Wednesday, November 6, 2013

आजबर्षभरिकै सबैभन्दा बढी विद्युत माग

भीम गौतम\राजधानी
काठमाडौं, १६ कार्तिक
    आज आइतबार लक्ष्मीपुजाको दिन बर्षभरिकै सबैभन्दा बढी विद्युत माग (डिमाण्ड)  हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
    अहिले दैनिक १०५० मेगावाटदेखि ११ सय मेगावाटसम्म विद्युत माग भईरहेकोमा लक्ष्मीपुजाका दिन १२ सय मेगावाटको माग हुने प्रक्षेपण प्राधिकरणको छ । नेपाली चाड तिहारको लक्ष्मीपुजा झिलिमिलि बत्ती बालेर भव्यताका साथ मनाइने कारण पनि बर्षभरिकै सबैभन्दा बढी माग हुने प्रक्षेपण गरिएको हो । गत बर्षपनि लक्ष्मीपुजाको दिन बर्षकै सबैभन्दा बढी १०९४ मेगावाट विद्युतको माग भएको थियो । ‘यस बर्षको सबैभन्दा बढी विद्युतको माग लक्ष्मीपुजाका दिन करिब १२ सय मेगावाट हुने अनुमान छ ।’–प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने–‘लक्ष्मीको बेलुकाको पिक आवरमा सबैभन्दा बढी विद्युत माग हुन्छ ।’ प्राधिकरणका अनुसार, गत बर्ष एक हजार मेगावाटदेखि १०९४ मेगावाटसम्म विद्युतको माग भएको थियो ।
    माग ११ सय मेगावाटको हाराहारीमा भएपनि सात सय मेगावाट मात्र उपलब्ध छ । केन्द्रका अनुसार, भारतबाट १ सय ३५ मेगावाट विद्युत आयात भईरहेको छ भने नीजि क्षेत्रबाट २ सय ३० मेगावाट मात्र विद्युत उत्पादन भईरहेको छ । बर्षभरिकै सबैभन्दा बढी माग भएकै कारण आज लक्ष्मीपुजाकै अवसर पारेर कुलेखानी तेस्रो जलाशययुक्त आयोजना समेत पूर्ण रुपमा सञ्चालन गरिन लागिएको छ । त्यसैगरी हेटौडाको डिजेल प्लान्ट र दुहबीको प्लान्ट समेत सञ्चालन गर्न लागेको प्राधिकरणले जनाएको छ । ‘कुलेखानी पहिलो र दोस्रो दुईसम्मम पूर्ण रप्मा सञ्चालन हुन्छ, दुहबी र हेटौडाको प्लान्ट समेत सञ्चालन गर्न लागेका छौ ।’–प्रमुख क्षेत्रीले भने–‘सबैभन्दा बढी माग भएपनि एक सय मेगावाट जति थप उत्पादन कुलेखानी र प्लान्टबाट उत्पादन हुन्छ ।’ हाल कुलेखानी भरिएर बोरा विछ्याएको ठाउँमा थप २८ सेन्टिमिटर पानी जलाशय भएको छ । प्राधिकरणका अनुसार, कुलेखानी १५ सय ३० मिटर भरिएर थप समेत पानी जलाशय भैसकेको छ ।
    हालै दैनिक दुई घण्टा लोडसेडिङ मात्र प्राधिकरणले लोडसेडिङ गरिरहेकोमा तिहारमा त्यो भन्दा कम हुने प्राधिकरणले जनाएको छ । बेलुकाको पिक आवरमा बढीनै विद्युत माग हुने भएकोले लोडसेडिङ हुने तर दिउँसोको समयमा लोडसेडिङ भने कम हुनेछ ।    

No comments: