अब मौन अवधि
भीम गौतम÷राजधानी
काठमाडौं, १ मंसिर
दुई दिनपछि हुने दोस्रो संविधानसभा चुनावका लागि उम्मेदवारका चुनावी प्रचार अभियान अवधि सकिएको छ । गत १८ असोजमा उम्मेदवारी दर्ता गरेपछि चुनावी प्रचार–प्रसार अभियान तीव्र बनाएका १ सय २२ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवाको अभियान शनिबार राति १२ बजेदेखि सकिएको हो ।
भीम गौतम÷राजधानी
काठमाडौं, १ मंसिर
दुई दिनपछि हुने दोस्रो संविधानसभा चुनावका लागि उम्मेदवारका चुनावी प्रचार अभियान अवधि सकिएको छ । गत १८ असोजमा उम्मेदवारी दर्ता गरेपछि चुनावी प्रचार–प्रसार अभियान तीव्र बनाएका १ सय २२ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवाको अभियान शनिबार राति १२ बजेदेखि सकिएको हो ।
आइतबार बिहान १२ बजेदेखि नै मौन अवधिसमेत
सुरु भएको छ । घरदैलो, भेटघाट, चुनावी सभालगायत आङ्खनो पक्षमा भोट
मागिरहेका उम्मेदवारले ४ मंसिरमा मतदान नसकिएसम्म चुनावी प्रचार–प्रसार
गर्न पाउने छैनन् । निर्वाचन आचारसंहिताले मतदान हुने दिनको ४८ घन्टाअघि
सुरु हुने मौनअवधिमा कुनै पनि राजनीतिक दल र उम्मेदवारको पक्ष÷विपक्षमा
प्रचार गर्न नपाउने स्पष्ट व्यवस्था गरेको निर्वाचन आयोगका आयुक्त इला
शर्माले जानकारी दिइन् ।
‘मौन अवधिमा दलहरूले चुनावी प्रचार गरेको
नगरेकोबारे अनुगमन गर्नेछौं र तोड्नेलाई कारबाही हुनेछ,’ उनले भनिन्, ‘मौन
अवधि नतोड्न तथा निर्वाचन आयोगको आचारसंहिता पूर्ण पालन गर्न पनि सबै
राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गर्छौं ।’ आयोगका अनुसार संविधानसभा
सदस्य निर्वाचन आचारसंहिता, ०७० को दफा ३४ मा मतदान हुने लगाउन, राजनीतिक
दल वा राजनीतिक दलसँग आबद्ध संस्थाको झण्डा ४८ घन्टाअघिदेखि मतदानको काम
पूरा नभएसम्म जुलुस निकाल्न, नारा, निर्वाचन चिह्न र अन्य कुनै पनि सामग्री
प्रदर्शन गर्न र निर्वाचन प्रचार–प्रसार हुने कुनै पनि कार्य गर्नु र
गराउनु हँुदैन’ भनी स्पष्ट व्यवस्था गरिएको छ ।
उम्मेदवारसँगै आम सञ्चारमाध्यमको समेत
मौनअवधि सुरु भएको हो । ‘यस अवधिभित्र आमसञ्चारमाध्यमले उल्लंघन गर्नसक्ने
हुनाले मिडिया अनुगमनलाई समेत विशेष जोड दिइनेछ,’ शर्माले भनिन्,
‘मौनअवधिमा सञ्चारमाध्यमले प्रकाशन÷प्रसारण गर्ने सामग्रीबारे अझ बढी
गम्भीर रूपमा हेरिनेछ ।’ आयोगले मौनअवधिमा मतदातालाई मतदान गर्नका लागि डर,
धाक, धम्की दिने वा अन्य कुनै पनि किसिमले प्रभावित नपार्न तथा मतदान
गर्नबाट वञ्चित हुने गरी कुनै अवरोध नपु¥याउन एवं आमसञ्चारका माध्यमले
आयोगले प्रवाह गरेको सूचना तथा समाचार सम्प्रेषण, प्रकाशन वा प्रसारण
गर्नबाहेक राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार हुने गरी सूचना,
समाचार सम्प्रेषण, प्रकाशन र प्रसारण नगर्न नगराउनसमेत गराएको छ ।
मौनअवधिमा भने उम्मेदवारले बढीभन्दा बढी व्यक्तिगत सम्पर्क तथा भेटघाटलाई तीव्रता दिने देखिएको छ ।
http://www.erajdhani.com/en/national/17933-----
No comments:
Post a Comment