अन्य विकास क्षेत्रभित्रका जिल्लालाई समानुपातिक रूपमा रोयल्टी दिने गरिएको भए पनि पूर्वाञ्चल र मध्यामाञ्चल क्षेत्रमा भने विनाकार्यविधि पहुँचका आधारमा दिइने गरिएको छ । जलविद्युत्् आयोजना निर्माण भएका जिल्ला तथा सम्बन्धित विकास क्षेत्रका ३४ जिल्लाले सरकारले उठाएको विद्युत्् बिक्री तथा जडित क्षमताअनुसारको राजस्वबापतको ५० प्रतिशत रकम पाउने गरेका छन् ।
त्यो राजस्वबापत जिविसहरूमा जाने रकमलाई सदुपयोग गर्नेबारे समेत स्थानीय विकास मन्त्रालयले चासो दिएको छैन भने जिविसमा गएकोमध्ये आयोजना निर्माण क्षेत्रको गाविस वा नगरपालिकाले विशेष रकम दिनुपर्ने मागसमेत उठ्दै आएको छ । विभागका अधिकारीहरू भने जिविसमा जाने रकम सोही निकायअन्तर्गतको ऊर्जा तथा वातावरण शाखालाई दिएर सम्बन्धित जिल्लामा निर्माणाधीन आयोजनाहरूको अनुगमन तथा ऊर्जासम्बन्धी आयोजनाहरू अघि बढाउन खर्च गर्नुपर्ने आवाजसमेत उठिरहेको छ ।

Tuesday, November 26, 2013

‘हाटा’ बढेपछि प्राधिकरणमा सीसीटिभी जडान

भीम गौतम\राजधानी
काठमाडौं, १० मंसिर
नेपाल विद्युत् प्राधिकरणमासीसीटिभी क्यामरा जडान गरिएको छ । प्राधिकरण कर्मचारीमा हाजिर गरेर टाप कस्ने (हाटा) प्रवृत्ति र असुरक्षाको अवस्था बढेपछि प्राधिकरणले थप कडाइ गर्नका लागि सीसीटिभी जडान गरेको हो । प्राधिकरणको केन्द्रीय परिसरमा चारओटा क्यामरासहितको सीसीटिभी जडान गरिएको प्राधिकरणका उपकार्यकारी निर्देशक गोविन्दराज खरेलले जानकारी दिए ।
‘प्राधिकरणभित्र सुरक्षाको अवस्था मजबुत गर्न र कर्मचारीलाई अनुशासित बनाउन सीसीटिभी जडान गरेका हांै,’ उनले भने । प्राधिकरणका नया“ कार्यकारी निर्देशक अर्जुन कार्की नियुक्त भएपछि प्राधिकरणका अन्य अधिकारीस“गको छलफलमा कर्मचारी हाजिर गरेर टाप कस्ने प्रवृत्ति सुनाएपछि त्यसको समस्याको रूपमा सीसीटिभी राखिएको प्राधिकरणले जनाएको छ । कर्मचारी ओहोर–दोहोर गरेको सजिलै देखिने गरी सीसीटिभी राखेपछि प्राधिकरणको तलब खाएर बाहिरनै बढी रमाउने कर्मचारी थर्कमान भएका छन् ।
बिहान ९ बजे कार्यालय आएर विद्युतीय हस्ताÔर गरी दिउ“सोभरि अन्य Ôेत्रमा काम गरेर बेलुका पुनः ६ बजे विद्युतीय हस्ताÔर गर्ने प्रवृत्ति केही कर्मचारीमा देखिएपछि र कतिपय कर्मचारी कार्यालयको काममा भन्दा पनि अन्यन्त्र बढी समय दिन थालेपछि त्यसको कडाइ गर्दै प्राधिकरण व्यवस्थापनले सीसीटिभी राख्ने निर्णय गरेको थियो । प्राधिकरण स्रोतका अनुसार कार्यरत केही कर्मचारीले कार्यालयबाहिर निस्केर पसल थाप्ने, विभिन्न कलेजमा पढाउने, परामर्शदाताका रूपमा काम गर्नेलगायतका अन्य पेसा व्यवसायसमेत गर्दै आएका छन् ।
सीसीटिभी जडान गरेपछि प्राधिकरणमा हाजिर गरेर टाप कस्ने, परिसरबाहिर भेला भएर घाम ताप्ने, ढिलो आई हाकिमलाई खुसी पारेर मेमो लेखाई प्राधिकरणभन्दा पनि बाहिर बढी रमाउने, कार्यालयको काम नगर्नेजस्ता प्रवृत्ति न्यूनीकरण हुँदै गएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । प्राधिकरणका अनुसार कतिपय कर्मचारीहरू बिहान प्राधिकरणमा हाजिर भएर आङ्खनो छुट्टै पेसा, व्यवसायमा समेत संलग्न हुँदै आएकोमा अहिले भने बढी कार्यालयमै बस्न थालेका छन् ।
विनाकाम कार्यालयबाहिर गएमा सीसीटिभीबाट सजिलै थाहा पाउन सक्ने भएकोले कर्मचारीहरू समेत बाहिर जान छोडेका छन् । यसबाट प्राधिकरणभित्र इमानदारपूर्वक काम गर्ने कर्मचारीहरूको मनोबल समेत उच्च भएको छ । प्राधिकरणले केन्द्रीय कार्यालयसँगै ग्राहक तथा वितरण निर्देशानालयमा समेत सीसीटिभी जडान गर्न लागेको छ ।
कर्मचारीको अभावमा सर्वसाधारणको समयमै सेवा नपाउने भएकाले सीसीटिभी राखेपछि सेवामा बढी प्रभावकारिता आउने, प्राधिकरणको सुरक्षा मजबुत हुने, कर्मचारीमा कामप्रतिको इमानदारिता बढ्नेलगायतका सुधार हुने अपेक्षा प्राधिकरणको छ ।

हाइड्रो नेपाल एक्सिलियन्ट अवार्डबाट इपान सम्मानित

राजधानी समाचारदाता
 काठमाडौं, ११ मंसिर 
 हाइड्रो नेपाल एक्सिलेन्ट अवार्ड २०१३ बाट यस वर्ष स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) सम्मानित भएको छ । जलस्रोत र वातावरण क्षेत्रमा क्रियाशील संघ÷संस्था र व्यक्तिहरूलाई दिइने सो पुरस्कारबाट संस्थागत रूपमा इपान सम्मानित भएको हो ।
इन्भारोमेन्ट रिसोर्स गु्रप (ईआरजी) को सहयोगमा मिडिया फर इनर्जीले दिने सो पुरस्कारबाट मंगलबार आयोजित कार्यक्रममा इपानका अध्यक्ष डा. सुवर्णदास श्रेष्ठलाई सम्मान गरिएको थियो । यसअघि, पूर्व ऊर्जामन्त्री गोकर्ण विष्ट, नेपाल उद्योग वाणिज्य महासंघका ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, जलस्रोत पत्रकार विकास थापा, जलस्रोतविज्ञ डा.डम्बरबहादुर नेपाली सम्मानित भइसकेका छन् । यस वर्ष नेपालमा ऊर्जा सम्मेलनसमेत गरेको इपानलाई जलविद्युत्को क्षेत्रमा गरेको योगदान स्वरूप अवार्ड दिइएको हाइड्रो नेपालले जनाएको छ ।
इपानका अध्यक्ष श्रेष्ठलाई अवार्डबाट सम्मान गर्दै ऊर्जा सचिव विश्वप्रकाश पण्डितले ऊर्जा क्षेत्रको विकासका लागि अनुमतिपत्र, वित्तीय व्यवस्थापन, बिजुली बजार, राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीलाई विशेष जोड दिइएको बताए । अर्बौंको ऊर्जा आयात न्यूनीकरणका लागि ऊर्जा विकास गर्ने संस्थाहरूको पुनर्संरचना र सुधार गर्नुपर्नेमा उनले जोड दिए । इपानका अध्यक्ष डा.श्रेष्ठले जलविद्युत्मा निजी क्षेत्रको योगदान ३५ प्रतिशत रहेको उल्लेख गर्दै निर्माणाधीन ४ सय मेगावाटका ७० आयोजना निजी क्षेत्रबाट निर्माण भइरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ ऊर्जा समितिका सभापति प्रधानले लोडसेडिङको बेलामा उद्योगी व्यवसायीले १७ अर्ब बराबरको डिजेल खरिद गर्नुपर्ने बाध्यता रहेको बताउँदै विद्युत्को निर्यातसम्मलाई लक्षित गरी अघि बढ्नुपर्ने बताए ।

सहरमा सौर्य ऊर्जालाई अनुदान कार्यविधि अर्थ मन्त्रालयमा अड्कियो

भीम गौतम\राजधानी
काठमाडौं, ८ मंसिरमा
हिउँद यामको आगमनसँगै लोडसेडिङको तालिका बढ्दै जाने अवस्थामा आइपुग्दा पनि सहरी क्षेत्रको सोलारमा दिने अनुदानको कार्यविधि अर्थ मन्त्रालयमै अड्किन पुगेको छ । बैकल्पिक ऊर्जाका रूपमा रहेको सहरी सौर्य ऊर्जाको कार्यविधि अघि बढ्न नसक्दा पनि सहरी क्षेत्रमा सौर्य ऊर्जा कार्यक्रम ढिलाइ हुने देखिएको हो ।
ग्रामीण र विपन्न क्षेत्रमा सौर्य ऊर्जा (सोलार) लाई अनुदान दिँदै आएको सरकारले लोडसेडिङ न्यूनीकरणका लागि सहरी क्षेत्रमा पनि अनुदान दिने कार्यविधि तयार भइसकेको छ । वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको बोर्डबाट पारित गरेर वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सो कार्यविधि स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइए पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।
मन्त्रीस्तरीय निर्णय गरी अर्थ मन्त्रालय पठाइएको सो कार्यविधि त्यहाँबाट स्वीकृत भई मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र लागू हुन्छ तर अर्थ मन्त्रालयको ढिलाइका कारण मन्त्रिपरिषद्मा सो कार्यविधि जान सकेको छैन । संविधानसभाबाट आउने नयाँ सदस्यहरूको सरकारको मन्त्रिपरिषद्ले सो निर्णय तत्काल गर्न सक्ने सम्भावना नभएकाले अहिलेकै सरकारले पारित गर्नुपर्ने भए पनि दुई हप्तादेखि अर्थ मन्त्रालयमै अड्किएकाले अहिले सो सहुलियत कार्यान्वयन हुन सकेको छैन ।
हिउँद लागिसकेकाले तत्काल मन्त्रिपरिषद्ले पारित गरेमा मात्र सहरवासीले आगामी हिउँदमा सोलार बनाएर पनि लोडसेडिङको समस्याबाट राहत पाउने सम्भावना भए पनि ढिलाइ गर्दा समस्या भएको छ । तर, केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्दराज पोखरेल भने अर्थ मन्त्रालयबाट छिट्टै स्वीकृत हुने चरणमा रहेको र छिट्टै मन्त्री परिषद्बाट पारित भई लागू हुने बताउँछन् ।
‘अब छिट्टै अर्थ मन्त्रालयबाट स्वीकृत हुने अवस्थामा छ, यसपछि मन्त्रिपरिषद्बाट पारित भएर लागू हुन्छ ।’ उनले भने, ‘संविधानसभाको चुनावको केही दिनअघि मात्र मन्त्रालय पुगेको हो, यसबारे सरकार सकारात्मक भएकाले छिट्टै हुन्छ ।’ सरोकारवालाहरू भने छिट्टै कार्यविधि मन्त्रिपरिषद्बाट पारित नभएमा र सहरका बासिन्दाले सहुलियत नपाएमा सरकारले अघि सारेको सहरमा सोलारमा अनुदान दिने योजना अर्थहीन बनाउने बताउँछन् । उनीहरूका अनुसार, नयाँ सरकार आएपछि उनीहरूलाई बुझाउनै समय लाग्ने र बुझाउँदासम्म बढी लोडसेडिङ हुने हिउँद सकिएमा सहरवासीको सोलार राख्ने चाहना एक वर्ष पछि धकेलिनेछ ।

