राजधानी समाचारदाता
काठमाडौं, ६ माघ
काठमाडौं, ६ माघ
संसद्को
सार्वजनिक लेखा समितिको निर्देशनपछि रोकिएको ३० मेगावाटको चमेलिया
जलविद्युत् आयोजनाको भुक्तानी प्रक्रियाको गाँठो फुकेको छ । नेपाल विद्युत्
प्राधिकरणको बोर्ड बैठकले चमेलिया जलविद्युत्को साँघुरिएको सुरुङ
(स्क्युजिङ टनेल) को भुक्तानी बारेको विवादमा पुनर्मूल्यांकन गर्दै र
भुक्तानी गर्दै जाने निर्णय गरेपछि गाँठो फुकेको हो । भेरिएसन नम्बर ६ को
साँघुरिएको सुरुङको १ अर्ब ९ करोड भेरियसनबारे लेखा समितिले अनियमितता भएको
भन्दै डेढ वर्षअघि भुक्तानी रोक्न निर्देशन दिएकामा त्यसप्रति नरम बन्दै
पुसको दोस्रो साता ऊर्जा मन्त्रालय जिम्मेवारी हुने गरी भुक्तानी दिन
निर्देशन दिएको थियो । सोही निर्देशनको आधारमा बोर्डले भुक्तानी प्रक्रिया
अघि बढाउने निर्णय गरेको हो ।
‘चमेलिया
जलविद्युत् आयोजनाको लामो समयदेखि भुक्तानीमा देखिएको गाँठो फुकेको छ,
पुनर्मूल्यांकन गर्दै र भुक्तानी गर्दै जाने निर्णय भएको छ,’ विद्युत्
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने ।
८
सय ४३ मिटर सुरुङमध्ये २ सय ३२ मिटर साँघुरिएको सुरुङ निर्माण बाँकी छ ।
निर्माण पूरा भएको ६ सय ११ मिटर सुरुङको भुक्तानी नभएपछि ठेकेदार कम्पनीले
सुरुङ निर्माण रोकिएको छ । ९६ प्रतिशत काम सकिएर पनि यसको काम नहुँदा ३०
मेगावाटको जलविद्युत् आयोजनाको निर्माण पूरा हुन सकेको छैन । भुक्तानी भएर
सुरुङ निर्माण अघि बढे १० महिनाभित्र आयोजना पूरा हुने प्राधिकरणले जनाएको छ
।
आठ अर्ब ४९ करोड ५४ लाख ८४ हजार
कुल लागत अनुमान गरिएको आयोजनाको लागत १५ अर्ब ६ करोड पुगिसकेको छ । २०६४
सालबाट निर्माण सुरु भएर २०६८ सालमै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको
आयोजनाको काम अझै सकिएको छैन । सुरुमा प्रति मेगावाट २८ करोडमा निर्माण
सम्पन्न हुने लक्ष्य रहे पनि त्यसको दोब्बर पुग्न थालेपछि यसमा अनियमितता
भएको आरोप लाग्दै आएको छ ।
http://rajdhani.com.np/article/0191579001453349457
No comments:
Post a Comment