अहिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर सबैभन्दा बढी चर्चामा छ । तामाकोसीले पहिलोपटक नेपालमा एकै पटक साढे ३ अर्ब रुपैयाँको सेयर आह्वान गरेपछि सेयर हाल्नेको भीड छ । तामाकोसी जलविद्युत् आयोजनाको सेयर वितरण, सेयरमा देखिएको आकर्षण तथा जलविद्युत्मा सेयर हाल्नका लागि उपयुक्त वातावरणलगायतबारे आयोजना प्रमुख विज्ञान श्रेष्ठसँग राजधानीका लागि भीम गौतमले गरेको संक्षिप्त कुराकानी :
० तामाकोसी जलविद्युत्को सेयर वितरण प्रणाली कस्तो छ ?
तामाकोसीको
प्रबन्धपत्रमा उल्लेख भएअनुसार प्राथमिकता प्राप्त सेयर निष्कासन गरिएको छ
। प्राथमिकताका आधारमा दिइएको सेयर वितरणपछि यसमा पनि केही बाँकी रहन्छ
भने त्योसमेत गरी सर्वसाधारणका लागि सेयर खुला हुन्छ । सर्वसाधारणले १५
प्रतिशत सेयर पाउने व्यवस्था छ ।
० तामाकोसी जलविद्युत् आयोजनाको चर्चा निकै छ, यो किन यति चर्चित भएको हो ?
तामाकोसी
त सबैभन्दा आकर्षण भएको जलविद्युत् आयोजना हो । प्रतिफल राम्रो आउँछ भनेर
सबैले थाहा पनि पाए । आयोजना पनि समयमै बन्दै छ । जनमानसमा आयोजनाबाट धेरै
आशा पलाएको छ त्यसकारण आएको हुनुपर्छ ।
० यस आयोजनाको पे ब्याक पिरियड कति छ ? सेयर हाल्दा सर्वसाधारणले कति फाइदा पाउँछन् ?
लगानी
फिर्ता (पे ब्याक पेरियड) ५÷६ वर्ष छ तर ऋण सम्झौताका आधारमा १० वर्षसम्मा
तिरिसक्छांै । उत्पादन भएको पहिलो वर्षमै हामीले लाभांश खुवाउँछौ । लगभग
१६ देखि २० प्रतिशतसम्म बाँड्न सक्ने अपेक्षा गरेका छौं ।
० बढी फाइदा देखेरै सेयर कम भयो भनेर बढी असन्तुष्टि बढेको हो र ?
लाभांशले
मात्र होइन होला । टेलिकमको पनि लाभांश त राम्रै छ । पुँजीबजारमा चिलिमेले
जुन देखायो, सेयरको भाउ बढ्यो त्यो कारणले पनि यस्तो भएको हुन सक्छ । बढी
आकर्षणको कारण पनि यही होला तर यो आयोजनापिच्छे फरक हुन सक्छ । पुँजी कति
परिचालन र प्राप्ति हुन्छ भन्ने त बजारले भन्ने कुरा हो ।
० सेयरबारे वितरणबारे बढ्दो असन्तुष्टि र मुद्दामाथि मुद्दा किन आयो जस्तो लाग्छ तपार्इंलाई ?
सेयर
बढी चाहियो भन्दा पनि प्राथमिक सेयरप्रति आकांक्षा बढेको हो । यो सामाजिक
पक्ष हो । सेयर न्यायसंगत हिसाबले वितरण भयो भने खासै समस्या आउँदैन ।
सेयरको क्षमता एक हदसम्म हुन्छ । एउटा गिलासमा पानी नभरेसम्म हाल्ने हो ।
बढी पानी त अट्दैन । सेयर भनेको पनि त्यही हो । सीमितसम्म मात्र हामी हाल्न
सक्छांै ।
० मुद्दाले सेयर वितरणमा असर गर्दैन र ?
सेयर
वितरणबारे प्रबन्धपत्रमा स्पष्ट व्यवस्था छ । त्यो अनुसार अघि बढेका छौं ।
अदालतले थप फैसल्ला गर्यो भने त्यो हामीले मान्ने हो । जे जति गरिरहेका
छौं त्यो त धितोपत्र बोर्डबाट स्वीकृति पाएरै गरिएको हो । यो कानुनविपरीत
छैन । कानुनविपरीत भए त धितोपत्र बोर्डबाट स्वीकृति पाउँदै पाउँदैनथ्यौ ।
जहाँसम्म मुद्दा हालेको कुरा छ, लोकतान्त्रिक व्यवस्थामा आफ्नो अधिकार
प्रयोग गरेर मुद्दा हाल्न पाउने व्यवस्था त छँदै छ । अदालतबाट न्यायपूर्ण
तरिकाले फैसला होला नि ।
० कम सेयर भएर हो कि, कति पाउँछन्, सर्वसाधारणले सेयर ?