सरकारले आर्थिक वर्ष ०७०÷०७१ को बजेटमा तथा हालै ल्याएको नवीकरणीय ऊर्जा अनुदान नीतिमा सहरी क्षेत्रको सौर्य निर्माणमा सहरी क्षेत्रलाई प्रोत्साहन दिने नीति अघि बढाएपछि कार्यविधि बनाइएको हो । बजेटमा समेत सहरी ऊर्जा निर्माणका लागि अनुदान दिनका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । सौर्य ऊर्जामार्फत मात्र अति विकट र ग्रामीण क्षेत्रका ४ लाख घरधुरीमा सौर्य ऊर्जा पुगिसकेको छ भने आगामी ४ वर्षभित्र थप ६ लाख घरधुरीमा सौर्य ऊर्जा जडान गर्ने लक्ष्य राखिएको छ ।
काठमाडांै उपत्यका खानेपानी लिमिटेडमा रहेको ६८० किलोवाटको सौर्य ऊर्जा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ग्रिडमा जोडिएकाले सहरी क्षेत्रमा अनुदान वा जडान खर्च दिनेभन्दा पनि प्रत्येक घरका छतछतमा सौर्य ऊर्जा निर्माण गरेर त्यो ऊर्जा प्राधिकरणको ग्रिडमा जोडी विद्युत् अभावलाई न्यूनीकरण गर्नुपर्ने आवाजसमेत उठेको छ । करोडांै लगाएर घर बनाउनेले हजारांै खर्च गरेर सोलार बनाई प्राधिकरणलाई बेच्न सक्ने भएकाले सरकारले सहरी क्षेत्रमा सोलार प्यानल बनाउनका लागि अभियान चलाउनुपर्ने धेरैको आवाज छ तर सरकारले ल्याएको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि झन ढिलाइ भइरहेको छ ।
आधिकारिक अध्ययन नभए पनि नेपालमा करिब २१ हजार मेगावाटसम्म सौर्य ऊर्जाबाट विद्युत् उत्पादन हुने सम्भावना छ । तर, हालसम्म जम्मा १२ मेगावाट मात्र उत्पादन भएको छ ।



Sunday, November 24, 2013

बिजुली बिल तिर्न ‘रिचार्ज कार्ड’

भीम गौतम\राजधानी
काठमाडौं, ९ मंसिर
अब नेपाल विद्युत् प्राधिकरणका ग्राहकले बिजुलीको बिल रिचार्ज कार्डबाट तिर्न पाउने भएका छन् । बिजुलीको बिल तिर्न प्राधिकरणकै काउन्टरमा पुग्नुपर्ने बाध्यता रहेकोमा ग्राहकले नयाँ वर्ष २०७१ देखि घरमै बसी–बसी रिचार्ज कार्डमार्फत बिल तिर्न सक्नेछन् ।
मोबाइलमा जस्तो पिन कोड हालेर घरमै बसी–बसी जुनसुकै बेला पनि बिजुलीको बिल तिर्ने गरी रिचार्ज कार्ड सेवाको नयाँ प्रविधि ल्याउने तयारी अघि बढाएको र नयाँ वर्ष २०७१ सालदेखि लागू गर्ने तयारी अघि बढाएको ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए ।
प्राधिकरणका अनुसार मोबाइलमा स्टार ४१०० वा ४१०१ स्टार जिल्ला र वितरण केन्द्रको कोर्ड, ग्राहकको नम्बर हाली ह्यास गरेर रिचार्ज गरेपछि त्यो रकम बिजुलीको बिल तिर्ने प्रणालीमा गई बिल भुक्तानी हुनेछ भने रिचार्ज बढी भएमा अर्को महिनाको बिल तिर्नका लागि रकम सञ्चित हुन जान्छ । बिजुलीको बिल तिर्ने उक्त रिचार्ज कार्ड मोबाइलको कार्डजस्तै पसल–पसलमा किन्न पाउने व्यवस्था गरी उक्त नयाँ सेवा प्राधिकरणले ल्याउन लागेको हो । प्राधिकरणले नमुना परियोजनाको रूपमा अघि बढाउन लागेको मोबाइल कम्प्युटर पेमेन्ट कार्यक्रमको अहिले परीक्षण भइरहेको र आगामी मंसिर २५ गते अन्तिम परीक्षण गर्न लागेको प्राधिकरण सूचना प्रविधि विभागका सहायक प्रबन्धक मनोजकुमार शाहले जानकारी दिए ।
‘रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिर्न सक्ने परीक्षणको क्रममा देखिसकेको छ, २५ मंसिरमा अन्तिम प्रस्तुति गरेपछि नयाँ प्रविधि कार्यान्वयनको तयारी अघि बढ्छ,’ उनले भने । रिचार्ज कार्डमार्फत बिल तिरेपछि कति बिल तिरिएको भन्ने जानकारी आउने तथा तिर्न कति बाँकी छ भन्नेसमेत थाहा हुने गरी प्राधिकरणले यो प्रविधि ग्राहकमाझ ल्याउन लागेको छ । प्राधिकरणका अनुसार रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिर्नका लागि अघि बढाइएको आयोजनाका लागि ५९ लाख रुपैयाँ मात्र लाग्नेछ ।
यो नयाँ प्रविधिमार्फत बिल तिर्नका लागि आवश्यक हार्डवेयरतर्फ भास सर्भर, वेभ सर्भर र डाटाबेस सर्भरका लागि २३ लाख २५ हजार, सङ्खटवेयरतर्फ एसएमएस पेमेन्ट भास मोडुल र रिचार्ज कार्ड मोडुलका लागि १८ लाख, नेटवर्किङतर्फ ब्यान्डविथ र म्यानाजड स्विचका लागि २ लाख ७० हजार तथा क्षमता अभिवृद्धिका लागि १५ लाख खर्च हुनेछ भने एनटीसी र एनसेलको भीपीएन विथ सर्भिस प्रोभाइडर भने नेगोसेसनका आधारमा टुंग्याउनुपर्ने उल्लेख छ ।
पहिलो चरणमा घरेलु ग्राहकलाई लक्षित गरी अघि बढाउन लागिएको उक्त परियोजनाबाट सर्वसाधारणले ठूलो फाइदा पाउन सक्ने प्राधिकरणले जनाएको छ । ‘करिब २६ लाख बिजुलीका ग्राहकमध्ये घरेलु २४ लाख ७२ हजार २ सय ६० छन्, उनीहरूले मोबाइलको जस्तो बजारमा रिचार्ज कार्ड किनेर जुनसुकै बेला पनि प्राधिकरणको बिल तिर्न सक्नेछन्,’ प्राधिकरणका कम्प्युटर इन्जिनियर लक्ष्मण मण्डलले भने, ‘कुल घरेलु ग्राहकमध्ये १५ प्रतिशतले मात्र रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिरेमा मात्र मासिक रूपमा ३ करोडभन्दा बढी प्रत्यक्ष फाइदा पुग्नेछ ।
’ ८० रुपैयाँको बिल तिर्नका लागि सहरी क्षेत्रमा न्यूनतम ४० रुपैयाँदेखि ग्रामीण क्षेत्रमा ३ सय रुपैयाँसम्म थप खर्च गर्नुपर्ने अवस्था भए पनि प्राधिकरणले भने एक ग्राहकले सरदर एक महिनाको बिल तिर्नका लागि एक रुपैयाँ खर्च गर्ने उल्लेख गरेको छ । प्राधिकरणको यो आधारमा ५० प्रतिशतले मात्र रिचार्ज कार्ड उपयोग गरेमा मासिक रूपमा सर्वसाधारणको १२ करोडभन्दा बढी जोगिनेछ । रिचार्ज कार्डबाट बिजुलीको बिल तिर्दा ग्राहक तथा प्राधिकरणलाई फाइदा पुग्ने भएकाले प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
नेपाल टेलिकम र एनसेलमार्फत बिजुलीको बिल तिर्न सक्ने गरी अघि बढाउन लागिएको यो नयाँ प्रविधिमा पनि प्राधिकरणको बिलिङ शाखामा जस्तै सात दिनभित्र तिरे ४ प्रतिशत छुट, २० दिनभित्र तिरेमा छुट हुँदैन भने ढिलो गरी तिरेमा २५ प्रतिशत जरिवाना हुनेछ । अहिले प्राधिकरणले बिल तिर्नका लागि छुट्ट्याएको समयबाहेक ढिलो गरी रिचार्जमार्फत बिल तिरेमा त्यो त्यही दिनको मान्य हुने÷नहुने भन्नेबारे भने प्राधिकरणमा अन्योल छ । ‘ढिलो रिचार्ज गरी बिल तिरेमा के गर्ने, छुट र जरिवाना कसरी तिर्ने भन्ने अन्योल छ, यसबारे व्यवस्थापनले निर्णय गर्नुपर्ने अवस्था छ,’ प्राधिकरणका ती अधिकारीले भने ।

