काठमाडौं÷रास–
स्थापना भएको २२ वर्षपछि ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास
विभागले पहिलोपटक वार्षिकोत्सव मनाएको छ ।राजधानीस्थित सानो गौचरणको आफ्नो
निर्माणाधीन भवनमा विभागले २२औं वार्षिकोत्सव मनाएको हो । जलविद्युत्
क्षेत्रमा लाइसेन्स प्रदान र नवीकरण, निजी क्षेत्रको प्रवद्र्धन, अनुगमन,
निरीक्षण र अध्ययनका लागि १ साउन २०५० मा विद्युत् विकास केन्द्र स्थापना
गरिएको थियो भने पछि यसलाई विभागका रूपमा परिणत गरिएको थियो ।
वार्षिकोत्सवमा
विद्युत् विकास विभागका पूर्वमहानिर्देशक एवं पूर्वउपमहानिर्देशकलगायतलाई
सम्मान गरिएको थियो । कार्यक्रममा ऊर्जामन्त्री राधा ज्ञवालीले चालु आर्थिक
वर्षको बजेटमा जलविद्युत् आयोजनाहरूको अध्ययनलाई बढी जोड दिइएको बताउँदै
नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) ले नेपालको
जलविद्युत् क्षेत्रमा आकर्षण बढेको बताइन् ।
ऊर्जासचिव
राजेन्द्रकिशोर Ôत्रीले विभागका कर्मचारीहरू निजी प्रवद्र्धकको पक्षमा
लागेर विवाद आउन नहुने बताउँदै अहिलेको कानुन परिमार्जन गरेर लगानीमैत्री
बनाउन लागेको जानकारी दिए । विभागका महानिर्देशक दिनेशकुमार घिमिरेले आयोग
सानादेखि ठूला आयोजनाहरूको अध्ययनका लागि अघि बढेको बताए ।
http://erajdhani.com/article/0264388001437269777
No comments:
Post a Comment