Tuesday, September 2, 2014

खिम्ती र भोटेकोशीका प्रतिनीधिलाई लेखा समितिले बोलायो


राजधानी समाचारदाता
काठमाडौं, १६ भदौ । नेपाल विद्युत प्राधिकरणसँग डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको खिम्ती र भोटेकोशीसँग संसदको सार्वजनिक लेखा समितिले पुनरावलोकनबारे राय मागेको छ ।
दुई आयोजनासँग अमेरिकी डलरमा भएको पीपीएको बारे अध्ययन गर्न गठित लेखा समिति अन्र्तगत टोपबहादुर रायमाझी संयोजक रहेको उपसमितिले सोमबार खिम्तीको प्रवद्र्धक हिमाल पावर कम्पन र माथिल्लो भोटेकोशीको प्रवद्र्धक भोटेकोशी पावर कम्पनीसँग राय मागेको हो । बैठकले दुवै कम्पनीका प्रतिनिधिलाई बोलाएर डलर पीपीएबारे जानकारी लिन बैठकमा बोलाउने निर्णय समेत गरेको छ । बैठकमा रायमाझीले उपसमितिको ती दुई आयोजनाका प्रवद्र्धकहरुलाई ११ दिन पछिको बैठकमा बोलाउने निर्णय भएको दिए । डलर पीपीएबारे यस अघिका समिति बैठकमा सरोकारवाला विज्ञहरुलाई बोलाएर लेखा समितिले छलफल गरिसकेको छ ।
डलरको भाउ बढदै जाँदा विद्युत प्राधिकरणले विद्युत खरिदवापत ती कम्पनीलाई ठूलो रकम बुझाउँदै आएको र यही कारण प्राधिकरणका घाटा गएको भन्दै उर्जा मन्त्रालयले पीपीए पुनरावलोकनबारे दुवै कम्पनीलाई पत्र लेखिसकेको छ । तीन बर्षदेखि यसबारे पहल गरेपछि पीपीए पुनरावलोकन गर्न उर्जा मन्त्रालय सफल भएको छैन । पुर्व अधिकांश उर्जा मन्त्रीले पुनरावलोकन गराई छाड्ने बताएर असफल भएपनि अहिलेकी उर्जा मन्त्री राधा ज्ञवालीले पनि जसरी भएपनि पुनरावलोकन गर्ने बताउँदै आएकी छिन् ।


No comments: