भीम गौतम / राजधानी
काठमाडौं, १३ माघ
काठमाडौं, १३ माघ
ठुला
जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणले अवरोध गरेका तिता अनुभव धेरै छन् तर
काभ्रेपलाञ्चोक र रामेछापका सर्वसाधारण भने ५ सय ३६ मेगावाटको सुनकोसी
तेस्रो जलाशययुक्त आयोजना छिटो बनाउन दबाबमा उत्रिएका छन् ।
जलाशययुक्त
आयोजनाको अभावमा लोडसेडिङको चरम समस्या भोगिरहेको र कतिपय जलविद्युत्
आयोजनामा सर्वसाधारणले नै अवरोध गरेको समाचार सार्वजनिक भइरहेका बेला
उनीहरू आयोजना अघि बढाउन सबै किसिमको सहयोग गर्ने उद्घोषसहित दबाबमा
उत्रिएका छन् । आयोजनाको सम्भाव्यता अध्ययन अघि बढाउन प्रस्तावित बाँधस्थल
काभ्रेको ठुलोपर्सेल र रामेछापको डहुको दोसाँधमा रहेको भ¥याङटार पुगेका
विद्युत् विकास विभागका टोलीलाई सयौं स्थानीयवासीले आयोजना छिटो अघि
बढाउनुपर्ने भन्दै दबाब दिए । विभागका उपमहानिर्देशक चिरञ्जीवी चटौतसहितको
टोलीसमक्ष उनीहरूले आयोजना अघि बढाउन सबै किसिमको सहयोग र समन्वय
गर्नुपर्ने बताए ।
आफ्नो
क्षेत्रमा निर्माण हुन लागेको सुनकोसी तेस्रो जलविद्युत् आयोजनालाई सहयोग
गर्न तयार रहेको र सरकारले छिटो अघि बढाउनुपर्ने उनीहरूको माग छ । ‘सुनकोसी
जलाशययुक्त आयोजनाको अध्ययन अघि बढाउन हामी सर्वसाधारणको तर्फबाट कुनै
अवरोध र बाधा अवरोध हुँदैन,’ काभ्रेको माँदनकुँडारी गाविसका गजवीर लामाले
भने, ‘देशमा लोडसेडिङको चरम समस्या भएका बेला हामी हाम्रो क्षेत्रको
जलविद्युत् आयोजना छिटो बनाउनुपर्छ भन्ने पक्षमा छांै, सरकारले तुरुन्तै
अघि बढाओस् ।’
जलविद्युत् आयोजनाहरू
बनाउँदा आफ्नो क्षेत्रको विकास हुने र मुलुकले भोगिरहेको लोडसेडिङ कम गर्न
सकिने भन्दै उनीहरूले जग्गा अधिग्रहण लगायतमा समेत सहयोग गर्ने बताए ।
आयोजनालाई राष्ट्रिय प्राथमिकताको आयोजना बनाउन सरकारस“ग उनीहरूले माग पनि
गरेका छन् । ‘गाउँमा जलविद्युत् आयोजना अघि बढ्न लागेको खबरले खुसी छांै,
यसको अध्ययनदेखि सबै कार्यमा सहयोग गर्न पनि तयार छौं’ डहु गाविसका
पूर्वअध्यक्ष रामकृष्ण घिसिङले भने ।
नेपाल
विद्युत् प्राधिकरणको सहयोगमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)
ले सार्वजनिक गरेको १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये सो आयोजनाको
सम्भाव्यता अध्ययनका लागि विद्युत् विभागले परामर्शदाता छनोट प्रक्रिया अघि
बढाउन लागेको छ । ‘आगामी असारसम्ममा आयोजनाको सम्भाव्यता अध्ययन अघि बढाउन
परामर्शदाता छनोट भइसक्छ, छिट्टै प्रस्ताव आह्वान गर्दै छौं,’
उपमहानिर्देशक चटौतले भने ‘अर्को वर्षदेखि अध्ययन सुरु गर्ने लक्ष्य छ ।’
विद्युत्
