Thursday, September 4, 2014

बल्ल आयो ७३ हजार विजुली मिटर


राजधानी समाचारदाता
काठमाडौं, १८ भदौ ।
विजुलीको लाइन पुगेर पनि आफ्नो घरमा विजुली बाल्न नपाएर हैरान भएका सर्वसाधारणका लागि ७३ हजार ४ सय ५० मिटर नेपाल आईपुगेका छन् ।
नेपाल विद्युत प्राधिकरणले आफ्नो ग्राहकलाई मिटर दिनु सामान्य भएपनि एक बर्षदेखि विजुली मिटर नपाएर अध्यारोमा बस्दै आएका सर्वसाधारणका लागि यो खुशीको खबर समेत बनेको छ ।
प्राधिकरण वितरण तथा ग्राहक निर्देशानालय अन्तर्गतको जिन्सी व्यवस्थापन महाशाखाका उपप्रबन्धक नुतनदेव भट्टराईका अनुसार, सिंगल फेजका ६० हजार र थ्री फेजका १३ हजार ४ सय ५० मिटर नेपालको भन्सार कार्यालय आईपुगेको छ । यस हप्ताभित्र हैटाडास्थित केन्द्रीय भण्डारमा आईपुग्ने मिटर भदौ महिनाभित्रैदेखि बाँडिन सुरु गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, नयाँ घर बनाउने तथा विभिन्न कारणले मिटर बिग्रेर उज्यालोका लागि मिटर कुरिरहेका सर्वसाधारण ग्राहकले छिट्टै आउन लागेको विजया दशर्मी अघिनै विजुलीको मिटर पाउनेछन् ।
चीनको मिडिल साउन इलेक्ट्रिक कम्पनीमार्फत प्राधिकरणले २ लाख २० हजार मिटर नेपाल ल्याउन लागेको छ । प्रत्येक वर्È २ लाख मिटर माग रहेपनि प्राधिकरणभित्र चर्केको ट्रान्सफर्मर प्रकरणसँगै प्राधिकरणले मिटर नकिन्दा देशभरिनै विजुली मिटरको अभाव समेत चर्केको थियो । प्राधिकरणका अनुसार देशभरका लागि ९० वितरण केन्द्रबाट तत्काल झन्डै ५ लाख बिजुली मिटरको माग आएको छ । तर, प्राधिकरणस“ग एउटा पनि मिटर थिएन भने मिटर नभएपछि अधिकांश वितरण केन्द्रले सूचना नै जारी गरेर ग्राहकलाई मिटर दिन बन्द गरेको थियो ।
बिजुलीका लागि आवेदनसमेत नलिएपछि कतिपय ग्राहकले एउटा मिटरका लागि प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालयलगायतका कार्यालयबाट सोर्सफोर्स पनि लगाउनुपर्ने अवस्था सिर्जना भएको थियो भने सोर्सफोर्स लगाउ“दा समेत प्राधिकरणले मिटर पाउन नसकेपछि धेरै ग्राहक प्राधिकरणदेखि आक्रोशित समेत बन्दै आएका थिए । अब भने सर्वसाधारण ग्राहकले विजुली मिटर पाउने भएका छन् ।
विजुली मिटर नहुँदा प्राधिकरणले समेत ठूलो घाटा बेहोर्दै आएको छ । प्राधिकरण अधिकारीहरुको अनुसार,  मिटर नहु“दा बिजुली चोरी बढेको थियो भने  चोरी नियन्त्रण अभियानमा समेत असर परेको थियो ।
गत फागुनमा चीनको मिडिल साउथस“ग भएको सम्झौताअनुसार अब सेप्टेम्बरको अन्त्यमा १ लाख मिटर तथा नोभेम्बरको अन्त्यमा ६० हजार मिटर नेपाल आइपुग्ने प्राधिकरण्ँले जनाएको छ । अहिले आउने मिटरबाट सर्वसाधारणको माग पूरा हुन नसक्ने भएपछि फेरि अर्को लट मिटर खरिद गर्ने गरी प्राधिकरणले प्रक्रिया समेत अघि बढाएको छ ।

No comments: