ठेकेदार कम्पनीसँग सम्झौता तोड्ने तयारी
भीम गौतम /राजधानी
काठमाडौं, ९ साउन
काठमाडौं, ९ साउन
निर्माणाधीन
कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको हाइड्रो
मेकानिकल÷इलेक्ट्रो मेकानिकल ठेकेदार कम्पनीका कारण निर्माण अन्योलमा परेको
छ ।
२०६८
सालमै निर्माण सम्पन्न हुनुपर्ने १४ मेगावाटको सो जलविद्युत् आयोजना
हाइड्रो मेकानिकल÷इलेक्ट्रो मेकानिकलको ठेक्का लिएको चीनको झिजियाङ जिनलुन
कम्पनीले काममा ढिलाइ गरेपछि आयोजना निर्माणको काम पछि धकेलिएको हो ।
झिजियाङ आफैँ उपस्थित नभएर हुलास स्टिल इन्डस्ट्रिजलाई स्थानीय एजेन्टको
रूपमा काम गराई कम्पनीले बेवास्ता गर्दै आएको छ ।
झिजियाङको
लापरबाहीका कारण इलेक्ट्रो मेकानिकलको काम नगरेपछि कुलेखानी तेस्रोको
म्याद पटक पटक थपिँदै आएको छ भने लागत पनि दोब्बर पुग्न लागेको छ । सो
ठेकेदार कम्पनीले १४ असार २०७१ भित्र काम सम्पन्न गर्नुपर्ने म्याद थियो ।
हाइड्रो÷इलेक्ट्रो मेकानिकल ठेकेदार कम्पनीको कामप्रति परामर्शदाता
असन्तुष्ट रहँदै आएको छ ।
‘हाइड्रो÷इलेक्ट्रो
मेकानिकलको ठेकेदार कम्पनीले काममा ढिलाइ गर्दा मुख्य समस्या देखिएको छ ।’
आयोजना प्रमुख सञ्जीव मल्लले भने, ‘इलेक्ट्रो मेकानिकलको ठेकेदार कम्पनीले
काम ढिलाइ गर्दा फेरि म्याद थप्नुपर्ने अवस्था आएको छ ।’ आयोजनाले १६
एप्रिल २०१६ सम्मका लागि म्याद थप्नका लागि नेपाल विद्युत् प्राधिकरण
सञ्चालक समितिमा प्रस्ताव पेस भइसकेको छ ।
आयोजनाको
सिभिल कार्य ९० प्रतिशत र हाइड्रो÷इलेक्ट्रो मेकानिकलको काम ७० प्रतिशत
पूरा भएको छ । ठेकेदार कम्पनी झिजियाङले स्थानीय एजेन्टलाई मात्र छोडेर
निर्माणमा लापरबाही गरेपछि आयोजनाले पटक पटक सो कम्पनीले समयमै काम सक्न
पत्र पठाइसकेको छ । ‘झिजियाङले लापरबाही गरेर समयमै काम नगरेपछि ठेक्का
सम्झौता तोड्नका लागि प्राधिकरणका उच्च अधिकारीहरूलाई पटक पटक अनुरोध
गरिसकेका छाँै ।’ कुलेखानी आयोजना एक अधिकारीले भने, ‘ठेकेदार कम्पनीले सबै
सामग्री र उपकरण झारिसकेकोले अब ठेक्का तोड्दा हुन्छ भनेर तयारी पनि
गरिरहेका छाँै ।’ उनका अनुसार अहिलेकै गति कायम रहेमा थप्न प्रस्तावित
समयमा पनि काम सम्पन्न हुँदैन ।
करिब
८० करोडमा ठेक्का लिएको झिजियाङले समयमै काम नगर्दा एक वर्षअघिदेखि दैनिक ४
लाखबराबरको जरिवाना तिरिरहेको छ तर ठेक्का सम्झौतामा त्यस्तो जरिवाना १०
प्रतिशतभन्दा बढी नहुने उल्लेख भएकाले आठ करोड जरिवाना तिरिसकेको सो
कम्पनीले थप जरिवाना नलाग्ने हुनाले निर्माणमा खासै चासो नदिएको गुनासो
आयोजनाका अधिकारीहरूको छ । ढिलो हुने नाममा ठेक्कामा राखिराख्ने र काम
गर्ने प्रवृत्तिको सट्टा ठेक्का तोडेर नयाँ ल्याएमा छिट्टै सम्पन्न हुने
तर्क आयोजनाका धेरै अधिकारीहरूको छ तर आयोजना प्रमुख मल्ल ठेक्का तोडेर
पुनः टेन्डर आह्वान गर्दा थप समय लाग्ने भएकाले तत्काल ठेक्का तोड्न
अप्ठेरो परेको बताउँछन् ।
२०६४ चैतमा
४४ महिनाभित्र सम्पन्न गर्ने गरी २ अर्ब ४३ करोडको लागतमा निर्माण सुरु
भएको आयोजनाको म्याद तीन पटक थपिसकेको छ भने लागत ४ अर्ब २२ करोड पुगिसकेको
छ । आयोजनाले प्रस्ताव गरेको समय थप्दा लागत ५ अर्ब नाघ्ने निश्चित भएको छ
।
http://www.erajdhani.com/article/0234895001437879498
No comments:
Post a Comment