–हिउँदमा दैनिक १८ बाट १२ घण्टामा लोडसेडिङ झार्ने दाबी
भीम गौतम\राजधानी
काठमाडौं, १२ असोज । नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदका लागि छिमेकी राष्ट्र भारतबाट थप २ सय १२ मेगावाट विद्युत आयात गर्न प्रस्ताव गरेको छट ।
प्राधिकरणले कुलेखानी जलविद्युत आयोजनाको जलाशय नभरिएमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरेको र हालसम्मको अवस्थामा नभरिने अवस्था देखिएपछि आलोचनाबाट जोगिन प्राधिकरणले भारतका सम्भव भएसम्मका सबै नाकाको उपयोग गरी थप विद्युत आयात गर्न प्रस्ताव गरेको हो । प्राधिकरणले एक टोली भारत पठाएर विभिन्न भारतीय कम्पनीबाट थप विद्युत आयातका लागि प्रस्ताव गरेको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए । थप २१२ मेगावाट विद्युत आयातबारे वार्ता गर्नका लागि एउटा टोलीले अहिले भारतका पावर ग्रीड लगायतका कम्पनीसँग वार्ता गरिरहेको छ ।’–प्राधिकरणका निमित्त कार्यकारी निर्देशक पाण्डेले भने–‘नेपालको लोडसेडिङ समस्या न्यूनीकरणका लागि भारत सकारात्मक देखिएकोले थप विद्युत आउने आशा छ, टोलीले गरेको वार्ता सकारात्मक रुपमा अघि बढेको छ ।’
प्राधिकरणका निर्देशक कन्हैया मानन्धरसहित अनिल राजभण्डारी र मनिल तिवारीको सो टोली अहिले भारतका विभिन्न कम्पनीबाट विद्युत खरिदका लागि वार्ता गरिरहेको प्राधिकरणले जनाएको छ । पञ्चेश्वर विकास प्राधिकरणको पहिलो बैठकमा भाग लिन आएका भारतका प्रतिनीधि र प्राधिकरणका निमित्त कार्यकारी निर्देशकबीच थप विद्युत आयातबारे गरेको कुराकानीमा भारत सकारात्मक बनेपछि प्राधिकरणले मानन्धरसहितको टोली तीन अघि नयाँ दिल्ली पठाएको हो । टोलीले हाल आयात भईरहेका नाकाबाट थप विद्युत तथा सम्भावना रहेका तर मर्मत सम्भार अभावमा आयात हुन नसकेका नाकाबाट आयातबारे वार्ता गरिरहेको प्राधिकरणले जनाएको छ ।
हिउँदमा १९० मेगावाटसम्म विद्युत आयात गरिरहेको प्राधिकरणले हाल आठ नाकाबाट विद्युत आयात गरिरहेको छ । प्राधिकरणका अनुसार, कटैया क्षेत्रबाट हाल एक सय मेगावाट आयात भईरहेको थप एक सय, राजविराजबाट १० मेगावाट आयात भईरहेको थप पाँच, जलेश्वर, रक्सोल र नेपालगञ्जबाट १२ मेगावाटमा थप ३÷३, रामनगरबाट २५ मेगावाटमा थप २७ मेगावाट, सिराहा नाकाबाट ७ मेगावाट आयात भईरहेको थप ८ मेगावाट र टनकपुरबाट ४० मेगावाटमा थप २० मेगावाट थप गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी भारततर्फको प्रशारण लाइनको मर्मत, सम्भार हुन नसक्दा हाल आयात गर्न बन्द रहेका लोहियाहेड–गड्डाचौकीबाट थप ५ मेगावाट, भैरहवा नाकाबाट १० मेगावाट, कृष्णनगरबाट १० मेगावाट, कटैया–दुहबीबाट १५ मेगावाट र पलिया धनगढीबाट थप ७ देखि १० मेगावाट विद्युत थप आयात गर्ने प्रस्ताव प्राधिकरणको छ । कटैयाबाट थप विद्युत आयातका लागि ट्रान्सफर्मर अपग्रेड गर्नुपर्नेमा २०० एमबीएको ट्रान्सफर्मर जडान कार्य भारतले गरिरहेको प्राधिकरणले जनाएको छ ।
आगामी नोभेम्बरदेखि थप विद्युत आयात गर्ने गरी वार्ता अघि बढाईएको प्राधिकरणले जनाएको छ । हालै प्राधिकरणले टनकपुरबाट निःशुल्क उर्जाबाहेक थप ३५ मेगावाट विद्युत आयात गर्ने सम्झौता गरी आयात गरिरहेको छ । हिउँदमा २५८ मेगावाट विद्युत आयात गर्ने लक्ष्य राखेको प्राधिकरणले कुलेखानी नभरिएमा दैनिक १८ घण्टा लोडसेडिङ हुने प्रक्षेपण गरेको छ । हालसम्म कुलेखानी १५ सय २७ मिटर मात्र भरिएको र थप बर्षा भएर जलाशय भरिने सम्भावना कम छ । ‘भारतबाट थप विद्युत आयात गरेर १२ घण्टाभन्दा बढी लोडसेडिङ नबढाउने हाम्रो योजना छ ।’–निमित्त कार्यकारी निर्देशक पाण्डेले भने ।
हाल विद्युतको माग ११ सय मेगावाट रहेकोमा आपुर्ति ६ सय ५० मेगावाट मात्र छ । भारतबाट हाल १ सय ३५ मेगावाट आयात भईरहेको छ भने ४ सय ५० मेगावाट विद्युत अभाव छ ।

No comments:
Post a Comment