राजधानी समाचारदाता
काठमाडौं, २ साउन
काठमाडौं, २ साउन
स्वतन्त्र
ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) ले महाभूकम्पबाट क्षतिग्रस्त
जलविद्युत् आयोजनाहरूलाई राहत दिनेबारे सरकारले प्रस्तुत गरेको बजेट मौन
रहेको भन्दै त्यसप्रति असन्तुष्टि जनाएको छ ।
ईप्पानद्वारा
जारी विज्ञप्तिमा राष्ट्रिय योजना आयोगले तयार पारेको विपद्पछिको आवश्यक
पहिचान (पीडीएनए) प्रतिवेदनमा भूकम्पले क्षतिग्रस्त जलविद्युत् आयोजनाका
लागि कार्यक्रम बढाउनु भने पनि बजेटमा नीतिगत व्यवस्था, सहयोग एवं राहतबारे
मौन रहेकोप्रति घोर असहमति रहेको उल्लेख छ ।
ईप्पानले
आयोजना समयमै सम्पन्न गर्नका लागि आर्थिक वर्ष २०७९÷०८० सम्म विद्युत्
उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने जलविद्युत् आयोजनालाई दिइने
५० लाख प्रतिमेगावाट अनुदान दिने अघिल्लो वर्षमै घोषणा गरे पनि हालसम्म
कार्यान्वयन नभएको भन्दै कार्यावन्यन गर्न माग गरेको छ ।
राष्ट्रिय
प्रसारण लाइन ग्रिड कम्पनी स्थापना गरेर निजी क्षेत्रलाई सहभागी गराई
निर्माण र हस्तान्तरण विधिमा प्रसारण लाइन निर्माण गरिने घोषणा गरेकामा भने
ईप्पानले स्वागत गरेको छ ।
यसैगरी,
नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) पछि राष्ट्रिय,
अन्तर्राष्ट्रिय विद्युत् व्यापारका लागि आवश्यक विद्युत् व्यापार कम्पनी
स्थापना गर्ने निर्णय गरेकामा त्यसको स्वागत गरेको छ ।
साथै,
ईप्पानले अघिल्लो वर्षकै प्रतिबद्धता, ऐन एवं कानुनहरूको सुधारका काम अघि
बढाउन तथा निजी क्षेत्रका प्रवद्र्धकहरूलाई प्रोत्साहन गर्ने गरी अघि बढ्न
सरकारलाई आग्रह गरेको छ ।
http://erajdhani.com/article/0577256001437269742
No comments:
Post a Comment