स्वँपुजी
(ईक्वेटी) त १० अर्ब ५ करोड ९० लाख रुपैयाँ भयो । त्यसमध्ये ५१ प्रतिशत
प्रवद्र्धकको भयो । प्राथमिकतर्फ कर्मचारी, जिल्लावासी, सञ्चयकर्ता र
सर्वसाधारण गरी ४९ प्रतिशत सेयर हुनेछ । सर्वसाधारणका लागि डेढ अर्ब
रुपैयाँभन्दा बढी छुट्याएको छ । जस्तै वरुण जलविद्युत् आयोजनामा जम्मा ४
करोड रुपैयाँको सेयर छ । लाइन कहाँ छ ? उसको ब्यालेन्स सिट थाहा छँदै छ ।
तामाकोसीको ब्यालेन्स सिट हेर्नूस्, लागत हेर्नूस् । सेयर रकम नि ठूलो छ,
तामाकोसीमा आकर्षण पनि धेरै छ ।
० सर्वसाधारणले कहिलेसम्म सेयर पाउँछन् ?
प्राथमिकतामा सेयर वितरणपछि त्यसलगत्तै सर्वसाधारणले सेयर पाउँछन् । छिटोमा ६ महिनाभित्र सर्वसाधारणका लागि खुला गर्छौं ।
० जिल्लावासीलाई १० प्रतिशत सेयर दिने निर्णयले जिल्लावासीमा के परिवर्तन ल्याउँला जस्तो लाग्छ ?
जलविद्युत्
आयोजना क्षेत्रमा मुख्यतया आयोजना प्रभावितलाई र लगानीका आधारमा ठूलो
आयोजना भएका कारण जिल्लावासीलाई सेयर दिने व्यवस्था भएको हो । यसबाट के
सन्देश जान्छ भने विकास योजनामा स्थानीय साझेदारी आवश्यक रहेछ ।
साझेदारीपछि सहभागिता हुन्छ र यसबाट जनताको अपनत्व हुन्छ । यसबाट आयोजना
निर्माणमा समेत सहयोग पुग्छ । हामीले स्थानीय सहयोग धेरै पायांै ।
स्थानीयवासीलाई आर्थिक रूपमा पनि मजबुत बनाउन समेत यसले सहयोग गर्छ ।
० जिल्लावासीमा पनि सेयर कम भयो भनेर आवाज त उठिरहेको छ, यसलाई कसरी हेर्नुभएको छ ?
घरभित्र
पनि अलिअलि असन्तुष्टि भैहाल्छ नि । यो त दोलखावासीको घरभित्रको
असन्तुष्टि हो । आखिर घरभित्र रहेको भाँडाभित्र जति छ, त्यति बाँड्ने हो ।
सकेसम्म सबैलाई चित्त बुझाएर बाँड्ने हो । पाउनेजति नखोसियोस् भन्ने चाहाना
हाम्रो छ । घरभित्रको कुरा त बाँडीचुँडी लिने हो ।
० आयोजनाले प्रभावित, अति प्रभावित छुट्याउँदा वैज्ञानिक भएन भन्ने गुनासो पनि छ नि ?
जिल्लामा
सेयर बाँडफाँट गर्नका लागि जिल्ला समन्वय समितिको संयन्त्र छ । यस
संयन्त्रमा जिल्लाका राजनीतिक दलदेखि नागरिक समाजका प्रतिनिधिसमेतको
संलग्नता छ । सभासद् पनि हुनुहुन्छ । उहाँले जे गर्नुभएको छ, त्यसलाई
आयोजनाले समन्वय मात्र गरिदिने हो । यसमा हामी हस्तक्षेप गर्दैनौं ।
० अहिले आह्वान गरेको सेयरमा बढ्दो सेयर आकर्षणको प्रवृत्ति हेर्दा कतिसम्म पर्ने आंकलन तपाईंहरूको छ ?
