मंसिरपछि काठमाडांैमा मात्र जले ३ सय ट्रान्सफर्मर
राजधानी समाचारदाता
काठमाडौं, ११ माघ
काठमाडौं, ११ माघ
क्षमताभन्दा
बढी विद्युत्को चाप (ओभरलोड) का कारण मंसिरपछि ३ सय ट्रान्सफर्मर जलेका
छन् ।भारतीय नाकाबन्दीपछि ग्याँस अभाव चर्किंदै जाँदा सर्वसाधारणले
विकल्पका रूपमा विद्युतीय चुलोको प्रयोग बढेका कारण ओभरलोडले यति धेरै
संख्यामा ट्रान्सफर्मर जलेका हुन् । नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा
वितरण निर्देशनालयका अनुसार, मंसिरपछि १० माघसम्ममा २ सय ९९ ट्रान्सफर्मर
जलेका छन् भने कात्तिकपछि मात्र ३ सय ३१ ट्रान्सफर्मर जलेका छन् ।
प्राधिकरणका अनुसार ओभरलोडका कारण २० करोडबराबरका ट्रान्सफर्मर जलेका छन् ।
‘कात्तिकपछि मात्र ३ सय ३१ ट्रान्सफर्मर ओभरलोडका कारणले जलेको प्रति
ट्रान्सफर्मर सरदर ६ लाख रुपैयाँ पर्छ,’ निर्देशानालयका उपकार्यकारी
निर्देशक रामचन्द्र पाण्डेले भने ।
कात्तिकपछि
सबैभन्दा बढी ट्रान्सफर्मर बानेश्वर वितरण केन्द्रमा ९५ ओटा जलेका छन् भने
कुलेश्वरमा ५५, लगनखेलमा ४६, भक्तपुरमा ३५ र महाराजगन्जमा २९ ट्रान्सफर्मर
जलेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार काठमाडांै उपत्यकाभित्र
पुसमा सबैभन्दा बढी १ सय ६८ ओटा र मंसिरमा १ सय ११ ट्रान्सफर्मर ओभरलोडका
कारण जलेका थिए ।
त्यसैगरी, ओभरलोडका
कारणले कात्तिकपछि हालसम्म ३ हजार २ सय १९ केबल÷कन्डक्टर, ११ हजार ९९
ट्रान्फर्मर फ्युज, ५ सय ९६ एमसीसीबी जलेका छन् भने यस अवधिमा ४६ हजार ८ सय
५५ जनाले विद्युत् प्राधिकरणको नोलाइट शाखामा गुनासो टिपाएका छन् ।
भारतले
गरेको अघोषित नाकाबन्दीका कारणले ग्याँस नपाएपछि खाना पकाउनका लागि
पछिल्लो समयमा सर्वसाधारणले हिटर, इन्डक्सन र माटोका विद्युतीय चुलो प्रयोग
गर्न थालेका छन् । यसकारण ओभरलोड भएर ट्रान्सफर्मर जलेपछि सम्बन्धित
क्षेत्रका उपभोक्ता अन्धकारमा बस्नुपर्ने बाध्यता छ ।
विशेष गरेर बेलुका ६ देखि ८ बजेसम्म खाना पकाउने समयमा ओभरलोड भई ट्रान्सफर्मर र तार जल्ने गरेको छ ।
http://rajdhani.com.np/article/0599714001453779786
No comments:
Post a Comment