भीम गौतम/राजधानीकाठमाडौं, १४ चैत
नेपाल
विद्युत्् प्राधिकरणले सरकारले समन्वय नगर्दा र प्रक्रियामा ढिलाइ गर्दा
प्रसारण लाइन निर्माणमा समस्या देखिएको जनाएको छ । संसद्को कृषि तथा
जलस्रोत समितिमा पठाएको प्रसारण प्रणाली निर्माणका बाधा, अवरोध, समस्या र
तिनको समाधानबारे उपलब्ध गराएको विवरणमा सरकारको कारणले समेत प्रसारण लाइन
निर्माणमा ढिलाइ भएको उल्लेख गरेको छ ।
सन्
२०२० भित्र ३ हजार ३ सय किलोमिटर प्रसारण लाइन बनाउने लक्ष्य राखेकोमा
हालसम्म २ सय किलोमिटर पनि बनाउन नसकेको विद्युत्् प्राधिकरणले सरकारलाई
दोष लगाएको हो । ‘सर्वेक्षण लाइसेन्स प्रक्रिया तथा यससँग सम्बन्धित
प्रक्रियामा लाग्ने समयलगायतका कारणले प्रसारण लाइन द्रुतगतिमा अघि बढ्न
सकेको छैन,’ उनले भने । प्राधिकरणले पठाएको पत्रमा सरकारले प्राधिकरणलाई
निजी क्षेत्रसरह व्यवहार नगरी सरकारको निकायकै रूपमा विद्युत्् विकास
विभागका साथै ऊर्जा, वन, वातावरण र अर्थ मन्त्रालयले विभिन्न प्रक्रियामा
सरलीकरण गर्नुपर्ने तथा निजी क्षेत्रसरह उपेक्षा गर्न नहुने उल्लेख छ ।
प्राधिकरण
निजी जग्गा, ऐलानी र सरकारी जग्गाको सहज उपलब्धता, रूखहरू हटाउने, वन
मन्त्रालयलाई सट्टा जग्गा उपलब्ध गराउने, कटान गर्ने रूखको दुई गुणा रूख
रोप्ने र पाँच वर्षसम्म संरक्षण गर्नुपर्ने, विकास मैत्री नीतिको समस्या,
प्राधिकरणको कानुनी हैसियतलगायतमा समस्या रहेको बताएको छ । यसैगरी,
विस्फोटक पदार्थको खरिद, भण्डारण एवं प्रयोगमा सहजता, सुरक्षा, बजेट, दक्ष
जनशक्ति, खरिद, निर्णय प्रक्रियामा झन्झटिलो र लम्बेतान प्रक्रिया पनि
समस्या रहेको उल्लेख छ । नीतिगततर्फ प्राधिकरणको कानुनी हैसियतमा समस्या
रहेको उल्लेख गर्दै प्राधिकरण बोर्ड अध्यक्ष, कार्यकारी निर्देशक र सञ्चालक
सदस्य नियुक्तिमा समेत समस्या रहेको उल्लेख गरेको छ ।
प्राधिकरणले
थानकोट–चापागाउँ, खिम्ती–ढल्केबर, हेटौंडा–कुलेखानी, सिंगटी–लामोसाँघु,
हेटौंडा–भरतपुर, भुलभुले–मध्यमस्याङदी, भरतपुर–बर्दघाट, काबेली कोरिडोर र
नेपाल भारत विद्युत्् प्रसारण तथा व्यापार आयोजनामा समस्या रहेको पत्रमा
उल्लेख गरेको छ । अहिले झन्डै १ हजार ७ सय ५८ किलोमिटर प्रसारण लाइन
निर्माणाधीन अवस्थामा रहे पनि अधिकांश समस्याग्रस्त छन् । प्रसारण लाइनविना
विद्युत् ओहोरदोहोर गर्न सकिँदैन तर सबैभन्दा चुनौती नै प्रसारण लाइन
निर्माण देखिएको छ ।
६ वर्षअघि सम्पन्न
भइसक्नुपर्ने २ सय २० केभीको ७५ किलोमिटर लामो खिम्ती–ढल्केबर प्रसारण
लाइन अझै निर्माण पूरा हुन सकेको छैन । १७ बर्षअघि सुरु भएको १ सय ३२
केभीको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन अझै बनेको छैन । एक वर्षअघि
पूरा हुनुपर्ने सिँगटी–लामोसाँघु, डुम्रे–दमौली, काबेली कोरिडोर,
हेटौडा–कुलेखानी स्युचाटार अझै पूरा भएको छैन । ७५ किलोमिटर लामो २ सय २०
केभीको हेटौंडा–भरतपुर सन् २०१२ तथा ७५ किलोमिटरकै भरतपुर–बर्दघाट सन् २०१३
मा सम्पन्न भइसक्नुपर्ने भए पनि अझै पूरा भएको छैन । प्राधिकरणका अनुसार
हाल १ सय ३२ केभीको २१ सय ३० किलोमिटर र ६६ केभीको ५ सय १२ किलोमिटर सर्किट
प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।
http://rajdhani.com.np/article/0181704001427600333
No comments:
Post a Comment