चालु वर्षमा १३ अर्बको विद्युत् ल्याइयो
भीम गौतम /राजधानी
काठमाडौं, २० असार
काठमाडौं, २० असार
विद्युत्
उत्पादनको प्रशस्त सम्भावना भए पनि छिमेकी राष्ट्र भारतबाट विद्युत् आयात
झन् बढेको छ । नेपालबाट भारतलाई अर्बौं रुपैयाँको विद्युत् बेच्ने र
जलविद्युत् क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हुने सपना बाँडिरहेका बेला
भारतबाट झन् विद्युत् आयात बढेको हो ।
आर्थिक
वर्ष २०७१÷०७२ मा मात्र लक्ष्यभन्दा डेढ अर्ब रुपैयाँ थप विद्युत् आयात
हुन लागेको विद्युत् प्राधिकरण अर्थ निर्देशनालयले जनाएको छ । सरकारले
दिएको उत्पादन लाइसेन्सअनुसार सरकार र निजी क्षेत्र दुवैले समयमै
जलविद्युत् आयोजना निर्माण गर्न नसक्नु तथा सरकारले विद्युत्को माग र
आपूर्तिको योजना बनाउन नसकेकाले भारतबाट विद्युत् आयात बढ्दै गएको हो ।
चालू
आर्थिक वर्षमा १ अर्ब २० करोड ४६ लाख ४० हजार युनिट विद्युत् भारतबाट आयात
गर्ने लक्ष्य राखेकामा बढेर १ अर्ब ३६ करोड १४ लाख १० हजार युनिट पुगेको
प्राधिकरण अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले
जानकारी दिए । विद्युत् प्राधिकरणले विभिन्न नाकाबाट आयात गरेको विद्युत्को
मूल्य फरक फरक भए पनि समग्रमा प्रतियुनिट १० रुपैयाँमा भारतबाट विद्युत्
आयात हुने गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणमा रहेको २५ प्रतिशत
विद्युत् चुहावटका आधारमा भारतबाट आयात विद्युत्को मूल्य प्रतियुनिट १२
रुपैयाँ ५० पैसा पुग्ने प्राधिकरणले जनाएको छ ।
प्रतियुनिट
१० रुपैयाँ मूल्यअनुसार चालू वर्षमा करिब १२ अर्ब रुपैयाँबराबरको विद्युत्
आयात हुनुपर्नेमा बढेर १३ अर्ब ६१ करोड रुपैयाँबराबरको विद्युत् आयात हुने
भएको छ । विभिन्न नाकामध्ये टनकपुरबाट ३५ मेगावाट विद्युत् मंसिरदेखि
मात्र आयात गर्ने गरेकामा चालू वर्षमा भने भदौदेखि नै आयात बढाएकाले
लक्ष्यभन्दा बढी विद्युत् आयात भएको उपकार्यकारी निर्देशक कोइरालाले बताए ।
हाल भने भारतबाट १ सय ८० मेगावाट विद्युत् आयात भइरहेको छ भने हिउँदमा २
सय ४० मेगावाटसम्म विद्युत् आयात भएको थियो ।
विद्युत्
प्राधिकरणलाई अर्थ मन्त्रालयले भारतबाट विद्युत् ल्याउँदा मूल्यान्तर दिने
गरेको भए पनि चालू आर्थिक वर्षदेखि दिएको छैन । प्राधिकरणका अनुसार, अर्थ
मन्त्रालयले दिनुपर्ने मूल्यान्तर मात्र २ अर्ब ४० करोड रुपैयाँ पुगिसकेको छ
। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले भारतबाट आयात
विद्युत्मा प्रतियुनिट दुई रुपैयाँ घाटा भएको र सो कारणले समेत प्राधिकरणको
घाटा चुलिएको बताउँछन् । ‘भारतबाट आयातमा मात्र प्रतियुनिट दुई रुपैयाँ
घाटा छ, चुहावटको समेत नोक्सानलाई हेर्ने हो भने प्रतियुनिट साढे १२
रुपैयाँ पर्छ, यसले प्राधिकरणको घाटा बढाएको छ,’ उनले भने ।
आर्थिक
वर्ष २०७०÷०७१ मा मात्र भारतबाट नेपालमा ८ अर्ब रुपैयाँ बराबरको १ अर्ब ७
करोड युनिट बिजुली आयात भएको थियो । प्राधिकरणको विद्युत् आयात तथ्यांक
हेर्ने हो भने आर्थिक वर्ष २०६४÷०६५ को तुलनामा आयात झन्डै चौब्बर बढेको छ ।
प्राधिकरणका अनुसार सो वर्ष २ अर्ब ९३ करोड रुपैयाँबराबरको ४१ करोड युनिट
बिजुली आयात भएको थियो । प्राधिकरणका अनुसार भारतबाट ०६५\०६६ मा २ अर्ब ५७
करोड ४० लाख रुपैया“बराबरको ३६ करोड, ०६६\०६७ सालमा ४ अर्ब ५० करोड ५०
लाखबराबरको ६३ करोड युनिट विद्युत् ल्याएको थियो । त्यसैगरी, ०६७\०६८ सालमा
५ अर्ब ५० लाखबराबरको ७० करोड युनिट तथा ०६८\०६९ मा ५ अर्ब ३६ करोड २५ लाख
रुपैया“बराबरको ७५ करोड युनिट विद्युत् भारतबाट नेपालमा आयात गरिएको थियो ।
त्यसैगरी, ०६९÷०७० मा ६ अर्बबराबरको १ अर्ब ५ करोड युनिट विद्युत् भारतबाट
आयात भएको थियो ।
हालसम्मको अध्ययनका
आधारमा ८३ हजार मेगावाट विद्युत् आयात हुने नेपालमा कर्णाली चिसापानी,
पञ्चेश्वर, सप्तकोसी, अरुण तेस्रो, माथिल्लो कर्णाली, तामाकोसी तेस्रो,
मस्र्याङ्दीका साथै अन्य ठूला जलविद्युत् आयोजना बनाएर भारतलाई विद्युत्
बिक्री गर्ने योजना सरकारले बनाएको वर्षांै बिते पनि निर्यात भने गर्न
सकेको छैन । सरकारले बल्ल माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत्
आयोजनासँग आयोजना विकास सम्झौता (पीडीए) भएर आयोजनाको काम अघि बढेको मात्र छ
।
http://www.erajdhani.com/article/0305753001436145582
No comments:
Post a Comment