भीम गौतम\राजधानी
काठमाडौं, २६ कात्तिक
दोस्रो संविधानसभाको चुनाव आउन ६ दिन मात्र बाँकी रहँदा मतदातासँग आफूलाई भोट दिन उम्मेदवारहरू अनुनय विनय गरिरहेको छन् । तर, विडम्बना तिनै उम्मेदवारहरूले मागेको चन्दाका कारण मतदाताले भने महँगीको सास्ती भोग्नुपरेको छ । व्यापारी, व्यवसायीसँग उम्मेदवारहरूले माग्ने चन्दाबापतको रकम आफ्नो उत्पादनलाई महँगो बनाएपछि जनताले महँगीको सास्ती भोग्नुपरेको हो ।
काठमाडौं, २६ कात्तिक
दोस्रो संविधानसभाको चुनाव आउन ६ दिन मात्र बाँकी रहँदा मतदातासँग आफूलाई भोट दिन उम्मेदवारहरू अनुनय विनय गरिरहेको छन् । तर, विडम्बना तिनै उम्मेदवारहरूले मागेको चन्दाका कारण मतदाताले भने महँगीको सास्ती भोग्नुपरेको छ । व्यापारी, व्यवसायीसँग उम्मेदवारहरूले माग्ने चन्दाबापतको रकम आफ्नो उत्पादनलाई महँगो बनाएपछि जनताले महँगीको सास्ती भोग्नुपरेको हो ।
उपभोक्ताका अनुसार दलहरूले संविधानसभाको
चुनावी प्रचार–प्रसार सुरु गरेको एक महिनायता मात्र तरकारी, मासुजन्य,
खाद्यान्नलगायतमा दोब्बरभन्दा बढी भाउ बढेको छ । उम्मेदवारले चन्दा माग्ने
तथा त्यो चन्दाको पैसा उठाउनका लागि व्यापारी, व्यवसायीले वस्तुको भाउ
बढाउने गरेका हुन् । ‘अरू कुनै कारणले अहिले महँगी बढेको होइन, चुनावमा
उम्मेदवारलाई चन्दा दिनुपरेकै कारणले बढेको हो,’ नेपाल उपभोक्ता संरक्षण
मञ्चका महासचिव ज्योति बानियाँले भने, ‘चुनावमा दिएको चन्दाको असुली
सर्वसाधारणलाई महँगी बढाएर गर्न नहुने हो, गरिरहेका छन्, जनताका लागि
राजनीति गर्नेहरूले चन्दा उठाएर व्यक्तिगत मोजमस्ती गरिरहेका छन् ।
’ मञ्चका सचिव नेत्र धिताल पनि अहिले
डलरको भाउ घटेको र पेट्रोलियम पदार्थको भाउ पनि बढेका कारण महँगी बढ्नुको
मुख्य कारण चुनाव मात्र भएको बताउँछन् । ‘किसानले सस्तोमा बेचेका छन् तर
व्यापारीले त्यसलाई चौब्बर बढाएका छन्,’ उनले भने । पाँचखालका किसान नारायण
काफ्लेका अनुसार उनले मंगलबार बिहान प्रतिकेजी ३५ रुपैयाँमा काउली र
गोलभेंडा बेचेका हुन् । तर, त्यही काउली र गोलभेंडा प्रतिकेजी १ सय
रुपैयाँमा काठमाडौंका उपभोक्ताले किने । यो त उदाहरण मात्र हो, तरकारी त
किसानको मूल्यभन्दा उपभोक्ताले तेब्बर मूल्य तिरेर किन्नुपर्ने बाध्यता छ ।
व्यापारी, व्यवसायीबाट उठाएको पैसाबाट
ठूलो तामझामका साथ चुनावी प्रचार–प्रसार गरिरहेका उम्मेदवारको कारणले महँगी
भोग्नुपरेपछि उपभोक्ता पनि आक्रोशित छन् । उनीहरूले उम्मेदवारलाई महँगी
नियन्त्रणबारे गुनासो पोखे पनि आफ्नो सरकार आएपछि नियन्त्रण गर्ने बताउँदै
आएका छन् । ‘मैले भोट माग्न आउने सबै नेतालाई किन महँगी बढ्दा पनि चुप भनेर
सोधें तर उनीहरूले आफ्नो सरकार आएपछि नियन्त्रण गर्ने मात्र बताए,’
मैतीदेवीका युवा राम श्रेष्ठले भने, ‘पछि व्यापारी, व्यवसायीसँग कुरा गर्दा
त अलि–अलि चन्दा दिनुपरिहाल्यो, महँगी त बढिहाल्छ नि पो भने ।’ व्यापारी,
व्यवसायीहरू पनि चन्दा दिनुपरेको कारणले बाध्य भई केही महँगी गर्नुपरेको
बताउँछन् ।
‘के गर्नु, ठूलादेखि साना पार्टीसम्मले
चन्दा मागेर हैरान छ, चन्दा दिएपछि अलि–अलि महँगी त गर्नैप¥यो नि †’ एक
व्यवसायीले भने, ‘अहिले अधिकांश व्यापारी, व्यवसायीले चन्दाको फोन उठाउँदा
उठाउँदै हैरान भएपछि मोबाइल नै स्विच अफ गर्नुपरेको छ ।’ जनताका आवाजलाई
बढीभन्दा बढी आफ्ना घोषणामार्फत सार्वजनिक गरेर मतदातालाई आकर्षित गर्न
प्रतिस्पर्धा गरेका कुनै पनि दलले आफ्नो घोषणापत्रमा महँगी र महँगी
नियन्त्रणबारे कुनै उल्लेख गरेका छैनन् । सरकारी निकाय पनि चुप लागेर बसेको
छ । सोमबार मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव कृष्णहरि
बाँस्कोटाले बजार भाउ नियन्त्रणका लागि निर्देशन दिए पनि कुनै प्रवाह परेको
छैन ।
वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका
महानिर्देशक नारायण बिडारी भने महँगी नियन्त्रणका लागि अनुगमनलाई
प्रभावकारीसँगै कालोबजारी गर्नेलाई कारबाही गर्ने प्रक्रिया अघि बढाइएको
बताउँछन् । विगत एक महिनादेखि दिन प्रतिदिन महँगी बढ्दै गए पनि सरकारी
निकायले कुनै वास्ता गरेको छैन भने उपभोक्ताको पक्षमा आवाज उठाउँदै आएका
उपभोक्तावादीले पनि त्यसका विरुद्ध आन्दोलन गरेका छैनन् । महँगीका
विरुद्धमा सडकमा उत्रने विद्यार्थी संगठनसमेत आफ्नै पार्टीका नेताहरूले
लिएको चन्दाका कारण महँगी बढे पनि मौन छन् ।
http://erajdhani.com/en/component/content/article/40-2013-01-07-17-38-33/17759----
No comments:
Post a Comment