भीम गौतम /राजधानी
काठमाडौं, २७ फागुन
काठमाडौं, २७ फागुन
नेपाल
विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेपछि पनि महसुल तिर्न अटेर गर्ने
ग्राहकलाई अन्य सरकारी सेवाबाट वञ्चित गराउनका लागि पत्र लेख्ने भएको छ ।
एक
महिनाअघिदेखि प्राधिकरण सञ्चालन गरेको महसुल नतिर्नेको लाइन काट्ने
अभियानअन्तर्गत प्राधिकरणले उनीहरूलाई महसुल नतिरेसम्म अन्य सरकारी सेवाहरू
नदिनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्र लेख्न लागेको हो ।
अभियानअन्तर्गत ५० करोड १५ लाख रुपैयाँबराबरको महसुल नतिरेका २४ हजार ८ सय
५६ ग्राहकको लाइन काटेको थियो ।
प्राधिकरण
ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेका
अनुसार, सो रकममध्ये २४ करोड १६ लाख रुपैयाँ मात्र लाइन काटेपछि संकलन
भएकोमा बाँकी झन्डै २६ करोड उठाउनका लागि नतिरेसम्म सरकारी सेवा नदिनका
लागि पत्र लेख्न लागेको छ । ‘लाइन काटेर पनि पैसा नतिर्नेको तीन पुस्ते
नामावली जिल्ला प्रशासन कार्यालयहरुमा छुट्टै सूचना पाटी राखेर सार्वजनिक
गर्न लागेका छौं,’ उनले भने, ‘तीनपुस्ते नाम संकलन भइरहेको छ, चैतको दुई
साताभित्र सो जानकारीसहित प्रशासन कार्यालयमा पठाउँछांै ।’
लाइन
काटेपछि किन बक्यौता नतिरेको भनेर प्राधिकरण कर्मचारीले ८ सय १६ ग्राहकको
पुनः निरीक्षण गर्दा तीमध्ये अधिकांशले विद्युत् चोरेर बालेको पाइएको
प्राधिकरणले जनाएको छ । ‘ ८ सय १६ ग्राहकमध्ये २ सय ४६ ले विद्युत चोरेर वा
छिमेकीबाट ल्याएर पुनः विजुली वालेको पाइयो,’ उपकार्यकारी निर्देशक
पाण्डेले भने, ‘२ सय ४६ मध्ये ३७ ग्राहकले छिमेकबाट र बाँकी ग्राहकले चोरी
गरेर बिजुली बालेको पाइयो ।’ प्राधिकरणका अनुसार, लाइन काटिएका छिमेकीलाई
बिजुली दिनेहरूलाई समेत ५ सय जरिवाना गरिएको छ । हालै लाइन काटेर बक्यौता
तिर्न नआउने ग्राहकको निरीक्षणलाई समेत तीव्रता दिने प्राधिकरणले जनाएको छ ।
बर्सेनि साढे ४ अर्ब रुपैयाँ घाटा
रहेको प्राधिकरणको विद्युत् बक्यौता मात्र ८ अर्ब रुपैयाँ रहेको छ ।
प्राधिकरणले काठमाडौं, विराटनगर, नेपालगन्ज, पोखरा, हेटांैडा, अत्तरिया,
बुटबल र जनकपुर क्षेत्रीय कार्यालयमा बक्यौता उठाउनका लागि नतिर्ने
ग्राहकको लाइन काट्ने अभियान सञ्चालन गरेको छ । सहरी क्षेत्रबाट सुरु
गरिएको सो अभियानअन्तर्गत पहिला चरणमा ५० हजारभन्दा बढी बक्यौता बाँकी
रहेका ग्राहकलाई लक्षित गरी अघि बढाएकामा हाल ५० हजारभन्दामुनि बक्यौता
तिर्न बाँकी ग्राहकलाई केन्द्रित गरिएको प्राधिकरणले जनाएको छ ।
http://rajdhani.com.np/article/0369850001426088791
No comments:
Post a Comment