Saturday, November 23, 2013

जसले हारेर पनि जिते

भीम गौतम, दीपशंकर चौलागाईं\राजधानी
काठमाडौं\दोलखा, ८ मंसिर
४ मंसिरको चुनावअघि आ–आफ्नो पक्षमा भोट माग्दै हिँड्दा झापा–१ का एमाले उम्मेदवार रविन कोइराला र कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा एकअर्काका कट्टर विरोधी बनेका थिए । उनीहरू दुवै एकले अर्काको कमजोरी खोज्दै आफ्नो पक्षमा जनमत सिर्जना गरिरहेका देखिन्थे । तर, मतगणनापछि त्यो दुश्मनी देखिएन ।
व्यक्तिगत रूपमै आरोप–प्रत्यारोपमा नउत्रिए पनि एक अर्का पार्टीबारे आलोचना र विरोध गर्दै भोट मागेका उनीहरूबीच चुनाव जितेपछि भने छुट्टै सद्भाव र सौहार्दता देखियो । जब कोइरालाले जितेको घोषणा गरियो, त्यसपछि शर्माले उनलाई माला लगाइदिएर बधाई तथा सम्मान गरे । ‘बधाई छ, रविन दाइ’ भन्दै शर्माले आफ्नो उच्च राजनीतिक संस्कार देखाए । लोकतान्त्रिक व्यवस्थामा हार र जितलाई उन्माद र प्रतिशोधमा नलिई जितेलगत्तै हार्नेले अंकमाल गर्दै बधाई दिएपछि एकाएक पक्षविपक्षमा उभिएका नेताहरूसमेत दंग परे । यस्तै दृश्य देखियो, दोलखामा पनि ।
दोलखा–१ बाट विजयी बनेलगत्तै एमाले नेता पार्वत गुरुङलाई प्रमुख प्रतिद्वन्द्वी रहेका कांग्रेस नेता जिपछिरिङ लामा शेर्पाले सबैभन्दा पहिला खादा ओढाएर अंकमाल गर्दै बधाई दिए । मतगणना जारी रहँदा नै बाहिर गई आफैंले खादा किनेर ल्याई शेर्पाले विजयी बनेका गुरुङलाई पहि¥याएर अंकमाल गर्दै बधाई दिए । पराजयको पीडालाई बिर्सेर शेर्पाले गुरुङको स्वागत र सम्मानमा कुनै कसुर बाँकी राखेनन् । एमालेका निवर्तमान जिल्ला अध्यक्ष पार्वत गुरुङले पनि जितको कुनै उन्माद देखाएनन् । उनले आफूलाई लगाएको माला र खादा झिकेर लामालाई लगाइदिए ।
गुरुङकी पत्नी सरस्वती राई गुरुङले पनि शेर्पालाई स्वागत गर्दै खादा लगाएर सम्मान गर्दै उच्च लोकतान्त्रिक संस्कार र चरित्र देखाइन् । त्यसैबेला शेर्पाले लोकतान्त्रिक संविधान निर्माण र समृद्ध दोलखा निर्माणका लागि गुरुङको अत्यन्तै सकारात्मक भूमिका रहने विश्वास आफूलाई रहेकाले त्यसको नेतृत्व लिन सुझाए ।
‘प्रजातान्त्रिक प्रक्रियामा जाँदा कहिले हार र कहिले जित हुन्छ, यो त स्वाभाविक प्रक्रिया हो, तर दोलखाली नागरिकले सामाजिक विकासमा निरन्तर लाग्ने जोसिला युवा नेता रोजेका छन्, तपाईंले दोलखाली जनताको त्यो भावनालाई पक्कै पनि कदर गर्नुहुनेछ,’ शेर्पाले भने । शेर्पामा त्यसबेला हारको कुनै पीडा देखिएको थिएन भने गुरुङले पनि जितको कुनै उन्माद नदेखाई सदाझंै सामान्य रूपमा प्रस्तुत भएका थिए । राजनीतिक संस्कारमा निकै अगाडि रहेका नवनिर्वाचित गुरुङ एमाले दोलखाको जिल्ला अध्यक्ष हुँदा पार्टी कार्यालयमै औपचारिक कार्यक्रम आयोजना गरी कांगे्रस सभापति सुशील कोइरालालाई बधाई तथा स्वागत गरेका थिए । विजयपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गुरुङले पार्टीको मूलधारमा रही लोकतान्त्रिक संविधान निर्माण र बेरोजगारी समस्याको समधान गरी विकास निर्माणका काममा आप्mनो सम्पूर्ण समय व्यतीत गर्ने बताए ।
मतगणनाअघिसम्म उनीहरूबीच एकअर्काले ‘बुथ कब्जा’ गरेको आरोपसमेत लगाएका थिए, तर परिणाम घोषणापछि प्रतिस्पर्धीले विजयीलाई सम्मान गरेको दृश्य सबैका लागि उदाहरणीय बनेको छ । यस्तै, दोलखा २ बाट विजयी एमालेका आनन्दप्रसाद पोखरेललाई कांग्रेसका ताराबहादुर कोइरालाले सबैभन्दा पहिला बधाई दिएर सबैको मन जितेका छन् । त्यसैगरी, एमाले महासचिव तथा काठमाडौं–५ का उम्मेदवार ईश्वर पोखरेलले पनि सोही क्षेत्रबाट विजयी भएका कांग्रेस नेता नरहरि आचार्यलाई तत्कालै विज्ञप्ति जारी गरेर बधाई दिए ।
एमालेकै प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले गुल्मी–२ मा पराजित भएलगत्तै विज्ञप्ति जारी गरी सबैको मन छुने गरी विजयी उम्मेदवार चन्द्र भण्डारीलाई बधाई दिए । यस्तै, काठमाडौं–३ का कांग्रेस उम्मेदवार चक्रबहादुर ठकुरीले सोही क्षेत्रबाट विजयी एमाले नेता रामेश्वर फुयाँल, काठमाडौं–६ का एमाले उम्मेदवार योगेश भट्टराईले विजयी कांग्रेसका भीमसेनदास प्रधान, काठमाडौं–९ का पराजित उम्मेदवार एवं एमाले नेता कृष्णगोपाल श्रेष्ठले विज्ञप्ति नै जारी गरी विजयी उम्मेदवारलाई दिएको बधाई तथा सम्मान पनि धेरैका लागि प्रशंसनीय बनेको छ ।
यसैगरी, ललितपुर–३ का एमाले उम्मेदवार रघुजी पन्तले विजयी कांग्रेस उम्मेदवार मदन अमात्यलाई, सिन्धुपाल्चोक–१ का एमाले उम्मेदवार अरुण नेपालले विजयी कांग्रेसका मोहनबहादुर बस्नेत, मोरङ–१ का आमोद उपाध्यायले सोही क्षेत्रबाट विजयी एमालेका ऋषिकेश पोखरेललाई, मोरङ–९ का एमाले उम्मेदवार घनश्याम खतिवडाले विजयी कांग्रेसका उम्मेदवार डिकबहादुर लिम्बूलगायतलाई गरेको सम्मान तथा बधाई पनि निकै चर्चित बनेको छ ।
खतिवडाले त लिम्बसँगै बसेर खिचेको तस्बिर नै राखेर सामाजिक सञ्जालबाट समेत सबैको ध्यान खिच्ने गरी बधाई दिएका छन् । बहुदलीय व्यवस्थाको आगमनपछिका वर्षहरूमा भएका निर्वाचन तथा त्यसपछि एकअर्का दलबीच विवाद, झगडा र प्रतिशोध देखिए पनि २०७० सालको दोस्रो संविधानसभाको चुनावमा भने प्रतिस्पर्धीहरूबीच सौहार्द र सद्भावपूर्ण वातावरण देखियो । कतिपयले विज्ञप्ति निकालेर त कतिपय प्रतिस्पर्धीले विजयी उम्मेदवारलाई फेसबुक तथा भेटेर नै बधाई दिएका छन् । यसले जनताबीच गएर भोट मागेपछि आएको परिणामलाई सहर्ष स्विकार्नुपर्ने र जितहारलाई जीवनमरणको सवाल बनाउने विगतको अवस्थालाई अन्त्य गर्न पाठ सिकाएको छ ।
दोस्रो संविधानसभाको चुनावबाट आएको परिणामलाई नस्विकार्ने एकीकृत माओवादीको निर्णयलाई समेत कतिपय प्रतिस्पर्धी कांग्रेस–एमाले उम्मेदवारहरूबीचको हार्दिकता र सद्भावले चुनौती दिएको छ ।

Friday, November 22, 2013

जसले हस्ती ढाले


भीम गौतम\राजधानी
काठमाडौं, ६ मंसिर
दोस्रो संविधानसभाको चुनावमा देशकै सबैभन्दा चासोको क्षेत्र थियो, राजधानी काठमाडौं–१० । १० बर्से सशस्त्र युद्धपछि शान्ति प्रक्रियामा आएलगत्तै भएको पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको एकीकृत नेकपा माआवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल चुनावी प्रतिस्पर्धामा रहेकाले पनि यो क्षेत्र चर्चामा थियो ।
कीर्तिपुरलगायत काठमाडांैका ऐतिहासिक नगरी रहेको यस क्षेत्रमा पहिलो संविधानसभा निर्वाचनमा दाहालले भारी मत ल्याएर जितेका थिए । त्यतिबेला २३ हजार २ सय ७७ मत दाहालले ल्याएका थिए भने प्रतिद्वन्द्वी राजनकुमार केसी १२ हजार १ सय ५४ मत ल्याएका थिए । तर, उनै प्रतिद्वन्द्वी केसी काठमाडौं–१० बाट विजयी बने । केसीले २० हजार ३ सय ९२ ल्याए भने दाहाल निकटतम प्रतिद्वन्द्वीसमेत हुन सकेनन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र मानन्धरले १३ हजार ६ सय १९ मात्र ल्याएका थिए भने दाहालले १२ हजार ८ सय ५९ मात्र मत प्राप्त गरेका छन् । नेपालको राजनीतिमा सबैभन्दा चर्चित र शक्तिशाली व्यक्तिका रूपमा प्रस्तुत गरिएका दाहाललाई हराएर केसी नेपालकै चर्चित पात्र भएका छन् । केसी अझ कांग्रेसका महाधिवेशन सदस्य मात्र हुन् । कांग्रेसका महासमिति सदस्य मात्र रहेका उनले शक्तिशाली व्यक्तिलाई हराएपछि सबैको आकर्षणका केन्द्र बनेका छन् ।
मतगणना स्थल वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा उनले जितपछि ठूलो संख्यामा बाजागाजासहित कीर्तिपुरबाटै हजारौं कार्यकर्ता स्वागतका लागि आइपुगेका थिए । ‘कोही व्यक्ति शक्तिशाली वा चर्चित जनताले बनाउने हो, पहिला उहाँले जित्नुभएको थियो, अहिले मैले जितें,’ शक्तिशाली व्यक्तिलाई हराएकोबारे प्रश्न गर्दा केसीले भने, ‘लोकतन्त्र भनेकै यही हो, नेताको शक्तिको मापन जनताले गर्न सक्छन् ।’ अर्का शक्तिशाली व्यक्तिलाई हराउनेमा काठमाडौं–५ का कांग्रेस नेता नरहरि आचार्य पनि हुन् । उनले एमाले महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोख™ेललाई पराजित गरे । हुन त २०६४ सालको पहिलो संविधानसभाको चुनावमा समेत आचार्यले पोखरेललाई हराएका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य आचार्यले १५ हजार ३ सय ६४ र पोखरेलले १४ हजार ७ सय २३ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका बुद्धिराम भण्डारीले एमाले सचिव शंकर पोखरेललाई पराजित गरेका छन् । त्यसैगरी, कास्की–४ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महादेव गुरुङलाई एमालेकी सीता गिरी वलीले पराजित गरेकी छन् । गुरुङलाई हराएर उनी पनि चर्चामा छन् । गिरी १५ हजार ४ सय ३८ मत प्राप्त गरी विजयी भएकी छन् ।
गुरुङले १३ हजार १ सय ४७ प्राप्त गरेका छन् । त्यसैगरी, एमाओवादी नेतृ हिसिला यमीलाई काठमाडौं–७ बाट नेकपा एमालेका रामवीर मानन्धरले १३ हजार २ सय ८८ मत ल्याएर पराजित गरेका छन् । यमीले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नीसमेत रहेकी यमीलाई जनताले मत माग्न आउँदा नै कान समातेर उठबस गराई सजाय दिएका थिए ।

Wednesday, November 20, 2013

परिणाम नआउँदै विजय जुलुस

भीम गौतम\राजधानी
काठमाडौं, ५ मंसिर
दोस्रो संविधानसभा निर्वाचनकोप्रारम्भिक नतिजा सार्वजनिक हुनुअगावै काठमाडौंका १० क्षेत्रको मतगणना भइरहेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी) मा कार्यकर्ताको भीड लागिसकेको थियो । क्षेत्र नम्बर–२ मा एमाले उम्मेदवार माधवकुमार नेपाल र ४ मा कांग्रेस उम्मेदवार गगन थापा प्रतिस्पर्धामा धेरै अघि देखिएपछि कार्यकर्ता र समर्थकको भीड मात्र बढेन, उनीहरूले चर्काे स्वरमा आफ्नो पार्टी र उम्मेदवारका पक्षमा नाराबाजीसमेत गरे ।
उनीहरू विजय जुलुसझैं झन्डा हल्लाउँदै उफ्रिएका थिए । गाई चिह्न लिएर निर्वाचनमा होमिएको राप्रपा नेपालको भोटसमेत राम्रो आउन थालेपछि सो पार्टीका कार्यकर्ता र समर्थकसमेत सम्मेलन केन्द्रमा जम्मा हुन थालेका थिए । यद्यपि, पहिलो संविधानसभाको सबैभन्दा ठूलो दल अर्थात् काठमाडौंका १० मध्ये चारओटा क्षेत्रमा विजयी एकीकृत माओवादीका कार्यकर्ताको भने उपस्थिति अत्यन्तै न्यून थियो । सुरुमा एमाओवादी कार्यकर्ताको उपस्थिति राम्रै देखिएको भए पनि मत प™िणाम आउन थालेपछि उनीहरूको उपस्थिति न्यून देखिँदै गएको थियो ।
एमाओवादीका कतिपय कार्यकर्ता र समर्थक छेउछाउमा बसेर परिणाम सुनिरहेका थिए । अन्तिम मत परिणाम आउन अझै केही समय लाग्ने भए पनि सम्मेलन केन्द्रअगाडि भने उत्साहजनक भीड देखिएको थियो । उनीहरू परिणाम ‘अपडेट’ का लागि आतुर देखिन्थे भने परिणाम सुनेपछि हारजितको जोड घटाउमा लागेको पाइन्थ्यो । मतगणनाको परिणामबारे सम्मेलन केन्द्रको पूर्वी गेटअगाडिबाट देखिने गरी डिजिटल इन्डिकेटरको व्यवस्था गरेपछि त्यो हेर्ने र नाराबाजी गर्नेको भीड बढेको थियो ।
इन्डिकेटरबाट परिणाम सार्वजनिक गर्दा जुन पार्टीको बढी मत देखिन्थ्यो, त्यो आधारमा कार्यकर्ताहरू मच्ची–मच्ची कराइरहेका देखिन्थे । ‘५ नम्बर क्षेत्रका एमाले उम्मेदवार ईश्वर पोखरेलले जित्ने सुनेपछि नाराजुलुसका लागि आएका हौं,’ केन्द्रमा भेटिएका प्रकाश श्रेष्ठले भने, ‘आज रातभरि नै बसेर मतगणना हेर्नेछौं ।’ क्षेत्र नम्बर–५ मा पोखरेल र कांग्रेस उम्मेदवार नरहरि आचार्य अग्रस्थानमा छन् । अघिपछि एकअर्का दलप्रति बढी आक्रामक देखिने कांग्रेस र एमाले कार्यकताबीच भने रमाइलो संयोग देखिन्थ्यो । दुवै झन्डा फह¥याउन र नाराबाजीमा प्रतिस्पर्धा गरिरहे पनि उनीहरूबीच कुनै विवाद भने थिएन । जति साँझ ढल्कँदै गएको थियो त्यति नै कार्यकर्ताहरू उफ्रिरहेका थिए । चुनाव नजित्दै भएको भीडमा महिलाको समेत उल्लेख्य सहभागिता थियो ।
‘हामीले जसलाई भोट दिएका हौं, ती व्यक्तिको जित नजिक भएपछि नाराबाजी गर्न आएका हौं,’ प्रमिला ढुंगानाले भनिन्, ‘घरमा बसेर टिभी र रेडियो सुन्नु र इन्टरनेट हेर्नुभन्दा मत गणनास्थलमै आएर साथीभाइबीच नारा लगाउनुको मज्जा बेग्लै छ ।’ राप्रपा नेपालका कार्यकर्तासमेत उत्साहित भएर मत गणनास्थल आइपुगेका थिए । कांग्रेस, एमाले र एकीकृत माओवादीले राप्रपाले धेरै सिट ल्याउन नसक्ने भनिरहेको भए पनि काठमाडौंमा समेत राम्रो भोट आएपछि उनीहरू उत्साहित भएर मत गणनास्थलमै आएका हुन् ।
‘काठमाडौंका धेरै क्षेत्रमा राप्रपा नेपालको पनि धेरै भोट आउन थालेपछि हामी पनि त्यो खुसी बाँड्न बानेश्वर आएका हौं,’ क्षेत्र नम्बर–४ का हरेन्द्र श्रेष्ठले भने, ‘राप्रपा नेपाललाई समेत जनताले कति मन पराएका रहेछन् भनेर अब कांग्रेस, एमाले र एमाओवादीले थाहा पाउँछन् ।’ नयाँ बानेश्वरको पूर्वी गेटतर्फ जाने मुख्य सडकदेखि थापागाउँ जानेसम्मको सडकमा सवारीसाधन ओहोरदोहोरलाई निषेध गरेका कारण त्यहाँ हजारौं समर्थकको भीड लागेको थियो । राति अबेरसम्म बसेका उनीहरूले खुसीयालीसमेत मनाएका थिए ।

Tuesday, November 19, 2013

मतगणनास्थल लोडसेडिङमुक्त

भीम गौतम\राजधानी
काठमाडौं, ४ मंसीर
दोस्रो संविधानसभाको चुनावको मतगणनास्थल तथा निर्वाचन आयोगका कार्यालयहरुलाई लोडसेडिङमुक्त बनाइएको छ । मंगलबार भएको दोस्रो संविधानसभाको चुनावको मतगणनाका लागि नेपाल विद्युत प्राधिकरणले गणनास्थल र निर्वाचन आयोगका कार्यालयहरुलाई लोडसेडिङमुक्त बनाएको हो ।
मतगणना सम्पन्न नभएसम्मका लागि लोडसेडिङमुक्त बनाएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले जानकारी दिए । ‘वितरण तथा ग्राहक शाखाबाट आएको विवरणको आधारमा मतगणना हुने तथा निर्वाचन आयोगका सबै कार्यालयहरुमा लोडसेडिङ नहुने व्यवस्था गरिएको छ ।’–उनले भने–‘सकेसम्म मतगणना अवधिर अन्य क्षेत्रमा समेत कम लोडसेडिङ गर्न लागेका छौ ।’ उनले बुधबारदेखि नियमित रुपमा लोडसेडिङ हुनेछ ।
प्राधिकरणसँगै बिजुलीको बैकल्पिक व्यवस्थाका लागि निर्वाचन कार्यालयले समेत कतिपय स्थानमा जेनेरेटरको व्यवस्था गरेको छ । ७५ जिल्लाका सदरमुकामस्थित तोकिएको केन्द्रमा मतपेटिका ल्याएपछि सुरु गरिने मतगणनामा लोडसेडिङ नगराउनका लागि सरकारले ऊर्जा मन्त्रालयलाई निर्देशन दिएपछि प्राधिकरणले लोडसेडिङ नहुने गरी व्यवस्थापन गरेको हो । ‘ऊर्जा मन्त्रालयको निर्देशन अनुसार मतगणना गर्ने सबै क्षेत्रमा लोडसेडिङमुक्त बनाएका छौ ।’–प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए ।
प्राधिकरणले सम्भव भएसम्मको क्षेत्रका डेडीकेटेड फिडरमार्फत र अन्यमा मतगणना हुन्जेलसम्मका लागि लोडसेडिङ नहुने गरी व्यवस्था मिलाएको जनाएको छ । ७५ जिल्लाका विभिन्न क्षेत्रबाट आएका मतपेटिका जिल्ला सदरमुकामस्थित तोकिएको मतगणनास्थलमा जम्मा गरेपछि ती क्षेत्रमा लोडसेडिङ नहुने गरी व्यवस्था गरिएकोले मंगलबार भएको चुनावको मतपेटिका आउने वित्तिक्कै मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।
प्राधिकरणका अनुसार, करिब ५५ जिल्लामा प्राधिकरणले लोडसेडिङ नहुने गरी व्यवस्था गरेको छ भने ११ जिल्लामा जेनेरेटर र छुट्टै डेडीकेटेड फिडरमार्फत बिजुलीको व्यवस्थापन गरिएको छ । त्यसैगरी ९ क्षेत्रमा लोडसेडिङ नहुने पनि प्राधिकरणले जनाएको छ । चितवन, काठमाडौ, ललितपुर र बाँकेमा डेडीकेटेड फिडरमार्फत तथा धनुषा, महोत्तरी, सर्लाही, उदयपुर, ओलखढुंगा, रुपन्देही, नवलपरारी जेनेरेटरको व्यवस्थापन गरेर ती क्षेत्रका फिडरमार्फत लोडसेडिङ नहुने गरी व्यवस्थापन गरिएको छ ।
त्यसैगरी प्राधिकरणले ४३ जिल्लामा वैकल्पिक फिडरको व्यवस्था नभएको भन्दै साविककै स्थानबाट लोडसेडिङ नहुने व्यवस्था गरिएको जनाएको छ । निर्वाचन आयोगका अनुसार, देशभरका अधिकांश मतगणनास्थल जिल्ला विकास समितिका सभासक्ष, विद्यालय, क्याम्पस, निर्वाचन कार्यालय, नगरपालिका लगायतमा व्यवस्था गरिएको छ ।
दोलखामा नेपाल बार एशोसियसन, रामेछापमा जिल्ला वन कार्यालय, गोरखा, वैतडी, डोटी र सल्यानमा जिल्ला अदालत, पाल्पामा दरबारभित्र, अछाममा जिल्ला कारागारको भवनमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । आयोगले अधिकांश क्षेत्रका मतपेटिका मंगलबार अबेरसम्म सदरमुकामको तोकिएको मतगणनास्थलमा आईसक्ने जनाएको छ ।

