भीम गौतम\राजधानी
काठमाडौं, ५ मंसिर
दोस्रो संविधानसभा निर्वाचनकोप्रारम्भिक नतिजा सार्वजनिक हुनुअगावै काठमाडौंका १० क्षेत्रको मतगणना भइरहेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी) मा कार्यकर्ताको भीड लागिसकेको थियो । क्षेत्र नम्बर–२ मा एमाले उम्मेदवार माधवकुमार नेपाल र ४ मा कांग्रेस उम्मेदवार गगन थापा प्रतिस्पर्धामा धेरै अघि देखिएपछि कार्यकर्ता र समर्थकको भीड मात्र बढेन, उनीहरूले चर्काे स्वरमा आफ्नो पार्टी र उम्मेदवारका पक्षमा नाराबाजीसमेत गरे ।
काठमाडौं, ५ मंसिर
दोस्रो संविधानसभा निर्वाचनकोप्रारम्भिक नतिजा सार्वजनिक हुनुअगावै काठमाडौंका १० क्षेत्रको मतगणना भइरहेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी) मा कार्यकर्ताको भीड लागिसकेको थियो । क्षेत्र नम्बर–२ मा एमाले उम्मेदवार माधवकुमार नेपाल र ४ मा कांग्रेस उम्मेदवार गगन थापा प्रतिस्पर्धामा धेरै अघि देखिएपछि कार्यकर्ता र समर्थकको भीड मात्र बढेन, उनीहरूले चर्काे स्वरमा आफ्नो पार्टी र उम्मेदवारका पक्षमा नाराबाजीसमेत गरे ।
उनीहरू विजय जुलुसझैं झन्डा हल्लाउँदै उफ्रिएका थिए । गाई चिह्न लिएर निर्वाचनमा होमिएको राप्रपा नेपालको भोटसमेत राम्रो आउन थालेपछि सो पार्टीका कार्यकर्ता र समर्थकसमेत सम्मेलन केन्द्रमा जम्मा हुन थालेका थिए । यद्यपि, पहिलो संविधानसभाको सबैभन्दा ठूलो दल अर्थात् काठमाडौंका १० मध्ये चारओटा क्षेत्रमा विजयी एकीकृत माओवादीका कार्यकर्ताको भने उपस्थिति अत्यन्तै न्यून थियो । सुरुमा एमाओवादी कार्यकर्ताको उपस्थिति राम्रै देखिएको भए पनि मत प™िणाम आउन थालेपछि उनीहरूको उपस्थिति न्यून देखिँदै गएको थियो ।
एमाओवादीका कतिपय कार्यकर्ता र समर्थक छेउछाउमा बसेर परिणाम सुनिरहेका थिए । अन्तिम मत परिणाम आउन अझै केही समय लाग्ने भए पनि सम्मेलन केन्द्रअगाडि भने उत्साहजनक भीड देखिएको थियो । उनीहरू परिणाम ‘अपडेट’ का लागि आतुर देखिन्थे भने परिणाम सुनेपछि हारजितको जोड घटाउमा लागेको पाइन्थ्यो । मतगणनाको परिणामबारे सम्मेलन केन्द्रको पूर्वी गेटअगाडिबाट देखिने गरी डिजिटल इन्डिकेटरको व्यवस्था गरेपछि त्यो हेर्ने र नाराबाजी गर्नेको भीड बढेको थियो ।
इन्डिकेटरबाट परिणाम सार्वजनिक गर्दा जुन पार्टीको बढी मत देखिन्थ्यो, त्यो आधारमा कार्यकर्ताहरू मच्ची–मच्ची कराइरहेका देखिन्थे । ‘५ नम्बर क्षेत्रका एमाले उम्मेदवार ईश्वर पोखरेलले जित्ने सुनेपछि नाराजुलुसका लागि आएका हौं,’ केन्द्रमा भेटिएका प्रकाश श्रेष्ठले भने, ‘आज रातभरि नै बसेर मतगणना हेर्नेछौं ।’ क्षेत्र नम्बर–५ मा पोखरेल र कांग्रेस उम्मेदवार नरहरि आचार्य अग्रस्थानमा छन् । अघिपछि एकअर्का दलप्रति बढी आक्रामक देखिने कांग्रेस र एमाले कार्यकताबीच भने रमाइलो संयोग देखिन्थ्यो । दुवै झन्डा फह¥याउन र नाराबाजीमा प्रतिस्पर्धा गरिरहे पनि उनीहरूबीच कुनै विवाद भने थिएन । जति साँझ ढल्कँदै गएको थियो त्यति नै कार्यकर्ताहरू उफ्रिरहेका थिए । चुनाव नजित्दै भएको भीडमा महिलाको समेत उल्लेख्य सहभागिता थियो ।
‘हामीले जसलाई भोट दिएका हौं, ती व्यक्तिको जित नजिक भएपछि नाराबाजी गर्न आएका हौं,’ प्रमिला ढुंगानाले भनिन्, ‘घरमा बसेर टिभी र रेडियो सुन्नु र इन्टरनेट हेर्नुभन्दा मत गणनास्थलमै आएर साथीभाइबीच नारा लगाउनुको मज्जा बेग्लै छ ।’ राप्रपा नेपालका कार्यकर्तासमेत उत्साहित भएर मत गणनास्थल आइपुगेका थिए । कांग्रेस, एमाले र एकीकृत माओवादीले राप्रपाले धेरै सिट ल्याउन नसक्ने भनिरहेको भए पनि काठमाडौंमा समेत राम्रो भोट आएपछि उनीहरू उत्साहित भएर मत गणनास्थलमै आएका हुन् ।
‘काठमाडौंका धेरै क्षेत्रमा राप्रपा नेपालको पनि धेरै भोट आउन थालेपछि हामी पनि त्यो खुसी बाँड्न बानेश्वर आएका हौं,’ क्षेत्र नम्बर–४ का हरेन्द्र श्रेष्ठले भने, ‘राप्रपा नेपाललाई समेत जनताले कति मन पराएका रहेछन् भनेर अब कांग्रेस, एमाले र एमाओवादीले थाहा पाउँछन् ।’ नयाँ बानेश्वरको पूर्वी गेटतर्फ जाने मुख्य सडकदेखि थापागाउँ जानेसम्मको सडकमा सवारीसाधन ओहोरदोहोरलाई निषेध गरेका कारण त्यहाँ हजारौं समर्थकको भीड लागेको थियो । राति अबेरसम्म बसेका उनीहरूले खुसीयालीसमेत मनाएका थिए ।
No comments:
Post a Comment