सञ्चयकर्ताबाहेकको
सेयरमा त एक÷दुई गुणा मात्र बढी पर्छ होला । तर सञ्चयकर्ता झन्डै साढे चार
लाख छन् । हालसम्म करिब ५०००० सञ्चयकर्तावाट करिब ५ अर्बको आवेदन परेको छ ।
हाम्रो प्रयास भनेको यस प्राथमिकता प्राप्त सेयरमा सबैले आवेदन गर्न
पाऊन् भन्ने हो । त्यही भएर अहिले १५ चैतसम्मका लागि म्याद थप गरेका छौं ।
प्राथमिक सेयरमा रकम पु¥याउनेभन्दा पनि धेरैको सहभागिता होस भन्ने कम्पनीले
खोजेको छ । झन्डै साढे ३ अर्ब रुपैयाँको सेयर खुला गरिएको नेपालमै यो
पहिलोपटक हो । सायद यो लेभलको बिक्री धितोपत्रको नियमले कल्पना गरेको भन्दा
पनि बाहिर होला ।
०
सेयरप्रति जुन आकर्षण देखिएको छ, सेयर भर्नका लागि भीडभाड देखिएको छ, यसले त
सर्वसाधारणबाट रकम उठाएर पनि आयोजना बनाउन सकिन्छ भनेर देखियो नि होइन ?
यसले
हौसला अवश्य मिलेको छ । तर सर्वसाधारणबाट सेयर उठाएर मात्र जलविद्युत्
आयोजना बन्न सक्छ भन्न त गाह्रै छ । आयोजना अघि बढाउनका लागि प्रवद्र्धक त
चाहियो नि । नेपाल विद्युत् प्राधिकरण त घाटामा छ तर प्राधिकरणले स्पेसल
पर्पस भेइकलका आधारमा अघि बढाएको तामाकोसीमा देखिएको यो उत्साहले नेपाल
जलविद्युत् क्षेत्रमा निराश हुनु नपर्ने अवस्था संकेत गरेको छ । आशावादी
हुने ठाउँ धेरै छ । सेयर उत्साहले स्वदेशी लगानीप्रति गौरव पनि बढाएको छ,
उत्साह पनि बढाएको छ । सक्रिय भएमा अघि बढ्न सकिन्छ भन्ने संकेत यसले गरेको
छ । यसले जनताले जलविद्युत् आयोजनामा विश्वास गर्छन् भन्ने पनि देखाएको छ ।
० सेयर भीडभाडले तामाकोसी कम्पनीले अर्को जलविद्युत् आयोजना बनाउनुपर्छ भन्ने सन्देश दिएजस्तो लाग्छ कि लाग्दैन तपार्इंलाई ?
यसले
राम्रो आयोजना अघि बढायो भने जनताले साथ दिन्छन् भन्ने संकेत दिएको छ ।
जनता लगानी गर्न तयार छन् । जनताबाट स्वपुँजी उठाउन सकिन्छ भन्ने देखिएको छ
। यसले उत्साह बढेको छ तर प्रवद्र्धकमा स्वार्थको द्वन्द्व भएन र राम्रा
आयोजना भए राम्रो गरी अघि बढाउन सकिन्छ भन्ने देखिएको छ । तामाकोसी
आयोजनाका प्रवद्र्धकमा कुनै द्वन्द्व छैन । स्वार्थ संस्थागत छ, निजी छैन ।
यसरी आयोजना प्रवद्र्धन र राम्रा आयोजना छनोट गर्न सक्यो भने जनताको
समर्थनमा आयोजना अघि बढाउन गाह्रो हुँदैन भन्ने देखिएको छ ।
० अहिले जलविद्युत् क्षेत्रमा सेयर हाल्ने बाढी नै छ, यसले भविष्यमा नकारात्मक असर पार्न सक्ने सम्भावनालाई कसरी हेर्नुभएको छ ?
अवश्य
असर पार्न सक्छ । पहिले सर्वसाधारणको सेयर वित्तीय संस्थातिर बढी
केन्द्रित थियो । यस्ता वित्तीय संस्थामा पनि सर्वसाधारणले सेयर हाले,
जुनमा नकारात्मक नेटवर्कतिर गइरहेको थियो । जलविद्युत्मा पनि यस्तो हुन
सक्छ । सेयर लगानी गर्नेले विचार पु¥याएर मात्र लगानी गर्नुपर्छ ।
० तपार्इं कस्ता जलविद्युत् आयोजनामा सेयर हाल्नोस् भनेर सर्वसाधारणलाई सुझाव दिनुहुन्छ ?