मतदाता भन्छन् संविधानका लागि फेरि भोट हाल्नुनपरोस्

भीम गौतम\राजधानी 
काठमाडौं, ४ मंसिर
संविधान निर्माणका लागि दोस्रो पटक संविधानसभा निर्वाचनमा मतदान गरेका उपत्यकाका अधिकांश मतदाताले संविधान बनाउन फेरि भोट हाल्ने अवस्थाको अन्त्य गर्न आग्रह गरेका छन् । ‘एक जुगमा एकचोटि आउने’ संविधानसभामा संविधानका लागि दोस्रो पटक मत हाल्नुपरेको पीडा बोकेर मतदानस्थल पुगेका मतदाताले संविधानका लागि यो नै अन्तिम भोट होस् भन्ने कामनासमेत गरे ।
संविधान बनाउन तेस्रो पटक भोट हाल्ने अवस्था आए त्यसविरुद्ध प्रतिवादमा उत्रन बाध्य हुने चेतावनीसमेत उनीहरुले दिएका छन् । निर्वाचित सबै प्रतिनिधि मिलेर नयाँ संविधान बनाउनुपर्ने, शान्ति स्थापना गर्नुपर्ने उनीहरूको माग छ । ‘नयाँ संविधान बनाउनैका लागि फेरि एक पटक नेताहरूलाई जिम्मा दिएका छौं,’ कपन बहुमुखी क्याम्पसको केन्द्रमा मतदान गरेपछि स्थानीय लक्ष्मण दाहालले भने, ‘नयाँ संविधान निर्माणका लागि जनताले तेस्रो पटक भोट हाल्नु नपरोस् ।
’ ह्विलचेयरमा गुड्दै कपन बहुमुखी क्याम्पस आएर मतदान गरेकी ८२ वर्षीया पवित्रकुमारी भट्टराईले नयाँ संविधान हेरेर मर्ने इच्छा भएकाले आफ्नो इच्छामाथि खेलवाड नगर्न भावी सभासद्लाई खबरदारी गरिन् । संविधानसभाबाट एक वर्षभित्रै संविधान बन्ने आशमा मात्र आफू मतदान गर्न आएको उनको टिप्पणी छ । उपत्यकाका १५ ओटै क्षेत्रका मतदाताहरू पहिलो संविधानसभाबाटै संविधान नबनाएकोमा आक्रोश व्यक्त गरिरहेका थिए ।
‘पहिलो संविधानसभाबाट संविधान नबनाएर नेताहरूले भत्ता मात्र पचाए, अब पनि बनाएनन् भने दोस्रो संविधानसभाका लागि खाएको भत्ता सबै फिर्ता गर्नुपर्छ,’ बानेश्वरका रामेश्वर तिमल्सिनाले भने । कृषि सामग्री केन्द्र कुलेश्वरबाट मतदान गरेका गणेशविक्रम श्रेष्ठ दलहरू मिलेर संविधान बनाउनुपर्ने तथा देशमा शान्ति स्थापना गर्नुपर्ने बताउँछन् । ‘जसले जिते पनि अब जनतालाई नयाँ संविधान चाहियो र देशमा हत्या, हिंसा, आतंक र त्रास हुनुभएन,’ उनले भने, ‘मेरो अमूल्य भोटले त्यो अवस्था सिर्जना होस् ।’ भक्तपुर–१ मा मतदान गरेका कृष्ण झोंसेले संविधानका लागि तेस्रो पटक मतदान गर्नुपरे आफू कुनै हालतमा मत हाल्न घरबाट बाहिर ननिस्कने बताए ।
उनले भने, ‘अब पनि संविधान बनेन भने फेरि भोट हाल्ने र माग्ने पनि कल्पना नगरे हुन्छ ।’ राजनीतिक स्थायित्वको अभावमा अर्थतन्त्रदेखि सबै क्षेत्र धराशायी भएको भन्दै कतिपय मतदाता भने नेपालको समृद्ध विकासका लागि दोस्रो संविधानसभाको चुनाव सहयोगी हुनुपर्ने बताए । ‘उद्योगधन्दा अस्तव्यस्त बनेका छन्, अब दोस्रो संविधानसभाले राजनीतिक स्थायित्व दिएर नेपाल समृद्ध बनोस्,’ क्षेत्र नम्बर–७ का सितला उच्च बोहोराटारस्थित मतदान केन्द्रमा पुगेका मतदाता धनबहादुर पण्डितले भने । मतदाताले नेताहरूको पहिलो प्राथमिकता सत्ताभन्दा संविधान हुनुपर्ने बताएका छन् ।
‘पहिलो संविधानसभा संविधान बनाउनुभन्दा सत्तामा केन्द्रित बन्यो, अब त्यस्तो नहोस्,’ चार घन्टा लाइनमा बसेर मतदान गरेका बानियाँटार गोंगबुका रणबहादुर थापाले भने, ‘विगतमा बनाएनन्, यस पटक पनि बनाएनन् भने अर्को पटक मत माग्न आएमा बहिष्कार गर्छौं र नेतालाई तिरस्कार गर्छौं ।’ ललितपुर–३ को जाउलाखेलस्थित मतदान केन्द्रमा मत खसालेकी राधा महर्जन पनि संविधान बन्ने आशमा मात्र मतदान गर्न आएको बताउँदै फेरि संविधान नबने दलहरूको विश्वास गुम्ने बताउँछिन् ।
मतदानमा उत्साहपूर्ण तरिकाले सहभागी भएका अधिकांश मतदाता दोस्रो संविधानसभाले छिट्टै संविधान बनाएर देशको विकासका लागि क्रियाशील हुनुपर्ने, गाउँघरका समस्या समाधान गर्नुपर्नेमा जोड दिन्छन् । उम्मेदवार बनेर आएका नेताहरूबाट नयाँ संविधानसभा बनाउने र विकास निर्माणमा सहयोग गर्ने आश्वासन पाएका उनीहरू त्यो प्रतिबद्धता पूरा हुनुपर्नेमा जोड दिन्छन् ।
‘चुनावका लागि बेला जे–जे प्रतिबद्धता जनाएका छन्, अब जितेपछि त्यो पूरा गर्नै पर्छ,’ चाबहिलका आश्विन न्यौपानेले भने, ‘पटक–पटकका चुनावमा भिन्न–भिन्न आश्वासन दिने र त्यो पूरा नगर्ने विगतको अब अन्त्य हुनुपर्छ ।’

दोस्रो संविधानसभा निर्वाचन आज

काठमाडौं, ३ मंसिर
संविधानसभाको दोस्रो निर्वाचन आज (मंगलबार) मुलुकभर एकै पटक सुरु हुँदै छ । संविधानसभाको पहिलो निर्वाचन २८ चैत २०६४ मा सम्पन्न भएको थियो । निर्वाचन आयोगको पूर्वनिर्धारित कार्यक्रमबमोजिम मंगलबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका मुलुकभरका १ करोड २१ लाख ४७ हजार ८ सय ६५ जनाले मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदान सकिएपछि नेपाली सेनासमेतको सुरक्षा घेरामा निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पु¥याइनेछ । निर्वाचनमा प्रत्यक्षतर्फ हल्का नीलो रङको र समानुपातिकतर्फ हल्का रातो रङको मतपत्र हुने अयोगले जनाएको छ । प्रत्यक्षतर्फ २ सय ४० र समानुपातिकतर्फ ३ सय ३५ सिटका लागि मतदान हुँदै छ । प्रत्यक्षतर्फ व्यक्तिलाई र समानुपातिकतर्फ पार्टीलाई मतदान गरिनेछ । प्रत्यक्षतर्फ २ सय ४० निर्वाचन क्षेत्रमा २ सय ४१ प्रकारका मतपत्र छन् ।
२ सय ४० निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र र मतदाता काठमाडौंमा छन् । १० ओटा क्षेत्रमा ५ लाख ३२ हजार १ सय १० मतदाता छन् भने सबैभन्दा कम मनाङ–१ मा ४ हजार ७ सय ९५ मतदाता छन् । क्षेत्रगत रूपमा सबैभन्दा बढी भक्तपुर क्षेत्र–२ मा ८२ हजार २ सय १८ मतदाता छन् । मतदानको एक सातापछि प्रत्यक्षको र तीन सातापछि समानुपातिक निर्वाचन प्रणालीको मतपरिणाम घोषणा हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा मुलुकभर १८ हजार ४ सय ५७ मतदान केन्द्र छन् भने १० हजार १३ मतदानस्थल छन् । ती मतदान केन्द्रमा अधिकृतदेखि सहायक स्तरसम्मका कुल २ लाख १४ हजार ८ सय २ जना कर्मचारी परिचालन भएका छन् । निर्वाचन सुरक्षाका लागि प्रहरी, सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी मुलुकभर १ लाख ९१ हजार ९ सय ४४ सुरक्षाकर्मी परिचालन गरिएको आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न गर्न आयोगले पर्यवेक्षण नीति, तालिम नीति, सञ्चार नीति, मतदाता शिक्षा नीति, लैंगिक तथा समावेशी नीति स्वीकृत गरी जारी गरेको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा ६ हजार ३ सय ५३ र समानुपातिकतर्फ १ सय २२ दलबाट १० हजार ७ सय ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रत्यक्षतर्फ १ सय २१ र समानुपातिकतर्फ १ सय २२ दल छन् । निर्वाचन आयोगले १ करोड ४९ लाख ५२ हजार मतपत्र र समानुपातिक निर्वाचन प्रणालीतर्पm पनि सोही संख्यामा मतपत्र छापेको छ ।
निर्वाचनलाई बढी विश्वसनीय र भरपर्दो बनाउनका लागि मतदाता परिचयपत्र पनि वितरण गरिएको छ । निर्वाचन सुरक्षाका लागि नेपाल सरकारले तर्जुमा गरेको एकीकृत सुरक्षा योजनाअनुसार सम्पूर्ण सुरक्षाकर्मी परिचालन गरिएको छ । एउटा मतदान केन्द्रमा कम्तीमा सातजना सुरक्षाकर्मी परिचालित छन् कमतदानस्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले बताए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र धाँधलीरहित बनाउन निर्वाचन आयोगले बृहत् एवं सूक्ष्म अनुगमनका लागि अधिकारीहरूसमेत खटाएको छ ।
देशका ७५ जिल्लाका २ सय ४० निर्वाचन क्षेत्रका लागि ५६ क्लस्टरमा नेपाल सरकारका सचिव र सहसचिवस्तरका कर्मचारीलाई अनुगमनका लागि खटाइएको आयोगले जनाएको छ । उनीहरूलाई निर्वाचन प्रक्रियामा अवरोध आए तत्काल निर्णय लिन सक्नेसम्मको अधिकार प्रत्यायोजन गरिएको आयोगले जनाएको छ । निर्वाचन पर्यवेक्षणका लागि ५४ राष्ट्रिय र ५७ अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाले अनुमति लिएका छन् । ती संस्थाबाट ७४ हजार पर्यवेक्षकले अनुगमन गर्ने अनुमति लिए पनि २२ हजार ४ सय ४३ जनाले मात्र पर्यवेक्षकको परिचयपत्र लिएका छन् ।
अनुगमनका लागि २ सय ३५ जना विदेशी पर्यवेक्षक खटेका आयोगका सहसचिव सुरेश अधिकारीले जानकारी दिए । एउटा मतदान केन्द्रमा दुईओटा मतपेटिका रहने छन् । आयोगले सार्क राष्ट्रका प्रमुख निर्वाचन आयुक्तसहित बेलायत, अस्ट्रेलिया, जापानका सरकार एवं संसद्का प्रतिनिधिलाई निर्वाचनको दिन अवलोकनका लागि आमन्त्रण गरेको छ । आमन्त्रितमध्ये अधिकांश नेपाल आइसकेको आयुक्त दोलखबहादुर गुरुङले बताए ।
उनका अनुसार मतदानलाई विभिन्न १५ देशका राजदूतले अवलोकन गर्नेछन् । चार वर्षसम्म संविधान बन्न नसकेपछि १४ जेठ २०६९ मा संविधानसभाको अवसान भएको थियो । १ चैत २०६९ मा प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा ११ सदस्यीय चुनावी मन्त्रिपरिषद् गठन भएपछि सो सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुन लागेको हो । चुनावी मन्त्रिपरिषद्ले गत ३१ जेठमा ४ मंसिरका लागि संविधानसभाको निर्वाचन घोषणा गरेको थियो । निर्वाचन आयोगका अनुसार मुलुकभर ९ हजार ४ सय ९ हिँडडुल गर्न नसक्ने र १५ हजार ८९ दृष्टिविहीन गरी २४ हजार ४ सय ९८ अपांगता भएका मतदाताले मताधिकार प्रयोग गर्दै छन् ।
उनीहरूलाई निर्वाचनमा भाग लिन सजिलोका लागि मुलुकका १५ जिल्लाका ४९ मतदान केन्द्रमा अपांगमैत्री बनाइएको छ । यसैगरी, यस निर्वाचनमा धनकुटा र बैतडी गरी दुईओटा मतदान केन्द्रको सञ्चालन अपांगता भएका व्यक्तिबाट गरिनेछ । त्यस्तै, दलित कर्मचारी मात्रैले मोरङमा एउटा मतदान केन्द्रको सञ्चालन गर्ने आयोगले जनाएको छ ।

Sunday, November 17, 2013

सकियो उम्मेदवारको चुनावी प्रचार अभियान


अब मौन अवधि
भीम गौतम÷राजधानी
काठमाडौं, १ मंसिर
दुई दिनपछि हुने दोस्रो संविधानसभा चुनावका लागि उम्मेदवारका चुनावी प्रचार अभियान अवधि सकिएको छ । गत १८ असोजमा उम्मेदवारी दर्ता गरेपछि चुनावी प्रचार–प्रसार अभियान तीव्र बनाएका १ सय २२ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवाको अभियान शनिबार राति १२ बजेदेखि सकिएको हो ।
आइतबार बिहान १२ बजेदेखि नै मौन अवधिसमेत सुरु भएको छ । घरदैलो, भेटघाट, चुनावी सभालगायत आङ्खनो पक्षमा भोट मागिरहेका उम्मेदवारले ४ मंसिरमा मतदान नसकिएसम्म चुनावी प्रचार–प्रसार गर्न पाउने छैनन् । निर्वाचन आचारसंहिताले मतदान हुने दिनको ४८ घन्टाअघि सुरु हुने मौनअवधिमा कुनै पनि राजनीतिक दल र उम्मेदवारको पक्ष÷विपक्षमा प्रचार गर्न नपाउने स्पष्ट व्यवस्था गरेको निर्वाचन आयोगका आयुक्त इला शर्माले जानकारी दिइन् ।
‘मौन अवधिमा दलहरूले चुनावी प्रचार गरेको नगरेकोबारे अनुगमन गर्नेछौं र तोड्नेलाई कारबाही हुनेछ,’ उनले भनिन्, ‘मौन अवधि नतोड्न तथा निर्वाचन आयोगको आचारसंहिता पूर्ण पालन गर्न पनि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गर्छौं ।’ आयोगका अनुसार संविधानसभा सदस्य निर्वाचन आचारसंहिता, ०७० को दफा ३४ मा मतदान हुने लगाउन, राजनीतिक दल वा राजनीतिक दलसँग आबद्ध संस्थाको झण्डा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म जुलुस निकाल्न, नारा, निर्वाचन चिह्न र अन्य कुनै पनि सामग्री प्रदर्शन गर्न र निर्वाचन प्रचार–प्रसार हुने कुनै पनि कार्य गर्नु र गराउनु हँुदैन’ भनी स्पष्ट व्यवस्था गरिएको छ ।
उम्मेदवारसँगै आम सञ्चारमाध्यमको समेत मौनअवधि सुरु भएको हो । ‘यस अवधिभित्र आमसञ्चारमाध्यमले उल्लंघन गर्नसक्ने हुनाले मिडिया अनुगमनलाई समेत विशेष जोड दिइनेछ,’ शर्माले भनिन्, ‘मौनअवधिमा सञ्चारमाध्यमले प्रकाशन÷प्रसारण गर्ने सामग्रीबारे अझ बढी गम्भीर रूपमा हेरिनेछ ।’ आयोगले मौनअवधिमा मतदातालाई मतदान गर्नका लागि डर, धाक, धम्की दिने वा अन्य कुनै पनि किसिमले प्रभावित नपार्न तथा मतदान गर्नबाट वञ्चित हुने गरी कुनै अवरोध नपु¥याउन एवं आमसञ्चारका माध्यमले आयोगले प्रवाह गरेको सूचना तथा समाचार सम्प्रेषण, प्रकाशन वा प्रसारण गर्नबाहेक राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार हुने गरी सूचना, समाचार सम्प्रेषण, प्रकाशन र प्रसारण नगर्न नगराउनसमेत गराएको छ ।
मौनअवधिमा भने उम्मेदवारले बढीभन्दा बढी व्यक्तिगत सम्पर्क तथा भेटघाटलाई तीव्रता दिने देखिएको छ ।
http://www.erajdhani.com/en/national/17933-----

Thursday, November 14, 2013

प्राधिकरणको अर्को प्रकरण


  • सामान हिनामिनाको आरोपमा पूर्व कर्मचारी हिरासतमास्टोरभित्रका सामान बिक्री गरेको आरोप
  • एक करोडको दाबी गर्दै प्राधिकरण मुद्दा दायर गर्ने तयारीमा
भीम गौतम\राजधानी
काठमाडौं, २८ कात्तिक
नेपाल विद्युत प्राधिकरण ग्राहक तथा वितरण विभागको मध्य वितरण केन्द्रमा कार्यरत रहँदा जिन्सी सामान हिनामिना गरेको आरोपमा तत्कालीन बरिष्ठ सहायक अर्जुनबहादुर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएको छ ।
प्राधिकरणमा ट्रान्सफर्मर प्रकरणमा अनियमितता भएको भन्दै उच्च अधिकारी लगायतका कर्मचारीहरुविरुद्ध अख्तियारले पक्राउ गरी विशेष अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सामान हिनामिना गरेको अभियोगमा अर्का पुर्व कर्मचारीलाई हिरासतमा लिएको हो । अख्तियारका अनुसार, केन्द्रको स्टोर इन्चार्ज रहँदा केसीले ६३ लाख १० हजार ५ सय ४२ रुपैयाँ बराबर हिनामिना गरेको आरोप छ । स्टोरमा रहेका सामानहरु गायब भएपछि उनीविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको थियो ।
आयोग ऐन, २०४८ को दफा १९ (४) बमोजिम धरौटी वा जेथा जमानी माग गरिएकोमा निजले सो बराबरको धरौटी रकम बुझाउन नसकेकोले अनुसन्धानको सिलसिलामा हिरासतमा राखेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाद्धारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । डेढ बर्ष अघि हिनामिनामा रहेको तथ्य सार्वजनिक भएपछि प्राधिकरणले केसीलाई कार्बाही गर्दै अवकाश दिएको थियो । मध्य वितरण केन्द्रमा दीपक आचार्य सरुवा भएपछि केसीको हिनामिना खुलासा भएको थियो ।
करिब ५ बर्ष स्टोरमा कार्यरत रहँदा केसीले टीओडी मिटर, ट्रान्सफर्मर, आल्मुनियम तार, पोल, कण्डक्टर लगायतका सामान हिनामिना गरेका थिए । प्राधिकरणभित्रको स्टोरमा रहेका सामानहरु उनले बाहिर विक्री गरेको प्राधिकरणले गरेको छानवीनको क्रममा देखिएको थियो । उनलाई प्राधिकरणले ६५ लाख रुपैयाँ बराबरको रकम हिनामिना ठहर्याउँदै असुल गर्ने कागज समेत गराएको थियो । रकम दिन नसकेपछि प्राधिकरणले हिनामिना र जरीवाना रकमसहित करिब एक करोड रुपैयाँ रकम दाबी गर्दै सरकारी बाँकी सरह असुल उपरका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
केसीविरुद्ध समेत अख्तियारमा समेत उजुरी परेपछि प्राधिकरणले उनले गरेको हिनामिनाबारे अख्तियारलाई फाइल बुझाएको थियो । त्यसपछि अख्तियारद्धारा अनुसन्धान अघि बढाउँदा उनले ६३ लाख बराबरको हिनामिना गरेको ठहर गरी हिसारतमा राखेको हो । केसी स्टोरमा रहँदा गायब भएका टीओटी मिटर लगायतको दुरुपयोग हुन सक्ने भन्दै प्राधिकरण त्यस उपर समेत निगरानी गरिरहेको छ ।
प्राधिकरणका एक अधिकारीका अनुसार, उद्योग व्यवसायीहरुले कम मिटर देखाउनका लागि ती टीओटी मिटरको दुरुपयोग गर्न सक्ने अवस्था छ । ट्रानसफर्मर, पोल जस्ता समेत स्टोरबाट गायब भएकोले यसमा थप रहस्य हुन सक्ने प्राधिकरणले जनाएको छ । ‘पोल र ट्रान्सफर्मर जस्ता गायब हुनु नपर्ने हो, राम्ररी तथ्यांक नराखिएको वा के हो तर साच्चीकै बाहिर विक्री भएको भए यो समस्या गम्भीर हो ।’–ती अधिकारीले भने ।

माथिल्लो त्रिशुली–१ को म्याद थप

काठमाडौं÷रास— मन्त्री परिषदले २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको लाइसेन्सको म्याद एक बर्ष थप्ने निर्णय गरेको छ । आयोजना विकास सम्झौता (पीडीए) हुन नसकेको कारण देखाउँदै उर्जा मन्त्रालयले आयोजनाको म्याद एक बर्ष थप्न प्रस्ताव गरेको थियो । ऊर्जामन्त्री उमाकान्त झाले प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गरेकोमा बिहीबारको मन्त्रीपरिषदले उक्त निर्णय गरेको हो ।
अब उक्त आयोजनाले वित्तिय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्ने समय थप एक बर्ष पाउनेछ । पा“च वर्Èसम्म काम नभएपछि १५ असार २०६९ मा मन्त्रालयले आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको लाइसेन्स खारेज गरेको थियो । खारेज भएको उक्त लाइसेन्स मन्त्री परिषदले फेरि उक्त कम्पनीलाई दिएको थियो ।
पुनः दिँदा एक वर्Èभित्र वित्तिय व्यवस्थापन गनेए उल्लेख भएपनि पीडीएको कारण गर्न नसकेको भन्दै कम्पनीले म्याद थप्न उर्जा मन्त्रालयसँग प्रस्ताव गरेको थियो । ‘पीडीएमा कानुनका विभिन्न बुँदाहरु शंसोधन गर्नुपर्ने भएकोले कम्पनीसँग पीडीए गर्न सकिएन र पीडीए नगर्दा आयोजनाले वित्तिय व्यवस्थापन पनि गर्न नसकेको कारण म्याद थपिएको हो ।’–उर्जा मन्त्रालयका एक अधिकारीले भने ।

