प्राधिकरणको प्रक्षेपण मिलेन / फागुनमा दैनिक १७ घन्टा लोडसेडिङ हुने
भीम गौतम / राजधानी
काठमाडौं, १९ पुस
काठमाडौं, १९ पुस
नेपाल
विद्युत्् प्राधिकरणले लोडसेडिङ बढाएर दैनिक १४ घन्टासम्म पु¥याएको छ ।
पुसमा साताको १० घन्टा मात्र लोडसेडिङ हुने प्रक्षेपण गरेको प्राधिकरणले
दैनिक १४ घन्टाम्म विद्युत्् कटौती गर्ने भएको हो । आज (सोमबार) देखि दैनिक
चार दिन १३ घन्टा, एकएक दिन १४, १० र ८ घन्टा लोडसेडिङ हुनेछ ।
प्रधानमन्त्री
केपी शर्मा ओलीले एक वर्षभित्र लोडसेडिङ हटाउने घोषणा गरिरहेको तथा ऊर्जा
मन्त्रालयले अर्को वर्षभित्र ८ सय ४८ मेगावाट विद्युत् थप्ने महŒवाकांक्षी
योजना सार्वजनिक गरिरहेको बेला प्राधिकरणको प्रक्षेपण नै सही हुन सकेन ।
‘नेपाल–भारत
अन्तरदेशीय प्रसारण लाइन निर्माण भई भारतबाट थप ९० मेगावाट विद्युत् आयात
भए र कुलेखानी जलाशय भरिए पुसमा १० घन्टा लोडसेडिङ हुने प्रक्षेपण गरिएको
हो,’ प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले भने,
‘विभिन्न
कारणले अन्तरदेशीय प्रसारण लाइन नबनेपछि, कुलेखानी जलाशय नभरिएपछि र खाना
पकाउन इडक्सन चुल्हो र हिटरको प्रयोग बढेपछि थप लोडसेडिङ गर्नुपरेको हो ।’
प्राधिकरणका
अनुसार पुस महिनामा १ करोड ८० लाख युनिट विद्युत् माग हुने अनुमान
गरिएकोमा झन्डै १० लाख युनिट बढेको छ, जुन फागुनमा माग हुने अपेक्षा थियो ।
कुलेखानी १५ सय ३० मिटरमा भरिने भए पनि १५ सय २७ मात्र पुगेको थियो । भने अहिले १५ सय २६ मिटरमा झरेको छ ।
हाल
१२ सय २५ मेगावाट बराबरको विद्युत् माग रहेकोमा विद्युत् प्राधिकरण र निजी
क्षेत्रबाट २ सय ९० तथा भारतबाट २ सय ३५ मेगावाट आयात भइरहेको छ । अझै ७
सय मेगावाट विद्युत् अपुग रहेको प्राधिकरणले जनाएको छ । विद्युत्
प्राधिकरणले हिउँदमा दैनिक आठ घन्टादेखि १३ घन्टासम्म लोडसेडिङ हुने
प्रक्षेपण गरेको थियो ।
मंसिरमा दैनिक
नौ घन्टा, पुसमा १० घन्टा, माघमा १२ घन्टा, फागुन र चैत्रमा १३ घन्टा तथा
वैशाखमा १० घन्टामा लोडसेडिङ झर्ने प्रक्षेपणविपरीत पुसमै लोडसेडिङ दुई
घन्टा बढेको छ । अन्तरदेशीय प्रसारण लाइन नबने आगामी फागुनमा १७ घन्टासम्म
लोडसेडिङ हुन सक्ने प्राधिकरणका एक अधिकारीले
जानकारी
दिए । १२ वैशाखको भूकम्प र त्यसपछिको निरन्तर परकम्पनका कारण १ सय ५०
मेगावाट बराबरका जलविद्युत् आयोजनाहरू विद्युत् प्राधिकरणको केन्द्रीय
ग्रिडसँग विच्छेद भएका थिए । भूकम्पले क्षति पु¥याएका विभिन्न आयोजनाबाट ९३
मेगावाट बिजुली अझै उत्पादन हुन सकेको छैन । विद्युत्को माग प्रत्येक वर्ष
१ सय मेगावाटको हाराहारीमा बढ्छ तर अघिल्लो आर्थिक वर्षमा ४२ मेगावाट
मात्र विद्युत् थपिएको थियो । प्रक्षेपणमा चालु वर्षमा निजी क्षेत्रबाट ३२
मेगावाट थपिने अनुमान गरिएको थियो । ऊर्जा मन्त्रालयले सरकारले दैनिक १३
हजार लिटर इन्धन दिए चालु वर्षमा २ सय ५ मेगावाट विद्युत् थप हुन सक्ने
जनाएको छ तर अधिकांश जलविद्युत् आयोजनाले इन्धन पाएका छैनन् ।
चालू
वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएका प्राधिकरणका १४ मेगावाटको कुलेखानी
तेस्रो र ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना समयमै सम्पन्न हुने
अवस्था देखिएको छैन । विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट ३ सय ६७
मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको छ तर त्यो पनि सम्भावना देखिएको
छैन । निजी क्षेत्रले लाइसेन्स लिएर ओगट्ने प्रवृत्ति, सरकारले अन्तर
मन्त्रालयबिच समन्वय गर्न नसक्नु, आयोजना स्थलका जनतामा आयोजना भनेका
‘दुहुनो गाई’ हुन् भन्ने मानसिकता, प्राधिकरणको भ्रष्टाचार आदिका कारण
जलविद्युत् उत्पादन कमजोर भई लोडसेडिङको चरम समस्या रहेको ऊर्जा
मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
http://rajdhani.com.np/article/0329487001451864022
No comments:
Post a Comment