तामाकोसी
त लागतको हिसाबले सस्तै छ तर पनि उत्पादनको हाइड्रोलोजी (नदीको बहाव)
अवस्थाबारे अझै यकिन भन्न सक्ने तथ्यांक धेरै छैन । उत्पादन हुन थालेपछि
यसले लक्ष्यप्राप्ति गर्छ कि गर्दैन, त्यो हेर्न बाँकी छ । वास्तविक नाफा
घाटा भनेको त्यो बेला हेर्ने हो । कन्ट्याक्ट इनर्जी मिट गर्न सकेन भने
नाफामा कमी हुन सक्छ । तामाकोसीमा रोल्वालिङ खोलालाई डाइभर्सन गरेर
ल्याउँदा सुक्खायामको उत्पादनमा सन्तुलन ल्याउन धेरै मद्दत पु¥याउनेछ नै ।
अरू जलविद्युत् आयोजनामा भने हाइड्रोलोजिकल तथ्यांकमा खेलेको देखिन्छ ।
यसकारण मुख्यतः सर्वसाधारणले आयोजनाको लागत हेरेर मात्र सेयर हाल्नु
उपयुक्त नहोला । सर्वसाधारणले लागतसँगै उत्पादनपछि हुने विद्युत् बिक्री र
त्यसबाट हुने कमाइलाई पनि हेर्नुपर्छ ।
० प्रक्षेपित विद्युत् उत्पादन (कन्ट्याक्ट इनर्जी) र वास्तविक उत्पादन (मिटर इनर्जी) मा फरक देखिन थालेको छ भन्न खोज्नुभएको हो ?
हो,
कतिपय आयोजनामा यस्तो देखिएको छ । मिटर इनर्जी कम भयो भने निश्चित रूपमा
आयस्रोत कम हुन्छ । यहीकारण कम उत्पादन भएर प्राधिकरणमा धेरै आयोजनाले
जरिवाना तिरिरहेका छन् । यस्तोमा लगानीकर्तालाई मात्र घाटा हुने रहेछ,
बैंकलाई खासै घाटा हुने रहेनछ । बैंकमा यस्तोमा मानांै ६ वर्षमा उठ्ने ऋण
दुई÷चार वर्ष बढी लाग्ने मात्र हो ।
० के कारणले तामाकोसी बढी आकर्षक छ त ?
आकर्षक
किन छ भने लागत नै कम छ र प्रतिफल राम्रो छ । आयोजना बन्दै जाँदा धेरै
जलविद्युत् आयोजनाको लागत बढ्छ । यसमा त्यस्तो बढेको छैन । लागत बढ्ने
सम्भावना पनि कम छ । पहिलेको लागत ३५.२९ अर्ब रुपैयाँमै बन्ने अवस्था थियो
तर यो डलरको भाउ घटबढका कारण करिब ४१ अर्बसम्म पुग्ने प्रक्षेपण छ ।
० तामाकोसी आयोजनालाई आकर्षक बनाउनका लागि कत्तिको संघर्ष गर्नुपरेको छ, छोटोमा संघर्षबारे पनि बताइदिनोस् न ?
ठूलो
आयोजना भएकाले पहिलो त लगानी जुट्न सक्दैन भनेर विदेशीको मुख ताक्ने
प्रवृत्ति यसमा पनि देखिएकै हो । यो सस्तो र आकर्षक भएकाले चिलिमे आयोजना
जसरी बनाउन सकिन्छ भनेर लबिङ भयो । स्वदेशी लगानी र व्यवस्थापनमा आयोजनालाई
सस्तो बनाउन सकिन्छ भन्ने पनि देखिएको थियो, चिलिमेमा । राम्रो आयोजना
छनोट भयो भने आयोजना अघि बढाउन सकिन्छ भन्ने देखाएको छ, यो आयोजनाले
० सबैले गौरव गर्ने आयोजना बन्नका लागि संघर्षसँगै के कति चुनौती भोग्नुप¥यो ? कस्तो चुनौती पार गर्नुप¥यो ?
आयोजना
बनाउनका लागि धेरै चुनौती त आए । प्राविधिक चुनौती त आफ्नो ठाउँमा छ ।
यसको अलावा अन्तरनिकाय समन्वयको समस्या पनि ठूलै भोग्नुप¥यो । सामाजिक,
राजनीतिक चुनौतीको कुरा गर्ने हो भने जिल्लावासीलाई १० प्रतिशत सेयर
छुट्याएको कारणले धेरै सहज भएको महसुस हुन्छ । किनभने आयोजनामा यसबाट सबैको
अपनत्व देखिएको छ ।
० यो आयोजना सफल बनाउने क्रममा तपाईंले के पाठ सिक्नुभयो त ?