Wednesday, November 13, 2013

उम्मेदवारलाई चन्दा, जनतालाई महँगी


भीम गौतम\राजधानी
काठमाडौं, २६ कात्तिक
दोस्रो संविधानसभाको चुनाव आउन ६ दिन मात्र बाँकी रहँदा मतदातासँग आफूलाई भोट दिन उम्मेदवारहरू अनुनय विनय गरिरहेको छन् । तर, विडम्बना तिनै उम्मेदवारहरूले मागेको चन्दाका कारण मतदाताले भने महँगीको सास्ती भोग्नुपरेको छ । व्यापारी, व्यवसायीसँग उम्मेदवारहरूले माग्ने चन्दाबापतको रकम आफ्नो उत्पादनलाई महँगो बनाएपछि जनताले महँगीको सास्ती भोग्नुपरेको हो ।
उपभोक्ताका अनुसार दलहरूले संविधानसभाको चुनावी प्रचार–प्रसार सुरु गरेको एक महिनायता मात्र तरकारी, मासुजन्य, खाद्यान्नलगायतमा दोब्बरभन्दा बढी भाउ बढेको छ । उम्मेदवारले चन्दा माग्ने तथा त्यो चन्दाको पैसा उठाउनका लागि व्यापारी, व्यवसायीले वस्तुको भाउ बढाउने गरेका हुन् । ‘अरू कुनै कारणले अहिले महँगी बढेको होइन, चुनावमा उम्मेदवारलाई चन्दा दिनुपरेकै कारणले बढेको हो,’ नेपाल उपभोक्ता संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, ‘चुनावमा दिएको चन्दाको असुली सर्वसाधारणलाई महँगी बढाएर गर्न नहुने हो, गरिरहेका छन्, जनताका लागि राजनीति गर्नेहरूले चन्दा उठाएर व्यक्तिगत मोजमस्ती गरिरहेका छन् ।
’ मञ्चका सचिव नेत्र धिताल पनि अहिले डलरको भाउ घटेको र पेट्रोलियम पदार्थको भाउ पनि बढेका कारण महँगी बढ्नुको मुख्य कारण चुनाव मात्र भएको बताउँछन् । ‘किसानले सस्तोमा बेचेका छन् तर व्यापारीले त्यसलाई चौब्बर बढाएका छन्,’ उनले भने । पाँचखालका किसान नारायण काफ्लेका अनुसार उनले मंगलबार बिहान प्रतिकेजी ३५ रुपैयाँमा काउली र गोलभेंडा बेचेका हुन् । तर, त्यही काउली र गोलभेंडा प्रतिकेजी १ सय रुपैयाँमा काठमाडौंका उपभोक्ताले किने । यो त उदाहरण मात्र हो, तरकारी त किसानको मूल्यभन्दा उपभोक्ताले तेब्बर मूल्य तिरेर किन्नुपर्ने बाध्यता छ ।
व्यापारी, व्यवसायीबाट उठाएको पैसाबाट ठूलो तामझामका साथ चुनावी प्रचार–प्रसार गरिरहेका उम्मेदवारको कारणले महँगी भोग्नुपरेपछि उपभोक्ता पनि आक्रोशित छन् । उनीहरूले उम्मेदवारलाई महँगी नियन्त्रणबारे गुनासो पोखे पनि आफ्नो सरकार आएपछि नियन्त्रण गर्ने बताउँदै आएका छन् । ‘मैले भोट माग्न आउने सबै नेतालाई किन महँगी बढ्दा पनि चुप भनेर सोधें तर उनीहरूले आफ्नो सरकार आएपछि नियन्त्रण गर्ने मात्र बताए,’ मैतीदेवीका युवा राम श्रेष्ठले भने, ‘पछि व्यापारी, व्यवसायीसँग कुरा गर्दा त अलि–अलि चन्दा दिनुपरिहाल्यो, महँगी त बढिहाल्छ नि पो भने ।’ व्यापारी, व्यवसायीहरू पनि चन्दा दिनुपरेको कारणले बाध्य भई केही महँगी गर्नुपरेको बताउँछन् ।
‘के गर्नु, ठूलादेखि साना पार्टीसम्मले चन्दा मागेर हैरान छ, चन्दा दिएपछि अलि–अलि महँगी त गर्नैप¥यो नि †’ एक व्यवसायीले भने, ‘अहिले अधिकांश व्यापारी, व्यवसायीले चन्दाको फोन उठाउँदा उठाउँदै हैरान भएपछि मोबाइल नै स्विच अफ गर्नुपरेको छ ।’ जनताका आवाजलाई बढीभन्दा बढी आफ्ना घोषणामार्फत सार्वजनिक गरेर मतदातालाई आकर्षित गर्न प्रतिस्पर्धा गरेका कुनै पनि दलले आफ्नो घोषणापत्रमा महँगी र महँगी नियन्त्रणबारे कुनै उल्लेख गरेका छैनन् । सरकारी निकाय पनि चुप लागेर बसेको छ । सोमबार मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव कृष्णहरि बाँस्कोटाले बजार भाउ नियन्त्रणका लागि निर्देशन दिए पनि कुनै प्रवाह परेको छैन ।
वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका महानिर्देशक नारायण बिडारी भने महँगी नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारीसँगै कालोबजारी गर्नेलाई कारबाही गर्ने प्रक्रिया अघि बढाइएको बताउँछन् । विगत एक महिनादेखि दिन प्रतिदिन महँगी बढ्दै गए पनि सरकारी निकायले कुनै वास्ता गरेको छैन भने उपभोक्ताको पक्षमा आवाज उठाउँदै आएका उपभोक्तावादीले पनि त्यसका विरुद्ध आन्दोलन गरेका छैनन् । महँगीका विरुद्धमा सडकमा उत्रने विद्यार्थी संगठनसमेत आफ्नै पार्टीका नेताहरूले लिएको चन्दाका कारण महँगी बढे पनि मौन छन् ।
http://erajdhani.com/en/component/content/article/40-2013-01-07-17-38-33/17759----

Sunday, November 10, 2013

मतदान गर्न सिकाउँदै दलहरू

भीम गौतम, प्रदीप न्यौपाने\राजधानी
काठमाडौं, २४ कात्तिक 
पहिलो चरणको घरदैलो अभियान सकाएका राजनीतिक दलहरूले काठमाडौं उपत्यकामा नमुना मतपत्रसहित घरदैलो अभियान सुरु गरेका छन् । उनीहरूले आङ्खनो निर्वाचन चिह्नमा स्वस्तिक छापसहित उचित (बदर नहुने र पट्याउने तरिकासहित) भोट हाल्नसमेत सिकाएका छन् । कतिपय उम्मेदवार यो काममा आफंै सक्रिय देखिन्छन् भने कतिपयले मतपत्रसहित आङ्खना कार्यकर्तालाई घरदैलोमा पठाएका छन् ।
प्रमुख दल एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलले आङ्खनो पार्टीको चिह्नसहित घरघरमा पुगेर मत माग्ने अभियान सुरु गरेका हुन् । प्रमुख दलहरूले सकेसम्म काठमाडौं क्षेत्रका सबै घरघरमा नमुना मतपत्रसहित भोट माग्ने योजनाका साथ अघि बढेको ती दलहरूले जनाएका छन् ।
तीन मुख्य दलले नै सकेसम्म घरघरमा सम्बन्धित क्षेत्रको उम्मेदवारसहित नै र सम्भव नभएमा पार्टीको स्थानीय वडा र गाविस एकाइमार्फत नमुना मतपत्रसहित भोट माग्ने योजना बनाएका छन् । पहिला उम्मेदवार अर्थात् व्यक्तिलाई विशेष फोकस गरेर घरदैलोदेखि चुनावी अभियान गरेका उनीहरूले अहिले भने चुनावी चिह्नलाई बढी जोड दिएर भोट मागिरहेका छन् ।
एकीकृत माओवादी नेवा राज्य समितिका इन्चार्ज एवं काठमाडौं क्षेत्र नम्बर–९ का उम्मेदवार देवेन्द्र पौडेलले काठमाडौंका सबै क्षेत्रका बुथबुथका लागि नमुना मतपत्र पठाइसकेको र माओवादीले नमुना मतपत्रसहित भोट माग्ने अभियान सुरु गरिसकेको जानकारी दिए । ‘पहिला सांस्कृतिक कार्यक्रम, घरदैलो र आमसभामार्फत बढी प्रचार–प्रसारमा जुटेका थियौं, अहिले नमुना मतपत्रसहित माओवादीले भोट मागिरहेको छ,’ उनले भने, ‘पार्टीका कार्यकर्ताहरू सहरका वडादेखि गाउँगाउँसम्म खटिएका छन्, अब छाप नै यसरी लगाउने भनेर भोट मागिरहेका छांै ।
’ नमुना मतपत्र बोकेर गाउँघरमा पुगेका कांग्रेस नेतासमेत प्रशिक्षण सकेर नमुना मतपत्रसहित भोट माग्न व्यस्त छन् । कांग्रेस काठमाडौं सभापति एवं काठमाडौं–६ का उम्मेदवार भीमसेनदास प्रधानले अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण दिएर नमुना मतपत्रसहित आ–आङ्खनो क्षेत्रमा पठाएको जानकारी दिए । ‘नाम, नम्बरसहित निर्वाचन आयोगको वेबसाइटबाट संकलन गर्दै कांग्रेसमा मतदान गर्न क्षेत्रीय कार्यालयमार्फत मतदाताको घरघरमा नमुना मतपत्र पठाएका छौं,’ उनले भने, ‘अब कांग्रेसको बढी फोकस नमुना मतपत्रसहित घरघरमा पुगेर मतदातासँग भोट माग्न नै केन्द्रित हुन्छ ।’ कांग्रेसले साना सभा तथा अन्य भेटघाटलाई समेत जोड दिन लागेको छ ।
एमाले काठमाडौंले पनि नमुना मतपत्र उपत्यकाका सबै क्षेत्रमा पठाएको छ भने उम्मेदवारले समेत नमुनापत्रसहित भोट माग्न सुरु गरिसकेका छन् । ‘उपत्यकाका एमाले उम्मेदवारहरूले नमुना मतपत्र, पार्टीको घोषणापत्र र छुट्टै रूपमा बनाएको स्थानीय घोषणापत्रसहित प्रत्येक घरधुरीमा पुनः पुग्दै छांै,’ एमाले काठमाडौंका अध्यक्ष एवं क्षेत्र नम्बर–४ का उम्मेदवार निर्मल कुइँकेलले भने, ‘मेरो क्षेत्रमा त अझ मतदाताको फोटोसहितको परिचयपत्रसहित समेत मत माग्न सुरु गरिसकेका छौं ।’ पहिलो चरणमा घरघरमा पुगेर बाहिरबाटै नमस्ते गर्दै मत मागिरहेका उम्मेदवारहरूले घरमै पुगेर नमुना मतपत्र दिई आङ्खनो पार्टीको चिह्नमा भोट हाल्न भनिरहेका छन् ।
तीनै दलले आङ्खना तल्ला एकाइमार्फत नमुना मतपत्रसहित चुनावी अभियान अघि बढाएपछि उम्मेदवारको अघिपछि हिँड्ने कार्यकर्ताहरू समेत विकेन्द्रित भएका छन् । दोस्रो संविधानसभाको चुनाव आउन ८ दिन मात्र बाँकी रहे पनि नमुना मतपत्रसहित उम्मेदवार न्युरोड क्षेत्रमा नआएको स्थानीय रत्न श्रेष्ठले जानकारी दिए । ‘पहिला–पहिला त यसरी हाम्रो पार्टीलाई भोट हाल्नुस् भनेर आउँथे, तर अझैसम्म आएका छैनन्,’ उनले भने ।
प्रमुख दलहरूले आङ्खनो पार्टीको चिह्नभित्र स्वस्तिक छाप हानेको नमुना मतपत्रसहित मतदाताहरूलाई मत हाल्न समेत सिकाइरहेका छन् । आङ्खना मतदाताले हालेको मत रद्द नहोस् तथा प्रत्यक्ष र समानुपातिक दुवैमा सजिलै हाल्न सकून् भन्ने उद्देश्यसहित घरधुरीसम्म पुगेर आङ्खनो पार्टीलाई मत हाल्न सिकाउने लक्ष्यसहित अभियान अघि बढाइरहेका छन् ।