बढी खपत हुने राजधानी र तराईका बिचमा बन्ने र काठमाडौंबाट सबैभन्दा नजिकको
दुरीमा रहेको सुनकोसीलाई आकर्षक आयोजनाका रूपमा लिइन्छ ।
राजधानीबाट
६० किलोमिटर मात्र टाढा रहेको यो आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने
प्रसारण लाइनको पनि खासै समस्या छैन । ‘सामाजिक वातावरणीय अध्ययन कम,
डुबानमा पर्ने बस्तीहरू पनि कम छन् । लोडसेन्टरबाट पनि नजिक छ । प्रसारण
लाइनको समस्या पनि त्यति छैन,’ इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक
हरि पण्डित भन्छन्, ‘बुढीगण्डकीबाट उत्पादन हुने बिजुली र लागतको तुलनामा
सुनकोसी आकर्षक छ ।
सिँचाइमा समेत
फाइदा देखिन्छ ।’ उनी आयोजना आकर्षक भएकाले छिट्टै अघि बढाउँदा राम्रो हुने
र नेपालको लोडसेडिङ घटाउन सहयोग पुग्ने बताउँछन् ।
सुनकोसी
मरिन ड्राइभर्सनमार्फत बृहत् सिँचाइको आयोजना अघि बढ्न लागेकाले त्यसका
लागि पनि सुनकोसी धेरै आकर्षक मानिएको छ । सुनकोसी जति छिटो आयोजना बनाउन
सके, त्यति नै नेपालमा लोडसेडिङ अन्त्यका लागि सहयोग पुग्ने र काठमाडौंको
लोड थेग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी, आयोजना निर्माण गर्न
सके सो आयोजना नेपालको सबैभन्दा राम्रो पर्यटकीय गन्तव्यका रूपमा विकसित
गर्न सकिने अवस्था पनि छ । ¥याफ्टिङ, फिसिङ, सुन्दर होटेलहरू निर्माण लगायत
गरेर तिमाल, कोसीपारि र दोलालघाट क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास
गर्न सक्ने प्रशस्त सम्भावना देखिन्छ । आयोजना बनाउन सके सुक्खा हुने
हिउ“दमा नेपालको तराईका साथै भारतमा समेत सिँचाइको सुविधा पुग्नेछ भने
सुनकोसी तेस्रो मुनि बन्न लागेका सुनकोसी दोस्रो, सप्तकोसी बा“धका साथै
कोसीभरि निर्माण हुने सबै आयोजनालाई समेत ठुलो फाइदा पुग्नेछ । १९८२ सालमा
भारतको गंगा नदीबाट सप्तकोसी हु“दै दोलालघाटसम्म पानीजहाज ल्याउने योजना
रहे पनि अलपत्र परेकोमा सो योजना अघि बढाउन समेत उपयुक्त हुने प्राधिकरणका
एक अधिकारीले बताए ।
प्राधिकरणका
अनुसार सन् १९८३ मै पूर्वसम्भाव्यता अध्ययन भइसकेको आयोजनाको क्षमता ५ सय
३६ मेगावाट १५ सय मेगावाटसम्म पु¥याउन सकिने जलविद्युत् विज्ञहरू बताउँछन् ।
आयोजना निर्माणका क्रममा दोलालघाट क्षेत्रसम्मका करिब १ हजार घर डुबानमा
पर्ने अनुमान छ । प्राधिकरणका अनुसार अध्ययनका क्रममा ६२ करोड २० लाख डलर
लागत लाग्ने अनुमान गरिए पनि अहिले करिब ८० अर्ब रुपैया“ लाग्ने बताइएको छ ।
आयोजना निर्माण भए काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक र रामेछाप जिल्लालाई
प्रत्यक्ष फाइदा पुग्नेछ ।
No comments:
Post a Comment