भीम गौतम /राजधानी
काठमाडौं, १५ असार
काठमाडौं, १५ असार
१२
वैशाखमा आएको विनाशकारी भूकम्प र त्यसपछिको पराकम्पनका कारण काभ्रे र
सिन्धुपाल्चोकका ४० हजार सर्वसाधारण अन्धकारमा बस्नुपरेको छ ।वातावरण,
ऊर्जा तथा जलवायु परिवर्तन शाखा काभ्रे र सिन्धुपाल्चोकका अनुसार भूकम्पले
ग्रामीण क्षेत्रका अधिकांश लघु जलविद्युत् आयोजनामा क्षति भएपछि ४० हजार
सर्वसाधारण अन्धकारमा बस्नुपरेको हो । २२ लघुजलविद्युत् क्षति हुँदा
काभ्रेमा पाँच हजार घरधुरी विद्युत्बाट वञ्चित भएको शाखा प्रमुख अजित
गौतमले जानकारी दिए ।
‘कोसीपारि र
डाँडापारिका २२ लघु जलविद्युत् आयोजनामा क्षति भएको छ,’ गौतमले भने ।
काभ्रेमा ३० लघुजलविद्युत् आयोजना निर्माण सम्पन्न भएकामा २२ वटामा क्षति
पुगेको हो । सिन्धुपाल्चोकमा १३ लघुजलविद्युत् आयोजनाको उत्पादन बन्द भएको
शाखा प्रमुख रञ्जन चौलागाइँले जानकारी दिए । ‘सबै लघुजलविद्युत् भूकम्पले
क्षति भएका छन्, यसबाट ती विकट क्षेत्रका बासिन्दा अन्धकारमा बस्नुपरेको
छ,’ चौलागाइँँँँँँँँँँले भने । सिन्धुपाल्चोकका सबै लघुजलविद्युत् आयोजनामा
क्षति पुगेको हो ।
ऊर्जा शाखा
काभ्रेका अनुसार, दाउनेखोला मंगलटार, चौरीखोला पोखरीचौरी, चौरीगंगा
माँदनकुँडारी, पार्वती खोला बुढाखानी, खानीखोला–१ फलामेटार, खानीखोला–२
साल्मेचाकल, चौरीखोला–३
माझीफेदा र
गोकुलेखोला लघुजलविद्युत् मिल्चे भूकम्पबाट क्षतिग्रस्त भएका छन् ।
वनखुखोला घर्तीछाप, चौखोला–१ गोकुले, चौखोला–२ डाँडागाउँ, पोखरेखोला
फोक्सिङटार, चौरीखोला चौथो पोखरीचौरी, चौखोला–३ डाँडागाउँ, पार्वती खोला–२
बुढाखानी, दुर्लुङखोला–१ मिल्चे, दुर्लुङ खोला–२ मिल्चे, वनखुखोला–२
घर्तीछाप र चौखोला–४ गोकुले लघुजलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन् ।
ऊर्जा
शाखा सिन्धुपाल्चोकका अनुसार, इन्द्रावती भोताङ, हाडीखोला तेस्रो
थाङपालकोट, हाडीखोला दोस्रो र हाडीखोला थाङपालकोट, हाडीखोला चौथा गुन्सा,
झ्याडीखोला कुन्चोक, झलीखोला र पाङगरपुखोला पानताङ, बेदाङखोला र
गुम्बाखोला गुम्बा, घट्टेखोला चोकटी, यांग्रीखोला र छहरेखोला
लघुजलविद्युत्, बरुवा क्षतिग्रस्त भएका छन् ।
वैकल्पिक
ऊर्जा प्रवद्र्धन केन्द्रले भूकम्पबाट नवीकरणीय ऊर्जा प्रविधिहरू
क्षतिग्रस्त भएपछि राहतस्वरूप सोलार प्यानल र मोबाइल चार्ज स्टेसन सहायता
भने सुरु गरेको छ । ‘भूकम्पबाट क्षति भएर अन्धकारमा बसिरहेका सर्वसाधारणका
लागि निःशुल्क सोलार प्यानल दिएका छौं,’ केन्द्रका सहायक निर्देशक नवराज
ढकालले भने, ‘काभ्रे, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा १२ हजार सोलार
निःशुल्क वितरण गरिसकेका छौं भने थप १३ हजार सोलार प्यानल बाँड्नका लागि
प्रक्रिया अघि बढाएका छौं ।’ केन्द्रले मर्मत सम्भार गरेर लघुजलविद्युत्
आयोजना सञ्चालन हुन सक्ने अवस्था रहेमा मर्मतका लागि समेत सहयोग गर्ने
जनाएको छ ।
काभ्रे र सिन्धुपाल्चोक
दुवै जिल्लामा भूकम्पपछिको क्षतिको न्यूनीकरणका लागि केन्द्रले सोलार र
मोबाइल चार्ज स्टेसन वितरण गरेको छ । सोलार केन्द्रले दुवै जिल्लाको प्रमुख
जिल्ला अधिकारीको संयोजकत्वमा रहेको दैवीप्रकोप उद्धार समितिमार्फत
निःशुल्क वितरण गरेको हो ।
काभ्रेको
डाँडापारिका वनखु र गोकुले तथा कोसीपारिको पोखरीचौरी र धुसेनीशिवालयमा २
हजार १ सय ५० सोलार वितरण गरिएको छ भने यी क्षेत्रका स्वास्थ्यचौकी,
विद्यालय, प्रहरीचौकीलगायतमा ३० मोबाइल चार्ज स्टेसन वितरण गरिएको शाखा
प्रमुख गौतमले जानकारी दिए । त्यसैगरी सिन्धुपाल्चोकको गुम्बा, गोल्चे,
लिस्ती र वरुवाका २ हजार ८ सय ५० घरधुरीमा पनि सोलार प्यानल वितरण गरिएको र
जिल्लाका ७० ठाउँमा चार्ज स्टेसन जडान गरिएको शाखा प्रमुख चौलागाईंले
जानकारी दिए ।
http://www.erajdhani.com/article/0756268001435714309
No comments:
Post a Comment