पहिलो
त आयोजना नै सही छनोट हुनुपर्ने रहेछ । त्यसपछि चिलिमे र तामाकोसीले
मार्गदर्शन गरेअनुसार स्वदेशी लगानीले आयोजनालाई सफल बनाउन प्रवद्र्धनको
काम गर्नुपर्छ । विदेशी लगानीको आयोजना भयो भने विद्युत् खरिद सम्झौता
(पीपीए) लगायतमा जोखिम हुने रहेछ । विदेशी लगानीकर्ताका लागि हाम्रो देशमा
जोखिम उच्च छ । तामाकोसीको हकमा प्रवद्र्धक र क्रेता दुवै विद्युत्
प्राधिकरण हो । यसले पनि आयोजना अघि बढाउनका लागि धेरै सहयोग पुगेको छ ।
हुन त धेरैले तामाकोसीमा प्राधिकरण आफंै बोक्सी र आफैं धामी छ भनेर आरोप
पनि लगाउँछन् । नेपालको परिस्थितिमा यो नभई आयोजना अघि बढ्न सक्ने अवस्था
नै छैन । यो धेरै महŒवपूर्ण कुरा छ । यहाँ जलविद्युत् आयोजनामा धेरै जोखिम छ
। प्राधिकरणले धेरै जोखिम लिएको छ । यही जोखिम लिएकाले आयोजना अघि बढेको
हो । प्राधिकरणलाई पनि उत्पादित बिजुली बेच्न सक्ने नसक्ने जोखिम छ । तर,
प्राधिकरणले आयोजनाको सबै जोखिम बहन गरेकाले तामाकोसी सस्तो र आकर्षक
आयोजना बनेको हो । अरू कसैले वा नीजि क्षेत्रका प्रवद्र्धकले यति ठूलो
आयोजनामा यति धेरै जोखिम लिएर बनाउन सक्दैनन् ।
०
सबै जोखिम र चुनौतीविना जलविद्युत् आयोजना अघि बढाउनका लागि सरकारी
निकायदेखि अन्य सरोकारवालाले के गर्नुपर्छ भन्ने तपाईंलाई लाग्छ ?
जोखिम
र चुनौतीविना आयोजना बनाउँछु भन्नु तत कल्पना मात्र हो । जति चुनौती
हुन्छन्, त्यति अवसर पनि हुन्छन् । त्यो बहन गरेर अघि बढ्न सक्नुपर्छ ।
जहांसम्म सरकारी निकाय र अन्य सरोकारवालाले के गर्नुपर्ने सवालमा धेरै बहस
हुनु आवश्यक छ ।
० अब तामाकोसीको प्रसारण लाइन निर्माणको कुरा गरौं, समयमै प्रसारण लाइन आयोजना नबन्ने कुराबाहिर आएको छ नि, के अवस्था छ ?
प्रसारण
लाइनका जति टावरछन् नि ती हरेक एक÷एक आयोजना हुन् । यो आयोजनामा १ सय २७
ओटा टावर छन् । यो सबै दोलखा जिल्लामा पर्छ । यसमा दोलखावासीको अपनत्व छ ।
सानातिना त समस्या छ तर आयोजना अघि बढिरहेका छन् । ०७३ को असारमा हामी
सिभिल वर्क सक्ने लक्ष्यमा छौं । ०७३ सालको पुससम्म सबै काम सकिएर उत्पादन
नै सुरु हुन्छ । १ सय २७ मध्ये २८ ओटाको फाउन्डेसन सकिएको छ । ५० ओटा जतिमा
काम भइरहेको छ । यो रफ्तारले समयमै प्रसारण लाइन सकिन्छ ।
० तामाकोसीको विद्युत् आहोरदोहोर गर्ने खिम्ती–ढल्केबर वा तामाकोसी–काठमाडांै प्रसारण लाइनको निर्माण त अझै अन्योल छ नि ?
खिम्ती–ढल्केबरको काम यो सालमै सुरु हुन्छ । तसर्थ, तामाकोसी आउनुअघि नै लाइन तयार हुन्छ ।
० खिम्ती–ढल्केबर बनेन भने त तामाकोसीको पनि बिजुली खेर जान्छ कि जाँदैन ?
बनेन
भने त बिजुली खेर जान्छ । तर, हामी धेरै निराशावादी बन्नुहुँदैन । अब बन्छ
भन्ने आशा छ । निराशावादी भयो भने त आयोजना बन्दै बन्दैन नि । यति मात्र
होइन अझ क्रस बोर्डरको लाइनसमेत तयार हुनेछ जसबाट माथिल्लो तामाकोसीको
विद्युत्लाई वर्षात्मा निर्यात गर्नसमेत ठूलो आधार हुनेछ ।
http://rajdhani.com.np/article/0523179001425784040
No comments:
Post a Comment