राजधानी समाचारदाता
काठमाडौं, ४ चैत
काठमाडौं, ४ चैत
माथिल्लो
तामाकोसी जलविद्युत् आयोजनाको सेयर खरिद गर्न दोलखावासीलाई थप सजिलो भएको
छ । जलविद्युत् कम्पनीले स्थानीयका लागि छुट्ट्याएको सेयरमा बैंक तथा
वित्तीय संस्थाले दिएको ५० हजार रुपैयाँसम्म ऋणलाई विपन्न वर्ग कर्जामा
गणना गर्न पाइने भएपछि दोलखावासीलाई थप सहज भएको हो ।
राष्ट्र
बैंकले बुधबार निर्देशन जारी गर्दै जलविद्युत् आयोजनाले स्थानीयका लागि
छुट्ट्याएको सेयर खरिद गर्न सहज हुने कर्जा नीति बनाएको जानकारी दिएको छ ।
‘जलविद्युत् परियोजनाले स्थानीय बासिन्दाहरूका लागि छुट्ट्याएको सेयर खरिद
गर्न प्रवाहित प्रतिपरिवार ५० हजारसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा
गणना गर्न पाइनेछ,’ राष्ट्र बैंकले आफ्नो निर्देशनमा भनेको छ । यसअघि यस्तो
कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न पाइने व्यवस्था थिएन । बैंक तथा
वित्तीय संस्थाले यस्तो सुविधा पाएपछि स्थानीयलाई कर्जा प्रवाह गर्न सहज
हुने र त्यसको प्रत्यक्ष लाभ स्थानीय विपन्न वर्गले पाउनेछन् ।
नेपालको
पहिलो ठूलो र स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो
तामाकोसी जलविद्युत् आयोजनामा सेयर हाल्न स्थानीय विपन्नलाई समस्या हुने
भएपछि दोलखाका सभासद्सहित आयोजना प्रमुखले राष्ट्र बैंकका पदाधिकारीसँग
भेटेर विपन्न कर्जाका लागि आग्रह गरेका थिए ।
दोलखाका
सभासद्द्वय पार्वत गुरुङ र आनन्द पोखरेलसहित आयोजना प्रमुख विज्ञान
श्रेष्ठले राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडालाई भेटेर सेयरका लागि
विपन्न कर्जाको व्यवस्था गर्न आग्रह गरेका हुन् । ‘अब जलविद्युत्मा सेयर
हाल्नका लागि मुलुकभरका विपन्नहरूले सबै बैंकबाट सहुलियत ऋण पाउनेछन्,’
सभासद् पोखरेलले भने, ‘तामाकोसी आयोजनाबाट प्रभावित बासिन्दाका लागि
गभर्नरलाई अनुरोध गरिएकोमा सबै विपन्नलाई फाइदा
भएको छ ।’
उनका
अनुसार राष्ट्र बैंकको निर्देशनसँगै सेयर हाल्नका लागि आर्थिक समस्यामा
रहेका तामाकोसी क्षेत्रका प्रभावित एक लाख विपन्न दोलखालीले सहुलियत ऋण
पाउनेछन् । राष्ट्र बैंकको यो निर्देशनसँगै पैसा अभावमा सेयर हाल्न नपाउने
अवस्थाको अन्त्य भएको छ । दोलखाका विपन्नलाई सेयर हाल्न समस्या भएपछि
यहाँका राजनीतिक दलहरूले विनाधितो ऋण दिन मागसमेत गरेका थिए । अर्का सभासद्
पार्वत गुरुङले दोलखाका सबै नागरिकले सेयर हाल्ने वातावरणका लागि गरिएको
पहलले सार्थकता पाएको बताए । ‘राष्ट्र बैंकको निर्देशनले दोलखाका
विपन्नहरूलाई सेयर हाल्न धेरै सहज भएको छ,’ तामाकोसी आयोजना प्रमुख विज्ञान
श्रेष्ठले भने ।
अवरोध खुलाउन स्थानीयको माग
माथिल्लो
तामाकोसी जलविद्युत् आयोजनाका स्थानीय सरोकारवालाहरूले तत्काल आयोजनाको
काम सञ्चालन गर्न माग गरेका छन् । बुधबार ऊर्जामन्त्री राधा ज्ञवालीलाई
भेटेर तथा आयोजना स्थल लामाबगरवासीले प्रेस विज्ञप्ति जारी गरेर आयोजना
खुलाउन माग गरेका हुन् ।
सेयर मागेर
आयोजनामा संलग्न ठेकेदार कम्पनीका मजदुरहरूको हडतालका कारण ६ दिनदेखि काम
ठप्प रहेको आयोजनमा देखिएको गतिरोध वार्ताबाट समाधान गरी अघि बढ्न र नबढेमा
कडा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । मन्त्रीले भने
सरोकारवालासँगको भेटमा आयोजना खुलाउनका लागि पहल गर्ने बताइन् ।
दोलखाकासभासद्पशुपतिचौलागाईंलेभनेठेकेदारकम्पनीकाकार्यरतमजदुरलाईसेयरदिनअसम्भवरहेकोबताउँदैसेयरबढाउनकालागिमागगरेकाप्रभावितक्षेत्रकाबासिन्दालाईभनेसेयरबढाउनपहलगर्नुपर्नेबताए।‘प्रसारणरपहुँचमार्गकोप्रभावितक्षेत्रकाबासिन्दालाईसर्वसाधारणलाईदिनेसेयरबाट२५प्रतिशतदिनेगरीप्राधिकरणकाकार्यकारीनिर्देशकएवंतामाकोसीकम्पनीअध्यक्षमुकेशराजकाफ्लेसँगपनिछलफलभएकोछ,’
चौलागाईंलेभने,
‘अतिप्रभावितभन्दाकमरजिल्लावासीभन्दाबढीहुनेगरीसेयरदिँदाउपयुक्त
http://rajdhani.com.np/article/0687658001426728204
No comments:
Post a Comment