भीम गौतम/राजधानी
काठमाडौं, १७ फागुन
काठमाडौं, १७ फागुन
नेपाल
र भारतबीच विद्युत् ओहोरदोहोर गर्ने नेपालकै पहिलो ४ सय केभीको
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण आगामी असारभित्रै
सम्पन्न गरिने भएको छ ।
आगामी अगस्ट
अर्थात् भदौभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्धारित समयभन्दा दुई
महिनाअघि असारमै सम्पन्न गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तीन
वर्षभित्र मुलुकलाई लोडसेडिङमुक्त बनाउने आधारका रूपमा सरकारले यही
अन्तरदेशीय प्रसारण लाइन बनेपछि भारतबाट हुने विद्युत् आयातलाई लिएको छ ।
आगामी
सन् २०१५ को जूनदेखि नेपालले भारतको पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया
लिमिटेड (पीटीसी) सँग १ सय ५० मेगावाट बिजुली किन्नैपर्ने र आयात गर्न नसके
पनि त्यसबापतको रकम तिर्नैपर्ने सम्झौता छ ।
समयमै
आयोजना नबनेमा नेपालले करोडांै रुपैयाँ घाटा बेहोर्नुपर्ने अवस्था रहेपछि
बढी तीव्रता दिएर आयोजना अघि बढाइएको प्राधिकरणले जनाएको छ । ‘अगस्टभित्र
निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि दुई महिनाअघि सम्पन्न गर्न लागेका
छांै, त्यो गतिमा कार्य अघि बढेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक
मुकेशराज काफ्लेले भने, ‘सो समयभित्र ढल्केबर सवस्टेसन सम्पन्न नभए पनि
मौजुदा रहेको १३२ केभीको प्रसारण लाइन र अन्य वैकल्पिक व्यवस्था गरी बिजुली
खेर जान दिँदैनौं ।’
प्राधिकरणका
अधिकारीका अनुसार, अन्तरदेशीय प्रसारण लाइन बनेमा १३२ केभीको सवस्टेसनबाट
एक सय मेगावाट मात्र विद्युत् आदानप्रदान गर्न सकिन्छ भने ५० मेगावाट
बिजुली खेर जाने सम्भावना छ ।
वैकल्पिक
व्यवस्था नभए नेपालले करोडांै घाटा बेहोर्नुपर्ने अवस्था छ । ‘अन्तरदेशीय
प्रसारण लाइन समयमै बन्नेमै शंका छ, नबने नेपालले १ सय ५० मेगावाटबराबरको
बिजुलीको मूल्य सित्तैंमा तिर्नुपर्छ र यसले एकातिर लोडसेडिङ बढाउँछ भने
अर्कोतिर घाटामा गएको प्राधिकरण अझै घाटामा जान्छ,’ ती अधिकारीले भने,
‘ढल्केबर सबस्टेसनको काम अझै सुरु भएको छैन ।’
ढल्केबर
सबस्टेसनको काम अझै सुरु नभएको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार
आयोजनाका निर्देशक गोपालबाबु भट्टराईले स्विकारे । ‘सबस्टेसनको चित्रांकन
(ड्रोइङ) र नक्सांकन (डिजाइन) भइरहेको छ, छिट्टै सुरु गरेर आगामी नोभेम्बर
(मंसिर) भित्र सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने ।
निर्धारित
समयभन्दा ६ महिना ढिलो गरी गत असारबाट नेपालतर्फको प्रसारण लाइन निर्माण
सुरु भएको थियो । नेपालतर्फको प्रसारण लाइन ढल्केबरदेखि मुजफ्फरपुरसम्मको
४२ दशमलव २ किलोमिटर रहेको छ भने आयोजनाअन्तर्गत १ सय १२ टावर निर्माण
गर्नुपर्ने अवस्था छ ।
‘हालसम्म ७० फाउन्डेसन खडा भएका छन् भने ५८ टावर ठड्याइसकिएको छ,’ आयोजना प्रमुख बद्रीनारायण शाहले भने,
‘पहिले
३९ दशमलव ५ किलोमिटर रहेको सो प्रसारण लाइन अहिले ४२ दशमलव २ किलोमिटर
पुगेको छ तर हामी आगामी जूनभित्रै सम्पन्न गर्छौं, भारततर्फ पनि जूनभित्रै
सकिन्छ ।’ भारततर्फको भिट्ठामोडदेखि मुजफ्फरपुरसम्म ९० किलोमिटर लामो
प्रसारण लाइन निर्माणाधीन छ ।
सो
प्रसारण लाइनको तार तान्ने कार्य (स्ट्रिनिङ) आइतबार प्राधिकरणका कार्यकारी
निर्देशक काफ्लेले सुरु गरे । ‘तोकिएको भन्दा दुई महिनाअघि सम्पन्न भएपछि
आगामी हिउँद र वर्षा दुवैमा हुँदै आएको लोडसेडिङ अन्त्य हुनेछ,’ उनले भने,
‘१३ दशमलव २ मिलियन डलरमा निर्माण हुने सो नेपालतर्फको आयोजनामा
प्राधिकरणको ५० प्रतिशत, भारतीय कम्पनी आईईडीसीएलको १० प्रतिशत, पावर ग्रिड
कर्पोरेसन लिमिटेडेको २६ प्रतिशत र जलविद्युत् लगानी तथा विकास कम्पनीको
१४ प्रतिशत सेयर छ ।
भारतबाट पावर
आदानप्रदानका आधारमा ल्याउ“दाभन्दा बोर्डर बनाएर बजारमार्फत ल्याउ“दा ३
दशमलव २६ पैसा सस्तो पर्ने प्राधिकरणले जनाएको छ । प्रसारण लाइन बनेपछि
नेपालबाट भारतमा र भारतबाट नेपालमा १२ सय मेगावाटसम्म विद्युत् सहज आयात
निर्यात हुनेछ ।
भारततर्फ बोर्डर पावर
ट्रान्समिसन कम्पनी लिमिटेड (सीपीटीसी) भारतले भिट्ठामोडदेखि
मुजफ्फरपुरसम्मको ९० किलोमिटर प्रसारण लाइनको निर्माण कार्य गत १७ चैतदेखि
विहार राज्यको बथनाहबाट सुरु गरेको थियो । हालसम्म भारततर्फ ८० प्रतिशत
प्रसारण लाइनको टावर फाउन्डेसन र ६० प्रतिशत टावर ठड्याइसकेको आयोजनाले
जनाएको छ ।
http://rajdhani.com.np/article/0679161001425259249
No comments:
Post a Comment