काठमाडौं/रास— बिहीबारदेखि १२औं राष्ट्रिय
औद्योगिक व्यापार मेला र घरेलु उद्योग महोत्सव तथा नवीकरणीय ऊर्जा सप्ताह
सुरु भएको छ । काठमाडांको भृकुटीमण्डपमा नेपाल घरेलु तथा साना उद्योग
महासंघ र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा संयुक्त रूपमा आयोजित
मेलामा घरेलु उद्योग तथा नवीकरणीय ऊर्जाका विभिन्न प्रविधि गरी ३ सय ४०
स्टल रहेका छन् । २७ माघसम्म सञ्चालन हुने मेलामा १० करोड रुपैयाँबराबर
कारोबार गर्ने लक्ष्य राखिएको छ ।
मेलाको उद्घाटन गर्दै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले वैकल्पिक ऊर्जामार्फत घरेलु उद्योगको प्रवद्र्धन गर्न सकिने बताए । ‘घरेलु उद्योगको प्रवद्र्धनबाट मात्र देशको अर्थतन्त्र बलियो हुन्छ, देशमा औद्योगिक वातावरण अनुकूल/प्रतिकूल रहेको मापन घरेलु उद्योगको अवस्थाले संकेत गर्छ,’ उनले भने, ‘राजनीतिक परिवर्तनजसरी नेपालमा आर्थिक परिवर्तन हुन सकेको छैन, उद्योगमार्फत त्यो सम्भव छ ।’
अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शंकरप्रसाद कोइरालाले मुलुक यतिबेला सामाजिक र आर्थिक समृद्धिको मोडमा रहेकाले सरकार र निजीक्षेत्रबीच आर्थिक विकासमा सहकार्य हुनुपर्ने बताए । मुलुकलाई औद्योगीकरणमा लैजान लघु, मझौला र कुटीर उद्योगलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले यसका लागि नीतिगत, प्रक्रियागत र कानुनी सुधारको खाँचो रहेको बताए । ऊर्जा तथा विज्ञान प्रविधिमन्त्री उमाकान्त झाले सहरी क्षेत्र लोडसेडिङमुक्त र ग्रामीण भेगमा बिजुली पु-याउनु अहिलेको दायित्व भन्दै यो अभावपूर्ति गर्न निजी क्षेत्रको सहभागिता आवश्यक भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले देशको नियम कानुन बनाउँदा निजी क्षेत्रसँग छलफल गरेर मात्र अघि बढ्न सरकार र सभासद्सँग आग्रह गरे । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्दराज पोखरेलले ऊर्जासंकट न्यूनीकरणका लागि वैकल्पिक ऊर्जाको प्रवद्र्धन र विस्तारमा जोड दिनुपर्ने बताए ।
नेपाल घरेलु उद्योग महासंघका अध्यक्ष सुरेश प्रधानले स्वदेशी उत्पादनको प्रयोगलाई सरकारी निकायमा प्रयोग गरेर नेपाली श्रम र सीपको सम्मान गर्न आग्रह गरे ।
http://erajdhani.com/en/business/22385-2014-02-06-23-45-30

No comments:
Post a Comment