Thursday, November 7, 2013

प्राधिकरण कार्यकारी निर्देशकबारे कारण देखाऊ आदेश

राजधानी समाचारदाता
काठमाडौं, २१ कात्तिक
नेपाल विद्युत् प्राधिकरणमा खुला प्रतिस्पर्धामा वैकल्पिक कार्यकारी निर्देशकमा छनोट भएका उम्मेदवारलाई नियुक्ति दिने नदिनेबारे सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
वैकल्पिक उम्मेदवार छनोट भएका मुकेशराज काफ्लेले मन्त्रिपरिषद्, ऊर्जा मन्त्रालय र प्राधिकरणलाई विपक्षी बनाई छनोट उम्मेदवारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा लागेकाले आफू कार्यकारी निर्देशकमा छनोट हुनुपर्ने माग दाबी गर्दै मुद्दा दायर गरेका थिए ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले कार्यकारी निर्देशकबारे के भएको र निवेदकको मागबमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भनी १५ दिनभित्र कारणसहित उपस्थित हुन आदेश दिएको छ । ऊर्जा मन्त्रालयले १५ मंसिर २०६८ मा प्रकाशित प्राधिकरणका कार्यकारी निर्देशकको आवश्यकतासम्बन्धी सूचनाबमोजिम खुला प्रतिस्पर्धामा रामेश्वर यादव छनोट भएका थिए भने काफ्ले वैकल्पिकमा छनोट भएका थिए ।
गत भदौमा ट्रान्सफर्मर प्रकरणमा अख्तियारले यादवलाई पक्राउ गरी मुद्दा चलाएपछि वैकल्पिक उम्मेदवारका हैसियतले आफूलाई कार्यकारी निर्देशक पाउनुपर्ने माग गर्दै काफ्लेले ऊर्जा मन्त्रालयमा निवेदन दिएका थिए । ऊर्जा मन्त्रालयले भने तत्कालीन जल तथा ऊर्जा आयोगका सह–सचिव अर्जुन कार्कीलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइसकेको छ ।
कार्यकारी निर्देशकमा नियुक्त भई कार्य गरिरहेकै अवस्थामा आयोगले रामेश्वर यादवविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाले उनी स्वतः निलम्बनमा परेको र आफू हुनुपर्ने माग उनको छ ।

Wednesday, November 6, 2013

चार महिनाभित्र साढे ६ लाख सीएफएल चिम

भीम गौतम\राजधानी
काठमाडौं, २० कात्तिक
नेपाल विद्युत् प्राधिकरणले चार महिनाभित्र ६ लाख ५० हजार थान विद्युत् कम खपत गर्ने सीएफएल चिम वितरण गर्ने भएको छ । विद्युत अभावमा लोडसेडिङको समस्या बढिरहेको बेला एसियाली विकास बैंकको सहयोगमा विद्युत् खपत कम गर्ने निःशुल्क सीएफएल चिम वितरण गर्न लागेको हो ।
एक महिनाअघिदेखि वितरण सुरु गरिएको सीएफएल चिम आगामी चार महिनाभित्र घरघरमा पु¥याउने लक्ष्य राखिएको आयोजना प्रमुख बोधराज ढकालले जानकारी दिए । ‘एक महिनादेखि सुरु भएको सीएफएल चिम वितरणअन्तर्गत १ लाखओटा चिम वितरण भइसकेको छ भने आगामी चार महिनाभित्र थप ६ लाख ५० हजार वितरण गर्न लागिएको छ,’ उनले भने ।
प्राधिकरणका अनुसार साधारण ७० वाटको बल्बबाट जति उज्यालो दिन्छ त्यति नै उज्यालो १४ वाटको सीएफएल चिमले दिन्छ । साधारणभन्दा पाँचौं गुणा बढी सीएफएलले उज्यालो दिने कारण प्राधिकरणले विद्युत् खपत कम गराउनका लागि परम्परागत बल्ब प्रतिस्थापन गरी नयाँ सीएफएल आयोजना दुई वर्ष अघिदेखि सुरु गरिएको हो । एडीबीको १२ करोड सहयोग र प्राधिकरणको ३ करोड गरी १५ करोडको लागतमा सुरु भएको आयोजनाअन्तर्गत वितरण ७ लाख ५० हजार ओटा सीएफएलबाट दैनिक करिब ३३ मेगावाट विद्युत् बचत हुने लक्ष्य राखिएको छ ।
देशभरि रहेका परम्परागत बल्ब विस्थापित गरी सीएफएल चिम घरघरमा जडान गर्ने लक्ष्य राखेको प्राधिकरणले आगामी चार महिनाभित्र विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, वुटबल, नेपालगन्ज, अत्तरिया र काठमाडौं क्षेत्रअन्तर्गतका घरधुरीहरूमा सीएफएल वितरण गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्रतिघरधुरीले दुईओटा मात्र सीएफएल पाउने बताइएको छ । आयोजनाका अनुसार विराटनगर क्षेत्रमा ५० हजार ४ सय ४६, जनकपुरमा ९३ हजार ३ सय ८०, हेटौंडामा ५६ हजार ८ सय ५१ र काठमाडौं क्षेत्रीय कार्यालयअन्तर्गतको दोलखा जिल्लामा २० हजार चिम वितरण गर्न लागिएको छ ।
त्यसैगरी, पोखराअन्तर्गत ४३ हजार ३ सय ३६, बुटबलमा ८३ हजार ३ सय ५२, नेपालगन्जमा ५८ हजार ३ सय ५७ र अत्तरिया क्षेत्रीय कार्यालयअन्तर्गत ४८ हजार ३ सय १८ सीएफएल चिम वितरण गर्न लागिएको छ । ४ मंसिरको दोस्रो संविधानसभाको चुनावपछि सीएफएल चिम वितरण अभियानलाई तीव्र बनाइने प्राधिकरणको योजना छ । ‘साधारणको सट्टा सीएफएल प्रयोग गर्दा मात्र विद्युत् संकट बढिरहेको बेला खपत कम हुन्छ,’ आयोजना प्रमुख ढकालले भने, ‘यसबाट प्राधिकरणलाई करोडौं फाइदा हुन्छ ।’ विद्युत् उत्पादन कम भएका कारण बढ्दो लोडसेडिङको समस्यालाई न्यूनीकरणका लागि सीएफएल चिमको उपयोग पनि एउटा कारण भएको भन्दै प्राधिकरणले यसबारे प्रचार–प्रसार अभियानलाई समेत अघि बढाएको छ ।
सहरका अधिकांश क्षेत्रमा सीएफएल चिमको प्रयोग बढ्दो भए पनि ग्रामीण क्षेत्रमा समेत सीएफएलको उपयोग बढाउने अभियानमा प्राधिकरण छ । प्राधिकरणले विद्युत् चोरी हुने क्षेत्रलाई लक्षित गरी सीएफएल चिम निःशुल्क वितरण आयोजना सञ्चालन गरिरहेको र यसले विद्युत् चोरीमा समेत कम हुने अपेक्षा गरेको छ ।

उम्मेदवारलाई तिहारभन्दा भोट’कै चिन्ता


भीम गौतम\राजधानी
काठमाडौं, १६ कार्तिक
    नेपालीको चाड तिहार सुरु भैसकेको छ । परम्परा अनुसार, तिहारमा काग, कुकुर, गाई, गोरु पुजाका लागि सक्रिय हुनुहुपर्ने काठमाडौका उम्मेदवारहरुको दैनिक भोट माग्न व्यस्त छ ।
    प्रमुख दलमध्ये एकीकृत माओवादीका उम्मेदवारमध्ये कमले मात्र तिहार बनाउँछन् तर नेपाली कांग्रेस र एमालेका अधिकांश उम्मेदवारहरु आफ्नो गच्छे अनुसार तिहार मनाउने गर्छन तर यसपालीको तिहारभन्दा उनीहरुलाई चुनावले बढी छोएको छ । शुक्रबार काग तिहार र शनिबार कुकुर तिहार सकिएपनि काठमाडौमा अधिकांश उम्मेदवार भोट माग्नमै व्यस्त थिए । तिहारभरि अधिकांश उम्मेदवारहरु तिहार मनाउनेभन्दा पनि भोट माग्नमै सक्रिय हुन योजना बनाएका छन् ।
    चुनावी प्रचारप्रसारको लागि घरदैलो कार्यक्रममा सहभागी भएका उम्मेदवाहरुले तिहारभरि कम घरदैलो कार्यक्रम गर्ने जनाएपनि देउसी, भैलो, सामुहिक मिटिङ, सांस्कृतिक कार्यक्रम लगायतमार्फत भोट माग्ने योजना बनाएका छन् । उनीहरु सबैले आफ्नो पार्टीको पक्षमा भोट माग्दै देउसी भैलो खेल्नेछन् । उनीहरुले पार्टी र चुनाव चिन्हका नाममा भट्याएर देउसी र भैलीराम भनी भोट माग्नेछन् । उनीहरुको अनुसार, एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले भैसीराम र देउसीरे भन्नेछन् ।
 एकीकृत माओवादीले तिहारभरि भेटघाटसहित देउसी, भैलो, सांस्कृतिक कार्यक्रममार्फत भोट माग्ने योजना बनाएको नेवा राज्य समितिका इन्चार्ज देवेन्द्र पौडेलले जानकारी दिए । ‘काठमाडौभरिका सबै आफ्ना उम्मेदवारहरुको कार्यक्रम भोट माग्नेनै छ ।’–उनले भने–‘तिहारलाई पनि भोट माग्नकै लागि समय बढी खर्चन्छौ, चुनाव नजिकिदै गएकोले हाम्रो बढी ध्यान भोट माग्नमै छ ।’ उनका अनुसार, एकीकृत माओवादीका सबै उम्मेदवारहरु तिहारको समयमा पनि सकेसम्म आफ्नो निर्वाचन क्षेत्रका टोल टोलमा पुग्नेछन् ।
    नेपाली कांग्रेसले चुनावी सभा, कार्यक्रम र घरदैलोभन्दा सामुहिक मिटिङ, भेटघाट र देउसी, भैलोमार्फतनै आफ्नो पार्टीको पक्षमा भोट माग्ने योजना बनाएको छ । ‘काठमाण्डौका सबै क्षेत्रका कांग्रेसका उम्मेदवारहरु बढी भेटघाटमै व्यस्त हुने योजना छ, संविधानसभाको चुनाव भएकोले आफ्नो पार्टीलाई जिताउनका लागि तिहारको भन्दा पनि भोटकै बढी चिन्ता हुनु स्वभाविक हो ।’–कांग्रेस काठमाडौका सभापति भीमसेनदास प्रधानले भने–‘तिहारको रमझम र माहोललाई डिस्टर्ब गर्नेभन्दा पनि साईलेन्स रुपमा भेटघाट र देउसीभैलोमार्फत भोट माग्नका लागि हाम्रो कार्यक्रम केन्द्रित हुन्छ ।’ उनका अनुसार, उम्मेदवारहरु परम्परा अनुसार, तिहार मनाएर बाँकी समय आफन्तका साथै अन्यसँग चुनावी रणनीति र योजना बनाउनकै लागि बढी केन्द्रित हुनेछन् ।
एमालेका काठमाण्डौ क्षेत्रका उम्मेदवारहरु पनि भोट माग्नमै तिहारभरि व्यस्त हुने एमाले काठमाडौ अध्यक्ष निर्मल कुईकेलले भने । ‘तिहारलाई एमाले जिताउने चाडको रुपमा रुपान्तरण गर्न लागेका छौ ।’–अध्यक्ष कुईकेलले भने–‘तिहारमा पनि पूर्ण रुपमा पार्टी पक्षमा भोट माग्नका लागि केन्द्रित हुन्छ, चुनाव नजिक भएकोले तिहारभन्दा बढी चिन्ता आफ्नो पार्टीलाई जिताउनेनै छ ।’
    हालसम्म बढी घरदैलोमै केन्द्रित बनेका दलहरुले लक्ष्मीपुजादेखि भने परम्परालाई धान्दै देउसी, भैलो लगायतमार्फत भोट मागेर जनतालाई आफ्नो पक्षमा आकर्षित गर्न देशका चर्चित कलाकारहरुलाई समेत उपयोग गर्ने योजना बनाएका छन् ।